
काठमाडौं- माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आादानप्रदान भएको छ।
भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको माल्दिभ्सका राज्यमन्त्री लाई जानकारी दिए ।
उनले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए।
मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरु काम गर्ने संख्या बढिरहेको तर उनीहरुले रकम घर पठाउन समस्या परेको बताए । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताए।
नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको छ। त्यहाँका स्वास्थ्य मन्त्रीसँग तीन महिना अघि इण्डोनेसियामा स्वास्थ्य मन्त्री पौडेलसँगको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो । मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए।
त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूको एउटा टोलीले गाडीका टायर र सडकबिचको घर्षणलाई स्वच्छ बिजुलीमा परिणत गर्न सक्ने एउटा अत्याधुनिक यन्त्र विकास गरेको छ ।‘रोडबेड ट्राइबोलोजिकल एनर्जी हार्भेस्टर’ (आरटीई हार्भेस्टर) नाम दिइएको यो यन्त्रले सडक र टायरको सम्पर्कबाट उत्पन्न हुने घर्षणलाई उपयोग गरी ऊर्जा उत्पादन गर्ने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
अनुसन्धान अनुसार अनुमानित ८५ प्रतिशत गाडीको ऊर्जा ताप र घर्षणमै खेर जान्छ । जसमा टायर र सडकको घर्षणबाट मात्र विश्वभर वार्षिक करिब ०.३ टेरावाट ऊर्जा उत्पादन गर्ने क्षमता रहेको छ ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ नानोइनर्जी एन्ड नानोसिस्टम्स (बीआईएनएन) का अनुसन्धानकर्ताहरूले सडकको तल्लो भागमा जडान गर्न सकिने गरी यो ऊर्जा सङ्कलन यन्त्र बनाएका हुन् । यसले एउटै टायरको प्रभावबाट १६.४ मिलिवाटसम्म बिजुली उत्पादन गर्ने र ११.७ प्रतिशतको प्रभावशाली ऊर्जा रूपान्तरण दक्षता हासिल गर्ने दाबी गरिएको छ ।
साइन्स एडभान्सेस जर्नलमा हालै प्रकाशित शोधपत्रअनुसार, यो यन्त्र फ्रिस्ट्यान्डिङ लेयर ट्राइबोइलेक्ट्रिक नानोजेनरेटरको एरेबाट बनेको छ । यसले माइनस ४० देखि ६० डिग्री सेल्सियससम्मको तापक्रम र विभिन्न आर्द्रता स्तरमा पनि स्थिर रूपमा काम गर्ने भएकाले विश्वका विभिन्न मौसममा उपयुक्त हुने बताइएको छ ।
यो प्रणालीमा लागत पनि निकै कम रहेको छ । प्रति वर्ग मिटर मात्र ७१.३ अमेरिकी डलरमा तयार गर्न सकिने भएकाले यो व्यापक रूपमा प्रयोग गर्न सकिने सम्भावना देखिएको अध्ययनको निष्कर्ष छ ।
५० मिटर लामो सडकमा यो यन्त्र जडान गर्दा ट्राफिक बत्ती, सीसीटिभी क्यामेरा जस्ता उपकरणलाई १ किलोमिटर क्षेत्रभित्र ऊर्जा आपूर्ति गर्न सकिने बताइएको छ । अनुसन्धान टोलीका अनुसार, यो प्रविधिले स्मार्ट सडक र स्मार्ट यातायात प्रणाली निर्माणमा ठुलो सहयोग पुर्याउनेछ । साथै, यसले सवारी र सडक, संरचना तथा अन्य प्रणालीहरूबिच ऊर्जा साझेदारीको नयाँ ढोका खोल्ने विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ १०:१५
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी –इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा परी ८० जनाको मृत्यु भएको छ । समाचार संस्था अलजजिराका अनुसार आक्रमणमा ४०० भन्दा बढी घाइते भएका छन् ।
त्यस्तै इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ, जसमा पत्रकार मुजाहिद तबान्जा पनि छन् । गाजामा युद्धविराम र बन्धक रिहाइका लागि पुनः पहल थालिएको छ ।
मध्यस्तकर्ताले युद्धविराम र बन्धक रिहाईका लागि प्रयास तीव्र पारेको हमासका एक वरिष्ठ अधिकारीले जनाएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषेश दुत स्टीव विटकफले इजरायल र हमासबीचको सम्झौता धेरै नजिक पुगेको बताएका थिए । तर इजरायली अधिकारीले भने वार्तामा कुनै प्रगति नभएको र प्रमुख असहमति अझै कायम रहेको जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । साओमीले नयाँ फोल्डेबल स्मार्टफोन मिक्स फ्लिप टु (Mix Flip 2) सहित एआई प्रविधिमा आधारित नयाँ स्मार्ट चस्मा सार्वजनिक गर्ने भएको छ । आज चीनमा हुने एक कार्यक्रममार्फत कम्पनीले यी डिभाइस सार्वजनिक गर्ने तयारी गरेको हो ।
यसअन्तर्गत मिक्स फ्लिप टुका साथै रेड्मी के८० अल्ट्रा, साओमी प्याड सेभेन एस प्रो, रेड्मी के प्याड, नयाँ टीडब्लूएस इयरफोन, वाच एस फोर, स्मार्ट ब्यान्ड १० र ओपन इयरफोन्स प्रो समेत सार्वजनिक गर्नेछ । कार्यक्रमको अर्को आकर्षण भनेको कम्पनीको नयाँ इलेक्ट्रिक एसयूभी ‘साओमी वाई यू सेभेन (Xiaomi YU7) पनि हो ।
साओमीले सार्वजनिक गर्ने नयाँ स्मार्ट चस्मा एआई प्रविधिमा आधारित रहेको छ । कम्पनीले वीबोमा सार्वजनिक गरेको टिजर अनुसार यो चस्मालाई ‘Next Generation of Personal Smart Device’ भनिएको छ । सामान्य सनग्लास जस्तै देखिने तर बाक्लो फ्रेम भएको यो चस्मामा सुनौलो रंगमा Xiaomi लेखिएको देखिन्छ ।
उक्त चस्मामा इनबिल्ट क्यामेरा हुनेछ र ‘फर्स्ट पर्सन भ्यु’ भिडिओ कैद गर्न सकिने कम्पनीको दाबी छ । प्रयोगकर्ताले चस्मामै प्रश्न सोध्न सक्ने र उत्तर स्पिकरमार्फत रियल टाइममा सुन्न सक्ने सुविधा हुनेछ ।
साओमीको एआई चस्माले मेटा र रे-वानको स्मार्ट चस्मासँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । एप्पल र गुगलजस्ता ठुला प्रविधि कम्पनीहरू पनि एआईयुक्त वेयरेबल्स ल्याउने तयारीमा जुट्दा चिनियाँ कम्पनीले आफूलाई यो उभ्याएको हो ।
साओमीले आज नै सार्वजनिक गर्न लागेको मिक्स फ्लिप टुमा ४.१ इन्चको कभर डिस्प्ले र ६.८६ इन्चको इनर डिस्प्ले हुनेछ । यो फोन स्न्यापड्रागन ८ एलिट चिपसेट र ५,१६५ एमएएच ब्याट्रीसहित आउनेछ, जसमा ५० वाटको वायरलेस चार्जिङ सुविधा हुनेछ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ ७:१२
सामाग्री श्रोत :
टेक पाना
महोत्तरी – महोत्तरीका स्थानीय तहको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट रु नौ अर्ब ४२ करोड १७ लाख ९३ हजार रहेको छ । जिल्लाका १५ मध्ये १४ स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
जलेश्वर नगरपालिकाबाहेक यहाँका अरू सबै स्थानीय तहले आ–आफ्नो ठाउँको नीति तथा कार्यक्रम र वार्षिक बजेट गाउँ तथा नगरसभाको परिषद्मा प्रस्तुत गरेका छन् । स्थानीय तहका लागि बजेट प्रस्तुत गर्ने कानुनी रुपमा स्वीकृत तालिका बमोजिम असार १० भित्रै नौ नगरपालिका र पाँच गाउँपालिकाले आ–आफ्नो तहको गाउँ तथा नगरसभाको परिषद् आयोजना गरेका हुन् ।
सबैभन्दा बढी बर्दिबास नगरपालिकाले रु एक अर्ब २२ करोड ४० लाख १० हजारको बजेट प्रस्तुत गरेको छ । यसैगरी, गौशाला नगरपालिकाले रु एक अर्ब १५ लाख ५५ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेको छ ।
यसैगरी, भङ्गाहा नगरपालिकाले रु ७१ करोड ९८ लाख ४४ हजार, सम्सी गाउँपालिकाले रु ६३ करोड ४३ लाख १७ हजार, लोहारपट्टी नगरपालिकाले रु ५७ करोड ८८ लाख १९ हजार, मनराशिशवा नगरपालिकाले रु ५६ करोड ७४ लाख ८१ हजार र पिपरा गाउँपालिकाले रु ५३ करोड ५१ लाख ४७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेका छन् ।
यसैगरी, बलवा नगरपालिकाले रु ५२ करोड ९१ लाख ९४ हजार, सोनमा गाउँपालिकाले रु ४९ करोड ३८ लाख, रामगोपालपुर नगरपालिकाले रु ४६ करोड १६ लाख ७६ हजार र औरही नगरपालिकाले रु ४५ करोड २७ लाख ७७ हजारको बजेट प्रस्तुत गरेका छन् । मटिहानी नगरपालिकाले रु ४४ करोड ५० लाख, महोत्तरी गाउँपालिकाले रु ४३ करोड ९४ लाख ७३ हजार र एकडारा गाउँपालिकाले रु ३३ करोड ८६ लाख ९६ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेका छन् । जलेश्वर नगरपालिकाको नगरसभा परिषद् आयोजना हुन सकेको छैन ।
जिल्लाका स्थानीय तहले बर्सेनि बजेटको आकार बढाउँदै लगे पनि आन्तरिक स्रोत परिचालन, स्थानीय कर बढाउने उपायबारे खासै पहलकदमी लिएको देखिएको छैन । स्थानीय स्रोतसाधनको परिचालनबाट आय हुने भरपर्दो आधार स्थानीय तहले बनाउन नसक्दा बजेट सङ्घीय र प्रादेशिक सरकारले दिने विभिन्न शीर्षकका रकममा निर्भर देखिएका छन् ।
तीन तहका सरकारमध्ये स्थानीय तह जनतासँग प्रत्यक्ष सम्बन्ध हुने घरआँगनको सरकार भएको हुँदा जनअपेक्षा सङ्कलन र जनचाहना बमोजिमका योजना सञ्चालनमा यो तहको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
आजको समाजमा ‘कसरी देखिन्छौं भन्ने कुरा ‘कस्तो छौं’ भन्दा महत्वपूर्ण जस्तो बनाइएको छ। यही बनावटी मुस्कानभित्र, धेरै युवाहरू मौन पीडामा छन्- आफ्नै मनभित्र गुम्सिएको डिप्रेसनसँग एक्लै लड्दैछन्।
डिप्रेसन अब केवल बयस्कको समस्या रहेन। युवावस्थामा सुरु हुने डिप्रेसन विश्वभर सबैभन्दा बढी देखिएको मानसिक स्वास्थ्य समस्या हो। अझ दुखद कुरा : धेरैले यसलाई ‘नाटक’, ‘कमजोरी’ वा ‘धेरै सोच्ने बानी’ भनेर बेवास्ता गर्छन्। तर यथार्थ के हो?
डिप्रेसन के हो र किन हुन्छ?
डिप्रेसन कुनै सामान्य ‘दुःखी महसुस’ होइन। यो एक गम्भीर मानसिक अवस्था हो, जसमा व्यक्तिले जीवनप्रति रुचि गुमाउँछ, आत्मविश्वास घट्छ, थकान, निराशा, असफलताको डर र आत्मग्लानी महसुस गर्छ।
प्रमुख कारणहरू:
• परिवारमा समस्या – आमाबुबाको झगडा, सम्बन्ध विच्छेद वा अभिभावकीय ध्यानको कमी।
• सामाजिक दबाब – सफल बन्नुपर्ने र अरूजस्तो देखिनुपर्ने अपेक्षा।
• शिक्षा र करियरको तनाव – मार्कसिटमा देखिने अंक र भविष्यको डरले थिचिने अवस्था।
• बुलिङ (जिस्क्याइने/अपमान गरिने व्यवहार) – विद्यालय, क्याम्पस या अनलाइनमा।
• सामाजिक सञ्जालको गलत प्रभाव – अरूको ‘सजिलो’ जीवन देखेर आफूलाई कमजोर ठान्ने।
डिप्रेसनले युवामा पार्ने असर
• पढाइमा कमजोर प्रदर्शन
• आत्मग्लानी र आत्महत्या सोच्ने अवस्था
• साथीभाइ वा परिवारबाट टाढिने
• शारीरिक लक्षण: निद्रामा गडबडी, भोक घट्ने वा बढ्ने
• लत लाग्ने बानी: धूम्रपान, मदिरा वा लागूपदार्थतर्फ आकर्षण
• युवाहरू भित्रै भित्र रोइरहेका छन्, तर समाज ‘बोल्दैनौं भने समस्या नै छैन’ भन्ने सोचमै अडिएको छ।
डिप्रेसनबाट निस्कन के गर्न सकिन्छ?
युवाहरूका लागि:
खुलेर कुरा गर्नुहोस् – साथी, परिवार, शिक्षक वा परामर्शदाता।
नियमित व्यायाम र ध्यान – हप्तामा ३–५ दिन, ३० मिनेट शारीरिक क्रियाकलाप।
सजिलो लक्ष्य बनाउनुहोस् – ठूलो कुरामा निराश नहुनुहोस्, सानो प्रगति पनि सफलता हो।
सामाजिक सञ्जालको प्रयोग सोचेर गर्नुहोस् – नकारात्मक तुलना नगर्नुहोस्।
अभिभावक र समाजका लागि:
बच्चालाई सुनिदिनुहोस् – केवल आदेश नदिई, उनीहरूले के महसुस गरिरहेका छन्, त्यो बुझ्नुहोस्।
गुनासो गर्दा ‘नाटक नगर’ नभन्नुहोस् – सानो कुरा जस्तो लागे पनि गम्भीर रूपमा लिनुहोस्।
परामर्श सेवा दिनुहोस् – विद्यालय, कलेज वा समुदायमा ‘काउन्सिलिङ’ अनिवार्य बनाउनुहोस्।
अन्त्यमा,
‘युवाहरू टुट्दैनन्, टुटाइन्छन्- बेवास्ताले। उनीहरूलाई दोष दिने होइन, दिशा दिने समय हो। हामी समयमै बुझ्न सक्छौं भने, हजारौं जीवन बच्न सक्छन्। बोलौं, बुझौं र साथ दिऔँ—किनभने मौन युवाको मनभित्र ठूलो चिच्याहट लुकेको हुन्छ। चुप लाग्नेहरू सधैँका लागि हराउन नपाउन्।
मानसिक स्वास्थ्य सामान्य स्वास्थ्य जत्तिकै जरूरी हो। डिप्रेसन कमजोरी होइन, उपचार गर्न सकिने अवस्था हो। सहारा दिनुहोस्—सजाय होइन।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता सार्वजनिक गरेको नयाँ स्मार्टफोन ‘टी वन’ (T1) फोन ‘मेड इन अमेरिका’ दाबीका कारण विवादमा तानिएको छ । ट्रम्प अर्गनाइजेसनले यस फोनलाई ‘पर्फर्मेन्सका लागि डिजाइन गरिएको र यूएसएमा गर्वका साथ निर्मित पातलो र सुनौलो स्मार्टफोन’ भनेर वर्णन गरेको छ ।
तर फाइनान्सियल टाइम्सको हालैको एक रिपोर्टअनुसार यस फोनले ‘मेड इन अमेरिका’ को ट्याग पाउन कठिन हुनेछ । ट्रम्प मोबाइलका प्रवक्ताले उक्त मिडियालाई दिएको बयानमा ४९९ डलरको टी वन फोन ‘अलाबामा, क्यालिफोर्निया र फ्लोरिडा’ मा उत्पादन भएको बताएका छन् । तर, उनले उत्पादन साझेदारहरू वा अमेरिकी निर्मित कम्पोनेन्टहरू कसरी प्राप्त गर्ने भन्ने बारेमा कुनै विवरण दिएका छैनन् । यसका अतिरिक्त, टी वन फोन निर्माण हुने फ्यासिलिटीबारे पनि कुनै जानकारी उपलब्ध छैन ।
प्युरिज्मका सीईओ टोड वीभरका अनुसार ट्रम्प मोबाइलले वाचा गरेको स्पेसिफिकेसन सहितको स्मार्टफोन अमेरिकामा बनाउन गाह्रो छ । “जबसम्म ट्रम्प परिवारले वर्षौंको काममा कसैलाई थाहा नदिई गोप्य रूपमा सुरक्षित, स्वदेशी वा नजिकको उत्पादन सञ्चालन (फ्याब्रिकेसन अपरेसन) निर्माण गर्दैन, तबसम्म उनीहरूले वाचा गरेको कुरा पूरा गर्न असम्भव छ,” उनले भनेका छन् ।
प्युरिज्मको लिब्रम फाइभ (Librem 5) मात्र हालसम्म ‘मेड इन अमेरिका’ लेबल बोक्ने एक्लो फोन हो । तर, यो कम्पनीले अमेरिकी उत्पादनमा ध्यान केन्द्रित गर्दा सामसङ वा एप्पलजस्ता ठुला स्मार्टफोन निर्माताहरूसँग सफ्टवेयर वा हार्डवेयर स्पेसिफिकेसनमा प्रतिस्पर्धा गर्न सकेको छैन ।
चिनियाँ फोनको रिब्रान्डेड संस्करणको आशंका
टी वन फोनको स्पेसिफिकेसन हेर्दा यो भिभो र युमिडिजी (Umidigi) जस्ता चिनियाँ निर्माताहरूका स्मार्टफोनसँग मिल्दोजुल्दो देखिन्छ । यसकारण टी वन फोन कम लोकप्रिय ब्रान्डको सस्तो चिनियाँ फोनको रिब्रान्डेड संस्करण हुन सक्ने संकेत गर्छ ।
अमेरिकी फेडरल ट्रेड कमिसनका अनुसार, ‘मेड इन द यूएसए’ लेबल प्राप्त गर्नका लागि टी वन फोनका लगभग सबै कम्पोनेन्टहरू अमेरिकामा बनेको हुनुपर्छ । यसले ट्रम्पको टी वन फोनको मेड इन अमेरिका दाबीलाई थप चुनौतीपूर्ण बनाएको छ ।
सार्वजनिक गरिएको टी वन फोनको तस्बिरमा एउटा सुनौलो रङ्गको डिभाइस देखाइएको छ, जसमा ‘मेक अमेरिका ग्रेट अगेन’ वाक्यांश कुँदिएको छ । अर्को विवरणमा भने फोनको सुनौलो रङ्गको धातुको खोलमा अमेरिकी झण्डा कुँदिएको देखाइएको छ ।
यद्यपि यो नयाँ मोबाइल सेवा र स्मार्टफोनको घोषणाले प्रविधि बजारमा नयाँ तरङ्ग भने ल्याएको छ । तर यसको व्यावसायिक सफलता र यसमाथिका विवादहरू आगामी दिनमा थप स्पष्ट हुँदै जालान् ।
ट्रम्पसँग सम्बन्धित लाइसेन्स सम्झौता र ब्रान्डेड सामग्री बेच्ने अन्य सम्झौताहरूले नैतिकताको प्रश्न समेत उब्जिने गरेका छन् । तर यस्ता सम्झौताहरूले राष्ट्रपति ट्रम्प र उनको परिवारलाई थोरै आर्थिक जोखिममा आफ्नो सम्पत्ति विस्तार गर्ने फाइदाजनक अवसर प्राप्त भइरहेको छ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८२ ८:१२
सामाग्री श्रोत :
टेक पाना
सोलुखुम्बु – पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।
प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौँ फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिए । भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौँ पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् । काठमाण्डौँ ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।
सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिङ्मार शेर्पाले बताए ।
नियमित उडान तालिका कागजमै सीमित
जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरुले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नुहने भएपछि निजी विमान कम्पनीहरुले नियमित उडान तालिका समावेश नगरेको हुन् ।
नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौँ–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरु अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०÷१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ ।
फाप्लुबाट काठमाडौँसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बिपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौँ आउजाउ गर्न कठिन छ ।
स्थानीय बिमला राई भन्छिन, “सडकबाट जान भनेको शरीरलाई यातना दिनु हो । बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ ।” स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भने, “मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ । जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ –अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ।
बुधबार बसेको एमालेको ५३ औं सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको पार्टीका उपमहासचिव प्रदीव ज्ञवालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ