
काठमाडौं- आवासीयष चिकित्सकका विषयमा अदालतमा रहेको महत्वपूर्ण मुद्दाको आज सुनुवाई हुँदैछ। आवासीय चिकित्सकहरूले पूर्वनिर्धारित परीक्षा सिटको सुनिश्चितता र हाम्रो मासिक रु ४८ हजार रुपैयाँ निर्वाह भत्तालाई लिएर अदालतमा मुद्दा दायर भएको छ। उक्त मुद्दामाथि आज सुनुवाई हुने सम्भावना रहेको छ। यसअघि भएको निर्णय कार्यान्वयनको माग राख्दै आवासीय चिकित्सक केही दिनदेखि आन्दोलित छन्। सरकारले आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बित्दा पनि कलेज सञ्चालकले सुनुवाई नगरेपछि उनीहरु काम छाडेर आन्दोलनमै उत्रिनुपरेको हो। चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो। त्यसअघि उनीहरुले जम्मा १९ हजारदेखि २४ हजारसम्म मात्र निर्वाह भत्ता दिँदै आइरहेका थिए।
सामाग्री श्रोत :
swasthyakhabar

भोजपुर। रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुन्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो ।
वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूलखेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचर्यले बताए। किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आयर्चले बताए । गत आर्थिक वर्षमा वडाले रु एक लाख ५० हजार बजेट विनियोजन गरेर केन्द्र स्थापना गरेको उनको भनाइ छ ।
“वैकुन्ठेका अधिकांश किसानले व्यावसायिक सुन्तलासँगै फलफूलखेती गरिरहेका छन्”, वडाध्यक्ष आचार्यले भने, “कतिपय किसानलाई सुन्तला तथा फलफूलखेतीसम्बन्धी सामान्य जानकारी नहुँदा समस्या पनि देखिन्छ । किसानलाई सुन्तला, कागतीलगायत खेती प्रणालीको विषयमा प्रयोगात्मक रूपमा जानकारी दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ ।”
केन्द्रमा किसानको सक्रियतामा सुन्तला नर्सरीसमेत स्थापना गरिएको छ । दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएको स्थानीय राजेन्द्रकुमार राईले बताए । नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई वितरण गरिने उनको भनाइ छ । आफ्नै ठाउँमा सिकाइ केन्द्रबाट सुन्तलासँगै फलफूलखेतीको विषयमा आवश्यक प्राविधिक ज्ञान लिन सहज भएको उनले बताए ।
“सिकाइ केन्द्रमार्फत हामीले सुन्तलाका बिरुवा पनि उत्पादन गरेका छौँ”, उनले भने, “हामीले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा खेती प्रविधिको विषयमा जानकारी लिन पाएका छौँ । सुन्तला, कागतीमा रोग, कीरा देखिएमा कसरी निराकरण गर्ने भन्ने पनि सिक्ने अवसर पाएका छौँ । सिकाइ केन्द्रबाट अभ्यासमूलक ज्ञान लिन सहज छ ।”
सिकाइ केन्द्रका माध्यमबाट किसानलाई खेती प्रविधिको विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरले बताए । किसानलाई सिकाइ केन्द्रमा बोलाएर अभ्यास गराएर नै खेती प्रविधिका बारेमा जानकारी दिने गरिएको उनको भनाइ छ । “किसानलाई बढी मात्रामा लाग्ने रोग, कीरा प्रकोप र खेती प्रविधिका बारेमा जानकारी दिन्छौँ”, उनले भने “एकसाथ अभ्यास गराएर सिकाइने भएकाले कार्यक्रम किसानका लागि उपयुक्त देखिएको छ ।”
सामाग्री श्रोत :
भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

अटवा – नयाँ वर्ष विसं २०८२ को अवसरमा नेप्लिज क्यानेडियन एसोसिएसन अफ अटवा (एनसीएओ) ले आयोजना गरेको संस्थाको साधारण सभा तथा सांस्कृतिक प्रस्तुति अधिकांश सहभागीका लागि आफू जन्मिएको माटोको सुवास दिने कार्यक्रम बन्न पुग्यो ।
गत नोभेम्बर २०२४ मा स्थापना गरिएको मादले गोठाले र्याप्सडीका उत्तम भण्डारी र दिलीप दुलालले जनकवि केशरी स्व. धर्मराज थापाको ‘नेपालीले माया मार्यो बरिलै’ गीत गाएर श्रोता–दर्शकलाई मन्त्रमुग्ध पारे । झन्डै सात दशक पहिले नेपालीहरू रोजगारीका लागि दार्जीलिंग, आसाम, बर्मा (हाल म्यानमार), भाक्सु, देहरादुन र नैनी ताल जाने गरेको थापाले आफ्नो गीतमा उल्लेख गरेका छन् । समय फेरिएको छ, तर नेपालीहरू संसारभरि फैलने क्रम भने रोकिएको छैन ।
कार्यक्रममा ब्यान्ड सदस्यहरू नवीन गौतम र दिलीप दुलालले स्व पुष्प नेपाली तथा रुबी जोशीको ‘शितलु माथि नि शितलु भयो नि’ बोलको गीत गाए भने स्व. झलक मान गन्धर्वको ‘तिम्रो नै माया लाग्दछ साइँली’ जस्ता कालजयी गीतहरू पनि सुनाए । डा. अजय विष्ट, डा. जगदीश घिमिरे, उत्तम भण्डारी, दीपक श्रेष्ठ लगायतले विभिन्न इन्स्ट्रुमेन्टमा साथ दिए ।
‘हामीले नेपाली सम्पदा केन्द्र मार्फत प्रवासमा पनि नेपाली कला, संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तालाई हाम्रो विपुल सम्पदा हस्तान्तरण गर्न सक्दो प्रयास गरिरहेका छौँ । अटवास्थित नेपाली समुदायको सहयोगका लागि हामी आभारी छौँ,’ केन्द्रका बोर्ड अफ डाइरेक्टर तथा ब्यान्डका लिड डा विष्टले भने ।
कार्यक्रममा स्वस्तिका शर्मा लगायतले नृत्य प्रस्तुत गरेका थिए भने इदिका र श्रीदिकाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
ब्रिटानिया पार्कस्थित सभा कक्षमा आयोजित कार्यक्रमको पहिलो चरणमा एनसीएओको वार्षिक साधारण सभा आयोजना गरिनुका साथै नयाँ सञ्चालकहरूको चयन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको जगेर्ना गर्न एनसीएओले गरिरहेको कामको प्रशंसा गरे । उनले गत वर्ष पनि आफू एनसीएओको कार्यक्रममा सहभागी भएको स्मरण गर्दै खासगरी युवा तथा बालबालिकालाई समावेश गरेर कार्यक्रमहरू आयोजना गरेकोमा संस्थाको प्रशंसा गरे । उनले आफूसँग रहेको सीप, अनुभव र श्रोत नेपालको हितमा उपयोग गर्न सबै प्रवासी नेपालीहरूलाई आग्रह पनि गरे । राजदूत पौडेलले एनसीएओको प्रकाशन ‘अटवा चौतारी’ को नयाँ अङ्कको लोकार्पण पनि गरे । अटवा चौतारीको सम्पादन समूहका सदस्य वीरेन्द्र सापकोटाले लेख रचना पठाउने बालबालिका लगायत सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाली सम्पदा केन्द्र अटवाका अध्यक्ष डा. कालिदास सुवेदीले हाल अटवास्थित बारहेभनमा भाडामा घर लिई धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गरिरहेको बताए । उनले आउँदो दस वर्ष भित्र अटवामा नेपाली मन्दिर तथा बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्य लिइएकाले उक्त अभियानमा सघाउन अटवा लगायत क्यानडाभरि रहेका नेपाली समुदायका अगुवाहरूलाई आग्रह गरे ।
उक्त अवसरमा अटवा वेस्ट नेपियनबाट ग्रिन पार्टीको तर्फबाट सङ्घीय सांसद पदका उम्मेदवार प्रशान्त ढकालले नेपाली समुदायको हकहितका साथै वातावरणीय मुद्दालाई प्राथमिकता दिँदै आफूले उम्मेदवारी दिएको बताए । उनले जलवायु परिवर्तनजस्ता चुनौतीहरूसँग जुध्दै सुपथ आवासको व्यवस्था गरेर दक्ष युवा जनशक्तिलाई देशमै रोजगारी दिनु पर्ने बताए । त्यस्तै एनआरएनए क्यानडाका प्रज्वल कार्की, एनसीएओकी बोर्ड अफ डाइरेक्टर मेनुका चिमोरिया लगायतले शुभकामना दिएका थिए ।
एनसीएओका बोर्ड अफ डाइरेक्टर मोहन बस्नेतले सबैलाई स्वागत गरेका थिए भने युवा व्यवसायी नारायण क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

मुस्ताङ। पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् ।
जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ । हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ ।
सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो । भारतीय अभिनेता अमिता बच्चन त्यस समयको कठिन परिस्थितिका बेला पनि मुस्ताङ आएर सुटिङ सकाएका थिए। तर, त्यसबेलाको कठिन परिस्थिति अहिले पूरै फेरिएको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एकैदिन मुस्ताङ आएर चलचित्र सुटिङ गर्न पाइने भएकाले पनि मुस्ताङमा चलचित्र छायाङ्कनका लागि आउनेको सङ्ख्या बढ्दै गइरहेकोे जानकारी दिए । जिल्लामा विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुनेगरी यहाँका स्थानीय तहले सीमित राजस्व सङ्कलन गर्ने गरेको उनको भनाइ छ । उनले यसप्रकारका चलचित्रको छायाङ्कनले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको उल्लेख गरे।
पछिल्ला पाँच वर्षयता दर्जनौँ नेपाल चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म यहाँ सुटिङ भइसकेका छन् । मुस्ताङको कालीगण्डकी बगर, सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, गुफा, तालतलैयाका साथै फरक–फरक प्राकृतिक सौन्दर्यताकै कारण जिल्ल चलचित्र सुटिङको हब बन्दै गएको हो ।
जिल्लामा हिन्दी चलचित्र खुदा गवाह करिब ४० को दशकमा सुटिङ भएको हो । पछिल्लो पाँच वर्षयता मुस्ताङमा चिनो, प्रेमगीत, सम्हालिन्छ कहिले मन, कबड्डी, जेरी, ब्याज नम्बर सिक्टिन, भकुन्डो, छिरिङलगायत दर्जनौँ चलचित्र सुटिङ भएका थिए । यहाँ सुटिङले यहाँको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका सचिव नीरज थकालीले बताए । उनले चलचित्रका माध्यमबाट यहाँका कला, संस्कृति, मौलिकता र सम्पदालाई उजागार गर्न ठूलो सहयोग पुगेको जनाए।
त्यसैगरी, जिल्लामा चलचित्र सुटिङका लागि आउनुभएका नेपाल चलचित्र प्राविधिक सङ्घका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले यहाँ चलचित्र छायाङ्कन गर्ने उपयुक्त र सहज गन्तव्य भएको दाबी गरे। जिल्ला नेपालकै स्वर्गरुपी जिल्ला भएको उल्लेख गर्दै उनले यस्तो स्थानमा सरकारले चलचित्र स्टुडियो स्थापना गर्न सकेमा यस क्षेत्रको मात्र नभई सिङ्गो गण्डकी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए । यसका लागि तीन तहको सरकारले पहल गर्न आवश्यक उनको भनाइ छ ।
निलगिरि र धवलागिरिलगायत यहाँ साना दर्जनौँ हिमाल अवस्थित छन्, सबै हिमालमा क्षणभरमै पुग्न सकिने, होटल र यातायात पहिलेको तुलनामा निकै सहज हुँदै जान थालेको छ, यसैले पनि ९० प्रतिशत चलचित्रकर्मीले यही ठाउँमा आएर सुटिङ गर्न थाल्ने छन् । यहाँ चलचित्र सुटिङ गर्न पाउँदा स्थानीय पालिका र समुदायबाट ठूलो सहयोग प्राप्त भएको उपाध्यक्ष पोखरेलले जनाए । मुस्ताङमा यहाँका ताल, गुम्बा, लेक, खर्क, हिमाल, जैविक विविधता र संस्कृति महत्त्वपूर्ण विशेषता रहेको बताए ।
मुस्ताङको तल्लो क्षेत्र थासाङमा सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवस्थित छन् । कालीगण्डकी नदीको सुन्दर तटीय बस्ती र अनि खर्कमा चर्दै गरेका याक चौँरीका बथानले झनै चलचित्रलाई सुसज्तित पारिदिन्छ । घरपझोङ गाउँपालिकामा पर्यटकीय सांस्कृतिक गाउँ मार्फा, ठिनी, स्याङ र जोमसोममा प्राचीन संस्कृति अवलोकन गर्न पाइन्छ । यस पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ ।
वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायाङ्कन गर्ने गरिएको छ । लोमान्थाङमा मुस्ताङी राजाको सात सय वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेनहरु अवलोकन गर्न सकिन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती रहेको छ ।
सामाग्री श्रोत :

काठमाडौं – नेपाल शिक्षक महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ । सोमबार विज्ञप्ति जारी गरी महासंघले परीक्षामा सहभागी नहुने निर्णय गरेको छ भने कुनै पनि कार्यमा संङलग्न नहुन शिक्षकहरुलाई अपिल समेत गरेको छ ।
कक्षा १२ को परीक्षा वैशाख ११ गते शुरु हुँदैछ । नयाँ शैक्षिक सत्र शुरु भएसँगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरु काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छन् । सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ । यो संगै कक्षा १२ को परीक्षा समेत अन्यवलमा परेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।
निगुरो प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
सामाग्री श्रोत :

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माइतीघर मण्डलमा गरेको प्रदर्शनको क्रममा पक्राउ परेका एक अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ ।
नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरूद्ध चैत १४ गते राप्रपाले माइतीघरमा प्रदर्शन गरेको थियो ।
उक्त प्रदर्शनमा सहभागी भएका अमेरिकी नागरिक ५८ वर्षीय जुलियन क्रिपा ब्लिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीमाथि थप अनुसन्धानको लागि अध्यागमन विभागमा पठाएको थियो ।
अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरेर अहिले डिपोर्ट गर्ने प्रक्रियामा अघि बढेको निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।
‘अनुसन्धान गरेर गृह मन्त्रालयमा पठाएका थियौं । हिजो गृहबाट पनि जबाफ आएपछि अब प्रक्रिया अघि बढेको छ,’ ढकालले भने । उनका अनुसार ब्लिसलाई अब दुई वर्ष नेपाल आउन प्रतिबन्ध गरिएको छ । उनी भिजिट भिसामा नेपाल आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नेपालको सन्दर्भमा क्लिनिकल फार्मासिस्ट भन्ने शब्द अझै नयाँ छ,क्लिनिकल फार्मेसी सेवा भन्नाले उपचार सेवा उपलब्ध गराउने क्रममा औषधि संग सम्बन्धित बिषय मा बिरामी तथा मेडिकल पेशा मा सम्मेलित भएका स्वास्थ्यकर्मीहरु लाई क्लिनिकल फर्मासिस्ट बाट दिइने सुरक्षित,प्रभावकारी तथा गुर्णस्तरीय सेवा लाई बुझिन्छ | क्लिनिकल फर्मासिस्ट भन्नाले क्लिनिकल फार्मेसी मा वा फार्मासिउटिकल क्यर वा फार्मेसी प्रयाक्कटिस मा स्नातकोतर अथवा डाक्टर अफ फार्मेसी गरि नेपाल फार्मेसी परिषद मा दर्ता भएको ब्यक्ति लाई बुझिन्छ।क्लिनिकल फार्मेसी एक अस्पताल क्षेत्र भित्र फार्मासिस्ट द्वारा प्रदर्शन गरिने एक विशेष कार्य हो जस्ले प्रत्येक बिरामीले सबैभन्दा उपयुक्त प्रमाण-आधारित उपचार प्राप्त गरेको सुनिश्चित गर्न मद्दत गर्न बिरामीको औषधि उपचारको मूल्याङ्कन गर्छ।क्लिनिकल फार्मेसी सुरक्षित, उपयुक्त र लागत-प्रभावी तर्कसंगत औषधि थेरापीलाई प्रवर्द्धन गर्ने प्रयासमा फार्मासिस्टहरूले प्रदान गर्ने सेवाहरू मध्ये एक हो।इतिहास र वर्तमान सन्दर्भनेपालमा सन् १९५६ मा सन्तभवन अस्पताल (अहिले पाटन अस्पताल) मा अस्पतालको फार्मेसी सेवा सुरु भएको थियो। हालै केही निजी अस्पतालले क्लिनिकल फार्मेसी सेवा सुरु गरेका छन् तर क्लिनिकल फार्मासिस्टको संख्या भने न्यून छ। हाल फार्मासिस्टहरू मुख्य रूपमा खरिद, वितरण र स्टोर व्यवस्थापनमा केन्द्रित छन्। नेपाल मा चिकित्सकहरूले स्वेच्छाले क्लिनिकल फार्मेसी सेवा लाई कमै प्रोत्साहित गर्छन्।अस्पतालको फार्मेसीमा काम गर्ने फार्मासिस्टहरूले क्लिनिकल फार्मेसी सेवाहरू पनि प्रदान गर्ने अपेक्षा गरिएको देखिन्छ। यद्यपि, योग्यता र विशेषज्ञताको अभावमा, तिनीहरू आफ्नो कार्यस्थलमा उपयुक्त क्लिनिकल फार्मेसी सेवाहरू प्रदान गर्न असमर्थ छन्।क्लिनिकल फार्मासिस्टहरू ले स्वास्थ्य सेवा सेटिङहरूमा बिरामीहरूको लागि व्यापक औषधि व्यवस्थापन र सम्बन्धित हेरचाह प्रदान गर्छन्। क्लिनिकल फार्मासिस्टले चिकित्सकहरू, अन्य स्वास्थ्यकर्मीहरू सँग प्रत्यक्ष रूपमा काम गर्दछ, र बिरामीहरूका लागि सिफारिस गरिएका औषधिहरूले उत्तम सम्भावित स्वास्थ्य परिणामहरूमा योगदान पुर्यािउँछन् भनेर सुनिश्चित गर्न बिरामीहरूसँग अन्तरक्रिया गर्दछ। नेपालमा क्लिनिकल फार्मेसीको अवधारणा सरकारी वा निजी क्षेत्रहरूमा पेशाको सम्भावनाहरू प्रदान गर्दै मान्यता प्राप्त गर्दैछ।मास्टर इन क्लिनिकल फार्मेसी वा डाक्टर अफ फार्मेसीहरूले प्राय अस्पताल फार्मेसीहरूमा प्रबन्धक वा संकायको रूपमा काम गर्छन्, कम पारिश्रमिकको कारणले क्लिनिकल फार्मासिस्टको रूपमा विरलै अभ्यास गर्छन्। यसले धेरैलाई विदेशमा वा गैर-चिकित्सकीय क्षेत्रहरूमा राम्रो तिर्ने कामहरू खोज्न प्रेरित गर्छ। क्लिनिकल फार्मासिस्टहरूले स्वास्थ्यकर्मीहरू सँग सहकार्य गर्छन्, बिरामीहरूको मूल्याङ्कन गर्छन्, ड्रग थेरापी प्रतिक्रियाहरू निगरानी गर्छन्, औषधि जानकारी प्रदान गर्छन्, र चिकित्सकीय सुझावहरू बनाउँछन्।सरकारको नीतिहालसम्म नेपाल फार्मेसी काउन्सिलले क्लिनिकल फार्मासिस्ट (फार्मेसी मा बिशेषग्यता)को दर्ता प्रक्रिया र लाइसेन्स परीक्षा सुरु गरेको छैन। २०७२ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको ‘अस्पताल फार्मेसी निर्देशिका २०७२’ ले ५१–१०० शैयाका अस्पतालहरूमा क्लिनिकल फार्मासिस्ट हुनुपर्ने सुझाव दिएको थियो तर पनि सरकार ले दरबन्दी सिर्जना नगर्दा लागु हुन सकेको छैन । एक क्लिनिकल फार्मासिस्टले क्लिनिकल फार्मेसी सेवाहरू प्रदान गर्नु आशाको किरण जस्तो देखिन्छ।प्रमुख क्लिनिकल फार्मेसी सेवाहरु• प्रिस्क्रिप्सन समीक्षा • औषधि मेलमिलाप • औषधि परामर्श र औषधि जानकारी • औषधि अन्तरक्रिया समीक्षा • केमोथेरापी ड्रग मिक्सिङ, नियम, सम्भावित प्रतिकूल प्रभाव र सावधानीहरूको पर्यवेक्षण • प्रतिकूल औषधि प्रतिक्रिया रोकथाम र निगरानी• एन्टिकोगुलेन्ट थेरापी व्यवस्थापन• रोगीलाई (मृगौला, कलेजो) अनुकूल औषधि व्यवस्था• एन्टिमाइक्रोबियल स्टेवार्डशिप• डिस्चार्ज औषधि मेलमिलाप • महत्वपूर्ण हेरचाह सेवा• चिकित्सीय औषधि अनुगमननेपालका अस्पतालहरूमा क्लिनिकल फार्मेसी सेवाहरू लागू गर्न सम्बन्धित प्रमुख चासोहरू मध्ये एक सरकारद्वारा प्राथमिकता नदिनु नै हो तर, नेपालका केही गैर-सरकारी अस्पतालहरूले मात्र क्लिनिकल फार्मेसी सेवाहरू लागू गरेका छन्। तर, नेपालको हरेक सरकारी र निजी अस्पतालमा क्लिनिकल फार्मेसी सेवाको कार्यान्वयनमा सम्भावित चुनौतीहरू छन्। यी कारकहरू फार्मेसी नीति, फार्मासिस्ट र अन्य स्वास्थ्यकर्मीहरू र अस्पताल व्यवस्थापन संग सम्बन्धित कारक तत्तोहरुले सेवा लाई चुनौती पूर्ण बनाउने गरेको छ । नेपालमा क्लिनिकल फार्मेसी अन्योलमा पर्नुको पछाडि धेरै कारणहरू छन्: उद्योग उन्मुख स्नातक फार्मेसी शिक्षा, स्थापित अस्पताल फार्मेसीहरूको अभाव, र अस्पताल प्रशासन र सरकारद्वारा फार्मासिस्टहरूको अपरिभाषित भूमिका र जिम्मेवारीहरू।निष्कर्षनेपाल सरकारले क्लिनिकल फार्मेसी सेवालाई दिएको मान्यताले स्वास्थ्य सेवामा यसको सम्भावनालाई उजागर गरेको छ। यद्यपि, फार्मासिस्टहरूलाई बिरामी हेरचाह भूमिकाहरूमा प्रस्तुत गर्न छोडेर फार्मेसी शिक्षा औषधि उद्योग-केन्द्रित छ, क्लिनिकल फार्मेसीलाई अगाडि बढाउनको लागि, शैक्षिक संस्थानहरूले सान्दर्भिक सीपहरू प्रदान गर्न साथै क्लिनिकल प्रयोगात्मक प्रशिक्षण प्रदान गरि आफ्नो क्षमता बढाउनुपर्छ। अन्तर्राष्ट्रिय सहकार्य र खोज तथा अनुसन्धान कार्यलाई मान्यता दिई नेपालमा क्लिनिकल फार्मेसी शिक्षा र सेवाहरूलाई अझ सुधार गर्न सक्छ।(फार्मेसी निरीक्षक शाही भेरी अस्पताल नेपालगंजका मेडिकल स्टोर तथा अस्पताल फार्मेसी प्रमुख हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेर दुई नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ निवासी राहदानी नं ०९६२१९६२ भएका श्यामलाल सुनार २०७४ सालमा एके ओभर्सिज म्यानपावरमार्फत मलेसियाको केलान्तानमा अवस्थित पेलान भन्ने स्थानमा इभर ग्रिन कम्पनीमा काम गर्दै रहेको र करिब २ वर्षदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।
सुनारको खोजीकार्य गरिदिन परिवारले नेपाली दूतावासलगायत मलेसियामा क्रियाशील नेपाली संघसंस्थालाई अनुरोध गरेको छ । यसैगरी, महोत्तरी जिल्लाको साबिक एकरहिया गाविस–७ हाल पिपरा गाउँपालिका वडा नं. २ बस्ने विनोद मण्डलका छोरा विकासकुमार मण्डल पनि ८ वर्षपहिले मलेसियाको अटा इन्डस्ट्रियल (एम) एसडीएन बीएचडी कम्पनीमा पुगेर काम गर्न थालेका थिए ।
तर, पछिल्लो दुई महिनादेखि उनी घरपरिवारसँग सम्पर्कविहीन रहेको भन्दै खोजी गरिदिन अनुरोध गरेका छन् । उनलाई कोही कसैले कतै देखेमा सम्बन्धित निकायमा जानकारी गराइदिन दूतावासले अनुरोध गरेको छ । दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थालाई आग्रह गर्ने गरेको छ ।
मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका र त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन कल आउने गरेको दूतावासले जनाएको छ । साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको जनाइएको छ ।
मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसियामा नेपाली कामदार हराएका हुन् ।
परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताउँछन् । वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ ।
विदेशी भूमिमा हराइरहेका कामदारका ’boutमा पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ छ ।
सामाग्री श्रोत :

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण बढ्दो व्यापार माहोललाई पार गर्दै चीनले गत महिनासम्मको १२ महिनाको निर्यातमा १२.४ प्रतिशतले वृद्धि भएको जनाएको छ।
यो आँकडा ब्लुमबर्गको सर्वेक्षणमा अनुमान गरिएको ४.६ प्रतिशतको तु्लनामा झण्डै तेब्बर बढी हो।
बेइजिङको सामान्य भन्सार प्रशासनका अनुसार सोही अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ।
चीनका शीर्ष नेताहरूले गत महिना पाँच प्रतिशतको हाराहारीमा वार्षिक आर्थिक वृद्धिको महत्त्वाकाङ्क्षी लक्ष्य राखेका थिए र आन्तरिक मागलाई मुख्य आर्थिक चालक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले सुस्त उपभोग र सम्पत्ति क्षेत्रमा लामो समयसम्म ऋण सङ्कटको सामना गरिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्धका कारण यो नाजुक पुनरुत्थानले नयाँ चुनौतीको सामना गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









