
काठमाडौं- दन्त चिकित्सकको संख्या जनसंख्याको अनुपातमा अहिले नै धेरै रहेको बताउँदै मेडिकल कलेजमा सिट संख्या नबढाउन माग गरिएको छ। चिकित्सा शिक्षा आयोगले निजि मेडिकल तथा डेन्टल कलेजको सिट बढाउने विषयमा समेत कार्यदल गठन गरेकोमा ध्यानाकर्षण भएको नेपाल डेन्टल एशोसिएसनले बताएको छ। भनिएको छ, ‘नेपाल मेडिकल काउन्सिलको अनुसार हाल नेपालमा आज को मिति सम्म दर्ता ५५०० दन्त चिकित्सक र ८२० दन्त बिशेसज्ञ रहेको र सो संख्यालाई नेपालको जनसंख्या संग दाँज्दा दन्त चिकित्सक जनसंख्या अनुपात ५५०० पुगेको छ | विश्व स्वास्थ्य संगठन अनुसार उक्त अनुपात ७५०० हुनु पर्नेमा हामी अहिलेको अवस्थामै सो संख्या नाघिसकेका छौं।’प्रत्येक बर्ष ६०० जना दन्त चिकित्सकहरु अहिले पनि उत्पादन हुदै आएको र अब आउने ५ बर्षमा भर्ना भैसकेका बिद्यार्थीहरु उतिर्ण हुदा ३००० दन्तचिकित्सक थपिने र सो अनुसार सन् २०३० सम्म दन्त चिकित्सक को संख्या ८५०० हुने हिसाब निकालिएको छ। नेपालको बार्षिक जनसंख्या बृद्धिदर १.१८ प्रतिशतलाई हेरेर प्रक्षेपण गर्दा सन् २०३० मा नेपालको जनसंख्या र दन्त चिकित्सकको उतपादनको आधार अनुपात ३८०० पुग्ने उल्लेख छ। जुन अहिलेको अवस्था भन्दा पनि नाजुक हुने बताइएको छ। ‘यो संख्या विश्व स्वास्थ्य संगठनले सुझाव दिएको संख्या भन्दा दोब्बर हुन जान्छ | यो आकलनहरु नेपाल डेन्टल एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९-२०८७ को निर्माणको बेलामा पनि जानकारी गराइएको बताइएको छ। ‘मेडिकल तथा डेन्टल कलेज संचालकहरुको अगाडी नेपाल सरकार , चिकित्सा शिक्षा आयोग आफैले प्रक्षेपण गरेको आकलनलाइ नजरअन्दाज नगर्न , नझुक्न र बीडीएसको सिट नबढाउन सुझाव दिन चाहन्छौं। सुझाव अनुसार कार्यन्वयन नभएमा नेपाल डेन्टल एसोसिएसन कडा कदम चाल्न बाध्य हुनेछौं,’ महासचिव डा विश्वप्रकाश ठाकुर हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’को सार्वजनिक गरिएको छ। नेपाली सांगीतिक क्षेत्रका विशिष्ट संगीतकर्मी न्ह्यू बज्राचार्यले संगीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ।
नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियो बुधवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको हो, जसका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन्। एरेन्जरको रूपमा गोपाल रसाइली, कार्यकारी निर्माताको रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन्।
यसको भिडियो निर्देशन बिमलेश अधिकारीले गरेका छन्, जसले सयौँ म्युजिक भिडियो र दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका छन्। अधिकारीले निर्देशन गरेको यो पाँचौँ म्युजिक भिडियो हो। भिडियोमा अभिनेत्री सनिशा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय रहेको छ। कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायांकन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन्।
समारोहमा वरिष्ठ गायक विकास राणा, वरिष्ठ कवि तथा साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, तथा अभिनेता प्रशान्त ताम्राकारसहित विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सामाग्री श्रोत :
न्ह्यूको संगीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक
काठमाडौँ । आजको डिजिटल युगमा अनलाइन अकाउन्ट धेरै हुने भएकाले पासवर्ड व्यवस्थापन गर्नु आफैँमा गाह्रो हुन्छ । यसैले धेरै प्रयोगकर्ताहरू गुगल पासवर्ड म्यानेजर जस्ता टुलहरूमा भर पर्छन् । तर के तपाईँका यस्ता संवेदनशील जानकारी साँच्चै सुरक्षित छन् त ? आउनुहोस्, गुगलले पासवर्ड र पासकी सुरक्षाको लागि प्रयोग गर्ने विधिहरू बारे चर्चा गरौँ:
गुगल पासवर्ड म्यानेजरले तपाईँका सुरक्षित गरिएका पासवर्डहरू र पासकीहरूलाई एक युनिक की प्रयोग गरेर इन्क्रिप्ट गर्छ । इन्क्रिप्सन भनेको तपाईँको जानकारीलाई गोप्य कोडमा बदल्ने प्रक्रिया हो, जसले गर्दा अरू कसैले पनि पढ्न नसकोस् । यसरी इन्क्रिप्ट गरिएको जानकारी पढ्न लागि त्यही युनिक की चाहिन्छ ।
हाल गुगलले दुई तरिकाले पासवर्ड इन्क्रिप्ट गर्दै आएको छ; एक स्ट्यान्डर्ड पासवर्ड इक्रिप्सन अनि अर्को अन-डिभाइस इन्क्रिप्सन।
स्ट्यान्डर्ड पासवर्ड इक्रिप्सन
आजकल, तपाईँका सुरक्षित गरिएका पासवर्डहरू नेटवर्कमा पठाउँदा र गुगलमा सुरक्षित गर्दा इन्क्रिप्ट हुन्छन् । पासवर्डमा पहुँच गर्न प्रयोग गरिने इन्क्रिप्सन की सुरक्षित रूपमा तपाईँको गुगल अकाउन्टमा स्टोर गरिएको हुन्छ । जब तपाईँ passwords.google.com मा, तपाईँका उपकरणमा वा क्रोम सेटिङमा पहुँच गर्नुहुन्छ, गुगलले यो की प्रयोग गरेर तपाईँका पासवर्डहरू डिक्रिप्ट गर्छ ।
साथै, पासवर्ड चेकअपमार्फत कुनै सुरक्षा समस्या छ कि छैन भनेर तपाईँका पासवर्डहरू चेकजाँच गरिन्छ । यस प्रकारको इन्क्रिप्सनको अर्थ हो कि तपाईँले आफ्नो डेटा सुरक्षित राख्न गुगललाई विश्वास गर्नुहुन्छ । किनकि त्यस्तो की की गुगलसँग हुन्छ । यदि तपाईँले आफ्नो गुगल अकाउन्टको पासवर्ड गुमाउनुभयो भने तपाईँले सुरक्षित गरिएका पासवर्डहरूको पहुँच पनि गुम्ने जोखिम हुन्छ । आफ्नो अकाउन्ट रिकभरी फोन नम्बर र ईमेल अप-टु-डेट राख्नाले पासवर्ड बिर्सिएको खण्डमा आफ्नो अकाउन्टमा पुनः पहुँच प्राप्त गर्न सघाउ पुग्छ ।
अन-डिभाइस इन्क्रिप्सन
अन-डिभाइस इन्क्रिप्सन सेट अप गर्नु भयो भने तपाईँका पासवर्ड र पासकीहरू तपाईँको गुगल पासवर्ड वा फोन वा ट्याब्लेटमा राखिएको स्क्रिन लक प्रयोग गरेर मात्र अनलक गर्न सकिन्छ । यसको मतलब तपाईँका इन्क्रिप्टेड डेटामा तपाईँ बाहेक अरू कसैले पहुँच पाउन सक्दैन । यसमा इन्क्रिप्सन की तपाईँसँगै हुन्छ । तर याद राख्नुहोस् यदि तपाईँले यस्तो की गुमाउनुभयो भने आफ्नो डेटा पनि गुमाउन सक्नुहुन्छ ।
अन-डिभाइस इन्क्रिप्सनले तपाईँलाई आफ्नो डेटा लक र अनलक गर्ने विभिन्न तरिकाहरू सेट अप गर्ने विकल्प दिन्छ । जस्तै तपाईँको पासवर्ड वा पासकी, जसले गर्दा तपाईँले आफ्नो डेटामा पहुँच गुमाउने सम्भावना कम हुन्छ । यो सुविधा पासवर्ड र पासकीहरूमा मात्र लागु हुन्छ ।
एक पटक अन-डिभाइस इन्क्रिप्सन सेट अप गरिसकेपछि यसलाई हटाउन सकिँदैन । समयसँगै, पासवर्ड सुरक्षालाई मद्दत गर्न यो सुरक्षा उपाय भविष्यमा सबैका लागि अनिवार्य गरिने बताइएको छ ।
गुगल पासवर्ड वा पासकी गुमाउँदा हुन सक्ने जोखिम
यदि तपाईँले आफ्नो गुगल अकाउन्टको पहुँच गुमाउनुभयो भने, तपाईँले सुरक्षित गरिएका पासवर्ड वा पासकीमा पहुँच गुमाउने जोखिम हुन्छ । आफ्नो अकाउन्ट रिकभरी फोन नम्बर र ईमेल अप-टु-डेट (अद्यावधिक) राख्नाले साइन इन गर्न नसकेको खण्डमा आफ्नो अकाउन्टमा पुन: पहुँच प्राप्त गर्न मद्दत गर्न सक्छ ।
यदि तपाईँले आफ्नो गुगल पासवर्ड र डिभाइसको स्क्रिन लक जस्ता सबै रिकभरी विकल्पहरू गुमाउनुभयो भने, तपाईँले आफ्ना सबै पासवर्ड पनि गुमाउनु हुनेछ । यदि तपाईँले आफ्नो गुगल अकाउन्ट साइन इन भएको र पासवर्ड सुरक्षित गरिएको सबै डिभाइसहरूमा पहुँच गुमाउनुभयो भने पनि यस्तै हुन्छ ।
यदि तपाईँले आफ्नो पासवर्डमा पहुँच गुमाउनुभयो र फेरि गुगल पासवर्ड म्यानेजर प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईँले passwords.google.com/encryption/reset मा गएर टर्न अफ छनोट गरी सबै सुरक्षित गरिएका पासवर्डहरू मेटाउनुपर्ने हुन्छ । त्यसपछि तपाईँले अन-डिभाइस इन्क्रिप्सन पुनः सेट अप गर्न सक्नुहुन्छ । यो चाहिँ वैकल्पिक उपाय मात्र हो ।
पासकीको हकमा, यदि तपाईँसँग आफ्नो पासवर्डको पहुँच छ, तर पासकी बिर्सिनु भयो भने तपाईँले आफ्नो क्रोम सर्भर साइड डेटा रिसेट गर्नुपर्ने हुन्छ । क्रोमले कस्तो डेटा स्टोर गर्छ भन्ने बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
यसमा तपाईँका सुरक्षित गरिएका पासवर्ड र पासकीको अतिरिक्त बुकमार्कहरू र क्रोम सेटिङ समेत समावेश हुन्छन् । यका लागि chrome.google.com/sync मा गएर क्लियर डेटा छनोट गर्नुहोस् र आफ्नो डिभाइसमा क्रोममा सिंक अन गर्नुहोस् । पासकीमा पहुँच बनाउनको लागि स्क्रिन लक सेटअप अनिवार्य हुन्छ ।
नयाँ डिभाइसको हकमा
नयाँ डिभाइसबाट आफ्ना पासवर्ड वा पासकीमा पहुँच गर्न धेरैजसो अवस्थामा तपाईँले आफ्नो गुगल अकाउन्टमा साइन इन गरे पुग्छ । पासकीहरूको लागि तपाईँलाई आफ्नो इन्क्रिप्टेड डेटामा पहुँच पाउनु अघि स्क्रिन लक सोधिन्छ ।
गुगलले तपाइँंका सुरक्षित गरिएका पासवर्ड वा पासकीहरू सधैँ रिकभर गर्न सक्ने कुरा सुनिश्चित गर्न रिकभरी विकल्पहरू थप्न सिफारिस गरेको छ । हाल, तपाईँ आफ्नो गुगल पासवर्ड प्रयोग गरेर एन्ड्रोइड डिभाइसमा इन्क्रिप्टेड डेटामा पहुँच पाउन आफ्नो स्क्रिन लक प्रयोग गर्न सक्छन्। भविष्यमा थप रिकभरी विकल्पहरू थपिने बताइएको छ ।
रिकभरी जानकारी अप-टु-डेट राख्न नभुल्नु होस्
गुगल पासवर्ड म्यानेजर प्रयोग गर्दा तपाईंको डेटा इन्क्रिप्टेड भए तापनि बलियो पासवर्ड प्रयोग गर्न र आफ्नो रिकभरी जानकारी अप-टु-डेट राख्न आवश्यक छ । अन-डिभाइस इन्क्रिप्सनले थप सुरक्षा प्रदान गर्दछ । किनकि यसमा की प्रयोगकर्तासँग मात्र हुन्छ । तर यसको बेफाइदा के छ भने यदि की हरायो भने डेटा पनि हराउन सक्छ । प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता र जोखिमको अवस्था अनुसार इन्क्रिप्सनको विधि छनोट गर्न सक्छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १५:३३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– रास्वपाको केन्द्रीय समिति बैठकमा आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएकोबारे सुमना श्रेष्ठले जानकारी गराएकी छिन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा श्रेष्ठले आफूले दिएको राजीनामाबारे जानकारी गराएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले सभापति रवि लामिछानेलाई सहमहामन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएकी छिन् ।
यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढाइने कुरा कार्यवाहक सभापति डीपी अर्यालले बैठकमा बताएको झाले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आवासीय चिकित्सक (रेसिडेन्ट डाक्टर) लाई निर्वाह भत्ता ४८ हजार दिने निर्णय कार्यान्वयन गराउन निर्देशन दिएका छन्। निजी मेडिकल कलेजलाई उक्त निर्णय कार्यान्वयनका लागि पुनः सर्कुलर पठाउन समेत निर्देशन दिएका छन्। बुधबार आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति डा मंगल रावललगायतले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। उक्त भेटमा यसअघि गरिएको उक्त निर्णय जसरी पनि कार्यान्वयन गर्नुपर्ने बताएको डा रावले बताए। उनले भने, ‘आवासीय चिकित्सकलाई ४८ हजार निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा दबाब सृजना गर्ने उद्देश्यले म पनि गएको थिएँ। तर, उक्त निर्णयका विषयमा प्रधानमन्त्रीज्यू स्पष्ट हुनुहुन्छ। उहाँले उक्त निर्णय कार्यान्वयन गराएरै छाड्ने बताउनुभएको छ।’ आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले आयोगका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निर्देशनअनुसार दोहोर्याएर सर्कुलर पठाइएको जानकारी दिए। उनले भने, ‘निर्णय कार्यान्वयन गर्नु तथा गराउनु भनेर आज पनि सर्कुलर पठाएका छौं। यसअघि पनि पठाएका हौं।’उक्त निर्णय कार्यान्वयन नभएपछि आवासीय चिकित्सक आन्दोलित छन्। निजी मेडिकल कलेजले ४८ हजार रुपैयाँ दिन सक्ने आफ्नो अवस्था नभएको बताउँदै एमबीबीएस सिट संख्या बढाउनुपर्ने माग राखेका छन्। निजी मेडिकल कलेजको भनाइअनुसारको अवस्था भए/नभएको जाँच गर्न कमिटी गठन भएको प्रधानमन्त्री ओलीको भनाइ छ। समितिले शुल्क कार्यान्वयन तथा एमबीबीएसको सिट संख्या बढाउने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ। आगामी १५ गतेका लागि अर्को बैठक तय गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

त्रिवेणी (रुकुम–पश्चिम)। जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब–भत्ता पाउन सकेका छैनन्। गत कात्तिक महिनादेखि हालसम्म तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ।
स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जिल्लामा बजेट आउने गरेकोमा गत कात्तिक महिनादेखि बजेट नआउँदा छात्रवृत्ति करारमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको अस्पतााल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिए।
उनका अनुसार यस विषयमा पटकपटक कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्र पठाए पनि सुनवाइ भएको छैन। मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको तलब भत्ता नपाएको उनले जानकारी दिए। स्वास्थ्यकर्मीहरुले आफूहरुले काम गरेको पारिश्रमिक नपाएपछि जिल्ला अस्पताल, सामाजिक विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य विभागलाई पत्रमार्फत ध्यानाकर्षण गराएका छ्न्। साथै तलब–भत्ता नपाएसम्म अस्पतालको आपतकालीन बाहेकको सेवा बन्द गरेका छन्।
मंगलबार जिल्ला अस्पताल विकास समितिले रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभामा प्रतितिधित्व गर्ने सांसदसँग भेटघाट गरी तलब भत्ता पाउन नसकेको गुनासो पोखेका थिए। तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत सात, डेन्टल सर्जन दुई र जनस्वास्थ्य अधिकृत तीन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । यदि तपाईँ अमेरिकाको यात्रामा जाँदै हुनुहुन्छ भने बर्नर फोन वा बार फोन प्रयोग गर्नु बुद्धिमानी हुन सक्छ । बर्नर फोन भनेको के हो र यसलाई कसरी प्राप्त गर्ने भन्नेबारे एकैछिनमा चर्चा गर्ने छौँ ।
यदि तपाईँ अमेरिका भ्रमण गर्दै हुनुहुन्छ वा अमेरिकाबाट बाहिर गएर फेरि भित्र आउँदै हुनुहुन्छ भने तपाईँले आफ्नो व्यक्तिगत जानकारी नभएको बर्नर फोन वा बार फोन लिने बारे सोच्नुपर्ने हुन सक्छ । किनभने अमेरिकी सीमा सुरक्षा बल (US Customs and Border Patrol) का अधिकारीहरूले मोबाइल फोनहरू चेकजाँच गर्ने घटना बढ्दै गएका छन् । केही रिपोर्ट अनुसार, अधिकारीहरूले फोनमा भेटिएका अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी विचारका आधारमा मानिसहरूलाई अमेरिका प्रवेश गर्न नदिएको वा फोन जफत गरेको समेत पाइएको छ ।
एउटा घटनामा फ्रान्सका एक वैज्ञानिक सम्मेलनका लागि अमेरिका प्रवेश गर्दा डोनल्ड ट्रम्प प्रशासनको आलोचना गर्ने सन्देशहरू भेटिएपछि उनलाई रोकिएको र प्रवेशाज्ञा दिन अस्वीकार गरिएको बताइएको छ । यसरी हुने फोनको चेकजाँच कत्तिको जटिल छ अथवा मानिसहरूलाई अन्य कारणले पनि रोकिएको हो कि होइन भन्ने त्यति स्पष्ट छैन ।
त्यसो त यात्रामा नभएको बेलामा पनि बर्नर फोन उपयोगी हुन सक्छ । जस्तै अनावश्यक कलहरू कम गर्न । यद्यपि मोबाइल सेवा प्रदायकहरूले सन् १९९० देखि नै प्रिपेड फोनहरू उपलब्ध गराउँदै आएका छन्, तर बर्नर फोन भन्ने शब्द २००० को दशकमा एचबीओको चर्चित सिरिज ‘द वायर’ बाट लोकप्रिय भएको हो ।
त्यसमा पात्रहरूले प्रहरीबाट बच्न बर्नर फोन प्रयोग गर्थे । अक्सर अपराधीहरूले मात्र प्रयोग गर्ने रूपमा चित्रण गरिएको भए पनि, बर्नर फोनहरू गोपनीयताको बढ्दो चिन्ताका कारण तपाईँका लागि पनि उपयोग हुन सक्छन् ।
बर्नर फोन भनेको के हो ?
साधारण रूपमा भन्नुपर्दा यो सस्तो प्रिपेड फोन हो । यसमा निश्चित मात्रामा प्रिपेड टक टाइम, टेक्स्ट मेसेज वा डेटा हुन्छ र प्रयोग गरिसकेपछि फ्याँक्न मिल्ने गरी बनाइएको हुन्छ । बर्नर फोनहरू सर्त रहित हुन्छन् र तपाईँले सजिलै किन्न सक्नुहुन्छ ।
यी फोनहरूलाई बर्नर फोन भनिन्छ किनकि तपाईँले प्रयोग गरेपछि “बर्न” अर्थात् फ्याँक्न सक्नुहुन्छ । र फोनको आधारमा तपाईँलाई पत्ता लगाउन नसकिने हुन्छ । जसले गर्दा यो अपराधीहरूका लागि आकर्षक मानिन्छ । बर्नर फोनहरू प्रायः तत्काल फोन चाहिएको बेला प्रयोग गरिन्छ, जसमा दीर्घकालीन रूपमा प्रयोग गर्ने उद्देश्य हुँदैन ।
बर्नर फोनहरू नियमित सेलफोन भन्दा फरक हुन्छन् । नियमित फोनहरूका लागि ग्राहकको धेरै जानकारी रेकर्डमा राखिएको हुन्छ ।
किन प्रयोग गर्ने बर्नर फोन ?
बर्नर फोन सेलफोनका झन्झटिला सर्त वा तपाईँको मुख्य फोन नम्बरमा आउने स्पामबाट बच्ने सजिलो तरिका हो । बर्नर फोन तपाईँको पहिचानसँग जोडिएको हुँदैन, त्यसैले यदि तपाईँ कसैको खोजीमा पर्न वा सम्पर्कमा रहन चाहनुहुन्न भने यो उपयोगी हुन सक्छ ।
यद्यपि, तपाईँले प्रयोग गरेपछि यसलाई फ्याँक्नै पर्छ भन्ने छैन । तपाईँले थप समयका लागि रिचार्ज गरेर यसलाई प्रयोग गरी रहन पनि सक्नु हुन्छ । बर्नर फोनहरू नियमित फोनजस्तै काम गर्न सक्छन्, तर यसमा करार वा सेवाको सर्त सम्बन्धी झन्झट हुँदैन ।
तपाईँले विशेष उद्देश्यका लागि दोस्रो फोनको रूपमा पनि बर्नर फोन लिन सक्नुहुन्छ । जस्तै टु-फ्याक्टर अथेन्टिकेसन टेक्स्टका लागि छुट्टै नम्बर राख्न, व्यापारिक प्रयोजनका लागि वा यात्रा गर्दा रोमिङ शुल्कबाट बच्न । तपाईँले कुनै पनि गोपनीयताको कारणले पनि बर्नर फोन लिन सक्नुहुन्छ ।
बर्नर फोन, प्रिपेड फोन, स्मार्टफोन र बर्नर सिमबिचको भिन्नता
बर्नर फोनहरू सामान्यतया सस्ता फिचर फोनहरू हुन् र स्मार्टफोनका सबै सुविधाहरू यिनमा हुँदैनन् । यी सस्ता र फ्याँक्न मिल्ने गरी डिजाइन गरिएको हुँदा तपाईँले आधारभूत सुविधाहरू र एकदम सरल डिजाइन मात्र पाउनुहुन्छ ।
सबै बर्नर फोनहरू प्रिपेड फोन हुन्, तर सबै प्रिपेड फोनहरू बर्नर होइनन् । बर्नरलाई अरूभन्दा फरक पार्ने कुरा भनेकै यसलाई प्राप्त गर्न तपाईँले कुनै व्यक्तिगत जानकारी दिइरहनु पर्दैन र यसको आधारमा तपाईँलाई पत्ता लगाउन सकिँदैन । साथै, यस्तो फोन प्रयोग गरेपछि फ्याँक्न सकिने गरी सस्तो बनाइएको हुन्छ । प्रिपेड स्मार्टफोन चाहिँ सामान्यतया निम्न-स्तरका मोडेलहरू हुन्, र बर्नरहरू सबैभन्दा सस्तो प्रिपेड फोनहरू हुन् ।
यदि तपाईं बर्नर लिन चाहनुहुन्छ भने, तपाईँले नयाँ फोन किन्नै पर्छ भन्ने छैन । तपाईँले बर्नर सिम पनि लिन सक्नुहुन्छ र यसलाई आफूसँग रहेको फोनमा प्रयोग गर्न सक्नुहुन्छ । बर्नर सिमहरू प्रिपेड सिमहरू हुन्, जुन तपाईँले कुनै करार बिना वा व्यक्तिगत जानकारी नदिई प्राप्त गर्न सक्नुहुन्छ । तर नेपालमा भने यस किसिमका सिम पाउन असम्भव जस्तै छ ।
बर्नर फोन कहाँ किन्न सकिन्छ ?
बर्नर फोनहरू प्रायजसो प्रमुख खुद्रा विक्रेताहरूमा उपलब्ध हुन्छन् । तपाईँले वालमार्ट, टार्गेट, बेस्ट बाई लगायतका अन्य ठुला रिटेल स्टोरहरूबाट पनि किन्न सक्नुहुन्छ । स्थानीय सुपरमार्केट, ग्यास स्टेसन र मेट्रो जस्ता खुद्रा फोन आउटलेटहरूमा पनि उपलब्ध हुन्छन् ।
सामान्य बर्नरको मूल्य १० डलरदेखि ५० डलरसम्म पर्नसक्छ । यदि तपाईँलाई धेरै टकटाइम र डेटा चाहिएको छ भने महँगो हुन सक्छ ।
-सीनेट
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १८:५८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल शिक्षक महासंघले ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘ऐन जारी गर्ने सुनिश्चतता खोजेका हौँ । सरकारबाट विश्वासिलो अपेक्षा राखेका थियौं तर भएन,’ उनले भनिन्, ‘आन्दोलनलाई सरकारले जिम्मेवार भएर हेरेको पाइएको छैन ।’
सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाएपनि सभामुख देबराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको हो ।
‘सभामुखले त्यस्तो अभिव्यक्ति दिनु भएको छ । यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा आयो,’ पराजुलीले भनिन्, ‘१२ गते वर्षे अधिवेशन बोलाउनु भयो । ६–७ गते नै बोलाउन सकिन्थ्यो । यसले सरकार जिम्मेवार नभएको देखाउँछ ।’
शिक्षक कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिद्बाट निर्णय गराउने भनेपनि सरकारले सर्त राखेकाले सहमत हुन नसकेको उनले बताइन् ।
‘क्याबिनेटले गर्ने निर्णयमा मन्त्रालय तयार भएको हो । तर सर्त राखियो । निर्सत हुनुपर्छ । मन्त्रिपरिषद्ले गर्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिन्छ,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘मन्त्रिपरिषद्ले गर्ने निर्णयमा सर्त होइन निसर्त हुनुपर्यो ।’
आन्दोलन छोडे मात्र मन्त्रिपरिषद्बाट निर्णय गराउने सर्त मन्त्रालयले राखेको गुनासो शिक्षकहरूको छ । ‘सरकारले रित्तै घर फर्काउन खोजेको छ । अब झन् ७७ जिल्लाबाट शिक्षकहरू काठमाडौं आउनुहुन्छ । विद्यालयमा कोही पनि रहनु हुन्न । सरकारले थाम्न सक्दैन,’ उनले भनिन् ।
शिक्षकहरूले काठमाडौंमा आन्दोलन थालेको १६ दिन बित्यो तर सहमति हुन सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार तथा निदानका लागि प्रोटोकल निर्माणको तयारी थालेका छन्। यसका लागि उनले स्तरीय प्रोटोकल तयार पार्न मन्त्रीस्तरीय निर्णय गर्दै विज्ञ समिति गठन गरेका छन्।कतिपय अवस्थामा आधारभूत स्वास्थ्य सेवामा दोहोरोपना आइरहेको देखिएकाले त्यसलाई सुधार गरी मापदण्ड बनाउनका लागि समिति गठन गरिएको मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माले जानकारी दिए।हाल विभिन्न सरकारहरुले आधारभुत सेवामा निःशुल्क औषधीका लागि रकम विनियोजन गरे पनि स्वास्थ्य बीमामा समेत दावी आउँदा भुक्तानी दायित्व बढेको र खर्चको दोहोरोपना देखिएको विज्ञहरुले बताउने गरेका छन् । योसहितका प्राविधिक विषयमा समितिले प्रोटोकल तयार पार्नेछ।एक महिनाभित्र प्रतिवेदन दिने गरी उनले गठन गरेको समितिले स्तरीय निदान तथा उपचार प्रोटोकल समेत तयार पार्नेछ । यसका लागि स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा राजेन्द्र पन्त नेतृत्वको समिति गठन गरिएको छ।समितिले प्रथम सेवा बिन्दुमा उपलब्ध हुने सेवामा प्रष्टताका लागि समेत सुझाव दिने कार्यादेश प्राप्त गरेको छ । यसका अलावा बिरामी रेफर गर्ने अवस्था तथा विधिसमेत समितिले निर्धारण गर्नेछ।समितिलाई आधारभूत सेवाबाहेक बीमामार्फत् प्राप्त हुने सेवा प्याकेजसमेत निर्धारणका लागि कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।नेपाल सरकारको निःशुल्क स्वास्थ्य कार्यक्रम स्थानीय तह, प्रदेश र संघबाट लागु भएको विवरण र सूची तयार पारेर दोहोरोपना हटाउन पनि समितिले काम गर्ने उनले बताए।समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउने निःशुल्क औषधी स्वास्थ्य बीमामा कसरी प्रयोग गर्ने भन्ने विषयमा समेत प्रष्टता ल्याउने अपेक्षा गरिएको छ।समिति सदस्यमा जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेल, विज्ञराम भण्डारी, मन्त्रालयकी मेसु डा सुनिता लम्साल तथा सदस्य सचिवमा उपचारात्मक सेवा महाशाखाका वरिष्ठ मेसु डा अमृत पोखरेल चयन भएका छन् ।समितिले प्राप्त गरेका कार्यादेश
सामाग्री श्रोत :
swasthyakhabar

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।
साथीहरूसँग मङ्गलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका थिए। बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो।
मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताए। मध्यविन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो।
पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने भनी गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। मृतक बालकहरु दाजु भाइका छोराहरू भएको प्रहरीले जनाएको छ।
दुवै बालकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायव उपरीक्षक नेपालीले जानकारी दिए।
सामाग्री श्रोत :









