
२१ अक्टोबर २०२० /लिमासोल
नेपाली जनसम्पर्क समिति साइप्रसले कविता प्रतियोगिता आयोजना गर्न लागेको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावलीको अवसर परेर समितिले कविता प्रतियोगिता गर्न लागेको हो।
साइप्रसमा रहेका नेपालीले मात्र सहभागी हुन पाइने यो प्रतियोगितामा “प्रवासमा राष्ट्रियता ” शिर्षकमा आगामी नोभेम्बर ९ तारिख मध्यरात सम्ममा प्रतियोगीले कविता पठाइसक्नु पर्नेछ। प्रतियोगितामा प्रथम पुरस्कार एक सय युरो,द्वितिय पुरस्कार ५० युरो तृतीय पुरस्कार २५ युरो राखिएको छ भने साथमा प्रमाण पत्र पनि प्रदान गरिने समितिले जनाएको छ। साथै उत्कृस्ट पाँच कवितालाई विभिन्न अनलाइन मिडियामा प्रकाशन गरिने बताइएको छ।
प्रतियोगीले गद्य वा पद्य दुबैमा कविता लेख्न सक्नेछन् । पद्यमा लेख्दा कम्तिमा ४ अनुच्छेद र बढिमा ६ अनुच्छेद सम्म हुनु पर्ने छ भने गद्यमा १५० शब्द नबढाई लेख्नु पर्ने छ। प्रतियोगीतामा ३ जना निर्णायक मण्डलले उत्कृस्ट ५ कविता चयन गर्ने छन्। प्रतियोगिताको नतिजा आगामी १५ नोभेम्बरमा अनलाइन “जुम मिटिंग” मार्फत सार्वजिक गरिनेछ।
प्रतियोगितामा सहभागी हुन जनसम्पर्क समिति साईप्रसको फेसबुक पेज वा इमेल [ cyprusnepal017@gmail.com ] मा आफ्नो कविता पठाउन सकिने छ। सहभागीले आफ्नो पुरा नाम, साइप्रसको ठेगाना, सम्पर्क फोन नम्बर र इमेल ठेगाना अनिवार्य उल्लेख गर्नु पर्ने छ।

२१ अक्टोबर २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा १२७ मा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ। बुधबार साँझ पत्रकारहरुलाइ जानकारी दिंदै मन्त्रालयले ३३०९ नमुना परिक्षण गर्दा एक सय सत्ताईसमा कोरोना भाइरस पोजेटिभ भएको बताएको हो। गत मार्च महिना देखि आज सम्मको आंकडा अनुसार कोरोना संक्रमित को संख्या २९६६ पुगेको छ।
कहाँ कति नमुना परिक्षण भए कति संक्रमित भेटीए ?
व्यक्तिगत रुपमा परिक्षण गर्ने १३५७ मध्य ७४ जना, पोजेटिभ भएकाको निकट सम्पर्कमा आएका व्याक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ्गमा ३१५ टेस्ट मध्य ३१ जनामा कोरोना देखिएको थियो। एयरपोर्टबाट संकलित ६९० नमुना मध्य ४ जना, व्याक्तिगत डाक्टर र जनस्वास्थ्य क्लिनिकको सिफारिस अनुसार २४४ नमुनामा १२ जना, विभिन्न हस्पिटल ल्याब मा संकलित २६७ नमुनाबाट ६ जना मा कोभिड १९ पोजेटिभ देखिएको थियो।
हाल फामागुस्ता हस्पिटलमा १९ जानले कोभिडको उपचार गराई रहेका छन् जसमध्य तिन जना एचडियु मा छन्। त्यस्तै निकोसिया जेनेरल हस्पिटलमा २ जना आइसीयु उपचार गराई रहका छन् भने अन्य २ कोभिड वाडमा छन्।