अध्ययनको शिलशिलामा लामो समय देखि साइप्रसमा बस्दै आउनु भएका मिन बग्दास ज्यु को विधार्थी जीवनको केहि अनुभव, विधार्थी र अभिभावकलाई सुझाव र समग्र साइप्रस को जीवन शैली बारे संक्षिप्त मा जानकारी लिएर आएका छौ।
मे ६ २०२० मा साइप्रसमा नेपाली द्वारा नेपालीको हत्या भए पछि यस सन्दर्भ मा रहेर बनाइएको भिडियो हेर्नुहोस् , साइप्रस मा अध्ययन को लागि आउन खोज्नु भएका र आइ सक्नु भएका विधार्थी का परिवार सम्म सचेतनाको लागि यो पोस्ट सेयर गर्नुहोला।
भिडियो
यो पनि पढ्नुहोस्: साइप्रसमा नेपाली द्वारा नेपालीको हत्या
समिम मियाँ
६ मे २०२०/ लिमासोल
गए राती एक नेपाली विधार्थीको हत्या भएको छ । निकोसिया को इभ्रीचिउ गाउँमा एउटै घर मा बस्दै आएका नेपाली बिच झगडा हुँदा चक्कु प्रहार गरि हत्या भएको हो । घरको काम विसयमा बहस चर्किएपछी चक्कु प्रहार गरि हत्या गरेको बताइएको छ ।
अध्ययनका लागि साइप्रस आइपुगेका दुवै जना 21 वर्षका हुन् ।
मृतक चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नम्बर १२ , जमुनापुर निवासी विवेक अमगाई रहेको बताइएको छ।

स्थानिय मिडियाका अनुसार चक्कु प्रहार गरि गम्भीर घाइते बनाए पछि आरोपीले स्थानिय प्रहरीमा सो घटनाको जानकारी दिदै आत्मसमर्पण गरेका थिए ।
पीडितलाई घटनास्थलमा बाट प्रहरीले उद्दार गरि अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।
प्रहरीले आरोपीलाई नियन्त्रणमा लिइ सकेको छ भने अदालत मा आज नै पेश गर्नेछ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भै रहेको छ ।
यो समाचार थप अपडेट हुँदै छ । (हेर्दै गर्नु होला।।)