
काठमाण्डौ – अब श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य चाहिने भएको छ ।अब श्रम स्वीकृति लिनका लागि सम्बन्धित रोजगारदाताले हालसालै जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ को प्रमाणपत्र सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा प्रमाणिकरण गराएर पेश गर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
यस्तै फागुन २९ गतेभन्दा अघि नै ‘डिमाण्ड एटेस्टेसन’ अर्थात मागपत्र प्रमाणिकरण भई पूर्व स्वीकृति लिइसकेकाको हकमा पनि अन्तिम स्वीकृति लिनका लागि रोजगारदाताले हालसालै जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको विभागले जनाएको छ ।
नभएमा अन्तिम स्वीकृति पाइने छैन । त्यसैगरी व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको हकमा पनि सम्बन्धित रोजगारदाता कम्पनीको आधिकारिक इमेलबाट वैदेशिक रोजगार ताहाचल कार्यालयको इमेल ठेगानामा ‘नो अब्जेक्सन सर्टिफिकेट’ पठाएको भएमा मात्र अन्तिम श्रम स्वीकृति पाइनेछ ।गएको फागुनको अन्तिम सातादेखि रोकिएको श्रम स्वीकृति सरकारले अस्ति १४ गतेदेखि खुलाएको छ । कोरोना महामारी सुरु भएसँगै पुनः श्रम स्वीकृति पनि सरकारले रोकेको थियो ।
तर पुनः श्रम स्वीकृति भने गएको असार १८ गतेदेखि नै खुलेको हो ।
२ सेप्टेम्बर २०२०/साइप्रस
साइप्रसमा श्रम शोषणमा परेका दुइ नेपालीको उद्धार गरिएको छ। लिमासोल स्थित पिसौरी गाउँको एक पशु फार्ममा दुइ युवकलाई बंन्धि बनाई राखेको भनि प्रहरीले जानकारी पाए पछि उद्धार गरिएको हो। स्थानीय मिडियाका अनुसार २० र २१ वर्षका नेपाली गत फेब्रुअरी देखि काम गर्न थालेका थिए। इजिप्टका ३० बर्षिय फार्म म्यानेजरले भोकै राखेर कुटपिट गर्ने र जबर्जस्ति काम गर्न लगाउने खुलेको हो । पीडितहरुको शरीरभरि चोटैचोट रहेको छ । शारीरिक र मानसिक रुपमा बिक्षप्त भए पछि भाग्ने कोसिस गरेका पीडित मध्य एक लाई म्यानेजरले ढुङ्गाले आक्रमण गरि घाइते बनाएका थिए । आक्रमणमा खुट्टामा चोट लाग्यो, रगत बगि रह्यो तर उपचार को लागि न त अस्पताल लगियो न त सामान्य मलम पट्टटि । उपचार नपाए पछि खुट्टा को घाउ मा संक्रमण हुन थालेको थियो।
उद्घार पश्चात् करीब २ महिना पछि उपचार को लागि लिमासोल जेनेरल हस्पिटल लगिएको छ। सामान्य मानवीय सम्वेदनाको समेत ख्याल नराखी जनावर संगै भोकभोकै खोर मा थुनेर राखिएको पिडितले बताएको स्थानीय मिडियाले लेखेका छन् । पिडित अध्ययनका शिलशिलामा आएका विधार्थीहरु रहेको बताइएको छ। पीडित र फर्म म्यानेजर तिनै जना गैरकानुनी रुपमा बसेको मिडियाले उल्लेख गरेका छन् । फर्मका मालिक एक विश्वविधालयका प्रोफेसर हुन्। पिडितहरु गत को काम छोड्न चाहेका उनीहरु गत जुलाई मा भाग्ने कोसिस पनि गरेका थिए तर असफल रहे । उनिहरु माथी अप्रत्यक्ष रुपमा मालिकको निर्देशन अनुसार म्यानेजरबाट निर्मम यातना र कुटपिट भै रह्यो ।

प्रहरीले मालिक र म्यानेजर दुबै जनालाई पक्राउ गरि अदालत बाट आठ दिन को अनुसन्धान को समय लिएको छ । उनीहरु माथी श्रम शोषण, मानव तस्करी को अभियोग लगाइएको छ।प्रहरीले यश विसयमा अनुसन्धान गरिरहेको छ ।
श्रोत : स्थानीय मिडिया