
दिनेश गौतम
युरोप , साईप्रस , साईप्रस नेपाल डटकमको विशेष अभियान अन्र्तगत हामीले यहा रहेका नेपाली समुदायहरुको सन २०२० कस्तो रह्यो ? भनी सोधेका थियौ ..साईप्रसमा नेपाली समुदायहरुमा परेको असर , काम, लगाएतका विषयमा हामी साईप्रसमा रहनुभएकाहरुको ब्यक्तीगत अनुभव समेत समेटेका छौ । केहीले आफनो अनुभव सहित हामीलाई लेखि पठाउनु भएको छ । उहाहरुको भोगाईलाई हामीले जस्ताको त्यस्तै प्रकासन गरेका छौ ।
मैना कार्की
सन २०२० मा कोरोनाले गर्दा अलिक गरो भयो बन्दी नै भएर बस्नु परेको छ कहिले कहि त दिमाख गुम्ला भन्नि डर लाग्छ अनि केही दिदी बहिनी दाजु भाइहरुले आत्माहत्या गरेँ झन पीडा भयो , सधैं बिजि समग्रमा हेर्दा ठीकै भएर बित्यो , अरुको घरमा काम गर्नेलाई हरेक कुरा गाह्रो छ तै पनि खुसि हुनै पर्छ ।
ज्योती विश्वकर्मा
मेरो सन २०२० राम्रो नै भयो भन्नु पर्छ किन भने कोरोनाको महामारी भए पनि यो बर्षमा झन सैलरी बढाएर दिएको छ , छुट्टी त छैन नभए पनि खुशी छु । भने जति सैलरी दियको छ।घरको फैमिली बुझ्नि र सहयोगी भएको हुनाले मेरो एउटा सानो घर बनाऊनी सपना पुरा भएको छ। त्यसैले समग्रमा यो बर्षा सन २०२० फलदायक नै भयो।
माया महिर मोम
युरोप भनि साईप्रसमा आईयो आएको दुर्इ महिना देखि कोरोना रोग देस भरि जता त्यतै फैलियो घर भित्रको भित्रै अन्धकार जिन्दगि बिताइयो त्यसै माथि झन लक डाउन ले तनाब नै तनाब दिमाकमा असर नि पुग्न गयो , छिन छिन मै हात धुको धुइ सेनिटाइजर लगाको लगाई गरियो केहि सानो सपना बोकेर प्रदेसिएको म यो कोरोना ले गर्दा कहिले नेपाल जाऊ आफ्नो परिवार सङ्ग भेटौ भएको छ नि तर बिडम्बना कोरोनाले गर्दा नेपाल जानु नि असम्भव छ अहिले साइप्रस जिन्दगि दुख सुख बितिरहेको छ ।
अनिता हमाल क्षेत्री
मेरो त यो २०२० को सुरुवातमा चाइनामा कोरोना भन्ने भाइरस आयो रे नेपाली हरुको बिजोग भयो भन्ने खबरले चाइनामा हुने आफन्त र नेपाली दाजुभाई दिदीबहिनीको चिन्तामा भैयो हुँदा हुँदा सबै तिर यो भाइरसको महामारी फैलिएर झन् तनाव यसैबीचमा लकडाउन भयो काम सगैं दाम पनि घटयो झन् तनाव परिवार सबै तिर छरिएर बसिरहेको अवस्था मा बरु तातोपानी ततायेर खायेर परिवारचै संगै हुन पाये हुन्थ्यो भन्नी लागि रह्यो । कोरोनाले गर्दा सधैं तनाव मा नै बित्यो भन्दा हुन्छ सन २०२० चै तेसैले तनाव कम गर्न अकबरे खुर्सानी र जिरे खुर्सानी चै लगभग ४०० यूरो जति को बेचेको छु केही नाफा बल्ल भएको छ ।
बसन्ती राई भट्ट
मेरो त राम्रो रहयो अब आउदा दिन हरु पनि दुख सुख यसरी नै बिताउन पाउ । जिन्दगीको बाच्ने आधार नै सङ्हर्स रहेछ । सदै ब्यस्त ब्यस्त भएर नै बितो मेरो चहि । नया साल २०२१ को हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
विष्णु काफ्ले
भावी सन्ततिको उज्जवलको लागी दूधे बाल बचेरा अनी बूडा भएका बा आमा गाउ घर समाज देश छोड़ेर ७ समुन्द्र पारी सुखको खोजीमा भौतारिएका यात्री हौ हामी । जीवन संघर्ष हो त्यसैले कोही पनि विचलित नभइ काम गर्न सिकयौ देश मा भएका ग़द्दारी लाचारी हरुको परकास्ठा यहा हामिले भोगी हरेका छौ रगत पसीना र जवानी सग पैसा साटन बाध्य छौ जीवनमा आऊने उतार चढ़ाब लाई डटेर सामना गर्नु नै जीवन हो ।
समग्रमा मेरो सन २०२० सामान्य नै रह्यो बिश्वमा कोरोना महामारीले १८ लाख भन्दा बढ़ीको ज़्यान गयो खान नपायेर कती मरे लेखा जोखा छैन संसार आर्थिक मन्दिको चपेटामा परो संसारमा कती को जागीर गयो कतीको करोडौको कारोबार सुन्यमा झरो यो सबैलाई अबगत नै छ । यो वर्ष मेरो मात्र नभएर सबैक़ो डर त्रासमै बीतो सुरु सुरुमा त कोरोनाको नीकै डर भयो सबैले लकडाउनको सामना गर्नु परो यही बीचमा उज्जवल भविष्यको खोजीमा आएका भाई बैनिहरु काम नपायेर नेपाल फर्केर जान बाध्य हुनु परो परदेश को ठाऊ खान बस्न नै नपाए पछि के गर्ने बाध्यता ?
यो यही बीचमा कती जनाले आत्माहत्या गर्न बाध्य भएक़ो खबर ले अत्यन्त मर्माहित बनायो त्यसमा पनि पोखराका रोशन अधिकारी भाईंको आत्माहत्या अनी ऊहाको परिवारको नाज़ुक अबस्था सुनेर सारै भाव बिभल बनायो । लकडाउनको समयमा कती ले फ़ाइन पनि तिरेको सुनियो एक ले अर्कों लाई काटेर मारेको पनि सुनियो यस्ता घटना अब नहुन पनि भन्न चाहन्छू ।ठुला समस्या आए बरु बाहिर ल्याऊ आत्माहत्या नगरौ सबैमा अनुरोध । मेरो यो सन २०२० व्यक्तिगत रूपमा राम्रो नै भयो परदेशको ठाऊ सधै ब्यस्तता मै बीतो पनि भन्न चहनछू र अब आऊने सन २०२१ सबैक़ो सुभ रहोस अन्त्य मा लक्ष्मी प्रसाद देबकोटा को जन्म जयन्तीको अबसरमा जनसम्पर्ग। समिति साइप्रसले आयो जना गरेको प्रबासमा राष्ट्रीयता शीर्षकमा कबिता प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल भए फेरी पनि आभार व्यक्त गर्द्छु र सम्पूर्ण मा फेरी पनि सन २०२१ को सुभकामना साथै सबै मा भाईचारा बढ़ोस कोरोनाको अन्त्य होस धन्यबाद
३० डिसेम्बर २०२०/ काठमाडौँ | बैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (FEIMS) बाट शुक्रबारदेखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने भएका हुन् ।
यसरी अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य १७ पुस अर्थात (सन् २०२१ जनवरी ०१) बाट सुचारु हुने बैदेशिक रोजगार विभागले जनाएको छ | विभागका अनुसार एकपटक विभागको अनलाइन प्रणालीबाट Biometrics (Iris आँखाको स्क्यान बा Fingerprint औंठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाहरुले अनलाइन पुनः श्रम स्वीकृति सेवा लिन सक्ने छन् |
त्यस्तै अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न बैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np को *अनलाइन श्रम स्वीकृति (FEIMS)’ मार्फत फारम भर्नुपर्ने छ । फारम भरिसकेपछि शाखा छान्ने बेलामा Online Branch छान्नुपर्नेछ ।
श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन Reject भएमा त्यसको कारण सहितको SMS आवेदकको मोबाइल नं र आवेदन गर्दाको User Account मा सूचना जाने भएकाले आफ्नो मोवाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ | त्यस्तै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको Username र Password सुरक्षित राख्नुपर्नेछ ।
श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको FEIMS को User Account र इमेल ठेगाना दुबैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेभएकाले आवेदक आफैले आवश्यकता अनुसार प्रिण्ट गर्न सकिनेछन ।
त्यस्तै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भूक्तानी प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिनेछ । यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुने भएकाले उक्त सेवाको प्रयोग गर्न विभागले आग्रह गरेको छ |
श्रम बनाउन के के डकुमेन्ट चाहिन्छ त ??
अनलाइनबाटै श्रम स्वीकृति दिने भएपछि अब दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका छन् ।
१. पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि
२. राहदानीको प्रतिलिपि
३. अघिल्लो पटक र हाल प्राप्त गरको भिसा
४. रोजगार करारपत्र
५. जीवन बिमा
६. कल्याणकारी कोषमा रकम भुक्तानी
श्रोत:- sajhasabal.com.