२०८२ भाद्र २१ शनिबार
२०८२ भाद्र २१ शनिबार

कोरोना अपडेट २७ अगस्ट २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देखिएका कोरोनाका नयाँ सन्क्रमित बारे जानकारी दिएको छ। जानकारी अनुसार २७५५ परिक्षणमा ११ जनामा कोभिड् १९ पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार कन्ट्याक्ट ट्रेसिङ मार्फत १२५ जना मध्य ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । साथै एयरपोर्ट मा लिइएको १६१९ नमुनाको  परिक्षणमा पाँच  जनामा सो भाइरस देखिएको हो ।आफ्नो इच्छाले जाँच गराउने व्याक्तीहरु बाट ६२१ नमुना संकलन गरि परिक्षण गर्दा दुई मा कोरोना भेटिएको थियो । हिजो वुधवार पनि दस जना सन्क्रमित फेला परेका थिए ।आजको तथ्यांक सहित कोरोना सन्क्रमित को संख्या १४६७ पुगेको छ भने २० जना को मृत्यु भै सकेको छ।

पारिवारिक कलहले बाउको हत्या

लार्नाकामा एक व्याक्तिले आफ्नै बाउको हत्या गरेका छन्। लार्नाकाको लेफ्कारा गाउँमा गत अगस्ट ९ तारिखमा चक्कु घोपेर २४ वर्षिय छोराले ६४ वर्षका बाउको हत्या गरेको कबुल गरेका हुन्  । मृतक पाँच छोराछोरीका बाउ फेड्रीक जोर्ज ब्रीटिस सिपृयोट हुन्।  हत्याको कारण पारिवारिक कलह भएको प्रहरीले जनाएको छ । सन २०१३-१५ मा बाउले घरेलु हिंसा गरेको भनी आमा र छोराले लार्नका प्रहरीमा सन् २०१८ मा उजुरी दिएका थिए । तर बाउले भने छोराले नै आफुलाइ कुटपिट गरेको दाबी गरेका थिए ।  जिल्ला अदालत लार्नाकाबाट केश  दर्ज गरिए पनि पछि केश फिर्ता लिइएको थियोे ।
मृतक ७ वर्ष देखि सोही  घरमा बस्दै आएका थिए। पोस्टमार्टम रिपोर्ट का अनुसार शरीर को  पछाडि धारिलो हतियारले ५ पटक प्रहार गरिएको थियो। रिपोर्ट अनुसार मृत्यु अगस्ट ९ मा भएको उल्लेख छ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट