२०८२ श्रावण २४ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण २४ शुक्रबार

काठमाडौं– सघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरे लगत्तै आइतबारको बैठकबाट बहुमतले विधेयक पारित भएको हो।

प्रदेश प्रमुख सचिव संघीय सेवाको हुनेगरी विधेयक अगाडि बढेको छ। प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुनेछ। तर, प्रदेशमा प्रदेश सचिव तयार नहुँदासम्म संघबाट १० वर्षसम्म खटाउन सकिने प्रावधानसहित विधेयक अगाडि बढेको छ।

ट्रेड युनियन लगायतका व्यवस्थालाई यथावत राखिएको छ।

राज्य व्यवस्था समितिबाट पास भएर अगाडि विधेयक जस्ताको तस्तै पास भए संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने हुन्छ। यसलाई कुलिङ पिरियड भन्ने गरिन्छ। कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को सरकारी नियुक्ति नलिने भन्ने व्यवस्था हो। यो विषयमा उच्च पदस्थ कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

Ncell 2
Ncell 2

आइतबार प्रतिनिधि सभाबाट पारित यो विधेयक अब राष्ट्रिय सभामा जान्छ।

राष्ट्रिय सभाले पारित गरेपछि पुन: प्रतिनिधि सभामा आउँछ। त्यसपछि सभामुख हुँदै राष्ट्रपतिकहाा पुग्छ । त्यसपछि ऐनमा रुपान्तरित भएर कार्यान्वयनमा आउँछ।

विधेयक पारित गर्नु अघि अमनलाल मोदी, जानर्दन शर्मा, कान्तिका सेजुवाल, प्रकाश ज्वाला, प्रभु साह, रञ्जुकुमारी झा, डा.अमरेशकुमार सिंह, चन्द्रकान्त भण्डारी, रामकृष्ण यादव, ज्वालाकुमारी साह, माधव सापकोटा, लेखनाथ दाहालले आफ्नो धारणा राखेका थिए।

यस्तै, सांसद शेरबहादुर कुँवर, महेन्द्रबहादुर शाही, बासुदेव घिमिरे, ठाकुरप्रसाद गैरे, प्रेम सुवा, रेखा शर्मा, रामप्रकाश चौधरी, नारायणी शर्मा, लिलानाथ श्रेष्ठ, चित्रबहादुर केसी, दिपा शर्मा लगायतले छलफलमा भाग लिएका थिए। 

त्यस्तै आफ्नो धारणा राख्ने क्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक संसदको रोष्ट्रमबाटै च्यातेको थिए।

उनले संघीय निजामती सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिएका थिए। 

यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालै सार्वजनिक गरिएको  ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयक’ प्रति गम्भीर आपत्ति जनाउँदै उक्त विधेयक खारेज गर्न माग गरेको छ। प्रतिष्ठानको फ्याकल्टी एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष विधिवत् रुपमा ज्ञापन पत्र पेश गर्दै सो विधेयकले संस्थाको स्वायत्तता, विशिष्टता, र दीर्घकालीन योगदानमाथि गम्भीर आँच पुर्‍याउने उल्लेख गरेको छ।

फ्याकल्टी एसोसिएसनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार, पाटन अस्पतालको समृद्ध इतिहासमा आधारित रही स्थापना भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। पत्रमा भनिएको छ कि प्रतिष्ठानले ग्रामीण स्वास्थ्य सेवामूलक शिक्षा प्रणाली, सामाजिक उत्तरदायित्वमा आधारित शिक्षण अभ्यास, र महामारी तथा विपद्का समयमा सक्रिय सहभागिताजस्ता महत्वपूर्ण विशेषता कायम गर्दै आएको छ।

साथै, संस्थाको कानुनी, शैक्षिक, प्रशासनिक, तथा सेवा प्रवाहको संरचना फरक रहेको, र यो संरचनालाई बेवास्ता गरी सबै प्रतिष्ठानलाई एउटै ढाँचामा बाध्ने प्रयासले संविधानको संघीय भावना र मर्म प्रतिकूल असर पार्ने ठहर गरिएको छ।

उक्त पत्रमार्फत् मन्त्रालयले सरोकारवालासँग पूर्व परामर्श नगरी विधेयकको मस्यौदा सार्वजनिकरूपमा प्रस्तुत गर्नु दु:खद्, गैरपारदर्शी र रणनीतिक रुपमा दुर्बल कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।

फ्याकल्टी एसोसिएसनले उक्त विधेयक तत्काल खारेज गरिनु पर्ने माग गर्दै, आवश्यक परे थप सशक्त आन्दोलनको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा कूलपति, सिहंदरवार, काठमाडौं र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पठाइएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ ।  उच्च हिमाली जिल्ला मुस्ताङमा लेक लागेर बारम्बार पर्यटकको ज्यान जाने समस्या बढेपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आधुनिक प्रविधिको प्रयोग गर्दै टेलिमेडिसिन सेवा सुरु गर्ने तयारी गरेको छ ।

गाउँपालिकाले स्थानीय अस्पतालसँग सहकार्य गर्दै ‘हाई अल्टिच्युड’ उपचार केन्द्रमा टेलिमेडिसिन सेवा विस्तार गर्न लागेको हो । यसले दुर्गम क्षेत्रमा तत्काल स्वास्थ्यकर्मी नपुगे पनि विशेषज्ञ चिकित्सकसँग अनलाइनमार्फत परामर्श लिन सकिनेछ ।

गोरखापत्रमा प्रकाशित समाचारका अनुसार पछिल्ला दुई वर्षमा मात्रै लेक लागेर २८ जना पर्यटकको ज्यान गएको गाउँपालिकाको तथ्यांक छ । मृत्यु हुने मध्ये अधिकांश ५८ देखि ८१ वर्ष उमेर समूहका छन् ।

गाउँपालिकाले आगामी वर्षको बजेटमा स्वास्थ्य उपकरण, एम्बुलेन्स खरिद र उपचार केन्द्र सुदृढीकरणका लागि रकम विनियोजन गरिसकेको छ । मुक्तिनाथ मन्दिर परिसरमा रहेको उपचार केन्द्रमा टेलिमेडिसिन सेवा जडान गरिनेछ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८२ ८:३७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले नेपालमा सुन र चाँदीका, तामाका निश्चित खानीहरू रहको भन्दै खानी उत्खननमा सरकारले ध्यान दिन नसकेको बताएका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै आले मगरले सुन र चाँदीका, तामाका निश्चित रूपमा खानीहरू नेपालमा रहेको भन्दै यी खानीहरू उत्खनन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन्।

Ncell 2
Ncell 2

उनले भन्नुभयो, ‘नेपालमा हिरा र मोती त म भन्न सक्दिन। सुन र चाँदीका, तामाका निश्चित रूपमा खानीहरू छन्। यतातर्फ यी खानीहरू उत्खनन गर्नेतर्फ, यसको सम्भाव्यता अध्ययन गर्नेतर्फ पनि उद्योग मन्त्रालयले ध्यान दिनुपर्ने हुन्छ। जुन यो बजेटमा पाइँदैन। नेपालमा युरेनियम त पत्ता लागिसकेको छ। तर त्यो बारेमा यो बजेटमा कुनै कार्यक्रम छैन। युरेनियमको पनि विक्री वितरणको व्यवस्था गर्न सक्यो भने नेपालले धेरै आर्थिक फाइदा उठाउन सक्थ्यो।’

सांसद आले मगरले घरेलु मदिराको ब्राण्डिङ तथा निर्यात प्रवर्द्धन कार्यक्रम सबै प्रदेश र सबै जिल्लामा लेखिएको तर रकम जम्मा ४ हजार लेखिएको भन्दै आपत्ति जनाए। प्राविधिक त्रुटि हो भने सच्याउन आग्रह गरे।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । विश्वभर अहिले इन्टरनेटमा एउटा खेलौना भाइरल बनिरहेको छ । आजकाल तपाईँले सामाजिक सञ्जालमा स्क्रोल गर्दा वा सडकमा स्टाइलिश झोला बोकेर हिँड्ने युवा-युवतीहरूमध्ये कसैको झोलामा झुन्डिएको अनौठो डल देख्नुभयो भने अचम्म नमान्नुहोस्, त्यो लाबुबु डल हुन सक्छ ।

एक प्रकारको प्लस डल (plush doll), लाबुबु अहिलेको फेशन ट्रेन्ड मात्र होइन, कलेक्टरहरू (विभिन्न सामग्रीहरू संकलन गरेर राख्ने शोख भएको व्यक्ति) का लागि पनि मोहको विषय बनेको छ । सबै दाँत बाहिर निस्केको, ठुला आँखा, चुच्चे लामो कान र अनौठो मुस्कानसहितको यो डल अहिले विश्वव्यापी भाइरल छ । 

नेपालमा पनि अहिलेको नयाँ पुस्ताका लागि यो प्रिय भएको छ । विभिन्न अनलाइन स्टोरमा यसको रेप्लिका (उस्तै उस्तै देखिने) डलको बिक्रीदेखि लिएर केही व्यवसायीले आफ्नो प्रचारका लागि समेत यो डल प्रयोग गरेको देख्न सकिन्छ । 

तर, लाबुबु किन भाइरल ?

वास्तवमा लाबुबु एक काल्पनिक पात्र हो, जसलाई हङकङमा जन्मिएका कलाकार कासिङ लुङले डिजाइन गरेका हुन् । यो डल ‘The Monsters’ (राक्षसहरू) नामक टय सिरिज (पुतलीको प्रकार) को एक हिस्सा हो, जुन चिनियाँ कम्पनी पप मार्ट (Pop Mart) ले उत्पादन गर्दै आएको छ । 

कम्पनीले सन् २०१६ मा लाबुबु डलहरूलाई ‘ब्लाइन्ड बक्स’ फर्म्याटमा बजारमा ल्यायो । यस फर्म्याटमा ग्राहकले बक्स खोल्दासम्म कुन भर्सनको डल आएको हो भन्ने थाहा हुँदैन । यो तरिका नै पुतलीको सेलिङ पोइन्ट बन्यो । 

आफूलाई के पाइने हो, कुन चाही भर्सन पाइने हो भन्ने उत्सुकताले मानिसहरू यो पुतली खरिद गर्न थाले । हाल यो ब्याग चार्म, अर्थात् ब्यागमा झुन्ड्याउने किरिङको रूपमा चर्चित भइरहेको छ । न्युयोर्कको ‘Coach’, लण्डनको ‘Simone Rocha’ र मिलानको ‘Bottega Veneta’ जस्ता ठुला ब्रान्डले रनवेमा ब्याग चार्मको रूपमा यो डल प्रयोग गरेपछि, यो ट्रेन्डले हाल बिस्तारै टिकटक र इन्स्टाग्रामबाट चर्चा पाइरहेको छ । 

ग्राहकहरू पुतली खरिद गर्छन् र आफूलाई के पर्‍यो भनेर सामाजिक सञ्जाल मार्फत शेयर गरिरहेका छन् । अहिले यो विश्वव्यापी रूपमा ट्रेन्ड नै बनिसकेको छ । आफूलाई मन परेको भर्सनको पुतली पाइने हो कि होइन भनेर खोज्नका लागि पनि ग्राहकहरूले यो पुतली खरिद गरिरहेका छन् । 

अर्कोतिर यसका केही सीमित भर्सनहरू पनि छन्, जुन निकै दुर्लभ छन् । किनभने कम्पनीले यसको उत्पादन नै कम गरेको हुन्छ । लाबुबु डलहरू “Big into Energy”, “Have a Seat”, “Exciting Macaron” लगायत विभिन्न सिरिजमा आउँछन् । 

यस बाहेक, अन्य पात्रहरू पनि छन्, लाबुबु ट्राइबको नेता जिमोमो, ब्वाइफ्रेन्ड टाइकोको र साथी मोकोको । यिनै पात्रहरूको फरक भर्सनहरू कलेक्सन गर्ने ट्रेन्ड अहिले टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा बक्स अनबक्सिङ भिडिओमार्फत बढ्दो छ ।

अप्रिल २०२४ मा कोरियन ब्यान्ड ब्ल्याकपिंककी गायिका लिसाले आफ्नो इन्स्टाग्राममा लाबुबु डलसहितको तस्बिर पोस्ट गरेपछि यो ट्रेन्ड एकाएक भाइरल बनेको बीबीसीमा उल्लेख छ । त्यसपछि रिहाना, किम कार्दाशियन, डेविड बेकहमजस्ता ग्लोबल फिगरहरूले लाबुबु ब्याग चार्मको रूपमा प्रयोग गरेको देखेपछि यसको क्रेज झन् बढ्दै गएको हो । 

नेपालमा पप मार्टको आधिकारिक स्टोर छैन । तर, दराज, फेसबुक मार्केटप्लस, टिकटक लगायतका प्लेटफर्महरूमा भने विक्रेताहरूले लाबुबु ३,००० देखि १५,००० रुपैयाँसम्ममा बेचिरहेको देख्न सकिन्छ । लाबुबुको तस्बिर राखेर बनाइएका अन्य सामग्रीहरू पनि बिक्री भइरहेका छन् । 

झोलामा मात्र होइन, मोबाइल, स्कुटरको चाबी र कोठाको सजावटमा पनि यसको प्रयोग बढ्दो छ। हेल्लो किट्टी र पोकेमन कार्ड जस्तै, लाबुबु पनि एक काल्पनिक पात्र भए पनि यसले मानिसको भावना, स्टाइल र पहिचानमा प्रभाव पारिरहेको छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८२ १२:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। 

उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। 

Ncell 2
Ncell 2

अस्पतालका अनुसार ज्वरो आएपछि उनी  शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन्।

शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको भीभीआईपी वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।उनको स्वास्थ्य परीक्षणहरू जारी छ।   मन्त्री पौडेलको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाइएको छ, तर चिकित्सकहरूको निगरानीमा राखिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। 

अस्पतालका अनुसार ज्वरो आएपछि उनी  शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् ।

शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको भीभीआईपी वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

उनको स्वास्थ्य परीक्षणहरू जारी छ।   मन्त्री पौडेलको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाइएको छ, तर चिकित्सकहरूको निगरानीमा राखिएको छ।

उनी यसअघि पनि बिरामी परेका थिए। केही दिन घरमा आराम गरेर निको भएपछि 

सामाग्री श्रोत :
swasthyakhabar

 

काठमाडौँ । मोबाइल एप एम्बिसन गुरुका कारण हालै प्रकाशित २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उल्लेखनीय सुधार देखिएको दाबी गरिएको छ । प्रविधिको माध्यमबाट गुणस्तरीय शिक्षा सबै माझ पुर्‍याउने लक्ष्यका साथ सुरु भएको एम्बिसन गुरु नामक अनलाइन प्लेटफर्मले एसईईको नतिजामा आफ्नो भूमिका रहेको स्पष्ट पारेको हो । 

परीक्षामा सहभागी ४ लाख ९९ हजार १८३ विद्यार्थी मध्ये ६१.८१ प्रतिशतले माथिल्लो तह पढ्न पाउने गरी ग्रेड ल्याउन सफल भएका छन् । यो गत वर्षको तुलनामा १३.९५ प्रतिशतले बढी हो । गत वर्ष देशभर चलाएको आफ्नो ‘निःशुल्क अनलाइन शिक्षा’ अभियानका कारण यो सुधार देखिएको एम्बिसन गुरुले जनाएको छ ।

२०८० सालको एसईई नतिजा निराशाजनक देखिएपछि त्यसलाई सुधार गर्न एम्बिसन गुरुले ‘परियोजना सारथी’ सुरु गरेको थियो । उक्त परियोजनालाई अगाडि बढाउन सुरुमा उन्नती नेपाल फाउन्डेसनसँग सहकार्य गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस निःशुल्क अनलाइन कक्षाको अभियानलाई हौसला दिए । नतिजा प्रकाशन पछि प्रधानमन्त्री ओलीले विभिन्न मञ्चहरूमा एम्बिसन गुरुको नामै नलिई अनलाइन कक्षामार्फत नतिजा सुधार गर्न सम्भव भएको बताउने गरेका छन् । किन कि यो एप उनकै आईटी सल्लाहकार अस्गर अलीको कम्पनीले विकास गरेको प्लेटफर्म हो ।

एम्बिसन गुरुको प्रविधि, साथ र सहयोगले निःशुल्क अनलाइन कक्षा अभियान सफल भयो । यस परियोजनाले देशभरका एसईई अध्ययनरत विद्यार्थीलाई एम्बिसन गुरु एपमा जोड्ने अभियान चलाएको थियो । सँगसँगै विद्यार्थीका लागि आवश्यक उत्कृष्ट शिक्षण सामग्री उत्पादनमा जोड दियो । विद्यार्थीलाई अभियानमा सहभागी गराउन अभियन्ता याङ्जोम शेर्पा समेत जोडिएकी थिइन् । जसले सामाजिक सञ्जाल तथा पूर्वदेखि पश्चिमका विद्यालयहरूमा पुगेर व्यक्तिगत पहलबाट हजारौँ विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षामा जोड्न भूमिका खेलेकी थिइन् ।

छोटो समयमै १ लाख ८२ हजार ३ सय ५४ जना विद्यार्थी यस अभियानमा जोडिएको एम्बिसन गुरुले जनाएको छ । तीमध्ये १ लाख १८ हजार ६ सय ५७ विद्यार्थीले एपमार्फत नियमित कक्षा लिए । एम्बिसन गुरुले देशकै उत्कृष्ट मध्येका शिक्षकहरू आबद्ध गरी नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अध्यापन गराउँदै आएको छ ।

एम्बिसन गुरुले विद्यार्थीको समग्र सिकाइका लागि दैनिक रूपमा शिक्षक र विद्यार्थीको निरन्तर अन्तरक्रिया सहित सबै विषयका लाइभ कक्षाहरू सञ्चालन गरेको थियो । लाइभ कक्षामा बस्न नपाएका र पुनः अध्ययन गर्न चाहने विद्यार्थीका लागि जुनसुकै समयमा अध्ययन गर्न मिल्ने गरी रेकर्डेड भिडिओहरू पनि तत्कालै उपलब्ध हुने व्यवस्था मिलाइएको थियो । 

सबै विषयका सबै च्याप्टरका नोटहरू पनि एपमै राखिएका थिए । एपमार्फत नै विद्यार्थीलाई होमवर्क दिने र तत्कालै परीक्षण गरेर मूल्यांकनसहित सुझावहरू दिने काम हुन्छ ।

यसमा रहेको आस्क गुरु (Ask Guru) नामक फिचरले विद्यार्थीलाई कुनै पनि विषयमा अन्योल हुँदा शिक्षकहरूसँग तत्काल सोध्न पाउने र शिक्षकले पनि तत्कालै उत्तर दिने वा जिज्ञासा मेटाइदिने व्यवस्था मिलाइएको थियो ।

विद्यार्थीको सिकाइ उपलब्धी जाँच गर्नका लागि एपमार्फत नै नियमित परीक्षा सञ्चालनको व्यवस्था गरिएको छ । यसमा रहेको एआई-आधारित गाइडेड लर्निङ फिचरको माध्यमबाट विद्यार्थीको क्षमता मूल्याङ्कन गरेर उनीहरूकै आवश्यकता अनुसार सल्लाह, सुझाव र निर्देशन दिन गरिन्छ । 

अनलाइन कक्षाका सन्दर्भमा दुर्गम जिल्लाका विद्यार्थीका लागि इन्टरनेट एउटा ठुलो चुनौतीको रूपमा रहँदै आएको छ । एम्बिसन गुरुले यसको समाधानका लागि नेपाल टेलिकमसँगको सहकार्यमा निःशुल्क डेटाको व्यवस्था मिलायो । त्यसपछि एम्बिसन गुरुका मेन्टरहरूलाई विद्यार्थी र अभिभावकसँग जोड्नका लागि नेपाल टेलिकमसँगकै सहकार्यमा एसआईपी लाइनको व्यवस्था समेत गरिएको थियो । यसले गर्दा मेन्टरहरूले विद्यार्थी र अभिभावकसँग नियमित सम्पर्कमा रहि पढाइ र सिकाइलाई थप प्रभावकारी बनाउन सके ।

यो परियोजना सञ्चालनका लागि २०० जना भन्दा धेरै मेन्टर र सुपरभाइजर, ३० जना भन्दा धेरै शिक्षक, इन्जिनियर, प्राविधिक र व्यवस्थापन समूह लगायतका व्यक्तिहरू खटिएका थिए ।

एम्बिसन गुरु प्रालीका एकेडेमिक निर्देशक प्रकाश पाण्डेले शिक्षाको मेरुदण्ड मानिने एसईईको नतिजा सुधार्न यस वर्ष भएका अनेक प्रयत्नहरूमा अग्रपङ्क्तिमा रहेर योगदान गर्न पाएकोमा आफूहरूलाई गर्व लागेको बताए । उनले उत्कृष्ट शिक्षा पाउनु हरेक विद्यार्थीको अधिकार भएको र यो अधिकारलाई सुनिश्चित गर्न एम्बिसन गुरुको अभियान निरन्तर जारी रहने उनको भनाई छ । आउँदो एसईईका लागि पनि एम्बिसन गुरुले आफ्ना कक्षाहरू सुरु गरिसकेको छ । 

पछिल्लो अध्यावधिक: असार १५, २०८२ १३:२९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा देखिएको अवरोध हटाउन ५ दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्।

सभामुख घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरिरहेका हुन्। 

Ncell 2
Ncell 2

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङको छानबिन माग गर्दै प्रतिपक्षी दुई दलले प्रतिनिधिसभामा जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन्। सभामुख देवराज घिमिरेले सार्वजनिक वित्तीय व्यवस्थापनमा समस्या देखिएको बताउँदै यसतर्फ ध्यान जान जरुरी रहेको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । द वेस्टमिन्स्टर कलेजले पब्जी मोबाइल क्याम्पस क्लब नेपाल (पीएमसीसी) – २०२५ को उपाधि जितेको छ । पब्जी मोबाइल नेपालद्वारा आयोजित पहिलो संस्करणको प्रतियोगितामा वेस्टमिन्स्टर कलेजले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो । 

प्रतियोगिताको ग्राण्ड फाइनल द ब्रिटिस कलेजको हलमा सम्पन्न भएको थियो, जसमा काठमाडौँका १६ कलेजको सहभागीता थियो । सहभागी कलेजहरूमा ग्लोबल कलेज अफ टुरिज्म एन्ड हस्पिटालिटी, पाटन कलेज फर प्रोफेशनल स्टडिज, प्रेसिडेन्सियल कलेज, नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी, काष्ठमण्डप कलेज, काठमाडौँ युनिफाइड सिटी कलेज थिए ।

यस्तै काठमाडौँ मोडल कलेज, सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्स, मदन भण्डारी मेमोरियल कलेज, एडभान्स कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्ट, एसीएमई इन्जिनियरिङ कलेज, किंग्स कलेज, द वेस्टमिन्स्टर कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र द ब्रिटिस कलेजको पनि सहभागिता थियो ।  

वेस्टमिन्स्टर कलेजले पाँच खेलमा ११० अंक जोड्दै तीन चिकेन डिनर पाएर ७०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै वेस्टमिन्स्टर कलेजका खेलाडी डब्लुडी क्रिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उपविजेता मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीले ५५ अंक प्राप्त गर्दा तेस्रो स्थानमा रहेको द ब्रिटिस कलेजले ४५ अंक जोड्न सफल भएको थियो ।  

त्यस्तै, व्यक्तिगत विधातर्फ प्रेसिडेन्सियल कलेजका सजेस श्रेष्ठले ‘क्याम्पस एम्ब्यासडर’को उपाधि जित्दै नगद २५ हजार रुपैयाँ प्राप्त गरे । एमआईएटीका पेमा लामा दोस्रो स्थानमा रहँदै १५ हजार रुपैयाँ जिते भने सफ्टवेरिकाका सुशान बडेलले तेस्रो स्थान हासिल गर्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

पछिल्लो अध्यावधिक: असार १५, २०८२ १२:१८





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट