२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

काठमाडौं – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि उमेरहद आवश्यक नपर्ने भनी सरकारले संशोधन गरेको मापदण्ड कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानण्ड पाण्डेको एकल इजलाशले अधिवक्ता विशाल थापाले गत आइतबार सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा अल्पकालिन अन्तरिम आदेश दिँदै अहिलेलाई नियुक्ति प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो।

अधविक्ताहरू अनन्दराज लुँइटेल, विकास भट्टराई, रामकृष्ण बञ्जारा, देवेन्द्र मैनाली लगायतले संशोधित मापदण्ड कानुन विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

Ncell 2
Ncell 2

अर्थ मन्त्रालयले ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड’मा उमेरहद हटाएको थियो।

संशोधित मापदण्ड अनुसार यस्ता निकायमा नियुक्तिका लागि जुनसुकै उमेरको व्यक्ति पनि नियुक्त हुने बाटो खुलाएको थियो। यसअघिको व्यवस्थामा भने यसरी गरिने नियुक्तिका लागि न्यूनतम ३० देखि अधिकतम ६५ वर्षको उमेरहदको व्यवस्था थियो।

shivam cement
shivam cement

‘कार्यकारी प्रमुखको हकमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको’ अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनमा उल्लेख थियो। नयाँ मापदण्डमा बुँदा नम्बर ३ को (ग) बुँदा नै हटाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले संशोधित मापदण्ड केही समयका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो। अदालतले यसबारे छलफल गर्न दुवै पक्षलाई अर्को साता बाेलाएकाे छ।

सरकारले अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो।


सामाग्री श्रोत :

गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । ‘काजु’ (Kazu) नामको ह्याकर समूहले लुम्बिनी प्रदेश लोक सेवा आयोगको वेबसाइट ह्याक गरेको दाबी गरेको छ । डार्क फोरममा पोस्ट गर्दै उक्त समूहले आयोगको वेबसाइट पहुँच लिई त्यहाँबाट प्राप्त डेटा बिक्री गर्न लागेको जानकारी दिएको हो ।

ह्याकर समूहले डार्क फोरममा प्रदेश लोक सेवा आयोगको वेबसाइट (ppsconline.lumbini.gov.np) को डेटा एक हजार अमेरिकी डलर (करिब एक लाख ३७ हजार रुपैयाँ) मा बिक्रीमा राखेको उल्लेख छ ।

३१ मार्च २०२५ मा गरिएको पोस्टमार्फत ह्याकरले आयोगको ९ लाखभन्दा बढी फाइलमा पहुँच भएको र तीन लाख बढी प्रयोगकर्ताको व्यक्तिगत डेटा कब्जामा लिएको दाबी गरेको छ ।

ह्याकरका अनुसार डेटामा प्रयोगकर्ताहरूका फोटो, सिग्नेचर र परिचयपत्रको अगाडि-पछाडिको भाग समावेश छ । यद्यपि कुन किसिमको परिचयपत्र हो भन्ने खुलाइएको छैन । बिक्रीमा राखिएको डेटाको नमुनासमेत ह्याकर समूहले उपलब्ध गराएको छ । तर, त्यसलाई हेर्न क्लाउड स्टोरेज प्लेटफर्म गोफाइल (GoFile)  को प्रिमियम एक्सेस आवश्यक पर्ने बताइएको छ ।

प्रदेश लोक सेवा आयोगको वेबसाइटमा खाता खोल्दा नाम, थर, जन्ममिति, ईमेल, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला र मिति लगायतका जानकारी अनिवार्य राख्नुपर्ने व्यवस्था छ ।

यस विषयमा टेकपानाले लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता यमकान्त पाण्डेसँग सम्पर्क गर्दा उनले घटनाबारे जानकारी नभएको जवाफ दिए । ​टेकपानाले ह्याकरले दाबी गरेको वेबसाइटको लिङ्क र डार्क फोरममा पोस्ट गरिएका विवरण समेत आयोगलाई उपलब्ध गराएको छ ।

ह्याकरले ह्याक गरेको दाबी गरेपनि लुम्बिनी प्रदेश लोक सेवा आयोगको वेबसाइट अहिले सामान्य अवस्थामा चलेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १७:२६





सामाग्री श्रोत :
टेक पाना

उनी स्थानीय पुष्कर थापाको घरमा कोठा भाडामा लिएर बसेका थिए । सँगै सुतेका १३ जना बिहान ६ बजे काममा गए पनि उनी पुनः सुतेका थिए । खाना खाने समयमा पनि नउठेपछि साथीहरूले उठाउँदा मृत्यु भइसकेको अवस्थामा फेला परेको खबर आएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार साँझ ६ बजेपछि बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग करिव एक घण्टा छलफल गरेका थिए।

यसपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बिहानको बैठकमा उनीहरूबीच सत्ता गठबन्धनलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो।


सामाग्री श्रोत :

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । दक्षिण एसियाका युवा प्रतिभालाई ई-कमर्स क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले दराजले ‘दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५’ को आवेदन खुला गरेको छ ।

नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन हुने यो कार्यक्रमले भविष्यका नेतृत्वदायी क्षमता भएका स्थानीय प्रतिभालाई पहिचान गरी ई-कमर्स क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

१५ महिनाको घुम्ती प्रशिक्षण कार्यक्रममा सहभागीले कम्पनीका मुख्य विभागहरूमा प्रशिक्षण लिने अवसर पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विज्ञ तथा अनुवभि व्यक्तिहरूको मार्गदर्शनमा सहभागीले स्थानीय र अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर पाउनेछन् ।

स्नातक सकेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमता भएका युवाले यो कार्यक्रममा आवेदन दिन सक्नेछन् । 

आवेदन ८ वैशाखदेखि १४ दिनसम्म खुला रहनेछ । इच्छुक उम्मेदवारले दराजको वेबसाइटमा रहेको ‘करियर’ पेजमार्फत आवेदन दिन सक्नेछन् । विभिन्न चरणको छनोट प्रक्रियाबाट योग्य युवा छनोट गरी उनीहरूलाई प्रविधि निर्भर वातावरणमा आवश्यक सीप र अनुभव प्रदान गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीले दराजभित्र नेतृत्वदायी भूमिकामा दीर्घकालीन करियर विकासको अवसर पाउनेछन् । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक र पुरस्कारबाट सम्मान गरिने कम्पनीले जनाएको छ ।

दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १६:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैशाख १७ गते बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार बैठकमा दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको उनले बताए ।

Ncell 2
Ncell 2

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे छलफल हुने जनाइएको छ । एमाले सत्ता सहकार्य थालेको ९ महिनामै कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । बैठकमा त्यसबारे पनि छलफल हुने जनाइएको छ ।
 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। काठमाडौं उपत्यकालगायतका मलुकका विभिन्न स्थानमा पानी परेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको बताए। ‘अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन’, उनले भने, ‘बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’

महाशाखाले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको र मेघगर्जन तथा चट्याङ, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।


सामाग्री श्रोत :

काठमाडौं उपत्यकामा हल्का वर्षा

काठमाडौँ । नेपालको कानुनले निषेध गरेको अनलाइन जुवा भित्रभित्रै मौलाउँदै गएको पाइएको छ । ‘मेटाबेट’ नामक अनलाइन क्यासिनो प्लेटफर्ममार्फत नेपाली प्रयोगकर्तालाई लक्षित गरी अवैध जुवा तथा सट्टेबाजी धन्दा तीव्र पारिएको हो ।

यो प्लेटफर्मले आफूलाई एसियाकै विश्वसनीय र लोकप्रिय अनलाइन क्यासिनोको रूपमा दाबी गरेको छ । दैनिक पुरस्कार र सजिलो दर्ता प्रक्रिया रहेको प्रलोभन देखाउँदै प्रयोगकर्तालाई आकर्षित गरिन्छ ।। मेटाबेटको वेबसाइटमा भनिएको छ, “मेटाबेटले सयौं खेलहरू प्रदान गर्दछ, जसले अनलाइन सट्टेबाजीको अनुभवलाई पूर्ण रूपमा परिवर्तन गर्छ ।”

नेपालमा मेटाबेट ६३ एनपी, मेटाबेट ६३, मेटाबेट ६३ एनपीएआर डट लाइभ, एमटी६३ एनपीआर लगायत आधा दर्जन बढी वेबसाइट तथा मोबाइल एपबाट क्यासिनो गेम, बेटिङ, लाइभ डिलर जस्ता स्किम सञ्चालन हुँदै आएको देखिन्छ । यी सबै वेबसाइटको डोमेन फरक फरक राखिए पनि इन्टरफेस एउटै छ । 

अहिले मेटाबेटले एमटी६३ एनपी वेबसाइटमार्फत बढी सक्रियता देखाउँदै फेसबुकमा विज्ञापन बुस्ट गरेर प्रचार गरिरहेको छ । २१ सयभन्दा बढी फलोअर रहेको मेटा अफिसियल ६३ नामको फेसबुक पेजबाट तीन दिनअघि मात्रै एउटा भिडिओ पोस्ट गरिएको छ, जसमा ९१ लाख बढी भ्युज आइसकेको छ ।

“अब हामीसँग सामेल हुनुहोस् र सोचेभन्दा धेरै पैसा जित्नुहोस्” भन्ने क्याप्सनसहित राखिएको पोस्ट नेपालीलाई लक्षित गरी बुस्ट गरिएको छ । साथै आईपीएलको अवसर पारेर प्रचार अभियान थप तीव्र बनाइएको छ ।

मेटाबेटले सञ्चालन गर्ने वेबसाइटले सिटिजन्स बैंक, एभरेस्ट बैंक, ग्लोबल आईएमई, प्रभु बैंक, कनेक्ट आईपीएस लगायतका बैंक तथा भुक्तानी सेवा प्रदायकहरूको लोगो प्रयोग गरेर समेत प्रचार गरिरहेका छन् । अनलाइन जुवा अवैध भएकाले यी लोगोहरू अनधिकृत रूपमा प्रयोग गरिएको आशंका गरिएको छ ।

नेपालको जुवा ऐन, २०२० अनुसार देशभित्र कुनै पनि प्रकारको जुवा र सट्टेबाजी पूर्ण रूपमा अवैध छ । तर, मेटाबेटले आफ्नो वेबसाइटमा ‘np’ राखेर नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै बेटिङ प्रचार गरिरहेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता वेबसाइट बन्द गर्ने बताउँदै आए पनि मेटाबेटका वेबसाइट र एपहरू अझै खुलेआम सञ्चालनमा रहेका छन् ।

विज्ञहरूका अनुसार अनलाइन जुवाले आर्थिक समस्या, लत र सामाजिक विकृति निम्त्याउने जोखिम उच्च रहेको छ । आकर्षक बोनस र पुरस्कार देखाएर आर्थिक रूपमा कमजोर वर्गलाई प्रलोभन दिने यस्ता प्लेटफर्मले समाजमा नकारात्मक असर पुर्‍याउने चेतावनी उनीहरूले दिएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १६:४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन्।

त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन्।

Ncell 2
Ncell 2

यसअघिका उपकुलपति प्राडा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

shivam cement
shivam cement

पर्वत मोदी गाउँपालिका-५, का केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विज्ञ हुन्। यसअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उनको काम उत्कृष्ट मानिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट