२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

युरोप ,साईप्रस केही दिन अघि साईप्रसको एभ्रीच्यु गाऊमा हत्या गरिएका २१ बर्षिय बिबेक अमगाईको आज रिर्पोट सर्बजानिक भएको छ ।

जनरल अस्पताल निकोसियाले प्रहरीलाई दिएको जानकारी अनुसार मई ५ तारिख बेलुकी ९ बजे देखि ११ ः३० बजेको विचमा आन्तरिक चोटपटक र अत्याधिक रक्तश्राव भएपछि मृत्यु भएको आफनो मेडिकल रिपोर्टमा उल्लेख गरेको छ ।

नेपाल घर रत्ननगर नगरपालिका वार्ड न. ११ चितवनका प्रेम प्रसाद अमगाईका कान्छो छोरा विवेक अमगाईको हत्यामा संलग्न भएकालाई साईप्रस पुलिसले थप अनुसान्धान गरिरहेको जनाएको छ ।

यता मृतक अमगाईको पार्थिक शवलाई उहाको परिवारकै आग्रहमा लकडाउन पश्चाप्त यो देशको कानुनी प्रक्रिया पुरा गरेर नेपाल पठाउने कार्य अब सहज भएको नेपाली कन्सुलेट डा. रामजिवन पन्जियारले जानकारी दिनु भयो ।

डा. पन्जियारका अनुसार निज मृतकका नाममा साईप्रसमा रहेका कुनैपनि सघंसस्थाहरुले आर्थिक कारोबार नगर्न गराउन समेत आग्रह गर्नु भएको छ ।

उहाले भन्नु भयो “मृतक अमगाईको शवलाई उहाको परिवारको आग्रहमा नेपाल पठाउने जिम्मा नेपाली रादुतावास र कन्सुलेटको भएको कारणले कसैले पनि आर्थिक कारोबार नगर्न अनुरोध गर्दछु” भन्न्ुा भयो ।

डा. पन्जियरका अनुसार यदि शवलाई नेपाल पठाउन कुनै सिप नलागेमा मात्रै दुतावास वा कन्सुलेटको कार्यलयबाट अधिकारीक सुचना जारी गरे पश्चाप्त मात्रै सहयोग गर्नु पर्ने उहाको भनाई थियो ।

उता चितवन सेवा समाज साईप्रसले एक प्रेस बिज्ञाप्ती जारी गर्दै आफनो जिल्लाको एक हानहार युवा गुमाएकोमा समबेदना प्रकट गर्दै निज अमगाईको साईप्रस वा देश विदेशमा रगताम्य हुने गरि फोटो वा भिडियो कसैले पनि समाजिक संजालमा नराख्न अनुरोध गरेको छ ।

समाजकी अध्यक्ष कबिता भण्डरीका अनुसार मृतक अमगाईको त्यस्तो फोटो वा भिडियो समाजिक संजालमा राख्दा उहाको परिवार लगाएत आफनो समाजमा झन पिडा थपेको बताउदै गलत भिडियो पनि नबनाउन आग्रह गर्नु भएको छ ।

भण्डारीले मृतक अमगाईको नाममा कसैले कसैसगं आर्थिक करोबार नगर्न गराउन समेत गनुरोध गर्दै हत्यामा संलग्न प्रहरीको नियन्त्रणमा रहेकोले उहाको परिवारले न्याय पाउनेमा आफुहरु प्रतिबद्ध रहेको जानकारी दिईन ।

उहाले हत्यामा संलग्न भएकाको बारेमा यहाको सरकारी निकाय लागेकोले के कति सजाय हुने भन्नेबारेमा अनुसन्धान भईरहेकोले सबै धैर्य भएर आपसी मेलमिलाप बस्न सबै नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।

पुरन मगर
युरोप ,साईप्रस
नेपाली भूमि अतिक्रमणका विरुद्धमा प्रवासी नेपाली एकता समाज साइप्रसले नेपाली अवैतानिक महाबाणिज्य दूतावास साइप्रसमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका अध्यक्ष त्रि विक्रम सिहको नेतृत्वमा गएको टोलीले प्रवासमा रहेका नेपालीहरुमा एकता मजबुत गराउन सधै प्रतिबद्ध रहेको भन्दै आफनो नेपाली भुमि अतिक्रमण भारतिय पक्षबाट भएकोमा दुखि भएको बताएका छन ।

साईप्रसमा बैदेशिक अध्ययन एवमं कामको शिलशिलामा आएका प्रवासीहरु अहिले आफनो देशको भुमि मिचिएकोले एकताबद्ध भएर अजाव उठाउनु पर्ने बताउदै केही दिनका लागि विदेशिएको र परि आएको खण्डमा देशका लागि जे पनि गर्न सक्ने सिहंको भनाई थियो ।

साईप्रसमा लकडाउन भएको कारणले गर्दा आफुहरु यहाको नियम पालन जसरी गरेका छौ त्यसरी नै आफनो देशको नियम पालना गर्न तयारु रहेको बताउदै नेपाल सरकारले यथासिघ्र भारतीय पक्षसगं बार्ता गर्नुपर्ने यदि बार्ताबाट समाधान ननिस्कीए सयुक्त राष्टसघंमा समेत उजुरी हाल्नुपर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उता नेपाली जनसम्पर्क समिति साईप्रसले पनि भारतले नेपालको भुमि लिपुलेक हुदै चिन जोडने सडक निमार्ण सुरु गरेर नेपाली सिमा अतिक्रमण गरेकोमा विरोध जनाएको छ ।

त्यस्तै विश्वभरमा रहेका विभिन्न ३४ वटा जनसम्पर्क समितिहरुले सामुहिक रुपमा नेपाली भुमि भारतले अतिक्रमण गरेकोमा खेद प्रकट गरेका छन ।

समितिहरुले नेपालको भुभागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढगंले रहनुपर्ने विषयमा सरकारले गम्भिर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्ने सुझाव दिएका छन ।

दिनेश गौतम
११ मई २०२०
युरोप साईप्रस
, कोरोना भाइरसबाट प्रभावित नेपाली समुदायका कामदार ,विद्यार्थी , रिफिउजी लगाएत १२३ जनालाई हिजो सम्म दोस्रो चरणको राहत वितरण गरिएको छ ।

गैर आवासीय नेपाली सघं साईप्रसको अगुवाई तथा यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहयोगमा पहिलो चरणको वितरण गरे पश्चप्त यो दोस्रो चरणको राहत बितरण सुरु गरिएको हो ।

एन.आर.एन.ए साईप्रसका महासचिव कृप थापका अनुसार आफुहरु साईप्रसमा लकडाउन सुरु गरेसगैं यहा रहेका सबैनेपाली समुदायका सघंसस्थाहरुलाई अपतकालिन नेपाली समुदायका लागि सहयोग टिम बनाउन अहवान गरेको बताउनु भयो ।

थापाका अनुसार सोही अनुरुप साईप्रसमा रहेका विभिन्न १२ वटा समाजिक सस्थाहरुसगं मिले पहिलो चरणमा ४४७ जना नेपालीहरुलाई राहत वितरण गरिएको जानकारी दिनु भयो ।

यस्तै साईप्रसमा रहेका विद्यार्थी कामदार लगाएतको प्रमुख समास्याहरुलाई नेपाली राजदुतावास ईजरायलमा पठाईएको र त्यसको ठोस जवाफ आफुहरुलाई अहिले सम्म नआएको एन.आर.एन.ए. युवा संयोजक कुन्दन कार्कीले बताए ।

उहाका अनुसार यहा विद्यार्थीहरुमा कोठा भाडाको समास्या र कलेज शुल्क सबै भन्दा ठुलो रहेकोले यस तर्फ सम्बन्धित निकायले पहल गर्नु पर्ने बताए ।

साईप्रसमा अहिले दुखको बेलामा सबै सघंसस्थाहरु मिलेर काम गर्नु राम्रो सुरुवात भएको र यसलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने एन.आर.एनए.साईप्रसका संरक्षक एवमं पुर्व अध्यक्ष सुबास मल्लले सुझाव दिएका छन ।

साईप्रसमा लगभग पाच हजारको हराहारीमा नेपाली विद्यार्थीहरु मात्रै रहेको र अन्य केही बाहिर बसेर काम गरिरहेका मध्ये केहीलाई पहिलो चरणमा राहत वितरण गएिको छ भने छुटेकाहरुलाई अहिले फेरि दोस्रो चरणमा समाबेश गरिएको एनआएनए साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले जानकारी दिनु भयो ।

अध्यक्ष पुनका अनुसार दोस्रो चरणको राहतका लिनेहरु ४८७ जनाले नाम दर्ता गराएका र अहिले सम्म नाम टिपाउनेहरुको सख्यां बढिरहेको बताउनु भयो ।

पुनले पहिलो चरणमा र अहिले दोस्रो चरणमा सहयोग गर्ने एन.आर.एनं.ए. आईसिसि , युरोप संयोजक , सदस्य लगाएत सुचना सम्प्रेषण गर्ने र राहत लिने सबैलाई धन्यबाद दिदै अगामी दिनमा अझै सबै नेपाली मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

साथै दोस्रो चरणको राहत लिनेहरुले निकोसिया सहरमा बस्नेहरुले ईटाली रादुतावास नजिक गएर लिन सक्ने छन भने अन्य सहरमा रहेका नेपालीहरुका लागि छिट्टै गाडीबाटै राहत वितरण गरिने अध्यक्ष पुनले जानकारी दिईन ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट