२०८२ जेष्ठ १९ आईतवार
२०८२ जेष्ठ १९ आईतवार

१३ अक्टोबर २०२० /लिमासोल

कोरोना माहामारी सुरु भए यताकै सबैभन्दा धेरै कोभिड १९ का बिरामी फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज ६२ जनामा कोरोना पोजेटिभ भेटिएको हो जुन मार्च देखि अहिले सम्मको परिक्षण मा सबै भन्दा धेरै हो। आजको डाटा सहित कोरोना संक्रमित को संख्या २१०९ पुगेको छ यद्यपि निको हुनेको संख्या १४४४ रहेको छ। हाल सम्म कोरोनाको कारण पच्चीस ज्यान गुमाइसकेका छन्।

गत हप्ता ३ जनाको मृत्यु हुनु र लगातार कोरोना बिरामी को संख्यामा वृद्धि भएको देखिनुले सर्वसाधारणमा स्वास्थ्य प्रोटोकोल मा लापरवाही गरिरहेको स्वास्थ्य मन्त्रालयको बुझाइ छ। शैक्षिक संस्थान, कार्यस्थालमा स्वास्थ्य प्रोतोकोल कडाइका साथ लागु नहुँदा कोरोना भाइरस खतरनाक रुपमा फैलिरहेको हालक परिक्षणका नतिजाबाट देखिएको मन्त्रालयले जनाएको छ।

जाडो महिना सुरु नहुदै संक्रमितको संख्या ह्वात्तै बढ्नु खतराको घन्टी भएको र कोरोना को फैलावटको आँकलन अनुसार अस्पतालमा भर्ना हुनु पर्ने बिरामीको संख्यामा थप वृद्धि देख्न सकिने अनुमान गरिएको छ।

मंगलबार ३६४५ टेस्ट गरिएको थियो। टेस्टका नतिजा सार्वजनिक हुनु अघि स्वास्थ्य मंत्रीले हालको परिस्थिति प्रति गहिरो चिन्ता व्यक्त गर्दै परिस्थितिलाइ सामान्य बनाउन आम नागरिकबाट सहयोगको अपेक्षा गरेको लिखित बयान दिएका थिए । चिन्ताजनक नयाँ तथ्यांक र अहिलेको अवस्थालाइ समिक्षा गर्न साथै यो स्थितिलाई सम्हाल्न चाल्न पर्ने सक्ने कदम बारे छलफल गर्न वुधबार बिहान विज्ञहरुको टोलि संग बैठक रहेको बताए। बढ्दो कोरोनाको संख्या संगै आम नागरिकमा फेरी लकडाउन हुने हो कि भन्ने चित्ता बढ्न थालेको छ।

साइप्रसका ताजा समाचार पढ्नुस : लिमासोल र निकोसियामा नयाँ नियम लागु

१३ अक्टोबर २०२०/लिमासोल

कोरोना महामारी सुरु भए देखि दोस्रो पटक ठुलो संख्यामा सोमबार कोरोना संक्रमण देखिए पछि साइप्रसको स्वास्थ्य मन्त्रालयले निकोसिया र लिमासोलका लागि नयाँ नियम लागू गरेको छ। सोमबार ४१ जनामा संक्रमण देखिए लगत्तै निकोसिया र लिमासोल जिल्लामा १३ अक्टोबर मंगलबार देखि अक्टोबर २३ सम्म लागू हुने बताएको हो । सोमबार सम्म साइप्रसमा २,०४७ जनामा कोरोना संक्रमण भै सकेको छ।

दैनिक वृद्धि भै रहेको कोरोना भाइरस नियन्त्रण गर्न लार्नाका मा लागू गरेको नियम प्रभावकारी  देखिएपछि सरकारले निकोसिया र लिमासोलमा सोही नियमलाई कडाइका साथ पालना गर्नु पर्ने मा जोड दिएको छ । नियम अन्तरगत घर र खुल्ला स्थानमा हुने जमघटमा बालबालिका सहित दस जना भन्दा बढी जम्मा हुन पाइने छैन। त्यस्तै चर्च, मस्जिद, मन्दिर र अन्य धार्मिक स्थलमा ७५ जना भन्दा बढी सहभागी हुन पाइने छैन यधपी सुरक्षाका उपाय र मास्क भने अनिवार्य गरिएको छ। खेलकुद सम्बन्धि सबै क्रियाकलापहरुमा दर्शक बिना नै संचालन गर्न निर्देशन दिएको छ। साथै रेस्टुरेन्ट भित्र पचहत्तर र बाहिर एक सय पचास जना ग्राहक राख्न अनुमति दिएको छ।

ठाउँ अनुसार ‘सोसल डिस्टेन्सिङ्ग ‘ कायम गर्नु पर्ने छ इन्डोर का लागि ३ स्क्वायर मिटर को दुरि राख्नु पर्ने बताइएको छ। सिनेमा हलमा पचहत्तर जना, इन्डोर थियटरमा पचहत्तर जना र ओपेन थिएटरमा एक सय पचास जना दर्शक राखी संचालन गर्न सकिने बताइएको छ। यद्यपि स्वास्थ्य मन्त्रालयको निर्देशन र प्रोटोकोल अनुसारको सतर्कता अपनाउनु पर्ने छ। कक्टेल पार्टी, बिवाहका ‘बप्तिस्मा’ र बधाई दिने कार्यक्रममा प्रतिवन्ध लगाइएको छ। विवाह भोजमा भने तिन सय पचास जना सहभागी हुन सकिने निर्देशिकामा बताइएको छ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट