
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन् ।
धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले सहकारीमार्फत साना किसानलाई बजारको सहज पहुँच प्रदान गर्न आग्रह गरे ।
अध्यक्ष दाहालले आफ्नो सन्देशमा भनेका छन्, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो ।”
नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशतभन्दा बढी छ । यो हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अध्यक्ष दाहालले बताए । यस वर्षको नारा ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ले धानखेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने उनले उल्लेख गरे ।
समयमा मल, बीउ र सिँचाइको अभावले किसानले ठूलो कठिनाइ भोगिरहनुपरेको अध्यक्ष दाहालको भनाइ छ । सन्देशमा अगाडि भनिएको छ, “मैले नेतृत्व गरेको सरकारको पालामा, हामीले रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौँ, ठूला, मझौला र साना सिँचाइ परियोजनालाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउन सघन प्रयास गरेका थियौँ ।” उनले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
कतार – प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरूबीच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । स्मार्टफोनमा बैंक विवरणदेखि परिवार र साथीहरूको तस्बिरसम्मका निजी जानकारी भरिएको हुन्छ । यस्ता डेटालाई सुरक्षित राख्न प्रयोगकर्ताले सतर्कता अपनाए पनि केही साइबर आक्रमणबाट जोगिन गाह्रो पर्छ । त्यसमध्ये एक हो- ‘स्टिङरे अट्याक’ (stingray attack) । यो आक्रमण विधिबाट फोनका कल र एसएमएसहरू चोरी गरिन्छ ।
स्टिङरे अट्याकमा स्मार्टफोनलाई नक्कली टावरसँग जडान गराइन्छ र प्रयोगकर्ताको फोन सम्पर्क र मेसेजहरू निगरानी गरिन्छ । यस्तो आक्रमणबाट जोगाउन गुगलले एन्ड्रोइड १६ मा नयाँ सुरक्षा फिचर ल्याउने तयारी गरेको छ ।
गुगलले ‘मोबाइल नेटवर्क सेक्युरिटी’ नामक नयाँ सेटिङ पुनः ल्याउँदैछ । यो सेटिङ फोनको ‘सेफ्टी सेन्टर’ मा रहनेछ, जुन ‘सेक्युरिटी एन्ड प्राइभेसी’ ट्याबमार्फत प्रयोग गर्न सकिन्छ ।
के छ त नयाँ फिचरमा ?
‘मोबाइल नेटवर्क सेक्युरिटी’ मा दुई प्रमुख विकल्प रहनेछन् । पहिलो हो- ‘नेटवर्क नोटिफिकेसन’ । यसलाई अन गरेपछि फोन अनइन्क्रिप्टेड नेटवर्कमा कनेक्ट हुँदा वा फोनको युनिक आइडेन्टिफायर (जस्तै IMEI) माग्दा प्रयोगकर्तालाई सूचना दिन्छ । यो सुविधा डिफल्ट रूपमा अफ रहनेछ ।
दोस्रो ‘टुजी नेटवर्क प्रोटेक्सन’ हो । यसले फोनमा टुजी नेटवर्क डिसेबल गर्ने वा इनेबल गर्ने विकल्प दिन्छ । टुजी नेटवर्क हाल पनि धेरै कमजोर मानिन्छ र साइबर आक्रमणका लागि सजिलो लक्ष्य मानिन्छ ।
तर यो सुविधा हालको सबै फोनमा आउने छैन । एन्ड्रोइड १६ सँगै आउने नयाँ स्मार्टफोनहरूमा मात्र यो सुविधा उपलब्ध हुने बताइएको छ । यसको लागि फोनमा ‘एन्ड्रोइडको रेडियो HAL 3.0 ड्राइभर’ सपोर्ट हुनुपर्छ । हाल एन्ड्रोइड १६ अपडेट भइसकेका पिक्सेल फोनहरूमा भने यो फिचर नदेखिएको विभिन्न मिडियाले उल्लेख गरेका छन् ।
यसपहिले एन्ड्रोइड १२ मा गुगलले टुजी नेटवर्क अफ गर्ने सुविधा ल्याएको थियो । एन्ड्रोइड १५ मा भने कुनै नेटवर्कले फोनको युनिक आइडेन्टिफायर माग्दा प्रयोगकर्तालाई सचेत गराउने फिचर थपिएको थियो । तर अब एन्ड्रोइड १६ मा यो अझ सशक्त र स्पष्ट रूपमा उपलब्ध हुने भएको हो ।
पछिल्लो अध्यावधिक: असार १४, २०८२ २२:१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा फर्किएको उद्घोष गरेकी छिन् ।
मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको ‘जबजका तीन दशक’ का विचार गोष्ठीमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अबको समय एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताएकी हुन् ।
‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्,‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
उनले एमालेमा रहेर राजनीति यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा भने नभएको बताइन् । ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्,‘आज तपाईंहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’
भण्डारीले राजनीतिमा फर्किएको उद्घोष गर्दा हलमा नेता, कार्यकर्ताको गडगडाहट ताली गुन्जिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै लाखौं विद्यार्थी र अभिभावकहरू भविष्यको शैक्षिक यात्राबारे निर्णय लिने प्रक्रियामा छन् । सूचना प्रविधिको बढ्दो महत्त्व र रोजगारीका अवसरका कारण धेरैको रोजाइमा यससँग सम्बन्धित विषयमा चासो देखिन्छ ।
यस्तोमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सञ्चालन गर्ने १८ महिने टीएसएलसी कोर्स र तीनवर्षे ‘डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ’ सँगै राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ वा ‘ए-लेभल’ विकल्प छन् ।
सीटीईभीटीको १८ महिने टीएसएलसी कोर्स
यदि कुनै विद्यार्थी छिटोभन्दा छिटो प्राविधिक सीप सिकेर रोजगारीमा प्रवेश गर्न चाहन्छ भने सीटीईभीटीले सञ्चालन गर्ने १८ महिने ‘टेक्निकल स्कुल लिभिङ सर्टिफिकेट (टीएसएलसी) इन कम्प्युटर इन्जिनियरिङ’ एक उत्तम विकल्प हो ।
एसईई परीक्षा दिएका र कुनै पनि ग्रेड वा जीपीए ल्याएका विद्यार्थीले यो कोर्स पढ्न सक्नेछन् । यो कार्यक्रममा एक वर्ष सैद्धान्तिक र प्रयोगात्मक कक्षा तथा ६ महिनाको अनिवार्य ‘अन द जब ट्रेनिङ’ (OJT) समावेश हुन्छ । पाठ्यक्रमको कुरा गर्दा यसमा फन्डामेन्टल अफ इन्फरमेसन टेक्नोलोजी, ग्राफिक एन्ड वेब डेभलपमेन्ट, डेटाबेस म्यानेजमेन्ट, कम्प्युटर प्रोग्रामिङ, हार्डवेयर एन्ड नेटवर्किङ जस्ता विषयहरू पढाइन्छ ।
यो कोर्स पूरा गरेपछि विद्यार्थीले राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक) वा चौथो तह सरहको ‘जुनियर कम्प्युटर टेक्निसियन’ पदका लागि योग्यता हासिल गर्छन् । उनीहरूले आईसीटी उद्योग, सरकारी तथा गैरसरकारी संस्थाहरूमा काम गर्न सक्छन् ।
डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ
सीटीईभीटीको ‘डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ’ विशेषगरी उद्योग र बजारको मागअनुसार मध्यम-स्तरका प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ डिजाइन गरिएको हो । एसईईपछि नै आईटी क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीका लागि यो पाठ्यक्रमले सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्छ ।
सीटीईभीटीको पाठ्यक्रमअनुसार, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न विद्यार्थीले एसईई वा सो सरहको परीक्षामा गणित र विज्ञानमा न्यूनतम ‘सी’ ग्रेड तथा अंग्रेजीमा न्यूनतम १.६ जीपीए ल्याएको हुनुपर्छ ।
के-के हुन्छ पढाइ ?
यो तीनवर्षे ६-सेमेस्टरमा आधारित पाठ्यक्रमले कम्प्युटर विज्ञानका आधारभूतदेखि विशिष्टीकृत विषयसम्म समेट्छ ।
-
पहिलो वर्ष: विद्यार्थीहरूलाई आधारभूत विज्ञानका विषयहरू जस्तै; भौतिकशास्त्र, रसायनशास्त्र र गणितका साथै नेपाली, अंग्रेजी, इन्जिनियरिङ ड्रइङ र कम्प्युटर एप्लिकेसनजस्ता परिचयात्मक विषय पढाइन्छ । यसले प्राविधिक शिक्षाको लागि बलियो जग बसाल्छ ।
-
दोस्रो वर्ष: यस वर्षमा कम्प्युटर इन्जिनियरिङका मुख्य विषयहरूमा केन्द्रित रहन्छ । जसमा ‘सी प्रोग्रामिङ’, ‘वेब टेक्नोलोजी’, ‘डेटाबेस म्यानेजमेन्ट सिस्टम’, ‘डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम’, ‘अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ इन जाभा’ र ‘माइक्रोप्रोसेसर’ जस्ता विषयहरू समावेश छन् ।
-
तेस्रो वर्ष: अन्तिम वर्षमा विद्यार्थीहरूलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’, ‘इन्टरनेट अफ थिङ्स (आईओटी)’, ‘इन्फरमेसन सेक्युरिटी’, ‘कम्प्युटर ग्राफिक्स’, ‘नेटवर्किङ’ र ‘कम्प्युटर मर्मतसम्भार’ जस्ता विशिष्टिकृत विषयहरू पढाइन्छ । साथै, विद्यार्थीहरूले ‘माइनर’ र ‘मेजर’ प्रोजेक्टहरू गर्नुपर्ने हुन्छ, जसले उनीहरूलाई वास्तविक समस्या समाधान गर्ने व्यावहारिक अनुभव प्रदान गर्छ ।
यो पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि स्नातकहरू नेपाल सरकारको राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) वा पाँचौँ तह सरहको पदका लागि योग्य हुन्छन् । उनीहरूले सरकारी तथा निजी दुवै क्षेत्रका आईटी उद्योग, बैंक, व्यावसायिक संस्थाहरूमा सफ्टवेयर डेभलपर, नेटवर्क प्रशासक, डेटाबेस म्यानेजर र आईटी प्राविधिक जस्ता पदहरूमा काम गर्न सक्छन् । थप शैक्षिक अध्ययन गर्न चाहनेका लागि विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन सक्छन् ।
कक्षा ११-१२ मा आईटीको जग
तत्काल प्राविधिक शिक्षामा नगई राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा ११ र १२ वा ‘ए-लेभल’ अध्ययन गर्न चाहनेहरूका लागि पनि आईटीतर्फको आधार बनाउने अवसर छ।
यसअन्तर्गत कक्षा ११ र १२ मा ‘कम्प्युटर विज्ञान’लाई ऐच्छिक विषयका रूपमा रोज्न सकिन्छ । यसले प्रोग्रामिङ, डेटाबेस, र नेटवर्किङजस्ता आधारभूत अवधारणाहरू सिकाउँछ, जसले स्नातक तहमा आईटी अध्ययनका लागि बलियो जग तयार पार्छ ।
‘ए लेभल’ मा आईटी
क्याम्ब्रिज विश्वविद्यालयको ‘ए लेभल’ पाठ्यक्रममा पनि ‘कम्प्युटर साइन्स’ (Computer Science 9618) विषय उपलब्ध छ । यो पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको भएकाले यसमा सैद्धान्तिक ज्ञानका साथै समस्या समाधान र प्रोग्रामिङमा विशेष जोड दिइन्छ । ए लेभलमा कम्प्युटर साइन्स पढ्दा विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा स्नातक तहमा भर्ना पाउन पनि सहज हुन्छ ।
माथिका जुनसुकै शैक्षिक कार्यक्रममा भर्ना भएपनि विद्यार्थीले खाली समयमा ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, डिजिटल मार्केटिङ र आधारभूत प्रोग्रामिङ जस्ता छोटो अवधिका आईटी तालिमहरू लिन सक्छन् ।
अर्कोतर्फ सफ्टवेयर र वेब डेभलपमेन्टमा रुचि भएकाले एचटीएमएल, सीएसएस, जाभा र सी++ जस्ता आधारभूत प्रोग्रामिङ भाषाहरू सिक्न सक्छन् । यसले भविष्यमा आईटी अध्ययनका लागि सहज बनाउँछ ।
त्यस्तै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मको बढ्दो प्रयोगसँगै सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) जस्ता डिजिटल मार्केटिङका सीपहरू पनि उपयोगी हुन्छन् । अर्कोतर्फ कम्प्युटर मर्मतसम्भारको तालिम लिएर हार्डवेयर प्राविधिकका रूपमा पनि करिअर सुरु गर्न सकिन्छ, जसको बजारमा अहिले राम्रो माग छ ।
पछिल्लो अध्यावधिक: असार १४, २०८२ २१:४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानका लागेका हुन् ।
स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ ।
संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुन्छ
कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा २१ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भ्रमण अघि आजै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । नेपाल र भारतबिचको सीमापार जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी रिपोर्टिङलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा चारदिने क्षेत्रीय कार्यशाला सम्पन्न भएको छ । युथ इनोभेसन ल्याब (वाईआई-ल्याब) र युनेस्को नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा नेपाल र भारतका २० जना पत्रकारको सहभागिता थियो ।
कार्यशालाको मुख्य उद्देश्य हिन्दकुश हिमालय क्षेत्रमा देखिने साझा जलवायु जोखिम जस्तै; हिमताल विस्फोटन (GLOFs), अव्यवस्थित स्रोत उत्खनन र जलवायुजन्य विपद्बारे रिपोर्टिङ गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु थियो । सहभागीहरूलाई एआई-सहायता प्राप्त पत्रकारिता, तथ्याङ्कमा आधारित कथावाचन, तथ्य-जाँच र सीमापार सहकार्य जस्ता विषयमा तालिम प्रदान गरिएको थियो ।
उद्घाटन सत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले सीमापार जलवायु चुनौतीहरू सामना गर्न नेपाल र भारतबिच बलियो सहकार्य आवश्यक रहेको बताए । युनेस्को नेपालका प्रतिनिधि जाको डु टोइटले यस्ता संयुक्त पहलले सूचनाको खाडल पुर्ने र दिगो विकासका लागि जवाफदेहिता बढाउने विश्वास व्यक्त गरे ।
वाईआई-ल्याबका सञ्चालक समिति सदस्य सन्तोष क्षेत्रीले नेपाल र भारत साझा नदी र पारिस्थितिक प्रणालीले पनि जोडिएको उल्लेख गर्दै जलवायु परिवर्तन र विपद् जोखिमबारे समयमै सूचना आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।
कार्यशालामा विज्ञहरूले जलवायु विज्ञानलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने तरिका, हिन्दकुश हिमालय क्षेत्रका सीमापार जलवायु जोखिम र विपद् सूचना व्यवस्थापन प्रणाली जस्ता विषयमा प्रशिक्षण दिएका थिए । साथै, जियोस्पेसियल र एआई टुल्सको प्रयोगबारे पनि जानकारी गराइएको थियो ।
सहभागी पत्रकारहरूले यस कार्यशालाले सीमापार जलवायुका आयामहरूलाई बुझ्न र साझा कथामा काम गर्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गरेको प्रतिक्रिया दिएका छन् । उनीहरूले अब संयुक्त रूपमा रिपोर्टिङ टिम बनाएर यस क्षेत्रका संवेदनशील विषयहरूमा गहन कथाहरू उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार १४, २०८२ १९:२०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा सहभागी हुन शनिबार बेलुकी त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यबाहकको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीसहितको टोली शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । फेसबुक र इन्स्टाग्राममा सार्वजनिक रूपमा अपलोड भएका अर्बौं फोटो प्रयोग गरेर आफ्ना एआई मोडेल तालिम दिँदै आएको मेटाले अब प्रयोगकर्ताको मोबाइलमा सुरक्षित रहेका निजी फोटोसमेत क्लाउडमा अपलोड गराउन थालेको छ ।
टेकक्रन्चको रिपोर्ट अनुसार हाल फेसबुकमा स्टोरी पोस्ट गर्न खोज्दा केही प्रयोगकर्तालाई पप-अप मेसेज देखिन थालेको छ । उक्त सन्देशमा ‘क्लाउड प्रोसेसिङ’ अनुमति दिने कि नदिने भनेर सोधिन्छ । यो सुविधा स्वीकार गरेमा प्रयोगकर्ताको मोबाइलको क्यामेरा रोलमा रहेका फोटोहरू मेटाको क्लाउडमा नियमित रूपमा अपलोड हुनेछन् ।
मेटाका अनुसार, यो सुविधा सक्रिय गरेपछि कम्पनीले प्रयोगकर्ताका पब्लिस नभएका फोटोहरू प्रयोग गरेर ‘कोलाज’, ‘रिक्याप’, ‘एआई रिस्टाइलिङ’ वा ‘थिमेटिक सजेस्टन’ (जस्तै जन्मदिन, ग्राजुएसन) तयार गर्नेछ । तर यसको सर्त अनुसार, प्रयोगकर्ताले आफ्ना फोटो र फोटोमा भएका अनुहार तथा वस्तुहरूको विश्लेषण गर्न मेटालाई अनुमति दिनुपर्नेछ । मेटाले ती व्यक्तिगत डेटा स्टोर र प्रयोग गर्न पाउने उल्लेख छ ।
मेटाले सार्वजनिक रूपमा भनेको छ कि हाल यो सुविधा परीक्षणमै छ र प्रयोगकर्ताको मञ्जुरीबिना लागु हुने छैन । तर, मेटाले भविष्यमा ती पब्लिस नभएका फोटो एआई मोडेल प्रशिक्षणका लागि प्रयोग गर्छ वा गर्दैन भन्ने स्पष्ट जवाफ भने दिएको छैन ।
मेटाले यसअघि २००७ देखि फेसबुक र इन्स्टाग्राममा सार्वजनिक रूपमा अपलोड गरिएका सामग्रीबाट एआई मोडेल प्रशिक्षण गरेको स्वीकार गरिसकेको छ । तर, के सार्वजनिक भनिने सामग्रीको दायरा के हो र त्यसबेला ‘एडल्ट युजर’ कसलाई मानिन्छ भन्ने प्रष्ट्याएको छैन ।
मेटाका पब्लिक अफेयर्स म्यानेजर रायन ड्यानियल्सले द भर्जसँग भनेका छन्, “यो परीक्षण प्रयोगकर्ताको फोटोबाट हाम्रो एआई मोडेललाई तालिम दिन प्रयोग गरिएको छैन ।” तर, मेटाका सञ्चार म्यानेजर मारिया कुबेथाले भने, “यो सुविधा प्रयोगकर्ताले चाहे मात्र प्रयोग हुनेछ र कहिले पनि बन्द गर्न सकिन्छ । क्यामेरा रोलका मिडिया एआई मोडेल सुधार्न प्रयोग गरिएको छैन, केवल सुझावका लागि मात्र हो ।”
तर रिपोर्ट अनुसार, यदि प्रयोगकर्ताले यो सुविधा स्वीकार गरे मेटाले ३० दिनसम्मको क्यामेरा रोल एक्सेस गर्न सक्छ । तर केही केसमा ३० दिनभन्दा पुराना फोटोहरू पनि ‘थिमेटिक सुझाव’ (पशु, विवाह, ग्राजुएसन आदि) को आधारमा प्रयोग भइरहेको देखिएको छ ।
साथै, फेसबुकको सेटिङमा गएर यो क्लाउड प्रोसेसिङ सुविधा बन्द गर्न सकिन्छ । बन्द गरेपछि पनि क्लाउडमा अपलोड भएका अनपब्लिस्ड फोटोहरू ३० दिनपछि हटाइने व्यवस्था छ ।
तर विज्ञहरूका अनुसार, यो सुविधा प्रयोगकर्ताको अनुमतिमा आधारित भए पनि यसले निजी डेटामाथि मेटाको पहुँचलाई अझ बढाएको छ । प्रयोगकर्ताले पोस्ट गर्ने निणर्य नलिएरै क्यामेरामा सुरक्षित व्यक्तिगत सामग्री कम्पनीको सिस्टममा जान सक्ने खतरा बढेको छ ।
यसैबिच, टेकक्रन्चले रिडिट पोस्टहरू उद्धृत गर्दै मेटाले पहिल्यै अपलोड भएका केही फोटोमा प्रयोगकर्ताको जानकारीबिना एआई रिस्टाइलिङ सजेसन देखाउन थालेको खुलासा गरेको छ । एउटा प्रयोगकर्ताले भनेकी छिन् कि फेसबुकले उनको विवाहको फोटो बिना जानकारी स्टुडियो गिब्ली स्टाइलमा परिवर्तन गरिदिएको छ ।
पछिल्लो अध्यावधिक: असार १४, २०८२ १९:१५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो ।
सभामा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरूले सहमति जनाएसँगै प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रस्ताव पारित हुनुअघि सभामा छलफल भएको थियो । छलफलमा सहभागी सांसदहरूले उठाएको जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ