
२५ सेप्टेम्बर २०२०
साइप्रसमा कोरोना संक्रमण फेरी बढ्न थालेपछि लार्नाका अहिले ‘हट स्पट’ बनेको छ। बिहिबार सम्मको बिवरण अनुसार कोरोना संक्रमित को संख्या १६६३ पुगी सकेको छ। नागरिकको स्वास्थ्य सुरक्षाका लागि लार्नाकामा बिहिबार देखि आगामी २ हप्ताको लागि विभिन्न नया नियम लागु गरिएको छ भने भिडभाड हुने समुन्द्र तटीय र सार्वजनिक स्थानमा ‘ सेनिटाजर स्प्रे ‘ गर्न थालिएको स्थानिय मिडियाले समाचार प्रशारण गरेका छन् ।
लार्नाका नगरपालिकाले कोरोनाको सहि जानकारी पाउन विभिन्न स्थानमा नि:शुल्क कोरोना परिक्षण सुरु गरेको छ । बिहिबार देखि सुरु भएको नमुना संकलन आगमी ५ दिन सम्म चल्ने बताइएको छ। हालको लागि तिन हजार नमुना परिक्षण निशुल्क गरिने नगरपालिकाले बताएको छ। नगरपालिकाले निशुल्क कोभिड १९ टेस्ट गराउन घोसणा गरे संगै टेस्ट गराउन चाहने व्याक्तिको भिड लागेको छ। लार्नाकाबासि बिहानै देखि कोरोना परिक्षणका लागि नमुना संकलन सेन्टर मा पुगेका थिए फोटोमा हेर्नुहोस् : photo credit: Cyprus Times





युरोप , साईप्रस , ‘मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान’ भन्ने प्रमुख उद्येश्य लिई गर्न लागिएको १३ औ यूरोपियन क्षेत्रिय भेला तथा ११ औँ महिला सम्मेलन लगायत दोश्रो यूरोपियन विज्ञ भेला’ यूरोप क्षेत्रीय संयोजक समूहको नेतृत्वमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
सो भेला अक्टुवर ३ र ४ मा हुने र सोको कार्ययोजना सार्वजनिक गरेको छ । बिगतमा भएको सम्मेलन भन्दा फरक तरिकाले भर्चुवल मार्फत् हुनगईरहेको विशेष र यो बैठक निकै अर्थपूर्ण रहने क्षेत्रीय संयोजक नरायण अचार्यले जानकारी दिए ।
सम्मेलनबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले बैठकको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले गर्ने तय भएको जानकारी दिए ।

बैठकलाई नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पनि सम्बोधन गर्ने छन्। कोरोना महामारीका कारण भर्चुअल रूपमा आयोजना हुने उक्त सम्मेलनको मूल नारा “मातृभूमिको लागि सिप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” रहेको छ । सम्मेलन अन्तर्गत महिला सम्मेलनमा समाजसेवी अनुराधा कोइराला, चर्चित नायिका मनिषा कोइराला, नेकपा सांसद तथा महिला नेतृ रामकुमारी झांक्री सहभागी हुने युरोप क्षेत्रकी महिला संयोजक योगिता थापाले जानकारी दिइन् ।
दोश्रो यूरोपेली ज्ञान सम्मेलनका संयोजक राजु अर्यालले ज्ञान सम्मेलनमा स्वास्थ्य र चिकित्सा, उर्जा र वातावरण, पूर्वाधार लगायतका ५ ओटा सत्रमा विभिन्न वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत गर्ने बताए। उनले ज्ञान सम्मेलनमा शिक्षा मंत्री गिरिराजमणि पोखरेल पनि सहभागी हुने बताए।
एनआरएनए युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले संचारकर्मीहरुको निरन्तर साथ र सहयोगका कारण नै एनआरएन अभियान यो स्थानसम्म आइ पुगेको भन्दै आगामी दिनमा पनि मिडियाको यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
उनले सम्मेलनमा मिडियासंग सम्बन्धित एउटा छलफल सत्र राखिएको जानकारी पनि दिए। उनकै संयोजनमा एनआरएन युरोपले एउटा मिडिया समिति पनि गठन गरेको छ। कार्यक्रममा एनआरएन युरोपका उपसंयोजकहरु मुक्त गुरुङ तथा कृष्ण तिमल्सेनाले पनि आफ्ना भनाइ हरु राखेका थिए।
सम्मेलनलाई नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेकपा नेता गंगालाल तुलाधर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि आयोजकहरुले जनाएका छन्।
पत्रकार सम्मेलनमा युरोपको साईप्रस , पोल्यण्ड , बेल्जीयम , पोर्तुगल , नर्बे , बेलायत लगाएत देशका पत्रकारहरुको सहभागिता रहेको थियो ।