२०८२ जेष्ठ १७ शुक्रबार
२०८२ जेष्ठ १७ शुक्रबार

31 जुलाइ २०२०/ साइप्रस

पछिल्लो २४ घन्टा मा 1850 टेस्ट मध्य 25 मा कोरोना संक्रमण देखिएको छ। यी मध्य २० जना सन्क्रमित को सम्पर्कमा आएको “कन्ट्याक ट्रेसिङ ” ले देखाएको स्वास्थ्य मन्त्रालय ले जनाएको छ । आज बताइका मध्य 15 जना लिमासोलबाट रहेका छन् । यो सङै संक्रमीत को जम्मा संख्या 1114 पुगेको छ ।
स्वास्थ्य मन्त्रालय ले शनिबार बिहान 12 बजे देखि लागू हुने गरि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने बताएको छ ।
यो सम्बन्धी समाचार पढ्न यहाँ क्लिक गर्नुहोस

स्वास्थ्य मन्त्रालयले आज राती (शुक्रबार ) राती 12 बजे बाट लागू हुने गरि सबै ले अनिवार्य मास्क लगाउनु पर्ने बताएको छ । पत्रकार सम्मेलन मा बोल्दै स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थल भित्र पनि अनिवार्य मास्क लगाउन पर्ने अन्यथा ३०० युरो जरिवाना तिर्नु पर्ने बताउनु भएको हो ।

साथै लिमासोल मा धेरै जना जम्मा भएर बस्न पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरस को संक्रमण लिमासोल मा बड्दो देखिए पछि केही दिन पहिले स्वास्थ्य मन्त्रीले लक्डाउन हुन सक्ने सन्केत गरेका थिए । तर आज को पत्रकार सम्मेलनमा बोल्दै न्याय मन्त्री र स्वास्थ्य मन्त्रीले सबै निकायलाई नयाँ नियम कडा रुपमा पालना गराउन निर्देशन दिइसकेको जानकारी गराउनु भयो ।

कोरोना भाइरस कम गर्न लगाइको लक्डाउन विभिन्न चरण मा खुल्दै गए पछि सर्वसाधारणले व्याक्तिगत सुरक्षा र सामाजिक दुरि कायम मा लापरबाही गरेको बताउनु भयो ।

पछिल्लो केही दिन देखि लिमासोल मा संक्रमण बड्दो छ । पछिल्लो शुक्रवार देखि बड्दो भाइरस संक्रमण मङल्बार 10, बुधबार 13 र बिहिवार 6 जनामा देखिएको थियो । यी मध्य अधिकांश लिमासोल मा देखिएको थियो ।

निम्न स्थान मा मास्क अनिवार्य :

बैक, सुपरमार्केट, सपिङ मल, हस्पिटल , चर्च र अन्य सार्वजनिक स्थल हरु

थप विवरण आउदै ( अपडेट हुँदैछ )

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट