२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

द्रोण रिजाल, नेदरल्यान्ड्स
पत्रकार महासंघ युरोप शाखाले फ्रान्समा त्यहाका सामाजिक अभियन्ताहरुसँग १९औं श्रिँखला अन्तर्गत नेपाली समुदायहरुको जनजीवन र संघसस्थाहरुको कृयाकलापहरुको बारेमा छलफल गरेको छ ।
सहभगितामा सामाजिक अभियन्ताहरुले फ्रान्समा सबै संघसन्थाहरु एक आपसमा सहकार्य गर्दै बिपत्ती परेको अवस्थामा राष्ट्रिय मुद्दा बनाएर एकजुट हुँदै अगाडि बडेको अवस्था रहेको जानकारी गराएका थिए ।
कोरोना सन्क्रमण बाट लगभग १५ जना जती सन्क्रमित भएर पनि निको भैसकेको अपुस्ट खबर प्राप्त भए पनी अहिले सम्म कुनै नेपालीको कोरोनाको कारणबाट मृत्‍यु नभएको जानकारी गराईएको थियो ।
एन आर एन फ्रान्सका उपाध्यक्षलाई कारवाहीका विषयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै संगठनको बिधी र बिधान बिपरित लेटरप्याड को दुरुपयोग् र गलत कृयाकलापहरुका बिषयमा स्पष्टिकरण माग्दा चित्तबुध्दो जवाफ नदिएको पटक पटक सुध्रिने मौका दिदापनी सन्था प्रती लन्छना लगाउने गतिबिधी गरेकाले वाध्य भएर ६ महिनाका लागि निलम्बन गरेको उपस्थित एन आर एन अध्यक्ष नगेन्द्र शाही र महासचिब मिन कुमार श्रेष्ठले जानकारी दिनुभएको थियो ।

यस्तै मिलेर जाने कुरामा केन्द्र देखी एन एस् सि सम्म पनि आफुले समन्वय भूमिका निर्वाह गर्ने कुरामा कुनै कसुर बाँकी नराख्ने आई सि सि सदस्य पान कुमारी मल्लले जानकारी गराएकी थिईन ।
यस्तै समाज मिलेर जाने कुरामा कुनै दुबिधा नरहेको र ३ वटा सस्था बाहेकका अरु १२ वटा सन्थाहरु निस्पक्ष ढंगले राहत सन्कलन र बितरणमा कुनै बिभेद नगरिएको सामाजिक अभियन्ताहरुको एक्बद्दता रहेको उल्लेख गरेका थिए ।
सहभागिहरुमा एन आर एन का सन्थापक हरिहर अर्याल, एन आर एन आई सि सि सदस्य पान कुमारी मल्ल, एन आर एन अध्यक्ष नरेन्द्र शाही, एन आर एन महासचिब मिन कुमार श्रेष्ठ, प्रवासि नेपाली एकता मंचका अध्यक्ष भक्त वाग्ले, जन सम्पर्क समिती का अध्यक्ष शुधिर राणा, मगर समाजका अध्यक्ष रमेश थापा मगर, तामाङ् समाजका कोअर्डिनेटर मिलन तामाङ् र तमु समाजका महासचीब कृष्ण गुरुङ को उपस्थिती थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले गरेका थिए भने सन्चालन सचिब वाइ बि गुरुङले र सहजिकरण सचिब द्रोण रिजाल, महेश कुमार खाती, सदस्यहरु शेर बहादुर परियार , रबिचन्द्र भट्टराई, राज कुमार थापाले गरेका थिए ।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका तय गरेको छ। पहिलो चरणको उद्धार उडानका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको छ।

सिसीएमसी स्रोतले दिएको जानकारीअनुसार जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको छ। यसमा एकै दिनमा विभिन्न देशमा उडानहरू हुने छन्।

मन्त्रालयले उडान तालिका तथा भाडादर बुझाए पनि त्यसमा कति मान्छे ती उडानबाट नेपाल आउँछन् भनेर सिसीएमसीले हिसाब गर्नेछ।

उद्धार उडानका लागि मन्त्रालयले नेपालबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने छ। पर्यटन मन्त्रालयले योसँगै केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने निर्णय गरेको छ।

विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए भने परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ। सरकारले ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् भने सबभन्दा कम लाओसबाट २ जना छन्।

यस्तो हुने छ उडान तालिकाः

सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन्। त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन्।

त्यस्तै, असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्समा उडान हुने छ। असार ३ मा अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा उडान हुने छ। असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन उडान हुने छ। असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुने छ।

असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान हुने छ। असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया तथा असार ८ मा अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार हुनेछ।

असार ९ मा जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा तथा असार १० मा साउदी अरब, कुवेत र असार ११ मा साइप्रस र इजरायल उडान गर्ने तालिका तय गरिएको छ।

भाडादर

सरकारले गन्तव्य हेरी भाडादर निर्धारण गरेको छ। एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाइने छैन।

नेपाल एयरलाइन्सलाई २४, हिमालयलाई १९ र अन्य विदेशी एयरलाइन्सलाई २४ उडानको जिम्मा दिने तयारी गरेको सरकारले तोकेको भाडादर यस्तो छ:

उडानका नियमहरू:

चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णय गरेको छ।

यात्रुको व्यवस्था भने नेपाल सरकारको कुटनीतिक नियोगले गर्नुपर्ने छ। कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ।

नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट कोरोना नेगेटिभ रिजल्ट रहेको प्रमाण पेस गर्नुपर्ने छ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।

setopati मा प्रकाशित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट