२०८२ असार २५ बुधबार
२०८२ असार २५ बुधबार

दिनेश गौतम, युरोप

साईप्रस, २३ माघ । तमागं जातिहरुको उत्थान ,भाषा र सास्कृतिलाई संरक्षण गरौं, २८५५ औ सोनाम ल्होछार ड्वा ल्हो (सुगुंर बर्ग) भब्यताका साथ सफल पारै भन्ने नाराका साथ ल्होछार धामाका २०१९ कार्यक्रम सम्पन्न भएको छ ।

युरोपको दक्षिण पुर्व पर्ने साईप्रस देशको लिमासोल भन्ने सहरमा तमागं घेदुगं साईप्रस शाखाको आयोजनामा ल्होछार धामाका २०१९ कार्यक्रम आईतवार सम्पन्न भएको हो ।

तमागं घेदुगं साईप्रसकी अध्यक्ष साग्मु थोकरको सभापतित्व तथा साईप्रस देशको महाबणिज्यदुत डा.राम जिवन पजिंयारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरअवसिय नेपाली सघं साईप्रसका अध्यक्ष सुबास मल्ल लगाएत यहा रहेका विभिन्न सघंसस्थाहरुको प्र्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ल्होछार कार्यक्रमलाई शुभकामना दिदै महाबिणज्यदुत डा. पजिंयारले प्रवासमा रहेका सबै नेपालीहरु एक आपसमा सहयोगी बन्नु पर्नेमा जोड दिएका थिए ।

पछिल्लो समयमा साईप्रसमा नेपालीहरुको सख्यांमा बृद्धि भैरहेको अवस्थामा दलालहरु विभिन्न प्रलोभन दिएर नेपालीहरुलाई ठगिने गरेको जानकारी पाएकोले सचेत रही नेपाली नियोग,सघंसस्थाहरुको सहयोग तथा सम्पर्कमा रहन सबैलाई आग्रह गरेका थिए ।

यस्तै शुभकामना पश्चाप्त भएको सास्कृतिक कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामाको सांगीतिक प्रस्तुतिले माहोल निकै तातियो। उनले ‘ओइ झुमा झुम्के वालीु, अरे क्यानमु, के भन्ने हाम्रो समयु, रातो टिका निधारमा टल्क्यो टल टलु, सानी नरिसाउन’ लगायतका चर्चित गीत गाएर दर्शकलाई भरपुर मनोरंजन दिदै दर्सक उफारे ।

सानी नारिसाउनु गाउँदा दर्सकको वान्स मोरुले कार्यक्रम स्थल नै गुन्जायमान भयो। दर्शकको भिडबाट आइ लभ यु बुद्द भनेर प्रेम प्रस्ताव राख्ने युवतीको ठुलै जमात देखियो । म्हेन्दोमाया र सेलो गायक सुमन घलेको प्रस्तुति निकै दमदार रह्यो ।

उनले दर्सकलाइ स्टेजमै उतार्न सफल भए, तामांग भेसभुषामा सजिएर आएका म्हेन्दोमाया र सेलो प्रेमी दर्शकहरुको सामुहिक नृत्यले गाउघरको झल्को दिलायो भने स्थानीय कलाकारको नृत्य र गायनले थप मनोरंजन दियो । अतिथि कलाकारद्वयलाई बुद्ध लामा र सुमन घलेलाई सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो ।

लिम्बुहरु को न्वागी पर्व सम्पन्न

त्यस्तै २१४६औ सा.मो फाक लो लोसारको अवसरमा शेर्पा केदुक साईप्रसको आयोजनामा अगामी फेरबुरी १० तारिख आईतवार हुने ग्याल्पो लोसार बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । युरोपमा नेपालका शेर्पा जातिहरुको भााषा सस्कृति र रितिरिवाजलाई संरक्षण गर्ने हेतुले कार्यक्रमलाई सफलातका साथ सम्पन्न गर्न लगेको शेर्पा केदुककी सदस्य पेम्बा लक्की शेर्पाले बताएकी छन ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट