२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले नेपाली बजारमा ट्रान्सफर्मर एसयूभी ‘दीपल ई०७’ को औपचारिक डेलिभरी सुरु गरेको छ । योसँगै नेपाली उपभोक्ताले ट्रान्सफर्मर क्षमताका लागि परिचित क्रान्तिकारी एसयूभीको प्रत्यक्ष अनुभव लिनसक्ने कम्पनीले जनाएको छ । 

एक बटन थिच्दा एसयूभीबाट पिकअप ट्रक र क्याम्पिङ गाडीमा परिणत हुनसक्ने यस गाडीको अनौठो विशेषताले अटोमोबाइल क्षेत्रमा नयाँ उत्साह थप्ने कम्पनीको भनाइ छ । ‘इन्डस्ट्री फर्स्ट’ फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट प्रदर्शनकाले यस गाडीले नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ ।

दीपल ई०७ को पछाडिको भागलाई विशेष रूपमा डिजाइन गरिएको छ । जहाँ विद्युतीय मोटर र अन्य मेकानिजम प्रयोग गरी गाडीको पछाडिको भागलाई विभिन्न रूपमा परिवर्तन गर्न सकिन्छ । यसले पछाडिका सिटहरूलाई फोल्ड गर्न र पछाडिको भागलाई खुला पिकअप ट्रकको रूपमा परिवर्तन गर्न सक्ने क्षमता राख्दछ । त्यसपछि त्यसै भागलाई क्याम्पिङको लागि आवश्यक सामग्रीहरु राख्न मिल्नेगरी परिवर्तन गर्न सकिन्छ ।

गाडीमा रहेका विद्युतीय मोटरहरूले पछाडिको भागलाई माथि उठाउने, तल झार्ने र विभिन्न एङ्गलमा घुमाउने काम गर्छन् । यी मोटरहरू सेन्ट्रलाइज्ड कम्प्युटर सिस्टमबाट नियन्त्रित हुन्छन्, जसले बटन थिच्दा आवश्यक परिवर्तनहरू गर्छ ।

त्यस्तै गाडीको सफ्टवेयरले विभिन्न ट्रान्सफर्मेसन मोडहरूलाई कन्ट्रोल गर्छ भने प्रयोगकर्ताले छानेको मोड अनुसार विद्युतीय मोटरहरूलाई निर्देशन दिन्छ । यही कारण गाडीको पछाडिको भागलाई आवश्यक रूपमा परिवर्तन गर्ने सकिने कम्पनीले जनाएको छ । 

रियर ह्विल ड्राइभ (आरडब्ल्यूडी) र अल ह्विल ड्राइभ (एडब्ल्यूडी) दुवै भेरियन्टमा उपलब्ध हुने यो गाडीको हाललाई आरडब्ल्यूडी भेरियन्टको डेलिभरी सुरु भएको छ । यसमा १९० किलोवाटको मोटर जडान गरिएको छ । जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । ८९.९ किलोवाट आवरको ब्याट्रीले एक पटकको चार्जमा ५६६ किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

“हामीले ई०७ लाई नेपालमा सार्वजनिक गरेपछि बुकिङ सुरु गरेका थियौं । बजारबाट राम्रो प्रतिक्रिया पायौं । बुकिङ गर्ने ग्राहकको पहिलो ब्याचलाई हामीले डेलिभरी सुरु गरेका छौं,” एमएडब्लू वृद्धिका सीईओ रुपेश शर्मा भट्टले भने ।

दीपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म’ले सिमलेस कन्ट्रोल र रियलटाइम रेस्पोन्स दिन्छ । यसमा २८.८६ इन्चको अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले र १५.४ इन्चको सनफ्लावर टचस्क्रिन प्रयोग गरिएको छ ।

सहज यात्रा र सुरक्षाका लागि यसमा पाँच प्रकारको क्रुज असिस्ट, चार ओटा पार्किङ असिस्ट फिचर र १४ ओटा सेफ्टी प्रोटेक्सन सिस्टम रहेको छ । त्यस्तै ५ एमएमको वेब राडार, पाँच ओटा क्यामेरा र १२ वटा अल्ट्रासोनिक राडार प्रयोग गरिएको छ । साथै नेभिगेसन र पार्किङ आदिलाई सहज बनाउन यसमा ५४० डिग्रीको सराउन्ड भ्यु र सी२ सेन्ट्रल कम्प्युटिङ रहेको छ ।

गाडीमा गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री प्रयोग भएको यो गाडीले चिसोमा पनि राम्रो प्रदर्शन दिने कम्पनीको दाबी छ । 

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ २२:३०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले युएईसामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

 मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको हो।

Ncell 2
Ncell 2

नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय इनिङ खेले। मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो।

shivam cement
shivam cement

नरेनले ७५ बलमा सर्वाधिक ६७ रन बनाए। दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रनको योगदान दिए। बलिङमा यूएईका उदिस सुरीले सर्वाधिक ३ विकेट लिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

धरान (सुनसरी)। कोशी पर्यटन वर्ष २०८२ लाई लक्ष्यित गर्दै कोशी प्रदेशको भ्रमणमा आउने पर्यटकको सुरक्षालाई दृष्टिगत गरी प्रदेश सरकारले सुरक्षा जाँच (पहेँलो) स्टिकर टाँस्ने अभियान सुरु गरेको छ।

अभियानअन्तर्गत आज कोशी ब्यारेजमा भारतीय पर्यटक सवार सवारीसाधनमा सुरक्षा जाँच स्टिकर टाँसिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले भारतीय पर्यटक सवार सवारीसाधनमा स्टिकर टाँसेका हुन्। यो अभियान भारतसँगका प्रदेशका सबै नाकामा चलाइने उनले बताए।

त्यस अवसरमा सुनसरी जिल्लाका प्रमुख अधिकारी धर्मेन्द्र मिश्र, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमनकुमार तिम्सिनालगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि सहभागी थिए। रासस


सामाग्री श्रोत :

कोशी पर्यटन वर्षः भारतीय पर्यटकका सवारीसाधनमा सुरक्षा ‘स्टिकर’

काठमाडौँ । के तपाईँलाई थाहा छ विन्डोज ११ पीसीलाई एउटा ब्लुटुथ स्पिकरको रूपमा प्रयोग गर्न सकिन्छ ? यसले तपाईँलाई आईफोन तथा एन्ड्रोइड डिभाइसमा भएका आफूलाई मनपर्ने म्युजिक ट्रयाक कम्प्युटरमा सुन्ने सुविधा दिन्छ । आज हामी तपाईँलाई कम्प्युटरलाई कसरी ब्लुटुथ स्पिकरको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा बताउँदैछौँ:

१. आफ्नो ब्लुटुथ भएको डिभाइसलाई कम्प्युटरसँग पेयर गर्नुहोस्

कुनै ब्लुटुथ डिभाइसमार्फत आफ्नो कम्प्युटरमा म्युजिक सुन्नका लागि तपाईँले सबैभन्दा पहिला उक्त डिभाइसलाई कम्प्युटरसँग पेयर (जोड्नु) गराउनु पर्ने हुन्छ । यसका लागि आफ्नो आईफोन वा एन्ड्रोइड जस्तो कुनै  मोबाइल डिभाइसमा ब्लुटुथ अन गर्नुहोस् । आईफोनमा तपाईँले सेटिङ हुँदै ब्लुटुथमा गएर अन गर्नुपर्ने हुन्छ भने एन्ड्रोइड फोनका लागि तपाईँले डिभाइसको माथिल्लो भागमा तलतर्फ स्क्रिनलाई खिचेर ब्लुटुथमा जानुपर्ने हुन्छ । 

अब कम्प्युटरमा Windows बटन सँगै ‘i’ लाई एकसाथ थिचेर  विन्डोज ११ को सेटिङमा जानुहोस् । अब बायाँतर्फको बारमा गएर ‘Bluetooth & Devices’ मा क्लिक गर्नुहोस् । यति गरिसकेपछि बायाँ तर्फको प्यानलबाट ब्लुटुथ इनेबल गर्नुहोस् । त्यसपछि डिभाइससँगै रहेको ‘Add Device’ मा क्लिक गर्नुहोस् ।   

त्यसपछि ‘Add a Device’ विन्डो खुल्छ, जहाँबाट ‘Bluetooth’ मा क्लिक गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि कम्प्युटरलाई तपाईँको डिभाइस फेला पार्न दिनुहोस् । जब उक्त सूचीमा तपाईँको डिभाइस देखा पर्छ, त्यसलाई छान्नुहोस् । 

जब तपाईँको कम्प्युटरले ‘Your Device is Ready to Go!’ भन्छ,  ‘Done’ छानेर विन्डोजलाई बन्द गरिदिनु होस् । यति भएसँगै तपाईँको कम्प्युटर र मोबाइल आफसमा पेयर हुन्छन् । 

२. कम्प्युटरमा ब्लुटुथ अडियो रिसिभ गर्ने निःशुल्क एप

आफ्नो कम्प्युटरमा ब्लुटुथमार्फत अडियो प्राप्त गर्न तपाईँले माइक्रोसफ्ट स्टोरबाट एउटा ब्लुटुथ अडियो रिसिभर डाउनलोड गर्नुपर्ने हुन्छ । किन कि विन्डोज ११ मा ब्लुटुथ स्पिकरको रूपमा काम गर्नका लागि बिल्ट-इन फिचर उपलब्ध छैन । 

यो एप डाउनलोड गर्न विन्डोज सर्च खोल्नुहोस् । यसका लागि किबोर्डमा ‘Windows’ र ‘S’ किलाई एकसाथ थिच्न पनि सक्नु हुन्छ । अब ‘Microsoft Store’ सर्च गर्नुहोस् र त्यसको एप खोल्नु होस् । यति गरिसकेपछि माथि सिरानीमा रहेको सर्च बक्समा क्लिक गरेर ‘Bluetooth Audio Receiver’ टाइप गर्नुहोस् अनि इन्टर बटन दबाउनु होस् । अब उपलब्ध सूचीबाट एउटा एप छान्नुहोस् र डाउनलोड तथा इन्स्टल गर्न ‘Get’ मा क्लिक गर्नुहोस् । 

फेरि विन्डोज सर्च खोल्नुहोस् र ‘Bluetooth Audio Receiver’ टाइप गरेर रिजल्टमा देखिएको ओप खोल्नुहोस् । अब एप स्क्रिनमा आफूले जुन डिभाइसबाट अडियो प्राप्त गर्न चाहेको हो, त्यसलाई छान्नुहोस् । याद राख्नुहोस् त्यो डिभाइस तपाईँको कम्प्युटरसँग यसअघि नै पेयर भएको हुनु पर्छ । यहाँबाट डिभाइस छानिसकेपछि ‘Open Connection’ बटनमा क्लिक गर्नुहोस् ।

यति गरेपछि डिभास लिस्टको सुरुमा तपाईँले आफ्नो डिभाइसको नामसँगै केक्टेड भन्ने मेसेज देख्नु हुनेछ । त्यसको मतलब अब तपाईँको कम्प्युटर ब्लुटुथ स्पिकरको रूपमा काम गर्न तयार छ भन्ने हो । 

अब आफ्नो मोबाइल डिभाइसमा कुनै म्युजिक एप खोल्नुहोस् र अडियो बजाउनु होस् । तपाईँले आफ्नो कम्प्युटरमा मोबाइलमा बजाइएको म्युजिक सुन्न सक्नु हुनेछ । मोबाइलको भोलुम कन्ट्रोल वा कम्प्युटरको साउन्ड आइकनमा गएर भोलुम बढाउन वा घटाउन सक्नु हुन्छ ।

कम्प्युटरमा म्युजिक बन्द गर्न चाहनु भयो भने ब्लुटुथ अडियो रिसिभर विन्डोमा गएर ‘Close Connection’ मा क्लिक गर्नुपर्ने हुन्छ । यसका लागि तपाईँले आफ्नो डिभाइस नै अनपेयर गरिरहनु पर्दैन । 

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ २२:४१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ। 

आइतबार भएको प्रारम्भिक सुनुवाईमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रमन श्रेष्ठ, सुरेन्द्र थापा, नारायण कँडेल र मधेश प्रदेशका पूर्व मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले बहस गरेका थिए।

उक्त निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो।

Ncell 2
Ncell 2

सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो।

उक्त प्रतिवेदन प्राप्त भएपछि सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज वा उच्चको आदेश सच्चाएर थुनाबाहिर बसेर पुर्पक्ष गर्नसक्ने आदेश गर्नेछ।

shivam cement
shivam cement

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। 

लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो। सोही आदेशविरुद्ध लामिछाने अदालत गएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारीसँग आग्रह गरेका छन्।

कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आज भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले निभाएको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गरेका हुन्।

दोहास्थित नेपालको राजदूतावासका अनुसार उनीहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो।

महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताएका थिए।


सामाग्री श्रोत :

विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनःआग्रह

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्बो इको भेहिकलले आफ्ना इलेक्ट्रिक स्कुटरमा आकर्षक छुट तथा उपहार योजना ल्याएको छ । कम्पनीले ‘नयाँ वर्ष धमाका अफर’ अन्तर्गत स्कुटर खरिद गर्दा रु ५० हजारसम्म नगद छुटका साथै विभिन्न उपहार उपलब्ध गराउने घोषणा गरेको हो ।

ग्राहक सुरक्षालाई प्राथमिकता दिँदै कम्पनीले स्कुटर खरिदकर्तालाई दुर्घटना बीमा तथा आईएसआई मापदण्डको हेलमेट समेत उपलब्ध गराउने जनाएको छ । साथै, स्कुटर खरिदलाई सहज बनाउन कम्पनीले स्पट फाइनान्सको समेत व्यवस्था गरेको छ ।

कम्पनीको मल्टी ब्रान्ड शोरुम काठमाडौं, भक्तपुर र ललितपुरलाई लक्षित गर्दै लोकन्थलीमा सञ्चालनमा रहेको छ । यी शोरुममार्फत लेभनिङ, एमडीकेए, ग्यारो, पियोर ईभी लगायतका विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा सवारी चालक अनुमतिपत्र नभएकालाई लक्षित गर्दै विभिन्न मोडेलका इलेक्ट्रिक साइकलसमेत उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

जम्बो इको भेहिकलले बिक्रीपछि सर्भिस, ब्याट्री, मोटर, चार्जर लगायत स्पेयर पार्ट्स सहज र सुलभ दरमा उपलब्ध गराउँदै आएको छ । साथै, ग्राहकको सहजताका लागि होम सर्भिसको समेत व्यवस्था गरिएको कम्पनीका प्रतिनिधिले जानकारी दिए ।

हाल शोरुममार्फत ३५० वाटदेखि ३००० वाट मोटर क्षमता र ७२ भोल्टसम्मका इलेक्ट्रिक स्कुटर तथा साइकल बिक्री भइरहेको छ । स्कुटर तथा साइकलको मूल्य ६० हजारदेखि तीन लाख २० हजार रुपैयाँसम्म रहेको छ । नयाँ वर्ष अफर अन्तर्गत ती स्कुटर तथा साइकलमा छुट र उपहार पाइने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ २१:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने प्रतिक्रिया दिएका छन् ।

आइतबार नयाँ वर्षको अवसरमा भिडियोमार्फत एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उल्लेख गरेका छन् ।

‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भनेका छन् ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको उनले बताएका छन् ।

‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ ।’

यस्तो छ पूर्वराजा शाहले जारी गरेको सन्देश:
प्रिय आत्मीय नेपाली दाजुभाई दिदीबहिनीहरू,
हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योती, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीको सुख र शान्तिको मंगलमय शुभकामना ।

हरेक नयाँ वर्ष नुतन, आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाकाबीच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्छ ।

केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड, भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।

Ncell 2
Ncell 2

वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय छ । देशलाइ विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ ।

वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सधैंव स्थापित हुनुपर्दछ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो । यही नै राजनीतिको मूल धार हुनुपर्ने हो ।

विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ ।

स्वदेशी स्रोत साधनको प्रयोगले स्वदशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गर्नुपर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरू देखा परिरहेका छन् । विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नसमेत गार्हो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकि युवाशक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ ।

shivam cement

shivam cement

युवा स्वरोजगारको निम्ति अवसरको खोजी गरी नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ । विश्वभर छरिरहेका नेपाली एकताको सूत्रमा बाँधिन अब ढिला गर्न हुँदैन ।

आफ्ना ज्ञान, सीप र सामथ्र्य मात्रै होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनुपर्नेछ भन्ने भावना सबैमा जागृत गराउनुपर्नेछ । प्रकृतिले दिएको स्वर्गजस्तै दिएको सुन्दर हिमवत खण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने, स्वदेश फर्क, स्वदेशर्म स्वर्ग भन्ने अभियान चलाउने आजको आवश्यकता भएको छ ।

जनभावना र जनचाहना बुझि मुलुकको समग्र संरचनामा नै हेरफेर गर्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीमा आमुल परिवर्तन र सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भएको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ । सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्छ ।

हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ । रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पलायनसागै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धीमुलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ । नेपाली नेपालीबीच द्वन्द्व नहोस् । परस्पर अविश्वास र हिंसाको दुःखद मनस्थिति नबनोस्, देशबासीहरू कुनैपनि नाम र निउँमा ध्रुवीकृत नबनुन् भन्ने कुरामा संवेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविष्य निहीत रहेको यथार्थलाई हामीले आत्मसाथ गरेका छौं । सबैले यही वास्तविकतालाई आत्मबोध गनुपर्दछ भन्ने ठान्दछौं । हाम्रा आह्वान हामी कसैको नीजि स्वार्थ पूर्तीका लागि होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन । समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको समप्रभुता, नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वतः अस्तित्व हामी आफैंले उठाउने हो ।

संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ । र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् । अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको हामी सबैको कल्याण गरुन् । जय नेपाल ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ताप्लेजुङ । सुक्खा पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिम दिबुङमा एक घर पुरेको छ।

स्थानीय देउप्रसाद निरौलाको ढुंगा, माटो, टिनको छाना भएको तीनतले घर पुरिएको प्रहरीले जनाएको छ।

घरमा लत्ताकपडा, मकै १३ मुरी, कोदो ४ मुरी, धान २० मुरी, दाल २ मुरी, आलु २ मुरी, भाँडाबर्तन, ल्यापटप, मोबाइल, गरगहना गरी ३४ लाख ७४ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तालेजुङले जनाएको छ।

यही घरमा डेरा गरी बस्ने वडासचिव ओमप्रकाश पौडेलको ल्यापटप, प्रिन्टर, बायोमेट्रिक हाजिरी मेसिन, टेबल, खातापाता, छाप, लत्ताकपडा लगायत १ लाख ७७ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ।

 


सामाग्री श्रोत :

फक्ताङलुङमा सुक्खा पहिरोले पुर्‍यो घर

काठमाडौँ । एक पुरुषकी पूर्व प्रेमिका प्रहरीको फन्दामा परेकी छिन् । ती पुरुष तथा उनकी श्रीमती समेतलाई अपाच्य हुने मेसेज पठाएर चरित्र हत्या गरेको भन्दै प्रहरीले इन्टरपोलको सहयोगमा ती युवतीलाई पक्रेको हो ।

साइबर ब्युरोमा दर्ता भएको निवेदन अनुसार सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रहेका ती पुरुष र आरोपित युवतीले विवाह गर्नेसम्मको योजना बनाइरहेका थिए । तर बिचैमा सम्बन्धमा दरार हुन पुग्यो ।

त्यसपछि ती आरोपित महिलाले पुरुषको फेसबुक प्रोफाइल नामसँग मिल्दोजुल्दो नाम र फोटो प्रयोग गरी फेक आईडी बनाइन् र आफ्ना पूर्व प्रेमीसँगै उनकी श्रीमती लगायत नजिकका आफन्तहरूको समेत निरन्तर रूपमा चरित्र हत्या गर्न थालेको निवेदनमा उल्लेख छ । यसरी निरन्तर रूपमा चरित्र हत्या हुन थालेपछि पीडित पुरुषले साइबर ब्युरोमा निवेदन दिए ।

ती पुरुषसँग सरोकार नै नभएका अन्य व्यक्तिहरूलाई समेत उक्त फेक आईडीबाट समाजमा अपाच्य हुने शब्दहरू प्रयोग गरी चरित्रहत्या गर्ने गरेको भन्दै अरूले पनि निवेदन दर्ता गराएका थिए । त्यसपछि ब्युरोले सो फेक आईडी बनाई यस्ता गतिविधिमा संलग्न व्यक्ति उपर अनुसन्धान अगाडि बढायो । सोही क्रममा गोरखा ६ नम्बर वडा सातधुरे दरवारमार्ग घर भई रोजगारीका लागि मलेसिया रहकी ३० वर्षीय विन्दु परियार रहेको खुल्न आयो ।

उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ३ पुस २०८० मै मुद्दा दर्ता भएको थियो । तर परियारलाई फरार सूचीमा राखेर प्रहरीले इन्टरपोलमार्फत उनको नाममा रेड नोटिस नै जारी गर्‍यो । यसैबिच वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा शनिबार उनलाई पक्राउ गरिएको हो । अभियुक्त परियारलाई आइतबार नै जिल्ला अदालत काठमाडौँ पेस गरिएको ब्युरोले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १८:३३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट