२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

cyprus-nepal.com

Sep 14/Limassol

1. विश्वासिलो र भरपर्दो ट्राभल अफिस वा आधिकारिक एयरलाइन्सको अनलाइन बेब्साइट वा अफिस बाट मात्र टिकट लिनुहोस् ।

2. विभिन्न देशमा ट्राण्जिट हुँदै जाने फ्लाइट छ भने लार्नाका देखि काठमाडौ सम्म कति केजि लगेज र ह्यान्ड ब्याग लैजान पाइन्छ राम्रो सङ सोधपुछ गरेर कन्फर्म गर्नुहोस् ।

3. सस्तो टिकट पाए भनेर मख्ख नहुनु होस् , यदि तपाईं को फ्लाइट छुट्यो भने समान्य जरिवाना तिरेर रि-बुक गर्न मिल्छ मिल्दैन बुझ्नुस् नत्र पुरै पैसा तिरेर नयाँ टिकट काट्नु पर्ने बाध्यता हुन सक्छ । टिकटको मिति परिवर्तन गर्न मिल्छ मिल्दैन राम्रो सङ बुझ्नुहोस् ।

4. प्रायः नाम चलेका एयरलाइन्सले तपाईं को ब्यागेज को इन्स्योरेन्स गरेको हुन्छ यदि तपाइको ब्यागेज हराएमा तपाईं लाई क्षतिपूर्ति दिने ब्यवस्था गरिएको हुन्छ ।

5. यदि भारतको विभिन्न शहर बाट ट्रान्जिट हुँदै जाने र आउदै हुनु हुन्छ भने तपाईंले केही कुरा मा विशेष ध्यान दिनु पर्ने हुन्छ ।
A. लार्नाका देखि काठमाडौ पुग्दा वा काठमाडौ देखि लार्नाका आउदा सम्म भारत मा इमिग्रेसन चेन्ज गर्नु पर्छ कि पर्दैन ?
चेन्ज गर्नु पर्ने भए भारत हुँदै किन जान लागेको भनी सोधपुछ र दिल्ली स्थित नेपाली दूतावासको NOC लेटर र अन्य कागजात पनि माग हुन सक्छ । यो सोधपुछ हुनुको कारण भनेको भारत हुँदै अन्य देशमा मानव तस्करी को शंका हुने भएर हो ।
B. लगेज वजन मा फरक पर्न सक्छ । लार्नाका देखि लेबनान वा बहराइन हुदै दिल्ली वा मुम्बई सम्म जाने फ्लाइट मा लजेग वजन 30 वा 46 किलो सम्म हुने र दिल्ली देखि काठमाडौ को फ्लाइट मा जम्मा 20 किलो हुन सक्छ । टिकट काट्दा राम्रो सङ बुझ्नुपर्छ नत्र ब्यागेज को वजन को Extra Charge लाग्छ जुन निकै महङो हुन्छ ।

6. टिकट लिइ सक्नु भएमा आफ्नो फ्लाईट बारे बुझ्न ईन्टरनेट वा मोबाइल मा App मार्फत पनि हेर्न सक्नु हुन्छ । जसमा checkmytrip.com_ वा संबंधित एयरलाइन्सको वेबसाइटबाट पनि हेर्न सकिन्छ । टिकट निकाल्न सकिन्छ । जसको लागि इटिकट नम्बर वा बुकिङ रिफरेन्स नम्बर र तपाईं को थर हाल्नु पर्छ । Check for Qatar Airways , Check For Emirates Airlines , Check For Gulf Air , Check For MEA

7. टिकट काटी सकेपछी आफ्नो नाम मिलेको छ कि छैन हेर्नुस् , फ्लाइट को टाइम 24 घन्टे घडी अनुसार स्थानीय समय मा बनाइएको हुन्छ । यस्मा सजिलै झुकिन सक्छ । जस्तै 19:25 को फ्लाइट छ भने बेलुकि 7:25pm को हुन्छ ।

8. नेपालबाट आउँदा अरु को नासो लिएर आउँदा नासो खोलेर, हेरेर मात्र लिएर आउनुहोस् । तपाइको लगेजमा भएको सामान को जिम्मेवारी खुद तपाइ नै हो । निशेधित गरिएका सामान वा औषधि भेटिए सजायको भागिदार तपाईं आफै हो त्यसैले सतर्कता अपनाउनुस् । थप जानकारी को लागि यहाँ क्लिक गर्नुहोस ।

9.नेपाल बाट सामान मगायर साइप्रस मा बिक्री बितरण गर्ने हेतुले ल्याइने सामान तोकिएको आयात सिमा भन्दा धेरै माथी भए त्यसै अनुसारको आयात कर लाग्न सक्छ जुन एयरपोर्ट मै तिर्नु पर्ने हुन्छ । तिर्न नसकेमा समान जफत हुन सक्छ । नेपालमा पनि यहि नियम लागू हुन्छ । जानू पुर्व के के सामन लादा वा लिएर आउदा भन्सार वा आयात कर लाग्छ । यसबारे राम्रो सङ बुझ्नु पर्छ ।

10. Handbag मा toothpaste, spray, नङ्कटर, ब्याट्रीहरु क्रीम लगायत का सामानहरु लैजान मनाही हुन्छ जानू पुर्व संबंधित एयरलाइन्सको अफिस वा वेबसाईट मा सम्पुर्ण विवरण हेर्नुपर्छ ।

यी सामान्य जानकारी तपाईंलाई राम्रो लागे सेयर गर्नुहोस् । 

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट