
समिम मियाँ
८ जनवरी २०२१/ लिमासोल
सरकारले देशव्यापी लकडाउन लगाउने निर्णय गरेको छ। जनवरी १० तारिख देखि जनवरि ३१ सम्म तिन हप्ता लकडाउन हुने सरकारले जनाएको छ। कोरोनाका कारण पछिल्लो एक महिनामा संक्रमित र मृतक को संख्यामा तिव्रता आए पछि यसलाई नियन्त्रण गर्ने कोसिस स्वरुप सरकारले पुन: लकडाउन गर्ने निर्णय गरेको हो।
सरकारी अस्पतालमा कोभिड बेड को अभाव हुने अवस्था सृजना भएको छ। कोभिड बिरामीका लागि बेड देश भर २०० छन् जसमध्य १९४ भरिसकेका छन्। स्वास्थ्य मंत्री कोंस्तानीत्नुस आयान्नुले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अबको यी ३ हप्ता घर मै बसेर मात्रै कोरोना को फैलावट रोक्न सकिने भएकाले व्याक्तिगत वा पेशागत भेटघाट नगर्न आग्रह गरे।
“हामीहरु यस्तो परिदृश्य लाइ रोक्ने कोसिस गर्दै छौ जहाँ अस्पतालमा बेड उपलब्ध नहुदा मानिसहरु असहाय भएर मृत्यु को सिकार होउन। मंत्री आयान्नुले भने।
लकडाउनको बारे बताउदै मंत्री आयन्नुले राति ९ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागु हुने बताए। सार्वजिक स्थान वा प्राइभेट मा हुने सबै किसिमका जमघटमा प्रतिबन्ध गरिएको छ भने पार्क तथा समुन्द्री किनारमा भने शारीरिक व्यायाम गर्न २ जना सम्म एक साथ जान सकिने बताइएको छ। त्यस्तै, लकडाउनको समयमा काम विशेषले मात्र बाहिर जान सकिने गरि अनुमति लिनु पर्ने प्रणाली फेरी ल्याइएको छ। अनुमति लिनका लागि 8998 नम्बरमा एसएमएस गर्न सकिने छ भने प्रति दिन २ पटक मात्र अनुमति दीइनेछ। एक पटक गरिएको एसएमएस ले बढीमा ३ घण्टा मात्र बाहिर बिताउन सकिनेछ। SMS कसरी पठाउने त ? यहाँ क्लिक गरि पढ्नुहोस् .
त्यस्तै धार्मिक स्थान र समारोहमा बढी मा १० जना मात्र समिल हुन भनिएको छ। किण्डर गार्डेन यथावत संचालनमा रहने छ भने बाकि सबै विद्यालयहरु अनलाइन बाट मात्रै संचालन रहनेछन। निर्माण सम्बधि सबै कार्यहरु चालु नै रहने छन् भने खाधान्न तथा खुद्रा पसल, सुपरमार्केट, कियोस्क,बेकरी लगायत दैनिक उपभोग्य सामाग्री वा सेवा प्रदायक पनि खुल्ला रहने भनिएको छ।
बिजुली, पानी, बैंक, फोन तथा इन्टरनेटसेवा प्रदायक कम्पनी साथै नागरिक सेवामा रहने सरकारी अफिसहरु पनि खुल्ला रहने छन्। खुल्ला रहेका प्राइभेट कम्पनि र व्यवसायमा भने १५ % स्टाफ मात्र उपस्थित रहेर ड्युटी गर्न भनिएको छ यस्ता अफिस तथा व्यवसायमा बढी मा २० जना मात्र उपस्थित रहेन सक्ने व्यवस्था गरिएको छ।
हेयर ड्रेसर तथा सलुन , ब्युटी सलुन, ट्याटु पसल, सिनेमाहल, एम्पिथियटर, रेस्टुरेन्ट तथा नाइटक्लब, सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, डान्स तथा संगीत सम्बन्धि स्कुलहरु बन्द रहने सरकारले जनाएको छ। साथै यस अघिका नियममा बन्द रहेका व्यवसायहरु आगामी ३१ जनवरी सम्म बन्द नै रहने भनिएको छ।
लकडाउनको दौरानमा खुल्ला रहेका व्यवसाय र कम्पनि साथै आम जनतामा थप मात्रामा र्यापिड टेस्ट गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
समिम मियाँ
०८ जनवरी २०२१/लिमासोल
साइप्रस सरकारले जनवरी १० देखि लकडाउन घोसणा गर्दै घर बाहिर निस्किन आवश्यक पर्ने अनुमति लिन एसएमएस सेवा सुचारु गरेको छ। गत वर्ष मार्च मा लकडाउन हुदा सरकारले सो सेवा सुरु गरेर लक्डाउन मा लचकता दिदै क्रमस जुलाईमा बन्द गरेको थियो। तर यस पटकको लकडाउनमा भने केहि लचकता दिइएको छ। एयरपोर्ट पूर्ण रुपमा संचालनमा रहने छ भने 8998 मा प्रति दिन २ एसएमएस गरि अनुमति लिन सकिने भएको छ। सरकारले विभिन्न ८ कारणको क्याटेगोरी बनाइ बाहिर जान अनुमति लिन सकिने जनाएको छ।
एक पटक पठाएको एस एम एम ले बढी मा ३ घण्टा सम्म बाहिर जान अनुमति प्राप्त हुन्छ।
यसरी गर्नुहोस् SMS
क्याटेगोरी (1 देखि ८ मध्य कुनै एक ) स्पेस दिनुहोस् , आइडी वा पासपोर्ट नम्बर स्पेस दिनुहोस् जिप कोड (चार अंकको पोस्टल कोड ) लेखेर 8998 मा पठाउनु होला। रिप्लाई आए पछि मात्र बाहिर निस्किनु होला।
यी ८ कारणको क्याटेगोरी मा बाहिर निस्किन सकिनेछ।
1. फार्मेसी जान, डाक्टरको मा चेकअप गर्न जान, कोरोना टेस्ट गराउन जान वा कोरोना खोप लगाउन वा रगत दान गर्न
2. दैनिक उपभोग्य गर्ने सामान खरिद गर्न, सुपरमार्केट बेकरी वा रासन लिन वा दैनिक उपभोग्य सेवा वा सुविधाको लागि
3. Online banking र ATM बाट नहुने काम भए बैंक जान
4. सरकारी अफिसमा जरुरि काम परेर जानु परेमा
5.आइसोलेसन वा क्वारेन्टाइनमा बसेका व्याक्तिको मदद गर्न वा बिरामी वा वृद्धहरु जसलाई सहायता आवश्यकता परेकालाइ मदद गर्न
6. आफ्नो घर को वरपर दैनिक व्यायाम गर्न २ जना सम्म भएर जान
7. पारिवारिक नाता पर्ने आफन्तको मलामी/ बिहे वा अन्य धार्मिक समारोहमा जान
8. अन्य कारणहरुले बाहिर जान पर्ने भएमा (जस्तै पैसा पठाउन जान,
मानौ तपाइँको घर को ठेगानाको जिप कोड 2241 हो , तपाइँ को पासपोर्ट नम्बर 07060785 हो र तपाइँलाई पैसा पठाउन जानु पर्ने छ भने यसो गर्नुहोस्।
जस्तै : 8 07060785 2241 लेखेर 8998 मा send गर्ने
यदि तपाइँ ड्युटी मा जानु पर्छ भने एसएमएस गर्नु पर्दैन , सरकारले जारि गरेको ” फर्म ए ” मा आफ्नो इम्प्लोयर बाट हस्ताक्षर गराएर लिएर हिड्न सकिन्छ।
sms गर्न को लागि