२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

दिनेश गौतम
युरोप , साईप्रस ।
युरोपमा आज शनिवार युरोप नेपाली खबर नामक अनलाईन पत्रिकाको भर्चुवल अनलाईन मार्फत उदघाटन गरिएको छ । युरोपियन देश पोर्तुगलमा लामो समय देखि कलम चलाई रहेका बरिष्ठ पत्रकार राजकुमार थापको नेतृत्वमा नेपाल सरकारका पर्यटन एवमं नागरिक उड्डयान मन्त्रि योगेश भट्टराईले जुम अनलाईन मार्फत उदघाटन गर्नु भएको हो ।

कोरोना भाईरसले गर्दा विश्व थलामा परिरहेको बेला संसार भरका संचार माध्यमहरुले अत्यन्त महात्वपुर्ण भुमिका खेलिरहेको भन्दै नेपाली पत्रकारहरुले पनि प्रवासी नेपालीहरुका लागि अतुलनिय योगदान गरिरहेको मन्त्रि भट्टराईले बताउनु भएको थियो ।

मन्त्रि भट्टराईले विदेशमा रहेका नेपालीहरुको अवाजलाई बुलन्द गर्नका लागि नेपाली खबरले महात्वपुर्ण भुमिका खेलोस भनी शुभकामना दिनुभएको थियो ।

अनलाईन खबरका सल्लाहकार बलराम थापको अध्यक्षता तथा संस्थापक सम्पादक राज कुमार थापाको संचालनमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघंका केन्द्रिय अध्यक्ष कुमार पन्त , फ्रान्सका नेपाली राजदुत दिपक अधिकारी , नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष गोबिन्द अचार्य , महासचिव रमेश विष्ट , एन.आर.एन.का केन्द्रिय उपाध्यक्ष बद्रि केसि , अर्का उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ , महासचिव डा. हेमराज शर्मा , प्रवक्ता डि.बि. क्षेत्री , नेपाल पत्रकार महासघं युरोप शाखाका अध्यक्ष केजिन राई , पत्रकार महासघं बेल्जीयम शाखाका संयोजक ओम शर्मा , पोर्तुगल शाखाका सयाेंजक योगेन्द्र मिलन छन्त्याल , गैरआवासीय नेपाली सघं पोर्तुगलका अध्यक्ष तिलक गैरे , एनआरएन युरोपका क्षेत्रिय संयोजक नारायण अर्चाय , नमुना नेपालका सम्पादक कलश खरेल , पोल्यण्ड न्युजका सम्पादक शेर बहादुर परियार लगाएत जपान , अमेरिका , नेपालका पत्रकार एवमं समाजिक सघंसस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

दिनेश गौतम
युरोप , साईप्रस ,
युरोपियन देश साईप्रसबाट कोरोना भार्इृरसको महामारीका विच पहिलो पटक कतार एयरबेजले नेपालीहरुको चार्टर्ड बिमान उडाएको छ । साईप्रसको लार्नाका अन्र्तराष्टिय एयरपोर्टबाट शुक्रवार दिउसो दुई बजे ८८ जना नेपाली बोकेर कतार एयरवेजको उडान क्युआर २६६ नम्बरको जहाज नेपालका लागि उडेको हो ।

साईप्रसको लार्नाका एयरपोर्टमा नेपालीहरु बोरिगं पास लिदै …

यो उडान उद्धारको पहिलो चरण अन्तरर्गत अन्तिम उडान हो । शुक्रवार फर्किएका सबैजना नेपाली रादुतावास ईजरायल , होनरी कन्सुलेट साईप्रस र एनआरएन साईप्रसको प्राथमिकतामा परेकाहरु हुन् । फर्किनेमध्ये २२ महिला र ६६ जना पुरुष रहेका छन् ।
नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ६ सय ४० युरो ( करिव ८५ हजार ९४८ रुपैया)का दरले टिकट लिनुभएको हो । नेपाल फर्किएका प्रायःको कोरोना परीक्षणको प्रमाणपत्र साथमा लिएर फर्किनुभएको हो ।

स्वदेश फर्किएका नेपालीहरुलाई होनरी कन्सुलेट डाक्टर रामजिवन पन्जियार , समाजसेबी एवमं एन.आर.एन.ए साईप्रसका संरक्षक सुबास मल्ल , गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले विमानस्थलमै पुगेर बिदा गर्नुभएको थियो ।
दूतावासको समन्वय ,नेपाल सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण कतार एयरलाईनस् मार्फत पहिलो र अन्तिम चरणको उडान सकिएको नेपाली दूतावास ईजरायलले जनाएको छ ।

साईप्रसको लार्नाका एयरपोर्टमा नेपालीहरुलाई होनरी कन्सुलेट डा.राम जिवन पन्जियार र एनआरएन साईप्रसका संरक्षक सुबास मल्ल बिदाई गर्दै

दुतावासकी राजदुत डा.अन्जान शाक्यका अनुसार साईप्रसमा सुरुमा दुतावासमा नेपाल जानेहरु लगभग साढे चारसय भन्दा बिढले नाम टिपाएको कारण आफुहरु आफनै नेपाली विमानलाई चार्टर गराउन खोजे पनि युरोपियन देशहरुले नेपाली विमानलाई साईप्रसमा प्रवेश नदिएपछि केही दिनका लागि ढिला भएको बताउदै धेरै नेपालीहरु स्वदेश फर्कनका लागि टिकट नकाटेपछि अलि पछाडि फ्लाईट भएको जानकारी दिनु भयो ।

डाक्टर शाक्यले आफु राजदुत भएर ईजरायल आएपछि साईप्रस देश आफनो कार्यक्षेत्र भएको नाताले बसाई ईजरायल भएपनि संख्यात्मक रुपमा साईप्रसमा नेपालहरु बढि रहेकोले त्यहा रहेका नेपालीहरु लागि आफु सधै काम गर्न प्रतिबद्ध रहेको बताउदै साईप्रसमा रहेका कुनै पनि नेपालीहरुलाई समास्यामा पर्न नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

साथै यस्तो महामारीको समयमा नेपाल सरकार , साईप्रस सरकार , साईप्रस स्थित विभिन्न समाजिक सघंसस्था , इजरायलमा रहेका सघंसस्थाहरुलाई विशेष धन्यबाद दिदै अगामी दिनमा नेपालीहरुका हरेक कार्यमा सहकार्य गरेकोमा धन्यबाद समेत दिनु भएको थियो ।


हत्या गरिएका अम्मगाईको शव पठाउन सकिएन ..
केही महिनाअघि चितवन जिल्लाको रत्ननगर न.पा. ११ का २१ बर्षिय विवेक अमगाईको हत्या पछि विलम्बका कारण अन्तरिक चोटपटक र अत्याधिक रक्तश्राव भएपछि मृत्यु भएको थियो ।

उहाको शरिरलाई अमगाईका परिवारहरुको आग्रहमा नेपाल पठाउनका लागि शुक्रवारकै जहाजमा पठाउनका लागि नेपाली रादुतावास ईजरायलकी राजदुत डा. आन्जन शाक्यले नेपाल सरकारका विभिन्न निकाय , साईप्रस सरकारको सरकारी स्तरका निकायहरुलाई पत्र लेखेपनि केही कागजी प्रक्रिया नपुगेको कारणले स्वदेश फर्काउन नसकिएको दुतावासका प्रवक्ता एवमं उपनियोक प्रमुख अर्जुन घिमिरले जानकारी दिनु भयो ।

मृतक अमगाईलाई नेपाल पठाउनका लागि साईप्रसमा रहेका होनरी कन्सुलेट डा. रामजिवन पन्जियार र एनआरएनए साईप्रसका संरक्षक निकोसिया शहरमा रहेको जनरल अस्पतालमा शुक्रवार विहानै देखि धेरै कोसिस गरेपनि अन्तिम अवस्थामा आएर शवलाई पठाउन नसकिएको र अब आउने दिनमा नेपाल जाने जुनसुकै कार्गोमा भएपनि शवलाई मृतकको परिवारको जिम्मा लगाएरै छोडने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

दिनेश गौतम
युरोप , साईप्रस , ईजरायलमा रहेका ३९ जना नेपालीहरुलाई शुक्रवार साईप्रस हुदै नेपाल फर्काइएको छ । केही दिन पहिला देखि नेपाली विमान रद्द भएपछि विभिन्न सरोकारवालाहरुसगंको निरन्तर छलफल पश्चाप्त ईजरायल र साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको नेपाली राजदुतवास ईजरायलकी राजदुत डा. अन्जान शाक्यले जानकारी दिनु भएको छ ।

राजदुत शाक्यका अनुसार शुक्रवार विहान १०ः१५ बजे ईजरायलमा रहेका ३९ जना नेपालीहरुलाई बेन गुरियन अन्र्तराष्टिय विमानस्थलबाट ईजरायली विमान ६ एच ५८१ नम्बरको जहाजबाट साईप्रस पठाएर फेरि साईप्रसमा रहेका नेपालीसगंै कतार एयरवेजबाट नेपाल फर्काईएको जानकारी दिनु भयो ।

डा. शाक्यले भन्नु भयो साईप्रसका लागि कतारी विमानको छमता बढि भएको र ईजरायलबाट थोरैले स्वदेश फर्कनका लागि भनेपछि सबैलाई एउटै जहाजमा मिलाएर एकै पटक पठाईएको हो , किनकी साईप्रसमा धेरै नेपालीहरु स्वदेश फर्कनका लागि फारम भरेपनि अन्तिम समयमा थारैले जहाजको टिकट काटेको कारणले गर्दा कतार एयरमा बढि सिट भएको र फेरि अर्को जहाज उडान गर्न नसक्ने भएकाले सबैलाई लार्नाकामै जम्मा गराएर स्वदेश फर्काएको जानकारी दिनु भयो ।

ईजरायलबाट स्वदेश फकर्नेहरुलाई राजदुत अन्जान शाक्य , द्धितिय सचिव एवमं प्रवक्ता अर्जुन घिमिरे , श्रमशहचारी प्रदिप सागर , ईजरायल स्थित विभिन्न समाजिक सघंसस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा बिदाई गर्नु भएको थियो ।