२०८२ श्रावण २९ बुधबार
२०८२ श्रावण २९ बुधबार

काठमाडौँ । भारतको कर्नाटकमा एक अनौठो साइबर ठगी भएको छ । फेसबुकमा झुक्किएर पठाएको ‘आई लभ यु’ मेसेजको आधारमा बैंकका एक कर्मचारीले ११ लाख रुपैयाँ बढी गुमाउन पुगेका छन् ।

प्रहरीका अनुसार, ५१ वर्षीय परशिवमूर्ती एमपीले गत अक्टोबर ११ मा फेसबुकमा झुक्किएर एक व्यक्तिलाई ‘आई लभ यु’ मेसेज पठाएका थिए । त्यसको केही हप्तापछि नोभेम्बर २ मा, उनलाई पेरियापाट्नाको साइबर प्रहरी विभागबाट बोलेको भन्दै एक फोन आयो ।

फोन गर्ने व्यक्तिले उनलाई सामाजिक सञ्जालमा केटीहरूलाई दुर्व्यवहार गरेको झुटा आरोप लगाउँदै पैसा नदिए घरमै आएर पक्राउ गर्ने, छिमेकीसामु बेइज्जत गर्ने र जेल हाल्ने धम्की दिएको थियो ।

एक सहकारी बैंकमा कार्यरत परशिवमूर्तीले सुरुमा उजुरी गर्न हिचकिचाएका थिए । तर, ठगहरूले लगातार फोन गरेर मानसिक दबाब दिएपछि उनले पटक-पटक गरी उनीहरूलाई सात लाख भारु  (११ लाख २० हजार नेपाली रुपैयाँ) दिए ।

अन्ततः उनले जनवरी ११ मा प्रहरीमा उजुरी दिएपछि डीएसपी पी. चन्द्रशेखरको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले घटनाको अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानका आधारमा प्रहरीले कोडागुका २५ वर्षीय इब्राहिम बादशाह, मान्ड्याका १९ वर्षीय राघवेन्द्र बीएम, बेङ्गलुरुकी ३० वर्षीया संगीता (इब्राहिमकी श्रीमती), कुशलनगरका १९ वर्षीय चरण सीके र एक आपराधिक पृष्ठभूमि भएका नाबालिगलाई गएको मंगलबार पक्राउ गरेको छ ।

उनीहरूलाई अदालतमा उपस्थित गराइएको छ भने अपराधमा प्रयोग भएका चारवटा मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

इन्डियन एक्सप्रेसको सहयोगमा

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ९:५४





सामाग्री श्रोत :
टेक पाना

चितवन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय  प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयलयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशाबाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रकठोक्किएका हुन् । 

Ncell 2
Ncell 2

सहचालक प्रजाको चितवन मेडीकल कलेज र यादवको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । निर्वाचन आयोगले आउँदै गरेको उपनिर्वाचनका लागि छुट भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ । निर्वाचनको मिति घोषणा हुनासाथ दर्ता प्रक्रिया रोकिने कानुनी व्यवस्था भएकाले आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो ।

प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२) रिक्त छ। त्यस्तै, स्थानीय तहमा १३ ओटा पद रिक्त छ ।

आयोगले दर्ता प्रक्रियालाई सहज र सरल बनाउन अनलाइन प्रि-रजिस्ट्रेशन प्रणाली सञ्चालनमा ल्याएको छ । नागरिकहरूले आयोगको वेबसाइट applyvr.election.gov.np मा गई घरबाटै मतदाता नामावलीको फाराम भर्न सक्नेछन् ।

यो प्रणालीमार्फत स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गर्ने व्यक्तिले पनि आवश्यक प्रमाणहरू अपलोड गरी आफ्नो स्थायी ठेगानामा नाम दर्ता गराउन सक्छन् । साथै, मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने र बसाइँसराइको विवरण अद्यावधिक गर्ने जस्ता कार्यहरू पनि यही प्रणालीबाट गर्न सकिने आयोगले जनाएको छ ।

अनलाइनबाट आवेदन भर्नुअघि ध्यान दिनुपर्ने कुरा

फोटो र औंठाछापका लागि जाँदा चाहिने कागजात

अनलाइन आवेदन केवल प्रि-रजिस्ट्रेशन मात्र हो । तोकिएको मितिमा दर्ता केन्द्रमा पुगेर फोटो खिचाई औंठाछाप दिएपछि मात्र दर्ता प्रक्रिया पूरा हुनेछ । त्यसका लागि जाँदा निम्न कागजातहरू अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ:

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ९:३७





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौँ – संघीय संसद्अन्तर्गत विभिन्न चारवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।  बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

त्यस्तै बिहान साढे ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) २०८० समितिको बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सम्बोधन गरेका छन्।

थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको बताए । नागरिक परिचय पत्रमा जनसंख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको उनले बताए।

मन्त्री पौडेलले भने, ‘एकीकृत तथ्यांक अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरेका छौं । हामीले डिजिटल स्वास्थ्य सुधारमा अन्तरमन्त्रालयस्तरीय सहकार्य अझ व्यापक पार्नेछौं।’

मन्त्री पौडेलले सम्मेलनका क्रममा राष्ट्रसंघका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइ समेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए।

उनले घटना दर्ता समावेसी र प्रभावकारी बनाउने कार्यमा नेपालले द्रुत लक्ष्य राखेर काम गरेको बताए । मन्त्री पौडेलले क्षेत्रीय गोलमेच बैठकमा समेत सम्बोधन गरेका थिए।

सम्मेलनमा नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सहभागी सह सचिव ढुण्डीराज निरौलाले नेपालका तर्फबाट भैरहेका प्रयासमा एसिया प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले थप काम गर्ने होसला मिलेको बताए । उनले जनसंख्या नीति चाँडै ल्याउने गरी मन्त्रालयले काम अघि बढाइरहेको भन्दै यसमा डिजिटल प्रणालीले विशेष भूमिका खेल्ने बताए।

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । विदेशमा रहेका नेपालीको तथ्यांक, अवस्था र समस्याको जानकारी संकलन गर्न सरकारले ‘श्रम संसार’ एप सञ्चालनमा ल्याएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम रोजगारमन्त्री शरदसिंह भण्डारीले बिहीबार संयुक्त रूपमा एप उद्घाटन गरे ।

एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपालीहरू रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुने बताइएको छ ।

यसबाट कन्सुलर सेवा, उद्धार र वैधानिक प्रक्रिया सहज हुने सरकारको विश्वास छ । परराष्ट्रमन्त्री राणाले श्रम स्वीकृति नलिई गैरकानुनी रूपमा गएका श्रमिकका लागि समेत वैधानिकीकरण श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको जानकारी दिइन् ।

“अवैध रूपमा गएकाहरूलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य होइन, तर उनीहरूको सुरक्षा र संरक्षण हाम्रो दायित्व हो,” उनले भनिन् ।

श्रममन्त्री भण्डारीले एप सञ्चालनसँगै श्रम गन्तव्य मुलुकमा रहेका कागजविहीन श्रमिकहरूको समस्या समाधानमा ठुलो सहयोग पुग्ने बताए । “अब कति नेपाली कहाँ छन् भन्ने मात्र होइन, उनीहरूको समस्या समाधान गर्न सरकार अझ सक्षम हुनेछ,” उनले भने ।

सरकारले एपमा दर्ता भएका विवरणलाई सम्बन्धित देशका नेपाली दूतावासबाट नियमित अद्यावधिक गर्ने व्यवस्था गरेको छ । 

एपको एन्ड्रोइड संस्करण डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।  

 

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ८:३१





सामाग्री श्रोत :
टेक पाना

गुल्मी – विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 

बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए रातिनै उनीहरुलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । 

Ncell 2
Ncell 2

घटनाको जानकारी पाउना साथ गए राति नै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । विगत ४० वर्षदेखि प्रयोग हुँदै आएको विन्डोजको ‘ब्लु स्क्रिन अफ डेथ (BSOD)’ अब परिवर्तन हुने भएको छ । माइक्रोसफ्टले विन्डोज ११ मा यो एरर मेसेज (त्रुटि सन्देश)को नयाँ डिजाइन ल्याउने भएको हो । कम्पनीका अनुसार अब यो ‘ब्ल्याक स्क्रिन अफ डेथ’ नामले चिनिनेछ ।

नयाँ डिजाइनमा पहिले जस्तो नीलो रंग, अनुहारको फोहोर चिन्ह र क्यूआर कोड हटाइएको छ । यसको सट्टा कालो ब्याकग्राउन्डमा सरल जानकारी देखिने व्यवस्था गरिएको छ ।

नयाँ अपडेटपछि ‘ब्लु स्क्रिन अफ डेथ’ कालो स्क्रिनमा परिवर्तन हुनेछ । तर यसमा क्र्यास हुँदा देखिने स्टप कोड र समस्या भएको ड्राइभरको जानकारी देखाइनेछ । यसले आईटी एड्मिनहरूलाई क्र्यास डम्प निकालेर छुट्टै टुल प्रयोग गरेर समस्या पत्ता लगाउनुपर्ने झन्झटबाट छुट्कारा दिने माइक्रोसफ्टको दाबी छ ।

माइक्रोसफ्टका इन्टरप्राइज र ओएस सेक्युरिटी डिपार्टमेन्टका उपाध्यक्ष डेभिड वेस्टनले भनेका छन्, “यो परिवर्तनको उद्देश्य प्रयोगकर्तालाई समस्याको मूल कारण छिटो पत्ता लगाउन सहयोग गर्नु हो । यो सुधारले विन्डोज वा हार्डवेयर वा अन्य कम्पोनेन्टको समस्या हो भनेर स्पष्ट पार्छ ।”

माइक्रोसफ्टले आगामी दुई महिनाभित्र विन्डोज ११ को अपडेटमार्फत सबै प्रयोगकर्ताका लागि ‘ब्ल्याक स्क्रिन अफ डेथ’ उपलब्ध गराउने जनाएको छ । यससँगै ‘क्विक मसिन रिकभरी’ नामको नयाँ फिचर पनि ल्याउने तयारी गरिएको छ । यसले बुट नहुने डिभाइसहरू छिटो सुधार्न सहयोग गर्नेछ ।

यसअघि ‘क्राउडस्ट्राइक’ घटनाका कारण करोडौं विन्डोज कम्प्युटर ‘BSOD’ मा अड्किन पुगेका थिए । त्यस घटनापछि माइक्रोसफ्टले विन्डोजलाई थप सुरक्षित र स्थिर बनाउने प्रयास गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८२ ७:२६





सामाग्री श्रोत :
टेक पाना

कञ्चनपुर – गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेङ्गुको सङक्रमण बढ्दै गएको छ ।

जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए । “तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ”, उनले भने, “पहिला गर्मी र वर्षाका बेलामात्र डेङ्गुको सङक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ ।”

लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेङ्गुको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको उनको भनाइ छ । उनका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनको हालसम्म २० जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ । सोही अवधिमा सबैभन्दा बढी डडेल्धुरामा ३४ जनमा र त्यसपछि कैलालीमा ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

Ncell 2
Ncell 2

कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ । बैतडीमा भने जनवरीदेखि जुन महिनाको अहिलेसम्म डेङ्गुका बिरामी देखापरेका छैनन् । एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्छ । पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएको उल्लेख  गर्दै उनले डेङ्गुलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउनुपर्ने बताए । 

जलवायु अनुकूल सरसफाइ रणनीति बनाई डेङ्गुसम्बन्धी चेतना र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा जोड दिनुपर्ने उनी बताउँछन् । वर्षात्को समय सुरु भएकाले डेङ्गुको सङ्क्रमण तीव्र रूपमा बढ्नसक्ने भएकाले वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

डेङ्गु सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ ।

“गर्मी र वर्षात्को समयमा डेङ्गु सङ्क्रमण फैलिने अत्यधिक सम्भावना हुन्छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ्“यसबेला जनचेतना र सरसफाइ अभियानलाई बढाउनु आवश्यक छ, सतर्कता अपनाउन सके डेङ्गुको रोकथाम गर्न सकिन्छ ।”

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । नेपाली दम्पती नामी बराल र नवीन बास्कोटाले अमेरिकामा स्थापना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित फिनटेक कम्पनी न्युरल (Niural) ले तीन  करोड १० लाख अमेरिकी डलर (चार अर्ब २६ करोड रुपैयाँ बढी) को लगानी जुटाएको छ । एआई प्रविधिमा आधारित वेब थ्री स्टार्टअप कम्पनीले हालैको फन्डिङ राउन्डका क्रममा म्याराथन नामक कम्पनीको नेतृत्वका लगानीकर्ताबाट सो पुँजी सङ्कलन गरेको हो ।

प्राप्त लगानी कम्पनीको उद्देश्यलाई थप गति दिन र सीएफओ (मुख्य वित्तीय अधिकारी) सुइटका लागि एआई आधारित ‘सिस्टम अफ इन्टेलिजेन्स’ निर्माण गर्न प्रयोग गरिने उल्लेख छ ।

न्युरलले व्यवसायहरूको संवेदनशील सञ्चालन व्यवस्थापनलाई सहज तुल्याउन पेरोल नामक सिस्टम विकास पारेको छ । कम्पनीले त्यसलाई ग्लोबल कम्प्लायन्स र भुक्तानीका लागि आफ्नै बलियो पूर्वाधारको रूपमा निर्माण गरेको छ । एड्भान्स एआई प्रविधि जोडेर यसलाई ‘सिस्टम अफ रेकर्ड’ बाट ‘सिस्टम अफ इन्टेलिजेन्स’ मा रूपान्तरण गरिएको कम्पनीको भनाइ छ।

न्युरलको प्रोप्राइटरी पूर्वाधारको रूपमा रहेको यो प्लेटफर्ममा एआई एकीकृत गरीएको छ । कम्पनीको स्वामित्वमा रहेको एम्मा (EMMA) सुपरएजेन्टले भर्टिकल एआई एजेन्टहरूलाई नियन्त्रण गर्छ, जसले पेरोल, कम्प्लायन्स, खर्चको स्वीकृति जस्ता जटिल कार्यहरू तुरुन्तै र सही रूपमा सञ्चालन गर्न सक्छ ।

न्युरलले सोझै ग्लोबल बैङ्किङ नेटवर्कहरूसँग इन्टिग्रेट गरिएको पेमेन्ट इन्जिन समेत तयार पारेको छ, जसले स्टेबलकोइन (stablecoin) पेमेन्ट रेल्सलाई समेत सपोर्ट गर्छ ।

नवीन बास्कोटाका अनुसार, न्युरलको एउटा मुख्य उत्पादन यूएसडीसी स्टेबलकोइनमा आधारित पेरोल प्रणाली हो, जुन क्रिप्टोमा आधारित छ । यसलाई विश्वभरका कम्पनीहरूले विश्वभरका मानिसहरूलाई रोजगार दिन सक्ने गरी विकसित गरिएको छ । न्युरलको मुख्य उद्देश्य मध्यस्थकर्ता बिना नै एक पक्षबाट अर्को पक्षमा ‘रियल टाइम’ भुक्तानी सेवा प्रदान गर्नु हो, जसको लागि ब्लकचेन प्रविधिको प्रयोग गरिन्छ ।

न्युरलले पछिल्लो एक वर्षमा उल्लेखनीय वृद्धि हासिल गरेको छ । कम्पनीको वर्ष-प्रति-वर्ष वृद्धि ७००% रहेको छ भने यसको नेट रेभिन्यु रिटेन्सन रेट १८०% भन्दा बढी छ । यो वृद्धि मुख्यतया ग्राहक र साझेदार रेफरलहरूबाट भएको हो ।

टेन्सर ल्याब्समा अपरेसन्स भीपी रहेका फिल ज्याकोब्सनले न्युरललाई ‘साझेदार’ र आफ्नो टिमको विस्तारको रूपमा उल्लेख गरेका छन् । कराते डटकमका जनरल काउन्सिल डेभिड कनले पनि आफूहरू न्युरलको सम्पूर्ण उत्पादन सुइटमा निर्भर रहेको र यसले धेरैजसो सहायक कम्पनी, जटिल भुक्तानीहरू र व्यापक कम्प्लायन्स आवश्यकताहरू सहजै व्यवस्थापन गर्ने बताएका छन् ।

यस लगानी राउन्डबाट म्याराथन म्यानेजमेन्ट पार्टनर न्युरलको रणनीतिक साझेदारको रूपमा जोडिएको छ । यसमा म्याराथनको तर्फबाट गोकुल राजाराम र चेज प्याकार्ड संलग्न हुनेछन् । गोकुल राजारामसँग अल्फाबेट, मेटा र डोरड्याश जस्ता कम्पनीहरूमा उत्पादनको नेतृत्व गरिसकेको अनुभव छ । चेज प्याकार्डले भने कोट्यु (Coatue) मा पार्टनरको रूपमा फिनटेक र लगानीमा गहिरो विशेषज्ञता हासिल गरेका छन् ।

चेज प्याकार्डका अनुसार न्युरलले वित्तीय पूर्वाधार र सफ्टवेयर प्लेटफर्म दुवैको समस्यालाई बुझेको र सुरुदेखि नै पूर्ण सुविधा सहितको मल्टी-प्रोडक्ट अनुभव प्रदान गरेको बताएका छन् । यस अघिका लगानीकर्ताहरू एम१३, इन्स्पायर्ड क्यापिटल, न्युफर्म क्यापिटल, हस्टल फन्ड, अलायन्स लगायतले पनि न्युरलमा आफ्नो विश्वास कायम राखेका छन् ।

इन्स्पायर्ड क्यापिटलकी अलेक्सा भोन टोबेलले सन् २०२२ मा न्युरलमा पहिलो लगानी गर्दा नै नामी र नवीनमा एआई प्रयोग गरी पुरानो पूर्वाधारलाई ‘इन्टेलिजेन्ट सिस्टम’ मा रूपान्तरण गर्ने दूरदृष्टि स्पष्ट रहेको बताएकी छन् ।

न्यरलका संस्थापकद्वय नामी बराल र नवीन बास्कोटा दम्पती हुन् । दुवैको पृष्ठभूमि वित्तीय प्रविधि र उद्यमशीलतासँग जोडिएको छ । नामीले हार्वर्ड विश्वविद्यालयमा अर्थशास्त्र र गणित अध्ययन गरेकी थिइन् । उनले आफ्नो पहिलो जागिर वालस्ट्रिटमा लगानी बैङ्करको रूपमा सुरु गरेकी थिइन् ।

त्यसपछि उनले एउटा स्टार्टअपमा काम गरिन्, जसलाई पछि ट्वीटरले अधिग्रहण गर्‍यो र उनले ट्वीटरमा ‘रेभिन्यु पार्टनर’ विभागको प्रमुखको रूपमा करिब चार वर्ष काम गरिन् । ट्वीटर छोडेपछि सन् २०१८ मा उनले ‘हार्भेस्ट प्लेटफर्म’ नामक एआई आधारित वित्तीय स्टार्टअप स्थापना गरिन्, जसले विद्यार्थीहरूलाई बैङ्कमा रहेको ऋण व्यवस्थापनमा सहयोग गर्थ्यो । यो कम्पनीलाई सन् २०२१ को फेब्रुअरीमा अमेरिकाकै ठुलो फिनटेक कम्पनी एक्रोन्सले अधिग्रहण गर्‍यो ।

अर्कोतर्फ बास्कोटाले सुरुमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गरे पनि पछि अर्थशास्त्रमा मोडिए । वालस्ट्रिटमा इन्टर्नशिपको मौका पाएका उनले केपीएमजी (KPMG) तथा जेपी मोर्गन (JP Morgan) जस्ता कम्पनीहरूमा वित्तीय जिम्मेवारीमा काम गरे, जहाँ उनले बैङ्किङ र वित्तीय प्रणालीबारे १३ वर्ष लामो अनुभव हासिल गरे । यहाँ क्लिक गरेर न्युरलबारे टेकपानाले तयार पारेको पूरा स्टोरी पढ्न सक्नु हुनेछ ।

नामी र नवीनको भेट सन् २०११ मा नेपाली समुदायको एउटा कार्यक्रममा भयो र उनीहरू सन् २०१५ मा विवाह बन्धनमा बाँधिए । उनीहरूले मे २०२२ मा न्युरलको अवधारणा ल्याए ।

न्युरल नाम एआईको अवधारणाबाट प्रेरित भएको नामी बताउँछिन्, किनकि एआईले मानव मस्तिष्कमा आधारित विभिन्न न्युरोनहरूको नेटवर्क जस्तै काम गर्छ । यो दम्पतीको लक्ष्य भनेको नेपाललाई विश्वका ठुला कम्पनीहरूको मुख्य कार्यालय स्थापना गर्ने थलो बनाउनु हो र नेपाली प्रतिभालाई विश्वस्तरमा पुर्‍याउनु हो ।

नवीनका अनुसार, भविष्यमा न्युरलको मुख्य कार्यालय नेपालमै हुनेछ र कम्पनीले नेपालीहरूलाई काम मात्र नदिई तालिम दिएर आफैँ उद्यमी बन्न सक्ने क्षमता विकास गराउनेछ । न्युरल भिसाको फिनटेक फास्टट्रयाक प्रोग्राममा पनि स्वीकृत भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १३:५१





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट