२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार
४ सेप्टेम्बर २०२०/लिमासोल

शुक्रबार साइप्रसमा एक दशक यताकै उच्च तापक्रम दर्ज भएको छ । निकोसियाको अथालसा स्थित बन विभागमा ४६.२ डिग्री सेल्सियस तापक्रम मापन भएको हो । यस अघिको उच्च तापक्रम सन् २०१० अगस्ट १ तारिखमा ४५.६ डिग्री सेल्सियस मापन गरिएको थियो । एथिनौमा पनि ४६ डिग्री तापक्रम दर्ज भएको थियो  जुन अहिले सम्म कै उच्च हो।
शुक्रबारको उच्च तापक्रम दर्ज भए पछि श्रमिकको स्वास्थ्यलाई ध्यानमा राख्दै श्रम मन्त्रालयले बाहिर खुल्ला आकाशमुनि गरिने सबै किसिमको  काममा रोक लगाएको थियो । अत्यधिक गर्मि र सापेक्षित आद्रताले तातेको टापुलाई मौसम विभागको अर्को सुचनाले थप ततायो। वायुमा धुलोको मात्रा बढेको जानकारी दिदै श्वासप्रश्वास सम्बन्धि बिरामी र वृद्ध वृद्धाले थप ख्याल राख्नुपर्ने बताइको थियो ।

गर्मीमा पानीको मजा लिदै बालिका


गर्मी बढे संगै  विद्युत खपत  अहिले सम्मकै रेकर्ड भएको  विद्युत प्राधिकरण साइप्रसले जनाएको छ । आज दिउँसो २ बजे को खपत ११६० मेगावाट थियो जसले २०१० मा दर्ज भएको ११४८ मेगावाट को रेकर्ड तोडिएको हो विद्युत प्रसारण प्रणाली साइप्रसका प्रवक्ताले बताएका छन् ।
सासै रोकिने किसिमको गर्मी निकोसियामा ४६.२ डिग्री सेल्सियस, फ्रेनरोसमा ४१, प्रोडरोमोसमा ३८, लार्नाका एयरपोर्टमा ३८, पापोस एयरपोर्टमा ३६ डिग्री सेल्सियस मापन गरिएको थियो । सापेक्षित आद्रता भने निकोसियामा १३%, पापोसमा ७२% र पोलिसमा ६६% रहेको थियो । शनिबार पनि तापक्रम ४०-४२ डिग्री र ट्रोदोस मा ३५ डिग्री रहने अनुमान गरि मौसम विभागले “ओरेन्ज अलर्ट” जारी गरेको छ । यो हप्ता मात्रै ३ पटक “रेड अलर्ट” जारी भै सकेको छ । आइतबार, सोमबार र मङलबार भने मौसम सफा रहने र गर्मी केही कम हुने मौसम विभागले बताएको छ।

साईप्रस , आयानापा
प्रवासमा रहेका शेर्पाहरुलाई एकिकृत गर्ने र सस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले स्थापना भएको शेर्पा किदुक साईप्रसको पाचौ बार्षिक उत्सवसगैं नया कार्यसमिति गठन गरेको छ ।

साईप्रसको लिमासोल सहरमा शेर्पा किदुक साईप्रसकी अध्यकक्ष निमा याङ्जुम शेर्पाको सभापतित्वमा भएको भेलाले ङिमदिकि शेर्पालाई सर्बसम्मत रुपले अध्यक्षमा चयन गरेको हो । यस्तै बरिष्ठ उपाध्यक्षमा मिना शेर्पा ,महासचिवमा ,निमा ल्हमु शेर्पा , सचिवमा सेडुप पेम्बा रिन्जि शेर्पा , कोषाध्यक्षमा कान्छि लामा ,सह कोष अध्यक्षयमा फुलामि शेर्पा , लिमासोल सहरको उपाध्यक्षमा छिरिङ याङजुा शेर्पा ,पापोस सहरको उपाध्यक्षमा पासाङ लामा , लार्नाका सहरको उपाध्यक्ष पसि शेर्पालाई सर्बसम्मतले चयन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनु भएको छ भने सदस्यहरुमा ङ्कि शेर्पा , निमा लह्मु शेर्पा , पेमा याङ्जि शेर्पा, र डोल्मा शेर्पा सर्वसहमत रूपमा चयन हुनुभएको छ ।

उता समाजको पहिलो बैठकले निर्बमान अध्यक्ष निमायाङ्जुम शेर्पालाई प्रमुख सल्लाहकारमा चयन गरिएको महासचिव ङिमदिकि शेर्पाले जानकारी दिनु भएको छ । समाजकी नया अध्यक्ष निमा शेर्पाले आफु साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्था, मिडियाकर्मीहरु लगाएतसगं समाजिक कार्यमा सदैव मिलेर कामगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट