

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।
नेपाल महिला संघ केन्द्रीय समितिले विधानअनुसार कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको भन्दै २० केन्द्रीय सदस्यले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सामूहिक राजीनामा बुझाएका हुन्।
राजीनामा बुझाउनेमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जीता गिरी, डा सीता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बराकोटी, नवोदिता चौधरी, भगवती केसी, मीरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लीलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटुवाल र पार्वती आचार्य रहेका छन्।
उनीहरुले पारदर्शी ढङ्गले संगठनका क्रियाकलापलाई अगाडि बढाउन नसकेको र संगठनको साख क्रमशः ओरालो यात्रामा लागेको भन्दै सामूहिक राजीनामा दिएका हुन्।
सामाग्री श्रोत :
रूपन्देही । विभिन्न कामका लागि नाता प्रमाणित गर्नुपर्नेदेखि नागरिकता लगायतका महत्त्वपूर्ण सिफारिसका लागि वडा कार्यालयको सिफारिस लिनुपर्ने हुन्छ । यो सुविधा लिनका लागि वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता छ । तर, रूपन्देहीको शुद्धोदन गाउँपालिकामा भने सेवाग्राहीहरू सिफारिस लिन वडा कार्यालय धाउनु पर्दैन ।
गाउँपालिकाले वडा वडामा उपलब्ध गराएको ई-सिफारिस सेवामार्फत उनीहरू घरबाटै सिफारिस माग गर्न सक्छन् । शुद्धोदन गाउँपालिकाका ई-सिफारिस संयोजक सरोज ढकालका अनुसार २०७९ को चैतदेखि ई-सिफारिस सेवा सुरु गरिएको हो ।
उनले भने, “घरमै बसेर लाभग्राहीले नाता प्रमाणीकरणका लागि फाराम भर्न सक्नु हुन्छ । त्यसपछि वडा सचिवलाई नोटिफिकेसन जान्छ । उहाँले फाराममा भएका कागजात ठीक छन् की छैनन् भनेर रुजु गर्नुहुन्छ । कुनै कागजात पुगेको छैन भने एपबाट नै सेवाग्राहीलाई सम्पर्क गर्नुहुन्छ । बाँकी आवश्यक कागजात पनि पुरा भएपछि एक दुई घण्टामा नै बन्छ । सिफारिस तयार भएपछि सिधै उहाँहरूको मोबाइलमा सिफारिस आउँछ ।”
स्थानीय तारा केसीले ई-सिफारिसका कारण धेरै सहज भएको बताइन् । कामको सिलसिलामा सहर वा विदेशमा रहेका व्यक्तिहरूले पनि अनलाइनबाट नै सिफारिस लिनसक्ने भएकाले निकै सहज भएको उनको भनाई छ ।
उनी भन्छिन्, “मोबाइल चलाएर नै सिफारिस लिन सकिने भएकाले पैसा र समयको पनि बचत भएको छ ।” मोबाइल एप प्रयोग गर्न नजान्ने नागरिकहरूलाई भने गाउँपालिकाले नै ई-सिफारिस सेवा उपलब्ध गराउँछ । यसका लागि गाउँपालिकाले वडा वडामा स्वयंसेवक राखेको छ ।
सिफारिस लिन वडामा पुगेका सेवाग्राहीहरू पनि एक पटक सिकेर गइसकेपछि धेरैजसोले अर्को पटकदेखि आफैले घरबाट नै फाराम भर्ने गरेको वडा नं ५ का स्वयंसेवक मनिष गैरे बताउँछन् ।
उनी भन्छन्, “ई-सिफारिस एउटा यस्तो अनलाइन प्लेटफर्म हो, जसबाट हामीले वडा कार्यालयबाट हुने हरेक कामहरू घरबाटै गर्न सकिन्छ । तर, यसको बारेमा धेरैले बुझ्नुभएको छैन ।”
स्थानीयलाई यस एपको बारेमा व्यापक रूपमा जानकारी दिन अति आवश्यक रहेको उनले बताए । “स्मार्ट पालिका एपबाट घरमै बसेर सिफारिसका लागि आवेदन दिन सकिन्छ भनेर जानकारी गराउनुपर्छ । त्यसमा डकुमेन्ट कसरी अट्याच गर्नुपर्छ भनेर सर्वसाधरणलाई जानकारी नहुन सक्छ । यस विषयमा सर्वसाधारणलाई जानकारी गराउनुपर्छ,” उनले भने । सर्वसाधाणलाई ई-सिफारिस कसरी प्रयोग गर्ने भन्ने सिकाउनमा आफ्नो वडाले राम्रो काम गरिरहेको उनले बताए ।
पालिकालाई भौतिक कागजात रहित बनाउने उद्देश्य सहित शुद्धोदन गाउँपालिकामा ई-सिफारिस सेवा सुरु भएको हो । यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा द एसिया फाउन्डेसन अन्तर्गत डेटा फर डेभलपमेन्ट परियोजना मार्फत यो सेवा गाउँपालिकामा उपलब्ध गराइएको हो । यसको लागि सेल एप नामक कम्पनीले एप व्यवस्थापनको काम गरिरहेको छ ।
गाउँपालिकामा गएको ३० मङ्सिरदेखि हालसम्म दर्जनौँ सिफारिस पत्र ई-सिफारिस प्रणाली मार्फत नै उपलब्ध गराइएका छन् । इन्टरनेट सुविधाको अभाव र सेवाग्राहीहरू अनलाइन सेवामा अभ्यस्त नहुनु जस्ता समस्याका कारण केही स्थानहरूमा भने यो प्रणाली विस्तार गर्न समस्या भएको वडा नं ५ का अध्यक्ष चन्द्रभान चौधरी बताउँछन् ।
तर पनि वडा कार्यालयबाट नागरिकलाई यसबारे सिकाउने र बुझाउने काम निरन्तर भइरहेको उनको भनाइ छ । उनी भन्छन्, “नेटवर्कको लागि वडा र गाउँपालिका मिलेर पहल गर्नुपर्छ । प्रत्येक वडामा कम्प्युटर सञ्चालनसँग सम्बन्धित सीप पनि दिइरहेका छौँ । यसले पनि ई-सिफारिसमा सहयोग पुर्याउन सक्छ भन्ने विश्वास लिएका छौँ ।”
ई-सिफारिस प्रणालीमा थप नागरिकलाई जोड्न जनचेतना दिने र तालिमहरू सञ्चालन गराउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल बताउँछन् । तर ई-सिफारिस पूर्ण रूपमा कार्यान्वयन हुनका लागि अझै केही समय लाग्न सक्ने उनले बताए ।
उनले भने, “गाउँपालिकाभित्र रहेका ७२ ओटै टोल विकास समितिमा पुगेर ई-सिफारिस के हो र यसले कसरी काम गर्छ भन्ने जानकारी दिनुपर्छ । स्थानीयहरू मोबाइल तथा ल्यापटप चलाउन नसक्ने भएकाले पनि यसको विस्तारमा केही समस्या आएको छ ।”
यो “स्थानीय सरकार, स्मार्ट सेवा” शृंखलामा हामी स्थानीय सरकारले अभ्यास गरिरहेका नवीनतम् प्रविधि र यसले नागरिकको सेवा प्रवाहमा गरेको सहजीकरणलाई प्रस्तुत गरिरहेका छौँ । यो शृंखला द एसिया फाउण्डेसन, डेटा फर डेभलपमेन्टको सहयोगमा टेकपानाले तयार पारेको हो । यस शृंखलाको दोस्रो भागमा हामीले ई-सिफारिस प्रणालीको प्रयोगले रूपन्देहीको शुद्धोदन गाउँपालिमा पारेको प्रभावको विषयमा चर्चा गरेका छौँ । शृंखलाको पहिलो तलको लिंकमा उपलब्ध छ । बाँकी भागहरू क्रमशः प्रस्तुत हुनेछन् ।
भाग-१
ज्याम्सः स्थानीय तहहरूलाई न्याय निरूपणमा सघाउने र नागरिकलाई सहज बनाउने अनलाइन सेवा
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १८:३६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ –मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ।
यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न महाशाखाले किसानलाई सुझाइएको छ।
मौसमविद् हरि प्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताए।
पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए अग्लो/उकास ठाउँ अथवा शेडभित्र सुकाउन र काट्नैपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन महाशाखाले सुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री एवं प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आमनागरिकमा आग्रह गरेका छन्। पछिल्लो केही दिनयतादेखि वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व भइरहेकाले उनले आज सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकलाई आग्रह गरेका हुन्।
ऐतिहासिक क्रान्तिको सहर वीरगञ्जको मौलिक पहिचान धार्मिकस्थल, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले उल्लेख गरेका छन्।
मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहिआएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखापर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादका माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको बताएका छन्।
केही दिनदेखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पुर्याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोडफोड गर्ने, आगो लगाउने वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुनबमोजिम काम गर्नुपर्नेमा जोड दिइएको छ।
मन्त्री यादवले भनेका छन्, ‘विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरी शान्ति स्थापित गर्ने प्रयासमा छु। वीरगञ्ज क्षेत्रका सबै नागरिकसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र आग्र गर्दछु। म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ।’
सामाग्री श्रोत :
काठमाडौँ । नेपालका प्रमुख अटोमोबाइल व्यवसायीहरूको नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर एसोसिएसन (नाइमा) को औपचारिक घोषणा भएको छ । लामो समयदेखि नाडा अटोमोबाइल्स एसोसिएसनसँग आबद्ध व्यवसायीहरूले नै मिलेर नयाँ संस्था गठन गरेका हुन् ।
यो संस्थामा सवारीसाधन आयात गर्ने र उत्पादन वा एसेम्बल गर्ने कम्पनीहरू सदस्यका रूपमा रहने बताइएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमबिच संस्थाको नेतृत्व र बोर्ड सदस्यहरूको घोषणा पनि गरिएको थियो । संस्थाको नेतृत्वमा युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य रहेकी छिन् भने संस्थापक बोर्ड सदस्यको रूपमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीपकुमार सारडा, निराकार श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन्।
संस्थाको औपचारिक घोषणाका नै दिन संस्थाले २१-२५ साउनसम्म ‘नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । यससँगै अब नेपालमा पहिलो पटक दुई ओटा पृथक् अटो शोहरू हुने निश्चित भएको छ- एक नाडा अटो शो, जुन भदौ ३ गतेदेखि सुरु हुँदैछ, र अर्को नाइमाले आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पो । नाडा अटो शोमा यो पटक विद्युतीय सवारी साधनहरूलाई प्राथमिकतामा राखिने भएको छ । नाडाले यसका लागि स्टल बुकिङ पनि खुलाइसकेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १९:२४
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली लोकदोहोरी संगीत अहिलेको समयको मुख्य धार बन्न पुगेको छ। यही लोकप्रियताको शिखरमा समीप इन्टरटेन्मेन्टले नयाँ लोकदोहोरी गीत ‘यूके लान्छु’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ, जसले परदेशी नेपालीको भावना र पारिवारिक सम्बन्धको गहिरो कथा बोकेको छ।
गीतको कथावस्तु युकेमा बस्ने एक लाउरेको जीवन र उनी आफ्नी प्रेमिकालाई सम्झिँदै बहिनीको विवाहमा स्वदेश फर्कंदा भोग्ने भावनात्मक क्षणहरूमा आधारित छ। भिडियोमा ती पलहरूलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जसले परदेशमा बस्ने धेरै नेपालीको मन छोएको छ।
गीतमा गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। अभिनयमा सुनिल न्यौपाने र चर्चित अभिनेत्री गरिमा शर्माले प्रमुख भूमिका निर्वाह गरेका छन्। साथै सहायक कलाकारहरूमा सरोज पौडेल, भीमार्जुन ओली, निकसन लोहनी, ईश्वर श्रेष्ठ, र बहिनीको भूमिकामा रविना पाण्डे देखिएका छन्।
गीतका शब्द र संगीत गायक सचिन भट्टराई स्वयंले तयार पारेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्। प्राविधिक पक्षमा पनि गीत उच्च स्तरको देखिन्छ।
छायांकन हरी हुमागाईं कोरियोग्राफर रोशन विश्वकर्मा,मेकअप दिपु पौडेल,सम्पादन तथा रङ संयोजनस् दिल्सन शाह सह–निर्देशन सुनिल बुढाथोकी,प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने र निर्माणस् मिना बर्तौलाको रहेको छ ।
गीतको निर्देशन दिलीप समनले गरेका छन्, जो हाल नेपाली संगीत भिडियो निर्देशनमा निकै चर्चामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ।सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागु गर्ने निर्णय गरेका स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा रहने गरी युनिक हेल्थ आइडी निर्माणको तयारी थालेका छन् ।यसका लागि बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेका छन्।समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा, कानून तथा फैसला कार्यान्वयन महाशाखा तथा पञ्जिकरण विभागका प्रतिनिधि छन् ।यसैगरी सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बीमा बोर्ड, विश्व स्वास्थ्य संगठन तथा नेपाल उद्योग परिसंघका प्रतिनिधि पनि समितिमा छन् ।समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी छन् ।समितिलाई स्वास्थ्य पहिचान नम्बर श्रृजना गर्ने विधि, प्रक्रिया तथा अल्गोरिदम अध्ययन गरि प्रस्ताव गर्न कार्यादेश दिइएको छ।यसैगरी राष्ट्रिय परिचय पत्र, स्वास्थ्य बीमा प्रणाली तथा नेपाल सरकारबाट जारी भएका मान्यता प्राप्त परिचय पत्रसँग आवश्यक अनुसन्धान गर्न पनि भनिएको छ ।मन्त्रालया प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिए पछि थप प्रक्रिया अघि बढ्नेछ ।विश्वका विभिन्न देशमा हरेक व्यक्तिको अलग्गै स्वास्थ्य परिचय नम्बरको व्यवस्था गरिएको छ । यसले व्यक्तिका स्वास्थ्य सम्बन्धी सबै विवरण एकतृत हुने र यसले उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्यांकका आधारमा कार्यक्रम र योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरुको भनाइ छ।समितिका सदस्य इञ्जिनियर न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागु हुन सके मद्द्त पुग्ने बताउँछन् ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकारमा कुनै समस्या नरहेको बताएका छन्।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकार र गठबन्धनको आयुलाई लिएर बाहिर आइरहेका टिप्पणीमा कुनै सत्यता नरहको बताएका हुन्।
‘हाम्रो बीचमा कुनै समस्या छैन। सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको कुरा असत्य हो,’ उनले भने। गभर्नर सिफारिसबारे समितिले प्रक्रिया अघि बढेर छिट्टै टुंग्याउने पनि उनले जानकारी दिए।
सामाग्री श्रोत :
उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीको प्रतिक्रिया- सरकारमा कुनै समस्या छैन
काठमाडौँ । एनसेलले पहिलो पटक दिनको ३९ रुपैयाँ मूल्यमा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा पाउन सकिने प्याकसहित अन्य विभिन्न नयाँ प्याकहरू ल्याएको छ । ग्राहकहरू माझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याक ल्याएको हो ।
भ्वाइस सेवामा, एनसेलले ५९९ रुपैयाँसम्मका ६ ओटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ । जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दैनिक २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् ।
एउटा एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य हुने अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन् । जसको मूल्य ५० रुपैयाँ रहेको छ । त्यसैगरी ५९९ रुपैयाँमा करिब तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम समेत प्राप्त गर्न सकिनेछ ।
भारतमा फोन गरी सम्पर्कमा रही रहने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेसनल लङ डिस्ट्यान्स (आइएलडी) प्याक ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रति मिनेट २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो भएको कम्पनीले बताएको छ ।
यस्तै ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्नेछन् । २,४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरूले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् ।
साथै सधैँ अन प्याकअन्तर्गत, एनसेलले १,९९९ रुपैयाँमा २८ दिनसम्म मान्य हुने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक सञ्चालनमा ल्याएको छ । त्यसैगरी, १,१९९ रुपैयाँमा ८४ दिनका लागि १,१९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस रहेको अर्को प्याक पनि उपलब्ध छ ।
ग्राहकहरूले यी प्याकहरू *१२३# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् । “यी नयाँ अनलिमिटेड भ्वाइस, डेटा र अन्य प्याकहरूमार्फत हामी सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौँ । हामी हाम्रा ग्राहकलाई उनीहरूको डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध छौँ,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १९:४७
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सत्तारुढ नेकपा एमाले र कांग्रेसको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले र कांग्रेसका नेताहरु उपस्थित छन् ।
बैठकमा पछिल्लो समयको राजनीतिक विषय र सरकारका कार्य सम्बन्धमा छलफल भइरहेको बताइएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।
त्यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् । यद्यपि बैठकमा कांग्रेस महामन्त्री गगन थापा भने सहभागी छैनन् । उनी सरकारका कामलाई लिएर पछिल्लो समय आलोचना गर्दै आएका छन् । थापा आज पार्टीको क्षेत्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्न बारा पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









