२०८२ फाल्गुन १६ शनिबार
२०८२ फाल्गुन १६ शनिबार

युरोप साईप्रस
नेपाली पत्रकारहरुको सुरक्षाका युरोपियन देश साईप्रसका दुई वटा जातिय सस्थाहरुले आर्थिक सहयोग गरेका छन । नेपाल पत्रकार महासघं युरोप शाखा मार्फत साईप्रसमा विगत केही बर्ष देखि समाजिक कार्यमा सक्रिय भुमिका खेलिरहेका तमु समाज साईप्रस र किराँत याक्थुङ चुम्लुङ साइप्रसले आर्थिक सहयोग गरेको पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतमले जानकारी दिनुभएको छ ।

पत्रकार गौतमका अनुसार किराँत याक्थुङ चुम्लुङले एक सय पाच युरो र तमु समाज साईप्रसले एक सय एक युरो आर्थिक सहयोग गरेको बताए । नेपाली पत्रकारहरुको आफनो समुदायहरुको अवाज उठाउनका लागि महात्वपुर्ण भुमिका रहेको भन्दै पत्रकारहरुको जिवन रक्षा होस वा उनिहरुको हक अधिकारका बारेमा तमु समाज साईप्रस सदैव साथमा रहिरहने तमु समाजकी अध्यक्ष धना गुरुगंले प्रतिबद्धता जनाएकी छिन ।

अध्यक्ष गुरुगंका अनुसार साईप्रसमा रहेका नेपालीहरुलाई समास्या लागि राज्यसगं पुगाउनका लागि पत्रकार महासघं युरोप शाखाले अत्यन्तै महात्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गरेकी छिन ।

उता किरातीहरुको ईतिहास , धर्म ,सस्कृतिलाई साईप्रसका पत्रकारहरुले महात्वपुर्णका साथ प्रचार प्रसार , सहि कलमका माध्यमले जगेर्ना गरिरहेको भन्दै आफनो सस्था सदैव पत्रकार महासघं युरोप शाखासगं मिलेर काम गर्ने किराँत याक्थुङ चुम्लुङकी सचिव रेश्मा लिम्बुले बताएकी छिन ।

यसरी दुखमा परेका पत्रकारहरुका लागि साईप्रसमा रहेका जातिय वा समाजिक सघंसस्थाहरुको सहयोग अपरिर्हय रहेको भन्दै सहयोग गर्ने सस्थाहरु प्रति नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य एवमं साईप्रस प्रतिनिधि दिनेश गौतमले हार्दिक धन्यबाद दिनुभएको छ । साथै नेपाली पत्रकारहरुको अक्षय कोषमा सहयोग गर्न चाहने साईप्रसका सबै समाजिक एवमं जातिय , समाजसेबीहरुलाई अनुरोध समेत पत्रकार गौतमले गरेका छन ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट