

काठमाडौं । इरानको सिस्तान-बलुचिस्तान प्रान्तमा बलुच विद्रोहीहरूले आठ पाकिस्तानी कामदारको हत्या गरेका छन्। यी सबै मजदुरहरू पञ्जाबका बासिन्दा थिए।
रिपोर्टका अनुसार घटना शनिबार राति मेहरिस्तान जिल्लामा भएको हो। पछि बलुचिस्तान राष्ट्रिय सेनाले आक्रमणको जिम्मेवारी लिएको थियो। उनीहरूले सिस्तान-बलुचिस्तान प्रान्तको कार मर्मत कार्यशालामा काम गरिरहेका कामदारहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए।
विद्रोहीहरू कार मर्मत कार्यशालामा घुसेपछि उनीहरूले पहिले त्यहाँ काम गरिरहेका कामदारहरूको हातखुट्टा बाँधे र त्यसपछि उनीहरूमाथि अन्धाधुन्ध गोली चलाए। यस क्रममा आठ जना कामदारको मृत्यु भयो।
पाकिस्तानले आठ कामदारको हत्यालाई अमानवीय र कायरतापूर्ण कार्य भनेको छ र यस विषयमा अनुसन्धान गर्न इरानबाट पूर्ण सहयोगको माग गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भन्यो ‘पाकिस्तान इरानमा हाम्रा नागरिकहरूको अमानवीय र कायरतापूर्ण हत्याको निन्दा गर्दछ। हामीलाई आशा छ कि इरानले यस विषयमा अनुसन्धान गर्न हामीसँग पूर्ण सहयोग गर्नेछ।’
सामाग्री श्रोत :
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसको कामलाई जति सहज बनाउँदै लगेको छ, त्यति नै यसले रोजगारीको जोखिम पनि बढाइरहेको छ । मानिसले गर्नुपर्ने धेरै काम अब एआईले स्वतः गर्न सक्ने भएकाले केही पेशा जोखिममा पर्न थालेका हुन् ।
हालै अमेरिका स्थित प्यू रिसर्च सेन्टर (Pew Research Center) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले एआईका विशेषज्ञ र सर्वसाधारणबिच एआईप्रतिको धारणा कस्तो छ भन्ने विषयमा केही समानता र भिन्नता देखाएको छ । यो प्रतिवेदन एआई विशेषज्ञ र आम नागरिकबिच गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको हो ।
सर्वेक्षण अनुसार विशेषज्ञहरू समग्र रूपमा एआईले रोजगारी घटाउँछ भन्ने कुरामा खासै चिन्तित छैनन् । तर उनीहरूले क्यासियर, ट्रक चालक, पत्रकार, कारखानाका कामदार र सफ्टवेयर इन्जिनियरजस्ता केही पेशामा भने असर पर्न सक्ने स्वीकार गरेका छन् ।
यस्तै प्रतिवेदनले पुरुष र महिलाबिच एआईको प्रभावप्रति धारणा फरक देखाएको छ । पुरुषहरू महिलाको तुलनामा एआईप्रति बढी सकारात्मक देखिएका छन् । सर्वेक्षण अनुसार ६३ प्रतिशत पुरुषले एआईको प्रभाव सकारात्मक हुने बताएका छन् भने मात्र ३६ प्रतिशत महिलाले यसमा सहमति जनाएका छन् । साथै, पुरुषहरू एआईप्रति बढी उत्साहित र कम चिन्तित देखिएको उल्लेख छ ।
अध्ययनले एआई क्षेत्रमा महिलाको कम उपस्थिति र प्रशासनिक तथा ग्राहक सेवा जस्ता काममा अटोमेसनको प्रवृत्ति बढिरहेको उल्लेख गरेको छ । यसकारण महिलाहरूमा रोजगारी गुम्ने डर बढी देखिएको विश्लेषण गरिएको छ ।
यद्यपि, विशेषज्ञहरू भने एआईले काम खोस्ने भन्दा पनि नयाँ खालका रोजगारी र काम गर्ने शैलीको विकास गर्नेमा विश्वास राख्छन् । उनीहरूका अनुसार एआईले दैनिकी सहज बनाउने, नयाँ अवसर सिर्जना गर्ने र प्रविधि अनुकूल जीवनशैली निर्माणमा सहयोग पुर्याउनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १४:६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – यू १९ विश्वकप एसिया छनोटअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ।
जितको लागि १ सय १८ रनको चुनौति नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै सहज जित निकालेको हो।
नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो साझेदारीमा नेपालले आरामदायी जित निकाल्यो।
निरज अर्धशतकबाट मात्र ४ रनले चुके। ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रनमा आउट भए। उनलाई सौम्य भविनसम्पतले आउट गरे।
त्यसपछि अर्का ओपनर साहिल ४४ रनमा सौम्यकै बलमा आउट भए। कप्तान नरेन भट्ट अविजित १२ रनमा रहे।
यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो।
ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उनले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै ६ चौकाको मद्दतले ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए।
ओमानका खेलाडीहरूले निराशाजनक ब्याटिङ गरे। कुनै पनि समय ठुलो साझेदारी बन्न सकेन्। आठ खेलाडीले दोहोरो रन छुन सकेनन्।
ओमानलाई निरिह बनाउन युवराज खत्रीले सानदार बलिङ गरे। ७ ओभर बलिङ गर्दै २ मेडन सहित मात्र १५ रन खर्चेर ५ विकेट लिए। सन्तोष यादवले २ विकेट लिए।
लगातारको दोस्रो जितमा नेपालले ४ अंक बनाएको छ।नेपालले हिजो पहिलो खेलमा युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराएको थियो।
दुई खेलमा ओमान जित विहिन छ। ओमान हिजो अफगानिस्तनसँग ८ विकेटको फराकिलो अन्तरमा पराजित भएको थियो।
अब बुधबार नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक जारी रहेको छ।
एमालेले सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाईएको सचिवालय बैठक केही ढिलो गरि सुरू भएको हो।
प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमकमा अनुसार सचिवालय बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुनेछ। साथै, लाेकतन्त्र दिवस अर्थात बैशाख ११ मा हुन लागेकाे युवा भेलाका तयारीका बारेमा पनि छलफल हुने छ।

सामाग्री श्रोत :
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग सङ्कलन थालेका छन् । उनले बैँक खाता, क्यूआर कोड, इसेवा तथा खल्ती अकाउन्ट शेयर गर्दै पढाइका लागि सहयोग गरिदिन सार्वजनिक रूपमा आह्वान गरेका हुन् ।
रास्वपाको केन्द्रीय सदस्य समेत रहेका बमले २०७९ मा काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । “समृद्ध नेपाल निर्माणमा- सुशासन, सुसंस्कृत राजनीति, गुणस्तरीय शिक्षा, स्वास्थ्यको अधिकार, विपद् व्यवस्थापन अनि युवा सशक्तीकरण जस्ता क्षेत्रमा- अहोरात्र समर्पित रहदा अहिले, मैले हार्वर्ड विश्वविद्यालयको हार्वर्ड केनेडी स्कुलमा मिड-करियर मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन एडवार्ड म्यासन फेलोको रूपमा अध्ययन गर्ने सुनौलो अवसर पाएको छु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “…प्रतिष्ठित विश्वविद्यालयको यो फेलोशिपमा भर्ना पाउनु नै मेरो सौभाग्य हो, यो मेरो मात्र नभएर विगत २ दशकमा हामीले गरेको समर्पण र अभियान प्रतिको सम्मान हो भन्ने मेरो बुझाइ छ ।”
यस उपलब्धिले आफूलाई नेपालका लागि आवश्यक नीति निर्माण, नेतृत्व सीप र विश्वव्यापी सञ्जाल निर्माण गर्ने अवसर दिने उनको भनाइ छ । विगतमा यसै स्कुलका केही फेलोशिपहरूमा आर्थिक सहयोग प्राप्त हुने गरेको भएपनि यसपटक सक्दो प्रयासका बाबजुद यो फेलोशिपबाट आर्थिक सुनिश्चितता गर्न नसकिएको बमले उल्लेख गरेका छन् । “त्यसैले, म तपाईँहरू समक्ष विनम्र अनुरोध गर्न चाहन्छु तपाईँको सानो सानो आर्थिक सहयोगले मात्र यो सम्भव हुनेछ,” उनले भनेका छन् ।
“हार्वर्ड केनेडी स्कुलमा पाउने सिकाई र बनाउने सञ्जाल पनि मेरो व्यक्तिगत लाभ भन्दा पनि मैले प्रतिनिधित्व र नेतृत्व गरेको अभियानले र कालान्तरमा मुलुकले नै लाभ लेओस् भनेर प्रयत्न गरेको हुँ ।” हार्वर्डमा अध्ययन गर्नु आफ्ना मात्र नभई, नेपालको वैकल्पिक सुसंस्कृत राजनीतिप्रति सद्भाव राख्ने र युवामा विश्वास गर्ने सबैका लागि ठुलो अवसर भएको उनको जिकीर छ ।
“किनभने यहाँबाट सिकेका ज्ञान, सीप, र सञ्जाल नेपालमै ल्याएर परिवर्तनका लागि काम गर्ने मेरो दृढ संकल्प छ । …तपाईँहरूको साथ र शुभेच्छाले, हार्वर्डको मेरो यो यात्रा नेपालका लागि परिवर्तनको अगुवाइ गर्न चाहिने सीप र सञ्जाल बलियो बनाउने प्रयत्नमा ठुलो सहयोग हुन सक्छ,” बमले अगाडि भनेका छन् ।
यसरी अध्ययनका लागि आर्थिक सहयोग सङ्कलन गर्ने बमको प्रयासप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले समाजमा योगदान गरेका नेतृत्वले पब्लिक फन्डिङबाट पढ्ने संसारभर प्रचलन रहेको भन्दै बमलाई साथ दिएका छन् ।
तर कतिपयले भने १ लाख २० हजार अमेरिकी डलर ट्युसन फी भन्दा निकै धेरै रकम भएको र त्यसबाट खान, बस्न, घुमघाम सबैका लागि पैसा उठाउन खोजिएको आरोप समेत लगाएका छन् । जटिल अवस्थामा मात्र यसरी पब्लिक फन्डिङ गर्न सकिने उनीहरूको तर्क छ ।
अनिल पौडेल नाम गरेका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, “तपाईँहरू जो आफैमा सक्षम छु भन्नुहुन्छ अनि यसरी पैसा उठाइरहनु भएको छ । तपाईँको एक जना हुन नसकेको सांसद साथीलाई एउटा डिग्री लिन चाहिने पैसा उठाउनुभन्दा बरु दूरको कुनै विद्यालयमा सहयोग गर्नु उचित हो । आफ्नो बलबुँतामा पढ्ने हो, सके नसकी हार्वर्ड नै ताक्ने होइन ।”
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १२:५२
सामाग्री श्रोत :
टेक पाना

मुस्ताङ– मुस्ताङमा ठृलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद गरेको छ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले विभिन्न समयमा चेक गर्दा ३४ वटा सेतो बोरामा प्याकिङ गरिएको ८९४ केजी शालिग्राम शीला बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज जनाएको छ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जीपलाई शङ्का लागि चेकजाँच गर्दा अवैध शालिग्राम प्रहरीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिएका हुन्।
मुस्ताङको लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेन्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर अवैधरुपमा लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाइ छ। अवैध रुपमा ल्याउँदै गरेको शालिग्रामसहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
यता एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए।
मुस्ताङको दामोदरकुुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवान्को प्रतीकको रुपमा पुज्ने गरिन्छ। व्यावसायिक रूपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ। तर, व्यक्तिगत रुपमा फुटकर शालिग्राम शीला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन प्रहरी र एक्यापले छुट दिएको छ।
मुस्ताङमा सडक सञ्जालको विकाससँगै शालिग्राम दोहनको क्रम बढ्दो अवस्थामा छ। तर, मुस्ताङमा आउने वार्षिक पाँच लाख भक्तजनले एक/एक वटा शालिग्राम खरिद गरेर लैजाने हो भने पनि मुस्ताङबाट ठूलो परिमाणमा शालिग्राम जिल्लाबाट बाहिरिने गर्छ।
मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोमलगायतका स्थानमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन्। मुस्ताङमा पर्यटक आगमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले आज ‘अर्धचालक शुल्क’ बारे जानकारी दिने बताएका छन्।
उनले एयर फोर्स वन विमान (अमेरिकी राष्ट्रपतिको विमान) मा मिडियालाई यो कुरा भने।
अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले पनि स्मार्टफोन र कम्प्युटर लगायत इलेक्ट्रोनिक्समा पारस्परिक करबाट छुट अस्थायी भएको बताए।
लुटनिकले भने कि यस्ता शुल्कहरू छुट्टै “अर्धचालक शुल्क” अन्तर्गत लगाउने योजना छ।
ट्रम्प प्रशासनले हालै मोबाइल फोन र कम्प्युटर लगायत धेरै इलेक्ट्रोनिक उत्पादनहरूलाई पारस्परिक करबाट छुट दिने घोषणा गरेको छ। यसमा चीनबाट आउने सामानहरू पनि समावेश हुनेछन्।
सामाग्री श्रोत :
काठमाडौँ । आजकल मोबाइल फोनमा सबैभन्दा बढी चलाउने एप भनेकै किबोर्ड हो । चाहे छोटो मेसेज लेख्न होस् वा लामो ईमेल टाइप गर्न वा फेसबुक–इन्स्टाग्राममा क्याप्सन लेख्न वा साथीलाई रमाइलो स्टिकर पठाउन किबोर्ड बिना केही सम्भव छैन ।
अहिले अधिकांश एन्ड्रोइड स्मार्टफोनमा गुगलको जीबोर्ड नै डिफल्ट किबोर्डका रूपमा दिइएको हुन्छ । यो सजिलो छ, छिटो पनि टाइप हुन्छ । तर अरू स्मार्ट किबोर्डको तुलनामा केही फिचरमा साधारण महसुस हुन्छ । त्यसैले तपाईं नयाँ, स्मार्ट र इन्टेलिजेन्ट किबोर्ड खोज्दै हुनुहुन्छ भने माइक्रोसफ्टको स्विफ्ट की एआई किबोर्ड तपाईँका लागि एक उत्कृष्ट विकल्प बन्न सक्छ ।
अहिले यो किबोर्डमा कोपाइलट एआई इन्टिग्रेसनसहित धेरै स्मार्ट फिचर थपिएका छन्, जसले तपाईंको टाइपिङ अनुभवलाई पूर्णरूपमा बदलिदिन्छ । आउनुहोस्, विस्तृत रूपमा बुझौँ किन स्विफ्ट की जीबोर्डभन्दा राम्रो छ र किन तपाईंले आजै यसलाई ट्राइ गर्नुपर्छ ?
१. किबोर्डमै सर्च गर्ने सुविधा
साधारण अवस्थामा हामी मेसेज लेख्दै गर्दा बिचमा कुनै जानकारी चाहियो भने किबोर्ड बन्द गरेर अर्को एप खोल्नुपर्छ । फेरि फर्केर मेसेज लेख्नु निकै झन्झटिलो हुन्छ ।
तर स्पिफ्टकीको कोपाइलट इन्टिग्रेसनले यो समस्या सजिलै समाधान गरिदिएको छ ।
अब तपाईं किबोर्डमै इनबिल्ट सर्च बार प्रयोग गरेर मौसमको अपडेट, कुनै रेसिपी, ब्रेकिङ न्युज, फिल्मको जानकारी वा अरू केही पनि खोज्न सक्नुहुन्छ ।
उदाहरणका लागि, साथीहरूसँग घुम्न जाने योजना बनाउँदा मौसम कस्तो छ भन्ने जान्न एप स्विच गर्नु पर्दैन । सिधै स्विफ्ट की किबोर्डको कोपाइलट आइकन थिचेर ‘Weather in Kathmandu’ लेख्नुस् । नतिजा किबोर्डमै देखिन्छ ।
यस्तो मल्टिटास्किङ सुविधाले समय पनि बच्छ र च्याट वा कुराकानी थप रमाइलो हुन्छ ।
२. एडिटर र टोनजस्ता स्मार्ट टाइपिङ टुल
कतिपटक हामी मेसेज लेख्छौं, अनि पछाडि फर्केर हेर्दा स्पेलिङ गलत देखिन्छ । व्याकरण गडबड हुन्छ । टोन नै मिलेको हुन्छ । स्विफ्ट कीले यो समस्या पनि सुल्झाइदिएको छ ।
यसअन्तर्गत ‘एडिटर’ फिचरमा तपाईंले लेखेको मेसेज वा पोस्टमा ग्रामर, स्पेलिङ र पंक्चुएसन मिलाएर तुरुन्त सुधारिदिन्छ ।
त्यस्तै टोन फिचरले तपाईंको लेखाइको शैली (फर्मल, क्याजुअल, फ्रेन्ड्ली) परिवर्तन गरिदिन्छ ।
उदाहरणका लागि, साथीलाई रमाइलो मेसेज पठाउँदा टोन क्याजुअल राख्न सकिन्छ । अनि अफिसको ईमेल लेख्दा फर्मल टोनमा सजिलै परिवर्तन गर्न मिल्छ ।
यो सुविधा कोपाइलट आइकन थिचेर एडिटर वा टोन अप्सन छानेर प्रयोग गर्न सकिन्छ ।
यति मात्र होइन, यो सोसल मिडियामा क्याप्सन लेख्दा पनि अत्यन्त उपयोगी छ ।
३. क्लाउड क्लिपबोर्ड: फोन र ल्यापटपबिच सजिलै कपी–पेस्ट
यदि तपाईं विन्डोज ल्यापटप र एन्ड्रोइड फोन दुवै चलाउनुहुन्छ भने स्विफ्ट कीको क्लाउड क्लिपबोर्ड फिचर तपाईंका लागि गज्जबको असिस्टेन्ट बन्न सक्छ ।
यसले फोन र ल्यापटपबिच कपी गरेको टेक्स्ट सिधै ट्रान्सफर गर्न सकिन्छ । उदाहरणका लागि, तपाईंले ल्यापटपमा कपी गरेको टेक्स्ट मोबाइलमा पेस्ट गर्न सक्नुहुन्छ ।
यसबाहेक, कपी गरेको सामग्री क्लिपबोर्ड हिस्ट्रीमा सुरक्षित रहन्छ ।
तपाईंले चाहेको स्टाइल, स्क्रिनशट डिस्प्ले जस्ता कस्टमाइजेसन पनि गर्न सकिन्छ ।
यो सुविधाले डेटा ट्रान्सफर गर्न पेनड्राइभ, ईमेल पठाउने झन्झट नै हटाइदिन्छ ।
४. मल्टीलिङ्गुअल टाइपिङसँगै थिम र रमाइला स्टिकर
स्विफ्ट कीले ७०० भन्दा बढी भाषा सपोर्ट गर्छ । तपाईं एकै पटक पाँच ओटा भाषा एक्टिभ राखेर सजिलै स्विच नगरी टाइप गर्न सक्नुहुन्छ ।
उदाहरणका लागि, नेपाली, अंग्रेजी, हिन्दी, जापानी, स्पेनिस यी सबै भाषा एकैपटक इनेबल गरेर टाइप गर्न मिल्छ ।
यस बाहेक यसमार्फत मनपर्ने थिम छान्न सकिन्छ । आफ्नो फोटो राखेर किबोर्ड कस्टमाइज गर्न मिल्छ । अनि ड्याल-ई थ्री एआई डिजाइनर फिचरमार्फत रमाइला स्टिकर बनाउन सकिन्छ ।
यसले किबोर्डलाई राम्रोसँग पर्सनलाइज गरेर रमाइलो र इन्ट्रेस्टिङ बनाइदिन्छ ।
कसरी स्विफ्टकी सेटअप गर्ने ?
-मोबाइलमा रहेको एपस्टोरमा गएर ‘SwiftKey’ डाउनलोड गर्नुहोस् ।
-डिफल्ट किबोर्डको रूपमा एक्टिभ गर्नुहोस् ।
-माइक्रोसफ्ट अकाउन्ट साइनइन गरेर क्लाउड क्लाउड क्लिपबोर्ड लगायत थप फिचरहरू अनलक गर्नुहोस् ।
यति गरेपछि तपाईंको मोबाइल टाइपिङ अनुभवमा नयाँ संसार खुल्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १२:२३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च रु एक खर्ब दुई अर्ब ९० करोड बराबर मात्रै छ।
पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन गरेको थियो। वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो।
विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ। वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो। चैत मसान्तसम्ममा रु नौ खर्ब ९८ अर्ब ५० करोड बराबर खर्च भएको छ।
त्यस्तै, चालु शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकामा ५९ दशमलव ४५ प्रतिशत अर्थात् रु छ खर्ब ७८ अर्ब छ करोड बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
वित्तीय व्यवस्था शीर्षकमा चैत मसान्तसम्मको खर्च रु ५९ दशमलव २३ प्रतिशत बराबर छ। चालु आर्थिक वर्षका लागि यो शीर्षकमा सरकारले रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ प्रतिशत बराबर विनियोजन गरेकामा वार्षिक विनियोजनको ५९ दशमलव २३ प्रतिशत खर्च भएको हो।
यो अवधिको राजस्व सङ्कलन पनि कमजोर छ। कुल रु १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म रु आठ खर्ब २१ अर्ब ६७ करोड बराबर मात्रै राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको ५७ दशमलव ८९ प्रतिशत बराबर हो।
त्यस्तै, यस वर्ष रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको रु २७ दशमलव २७ प्रतिशत अर्थात् रु १४ अर्ब २६ करोड ८८ लाख बराबर मात्रै अनुदान उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । युक्रेनको सुमीमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको खबर छ। युक्रेनका गृहमन्त्री र त्यहाँको सरकारी आपतकालीन सेवाले आफ्नो टेलिग्राम च्यानलमा यो जानकारी दिएका छन्।
उनले भने ‘कम्तीमा ३२ जनाको मृत्यु भएको छ र ८४ जना घाइते भएका छन्, जसमा सात बालबालिका पनि समावेश छन्।’
उनले मृत्यु हुनेको संख्या “प्रारम्भिक तथ्याङ्क” मा आधारित रहेको र मानिसहरू “सडकमा, कारमा, सार्वजनिक यातायातमा, घरहरूमा” घाइते भएको बताए।
जेलेन्स्कीले भने, “अमेरिका, युरोप, संसारका सबैजना यो युद्ध र हत्याको अन्त्य चाहन्छन्। रूसले ठ्याक्कै यस्तै प्रकारको आतंक चाहन्छ र यो युद्धलाई तानिरहेको छ। दबाब बिना शान्ति असम्भव छ।”
उनले भने “वार्ताले ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई बम कहिल्यै रोकेको छैन।” आपतकालीन सेवाले त्यहाँ पीडितहरूलाई सम्भव भएसम्म सबै सहयोग प्रदान गरिरहेको बताएको छ।
सामाग्री श्रोत :









