
२४ सेप्टेम्बर २०२० / लिमासोल
लार्नाकमा पछिल्लो केहि दिन देखि कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गए पछि सरकारले यसको रोकथाम को लागी नयाँ नियम लागु गरेको छ। सरकारले देश भरिका सात हजार फुटबल खेलाडीको पनि कोरोना टेस्टको लागी नमुना लिइने बताइएको छफैलावट को अवस्थाको विवरण चित्रण सजिलो होस् भन्नका लागि लार्नाकामा तिन हजार कोरोना नमुना संकलन बिहिबार देखि सुरु गरिएको छ। सुरुका तीन हजार नमुना लिन बिभिन्न स्थानमा नमुना संकलन केन्द्र स्थापना गरिएको छ। नमुना दिन मास्क अनिवार्य लगाई सामाजिक दुरी कायम गरि निम्न स्थानमा जान सकिने छ।
- GSZ Stadium parking lot
- Municipal Parking on Tasos Mitsopoulos Avenue (Mackenzie area, opposite the ice cream parlours)
भोलि देखि आगामी ५ दिन सम्म बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म नमुना संकलन गरिने छ।
समिम मियाँ
२४ सेप्टेम्बर २०२०/ लिमासोल
साइप्रसमा पछिल्लो केहि हप्ता देखि कोरोना संक्रमण फेरी बढ्न थालेको छ। खास गरि लार्नाका जिल्लामा बितेका केहि दिन मा संक्रमित को संख्या बढ्दै गए पछि सरकारले कोरोना संक्रमणको फैलावट रोक्न विभिन्न नयाँ कदम चालेको छ। बिहिबार सम्म संक्रमित को संख्या १६६३ पुगी सकेको छ। पछिल्लो ४८ घन्टामा लार्नाका अवस्थित दुई फुटबल क्लबका व्याक्तिहरुमा कोरोना पोजेटिभ देखिए पछि “कन्ट्राक ट्रेसिङ्ग ” गर्दा संक्रमित को संख्या बढ्दै गएको छ। लार्नाका का मेयर आन्द्रेयस भिरासले सरकारी रेडियोलाइ अन्तरवार्ता दिदै सबै नागरिकले सतर्कताका सबै उपायहरु कडाइका साथ पालन गर्नु पर्ने बताउनु भएको छ। बिहिबार बिहान देखि लागु हुने गरि आगामी दुइ हप्ताको लागि सरकारले लार्नाका का लागि नयाँ उपायहरु बारे जनाकारी दिएको छ। बिहिबार देखि लार्नाका जिल्ला भरि घरमा हुने जमघटमा बालबालिका सहित दस जना भन्दा बढी जम्मा हुन पाइने छैन। तर अन्य जिल्लाहरु मा भने ५० जना सम्म को नियम कायम नै छ। त्यस्तै चर्च, मस्जिद, मन्दिर र अन्य धार्मिक स्थलमा ७५ जना भन्दा बढी सहभागी हुन पाइने छैन यधपी सुरक्षाका उपाय र मास्क भने अनिवार्य गरिएको छ। खेलकुद सम्बन्धि सबै क्रियाकलापहरुमा दर्शक बिना नै संचालन गर्न सकिने छ। साथै रेस्टुरेन्ट भित्र पचहत्तर र बाहिर एक सय पचास जना ग्राहक राख्न अनुमति दिएको छ।
ठाउँ अनुसार ‘सोसल डिस्टेन्सिङ्ग ‘ कायम गर्नु पर्ने छ इन्डोर का लागि ३ स्क्वायर मिटर र २ स्क्वायर मिटर कायम गरिएको छ। सिनेमा हलमा पचहत्तर जना, इन्डोर थियटरमा पचहत्तर जना र ओपेन थिएटरमा एक सय पचास जना दर्शक राखी संचालन गर्न सकिने बताइएको छ यद्यपि स्वास्थ्य मन्त्रालयको निर्देशन र प्रोटोकोल अनुसारको सतर्कता अपनाउनु पर्ने छ। कक्टेल पार्टी, बिवाहका ‘बप्तिस्मा’ र बधाई दिने कार्यक्रममा प्रतिवन्ध लगाइएको छ। विवाह भोजमा भने तिन सय पचास जना सहभागी हुन सकिने निर्देशिकामा बताइएको छ।
लार्नाका जिल्लामा मा आज देखि सुरु हुने गरि तिन हजार जनाको निशुल्क कोरोना टेस्ट हुने बताइएको छ।