
गैरआवासीय नेपाली संघ महिला विभागको आकस्मिक बैठक बसिरे नेपालको कैलाली स्थित क्वारेण्टिन भित्रै भएको सामुहिक बलात्कार प्रति घोर आपत्ति प्रकट गरेको छ।
एनआरएनए आइसीसीको महिला फोरमको जुन १७, २०२० मा बसेको आकस्मि बैठकले सो घटनाको भत्सर्ना गर्दै घोर आपत्ति प्रकटको निर्णय गरेको हो। संघको महिला संयोजक भोमा लिम्बुको अध्यक्षतामा बसेको बैठकमा संघका ६ वटै क्षेत्रका क्षेत्रीय महिला संयोजकहरु उपस्थित थिए।
बैठकका सहभागीहरुमा संघकी उपाध्यक्ष रवीना थापा, संघकी महिला संयोजक भोमादेवी लिम्बु, एसिया प्यासिफिक क्षेत्रीय संयोजक अमृता थापा, अमेरिकाज क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेल, ओसियाना क्षेत्रीय महिला संयोजक जानकी पौडेल हुनुहुन्थ्यो।
बैठकले कोरोना भाइरस संक्रमण पछि जीवन र मरणको दोसाँधमा रहेको अवस्थामा पनि बलात्कार जस्तो घृणित कृयाकलापप्रति दु:ख ब्यक्त गर्दै घटनाको घोर भत्सर्ना गरेको छ।
साथै दोषीहरुलाई आवश्यक छानवीन गरि कडा भन्दा कडा कारबाही र पीडितको स्वतन्त्रपुर्वक बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न माग समेत गरेको छ।
रोगबाट बँच्न बनाइएको क्वारेण्टिनमा महिलामाथि भएको पशुजन्य ब्यवहार सबैका लागि पनि लज्जाको बिषय हो ।
सरकारले पहरेदारी गरेर राखेको क्वारेण्टिनमा पनि असुरक्षित महिला कहाँ सुरक्षित होलान् ? भन्ने प्रश्न गर्दै यस्ता घटनाहरुमा संवेदनशील बन्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।
यसका साथै विदेशमा रहेका कठिन अवस्थाका महिला तथा बालबालिकाहरुको उद्धारमा अझै पनि सरकारको ध्यान केन्द्रित हुन सकेको छैन।
खासगरी गर्भवती र सुत्केरी महिलाहरु तथा दुधे बालबालिकाहरु अहिले बढी समस्यामा परेका छन्। उनीहरुको सुरक्षित उद्धारका लागि नेपाल सरकार र मातहतका निकायसँग जोडदार माग गर्दछौं, भनी विज्ञप्तिमा उल्लेख गरेको छ।
साईप्रस
गिरिजा प्रसाद कोईराला फउण्डेसन साईप्रसको पहिलो बैठक राजधानि निकोसियामा गत आईतवार सम्पन्न भएको छ ।
फाउण्डेसनकी संयोजक रिता दुलालको अध्यक्षतामा बसेको बैठकले लकडाउनले गर्दा यहा रहेका विद्यार्थी , कामदारहरुको अवाज उठानका लागि सबै पदाधिकारीहरु लाग्नुपर्ने , फाउण्डेसन समाजिक कार्य गर्नका लागि गठन गरिएको र नेपालमा गरिब समुदायका लागि सक्दो सहयोग गर्ने निर्णय गरेका छ ।
फाउण्डेसनकी सचिव निर्मला सापकोटाको संचालनमा भएको बैठकमा सह सचिव लक्ष्मि पौडेल , कोषाध्यक्ष रिता थापा , सदस्यहरु नन्दन गौतम , रोशन थापा , शिवराम भट्टराई , निमछन्द्र लामा , गिता रासाईली , भोमी गुरुगं र रुविन महर्जन लगाएतको उपस्थिति रहेको थियो ।
फाउण्डेसनको पहिलो बैठक भएकोले संयोजक रिता दुलालले सबैलाई अबिर लगाएर स्वागत गर्नु भएको थियो ।
साथै संयोजक दुलालले नेपालमा कोरोनाबाट सबै भन्दा बढि पिडित गरिबहरु भोकमरीले गर्दा मृत्यु भईरहेको र राज्यले खाना समेत नदिएको आरोप लगाउदै गरिबहरुका लागि अब सबै मिलेर काम गर्नु पर्ने बताउनु भएको थियो ।