
१८ चैत २०७६ निकोसिया साईप्रस । साईप्रसमा आज मगंलवार थप एक जनाको कोरोना भाईरसबाट मृत्यु भएको छ भने ३२ जना नया विरामी भेटिएका छन । योसगैं मृतकको सख्यां ८ पुगेको छ भने जम्मा २६२ जना ( ९ जना बेलायती नागरिक सहित) कोरोना संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयजले जनाएको छ । मगंवलार मृत्यु भएका ८३ बर्षिय पुरुष हुन ।
अब ७ जना पुरुष र एक जना महिला गरि ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको यहाका विभिन्न सचांर माध्यमहरुले उल्लेख गरेका छन । आज बिरामीहरु मध्ये एक जना गभृवती महिला समेत रहेक िर उनको उपचार निकोसियाको मकारियोज् हस्पिटलमा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उता उत्तरी साईप्रसमा आज थप एक जनालाई कोरोनाबाट संक्रमीत बिरामी भेटिएका छन यो सगै उत्ररी साईप्रसमा कोरोनाका बिरामीहरुको सख्यां ७० जना रहेको साईप्रस मेलले उल्लेख गरेको छ । उत्तरी साईप्रसको हिजो मात्रै कोरोना भाईरसबाट संक्रमित बरिामीहरु कारपासिया क्षेत्रबाट एक जना ,२ जना लापिथोस र दुई जना किओनेली क्षेत्रमा भेटिएका थिए ।
। गत हप्ता ७३ बर्षिय एक जर्मन नागरिक (पर्यटक)को मृत्यु भएको थियो । योसगै उत्तरी साईप्रसमा अहिले सम्मा एक जनाको मात्रै मृत्यु भएको छ ।
31 March 2020 कोरोना अपडेट :
साइप्रस को स्वास्थ्य मन्त्रालयले आज 83 वर्षीय वृद्ध को कोरोनाको कारण मृत्यु भएको बताएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार थप 32 जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङै सन्क्रमित को संख्या 262 पुगेको छ ।
आज पुस्टि भएका बिरामी मध्य एक गर्भवती महिला हुन् ।