
काठमाडौँ । आईटी प्लाजामा रहेको म्याक्स इन्टरनेसनलको स्टोरमा एमएसआईका विभिन्न ल्यापटपमा ५० प्रतिशतसम्मको छुट उपलब्ध भइरहेको छ ।
कम्पनीले एमएसआईका विभिन्न ४५ ओटा मोडेलमा ५० प्रतिशतसम्मको छुट दिएको हो । यो छुटसँगै अध्ययन, व्यवसाय वा दैनिक कामका लागि ग्राहकले ६० हजार रुपैयाँभन्दा कम मूल्यमा ल्यापटप खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।
यसमा ११ औँ जेनेरेशन वा सोभन्दा मुनिको जेनेरेसनका ल्यापटपहरू रहेका छन् । यसअन्तर्गत एमएसआईको प्लस जीएल६६ देखि मोर्डन १४/१५ सम्मका ल्यापटपहरूमा छुट पाउन सकिन्छ । यस्तै एमएआई प्रेस्टिज १५, एमएसआई लिओपार्ड जीपी६६, एमएसआई कताना जीएफ६६, एमएसआई पल्स जीएल६६, एमएसआई रेडर जीई६५ लगायतका ल्यापटपरहरू पनि रहेका छन् ।
कम्पनीका अनुसार यो अफर १० जुलाईसम्म चल्नेछ ।
पछिल्लो अध्यावधिक: असार १९, २०८२ १८:१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको छ ।
बार काउन्सिलले खुला विश्वविद्यालयका विद्यार्थीले लाइसेन्स परीक्षाको फाराम भर्न नपाउने गरी सूचना निकालेको थियो ।
अधिवक्ता लाइसेन्स परीक्षाको लागि फाराम भर्ने समय २१ असारसम्म छ । फाराम भर्न नपाएपछि विद्यार्थीहरू सर्वोच्च अदालत गएका थिए ।
न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले फाराम भर्न र परीक्षामा सहभागी हुनबाट वञ्चित नगर्न आदेश गरेको हो ।
यसअघि विद्यार्थीहरूले खुला विश्वविद्यालयका कुलपति एवं शिक्षामन्त्री रघुजी पन्त लगायत सबै निकायमा पुगेर ध्यानकर्षण गराएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
उपभोक्ता अदालतको फैसालपछि चिकित्सक संघ किन आन्दोलनमा? माग के हो? स्वास्थ्यखबरले नेपाल चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीलाई प्रश्न गरेको छ।
महासचिव डा तिवारीले दिएको जवाफ भिडियोमा हेरौं
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । पत्रकार दिलभूषण पाठकबाट २५ हजार रुपैयाँ धरौटी माग भएको छ । बिहिबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश खेमराज भट्टराईको इजलासले पाठकबाट २५ हजार रुपैयाँ धरौटी मागको आदेश दिएको हो ।
पाठक बिहिबार अदालतमा हाजिर भएका थिए । तत्कालका लागि उनी निर्दोष पनि नदेखिएको र पक्राउ गर्ने स्थिति पनि नदेखिएको भन्दै धरौटीमा छाड्ने आदेश भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।
पाठकविरुद्ध सोमबार युट्युब च्यानलमार्फत एक व्यक्तिको चरित्रहत्या गरेको र घृणा फैलाएको आरोप सहित विद्युतीय (साइबर) अपराधसम्बन्धी अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुरमा सजायको माग गरेको थियो ।
उक्त दफामा कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै, पीडितलाई उचित क्षतिपूर्ति भराउन र कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरिएको छ ।
पीडित परिवर्तित नाम ‘साइबर ब्युरो ५९ (२०८१/०८२) ले आफ्नो चरित्रहत्या भएको, घृणा र द्वेष फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । प्रहरी अनुसन्धानले उक्त युट्युब च्यानलका सञ्चालक/प्रस्तोता दिलभूषण पाठक नै भएको र उनले भिडियोमार्फत पीडितको सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पारेको निष्कर्ष निकालेको थियो ।
पछिल्लो अध्यावधिक: असार १९, २०८२ १८:९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – साविक जनकपुर बोल्ट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ७ खेलाडीको रिटेन गरेको छ।
जनकपुरले सामाजिक संजालमार्फत ७ खेलाडी रिटेन गरेको जनाएको हो। मार्की खेलाडी आसिफ शेखसहितका ७ खेलाडीलाई रिटेन गरेको हो।
टोलीले कप्तान अनिल साह, ललितनाराण राजवंशी, शुभ कसांकार, तुलबहादुर थापा, किशोर महतो र रुपेश सिंहलाई रिटेन गरेको छ।
जनकपुरले अन्य ५ खेलाडीलाई रिलिज गरेको छ। रिलिज हुने खेलाडीहरुमा आकाश त्रिपाटी, विशाल शुस्लिङ्ग, हेमन्त धामी, अरनिको यादव र शेर मल्ल रहेका छन्।
रिटेन खेलाडी
आसिफ शेख
अनिल साह
ललितनाराण राजवंशी
शुभ कसांकार
तुलबहादुर थापा
किशोर महतो
रुपेश सिंह
रिलिज खेलाडी
आकाश त्रिपाटी
विशाल शुस्लिङ्ग
हेमन्त धामी
अरनिको यादव
शेर मल्ल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – स्वास्थ्य बीमा बोर्डले बीमितलाई सेवा सहज बनाउन प्रथम सेवा विन्दु सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ। अबदेखि बीमितहरूले बीमा दर्ताका बेला चयन गरेको एक मात्र सेवा विन्दुमा सीमित नहुने र नेपालभित्र जुनसुकै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु तोकिएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन्।
स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनअनुसार, आगामी आ.व. २०८२/८३ को प्रारम्भसँगै मिति २०८२ सालको श्रावण १ गतेदेखि यो नयाँ व्यवस्था लागू भएको हो। यस परिवर्तनले बीमितलाई आफ्नो बसोबास वा भ्रमणको क्रममा जुनसुकै ठाउँमा रहे पनि नजिकको स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका हुन्।
यसअगाडि बीमितले बीमा गर्दा छनोट गरेको एक मात्र प्रथम सेवा विन्दुमा नै गई सेवा लिनुपर्ने बाध्यता थियो। यसले गर्दा देशका विभिन्न स्थानमा पुगेका बीमितहरूलाई सेवामा कठिनाइ हुँदै आएको थियो। निरन्तर आउने गुनासोलाई मध्येनजर गर्दै बोर्डले यो निर्णय लिएको अध्यक्ष चन्द्र थापा बताउँछन्।
उनले भने, ‘यसअघि टाठाबाठाले रिफर पत्र मगाएर समेत सेवा लिन सक्थे भने आम नागरिक मर्कामा पर्ने गरेको अवस्था थियो। अब सबैले सहज रुपमा सेवा लिन पाउनेछन्।’ उनका अनुसार देशभर अनुमति प्राप्त सरकारी स्वास्थ्य संस्थाहरूले नै प्रथम सेवा विन्दुको रुपमा सेवा दिन सक्नेछन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । चिनियाँ मोबाइल कम्पनी अनरले आफ्नो नयाँ फोल्डेबल फोन ‘म्याजिक भी फाइभ’ सार्वजनिक गरेको छ, जसलाई कम्पनीले विश्वमा अहिलेसम्म कै पातलो फोल्डेबल फोन भएको दाबी गरेको छ ।
चिनियाँ बजारमा १८ असारमा सार्वजनिक भएको यो फोन अन्तर्राष्ट्रिय बजारका लागि पनि छिट्टै सार्वजनिक हुने बताइएको छ । यो फोन बन्द गर्दा ८.८ एमएमको हुन्छ जबकी ओप्पोको फाइन्ड एन फाइभ ८.९ एमएमको हुन्छ । यस हिसाबले हेर्दा यस फोनलाई अहिलेसम्मकै पातलो फोन मान्न सकिन्छ तर कम्पनीले क्यामेरा सेटअपका लागि भने बम्प दिएका कारण फोन अलि भारी देखिन्छ ।
यो फोन २१७ ग्रामको छ । कम्पनीले फोनमा क्वालकमको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरेको छ जसमा १६ जीबीसम्मको र्याम दिइएको छ । ब्याट्री भने यसमा ५,८२० एमएएचको रहेको छ । फोनको दुवै स्क्रिन १२० हर्जको रिफ्रेसरेट पाउन सकिन्छ भने फोनले आईपी ५८ र आईपी५९ दुवै धुलो र पानी प्रतिरोधात्मक रेटिङ पाएको छ ।
फोनमा ५० मेगापिक्सेलको दुईओटा वाइड एंगल क्यामेरा, ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छन् । यो फोन १२/२५६ जीबी, १६/५१२ जीबी र १६/१ टीबीमा उपलब्ध छ जसको मूल्य क्रमश आठ हजार ९९९ युआन (एक लाख ७१ हजार भन्दा बढी), नौ हजार ९९९ युआन (करिब एक लाख ९१ हजार रुपैयाँ) र १० हजार ९९९ युआन (दुई लाख १० हजार रुपैयाँ) रहेको छ ।
फोन आइभोरी ह्वाइट, ब्ल्याक, डन गोल्ड र रेडिस् ब्राउन कलरमा उपलब्ध छ । यी मध्ये पातलो फोन भने आइभोरी ह्वाइट कलरको फोनमा मात्र पाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार १९, २०८२ १६:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं –पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए ।
न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दिइएको हो । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।
‘साइबर ब्युरो ५९’ का नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।
निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाल चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीविरुद्द अवहेलना मुद्दा दायर भएको छ। डा तिवारीविरुद्ध दुई दिन अघि उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो।
उक्त मुद्दामा अदालतले आज बिहीबार कारण देखाउ आदेश जारी गरेको छ। डा तिवारीलाई ७ दिनभित्र अदालतमा आफैं उपस्थित भइ अवहेलनामा सजाय किन गर्नु नपर्ने हो भन्ने कारण र प्रमाणहरु पेश गर्न आदेह जारी भएको छ।
न्यायाधिशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले ७ दिनभित्र लिखित जवाफ लिई आफैं अदालतमा उपस्थित हुन र सम्बन्धित निर्णय फायल समेत लिएर आउन आदेश दिएको हो।
‘न्याय प्रशासन ऐन, २०७३ को दफा १७(२) बमोजिम अदालतको अवहेलनामा कारवाही गरी पाउँ भनी प्रस्तुत निवेदन परेको देखिँदा सो निवेदन माग बमोजिम अवहेलनामा सजाय किन गर्नु नपर्ने हो? सजाय गर्नु नपर्ने आधार कारण भए प्रमाण सहित यो आदेश प्राप्त भएको मितिले ७ दिन भित्र लिखित जवाफ लिई विपक्षी आफै अदालतमा उपस्थित हुन आउनु र निवेनका साथ संलग्न पत्र एवम् सोसंग सम्बन्धित निर्णय फायल समेत साथै लिई आउनु भनी विपक्षीका नाममा म्याद जारी गरी आएपछि वा अवधि नाघे पछि नियमानुसार पेश गर्नू,’ आदेशमा भनिएको छ।
डा तिवारीविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले अवहेलनाको मुद्दा हालेको हो। मञ्चको तर्फबाट अख्तियारवाला भइ आफ्नो हकमा समेत संस्थाको सचिव अधिवक्ता जय पौडेल र संस्थाको कानुन अधिकृत अधिवक्ता सुबिन पाण्डेले अबहेलनामा सजाय गरी अन्य आदेश जारी गरी पाउँ भन्दै मुद्दा दर्ता गरेका थिए।
उनीहरुले डा तिवारीविरुद्ध एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गरी हँदैसम्म सजाय गर्न माग गरेका छन्।यसका साथै डा तिवारीले त्रिवि शिक्षण अस्पतालमा लामो समय काम नगरी अकर्मण्यता गरिरहेको सो कार्यले अस्पतालमा आउने बिरामी उपभोक्ताले सेवाबाट वञ्चित हुनुपरेको भन्दै नियमित काममा लगाउन समेत आदेशको माग गरेका छन्।
उपभोक्ता अदालतले अस्पताल र चिकित्सकमाथि गरेको फैसलापछि डा तिवारीले दिएका अभिव्यक्ति र नेपाल चिकित्सक संघको लेटरहेडमा महासचिव डा तिवारीका नाममा जारी भएका विज्ञप्तिका आधारमा मञ्चले अवहेलना मुद्दा दायर गरेको हो।
यो पनि:
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । गायिका एलिना चौहानले दिएको उजुरीका आधारमा चितवनका गुञ्जन राईलाई ललितपुरबाट बुधबार साँझ पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
चौहानले सोमबार साइबर ब्युरोमा चार जनाविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । पक्राउ परेका राई सोही उजुरीमा समावेश व्यक्तिहरूमध्ये एक हुन् । उनीमाथि सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी र चरित्रहत्या गर्ने सामग्री फैलाएको आरोप छ ।
सामाजिक सञ्जालमा बढ्दै गएका नकारात्मक कमेन्टहरूप्रति चौहानले कडा प्रतिक्रिया जनाउँदै आएकी छन् । यसै क्रममा उनले आफ्नो फेसबुकमार्फत केही व्यक्तिहरूको नाम, तस्बिरसहित सार्वजनिक गर्दै उजुरीसमेत दर्ता गरेकी हुन् ।
चौहानले मंगलबार गृहमन्त्री रमेश लेखकसँग समेत भेट गरेकी थिइन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमा महिला कलाकारप्रति हुने दुर्व्यवहारविरुद्ध चौहानले उठाएको आवाजको समर्थन गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार १९, २०८२ १५:१८
सामाग्री श्रोत :
टेक पाना