
५ अक्टोबर २०२०
साइप्रसमा कोरोना संक्रमित को संख्या दिनदिनै बढ्दै गैरहेको छ। यस अवस्थालाई मध्य नजर गर्दै लार्नाका र फामागुस्ता जिल्लामा खास नियम पनि लागु गरिएको छ। पछिल्लो २४ घन्टामा यहाको स्वास्थ्य मन्त्रालयले २३ जनामा नयाँ संक्रमण पुस्टि भएको जानकारी दिएको छ। प्राइभेट ल्याब, बोर्डर, एयरपोर्ट, सरकारी ल्याबमा २७३६ नुमना टेस्ट गरिएको थियो।
‘कन्ट्याक ट्रेसिंग ‘ मार्फत सय जनामा गरिएको टेस्टमा ५ जनामा कोरोना पोजेटिभ देखियो भने एयरपोर्टमा १७५६ जनाको टेस्ट बाट १० जना यात्रुमा कोरोना पुस्टि भएको छ। अन्य आठ जनाको सरकारी र प्राइभेट ल्याब मा परिक्षण गर्दा कोरोना पुस्टि भएका छन्। कन्ट्याक ट्रेसिंग गरिएका मध्य २ जना फुटबल खेलाडी रहेको खुलेको छ। आजको विवरण अनुसार हाल सम संक्रमित को संख्या १८४७ पुगेको छ। २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने हाल सम्म १३६९ जना कोरोना बाट निको भैसकेका छन्। ४५६ जनामा कोरोना सक्रिय छ जसमध्य ८ जना फामागुस्ता जेनेरल हस्पिटल, २ जना निकोसिया जेनेरल हस्पिटल र १ जना अन्य हस्पिटल मा उपचाररत रहेका छन्।
०५ अक्टोबर २०२० / लिमासोल
पापोसमा केहि हप्ता यता विभिन्न घटना घटीरहेका छन्। केहि दिन अघि मात्र सय युरो फिर्ता नगरेको रिसमा भियतनामी माथी चक्कु प्रहार भएको थियो। घटना हिजो आइतबार को हो। पापोस सिटि को एक पार्किङ्ग एरियामा २३ वर्षीय सिप्रियोट युवक जादै थिए। उनको पछाडीबाट आइरहेको मोटरसाइकलमा सवार व्याक्तिले चक्कु देखाएर घाटीको चेन लुटेर फरार भए। चक्कु देखाए पछि उनि भाग्न खोजे तर उनीहरुले पिछा गरे। मोटरसाइकल चालक संगै सवार महिलाले युवकलाइ टाउको र दाहिने काँधमा हेलमेटले प्रहार गरि चेन लुटेर फरार भए।
पापोस हस्पिटलमा प्रहरीलाई घटनाको सम्पूर्ण विवरण दिदै युवकले अपराधिको हुलिया बारे बताए। दिनदहाडै भएको घटना पछि पिडित युवक अहिले पापोस हस्पिटल मा उपचार गराई रहेका छन्। युवकको दाहिने काँध र टाउकोमा चोट लागेको छ। सुन चेन भनेर लुटिए पनि सुनको जलप लगाइएको उक्त चेनको मूल्य करिब ८० युरो मात्र रहेको छ। प्रहरीले “अरेस्ट वारेन्ट ” जारि गर्दै अपराधीलाई ‘वान्टेड’ को सुचिमा राखेर खोजी गरिरहेको छ।
श्रोत : स्थानिय मिडिया