

पोखरा–कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन्।
उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन्।
देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिएका छन्।
देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन्। उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ।
उनले कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन्। त्यस्तै शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्स्ले लामो समयदेखि जारी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) पहल, “Step Towards Education” मार्फत समुदायप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
यसअन्तर्गत हिमालय एअरलाइन्स्ले प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि पुनः एक पटक वर्षभरिका लागी आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको छ । हिमालय एअरलाइन्स्ले १७ अप्रिल २०२५ मा विभिन्न कक्षाका पाठ्यपुस्तकहरू, नोटबुक, रजिस्टर, जुत्ता तथा अन्य आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ ।
बालबालिकाहरूको समग्र स्वास्थ्यको महत्व लाई ध्यानमा राख्दै यस वर्ष हिमालयले उनीहरूको लागि तन्नाहरू र तौलियाहरूसमेत प्रदान गरेको छ । हस्तान्तरण कार्यक्रमको अवसरमा हिमालय एअरलाइन्स्को ब्रान्ड विभाग प्रमुख श्रीमती उज्ज्वला दलीले भनिन्, “विगत आठ वर्षदेखि “Step Towards Education” पहलमार्फत प्रयास नेपालसँग संलग्न हुने अवसर पाउँदै आएकी छु । हरेक वर्ष बालबालिकाहरूलाई आत्मविश्वासी, सक्षम र उज्ज्वल भविष्य बोकेका व्यक्तित्वमा रूपान्तरण हुँदै गरेको हेर्न पाउँदा अत्यन्त खुशी लागेको छ ।
धेरैजसो समाजमा समाहित भइसकेका छन् र स्वतन्त्र रुपमा जीवन यापन गरिरहेका छन् । यस्तो परिवर्तनको साक्षी हुनु साँच्चिकै हृदयस्पर्शी अनुभव हो, हामीले सँगै चालेका हरेक कदमको उद्देश्य र मूल्यलाई यसले अझ पुष्टि गर्दछ ।”
प्रयास नेपालकी अध्यक्ष श्रीमती मणि जोशीले निरन्तर सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दै भनिन्, “प्रयास नेपालको लागि निरन्तर शक्तिको स्तम्भ भएकोमा हामी हिमालय एअरलाइन्स्प्रति हार्दिक आभारी छौँ । उहाँहरूको योगदान भौतिक सहयोगभन्दा धेरै माथि छ, यसले बालबालिकाको जीवनमा प्रोत्साहन र आशामा निरन्तरता ल्याउँछ ।
हिमालय एअरलाइन्स्लाई १० वर्षको यात्रा पूरा गरेकोमा बधाई छ र हामी आगामी वर्षहरूमा एअरलाइन्स्को निरन्तर सफलताको कामना गर्दछौँ ।” विगत २२ वर्षमा प्रयास नेपालले आफ्ना सशक्तीकरण कार्यक्रमहरूमार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव पारेको छ । प्रयास नेपाल १८ जना उर्जावान् र दृढ बालबालिकाहरूको घर हो जसलाई आत्मविश्वासी, जिम्मेवार व्यक्तिहरूका रूपमा हुर्काइँदैछ र उनीहरूलाई अर्थपूर्ण तरिकाले संस्थाको लक्ष्यलाई सहयोग तथा योगदान गर्न सशक्त तुल्याइँदैछ ।
हिमालय एअरलाइन्स्ले आफ्नो यात्राको एक दशक पूरा गर्दैगर्दा समुदायप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता कम्पनीका मूल्य र सबैलाई समेट्ने तथा सहयोगी समाज निर्माणतर्फको दूरदृष्टिको प्रमाणस्वरूप रहेको छ ।
हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स््का मुख्य दुई उद्देश्यहरू हुन् ।
हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हिमालय एअरलाइन्स् ।हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
एअरलाइन्स्ले साउथ एशियन ट्राभल अवार्डसर् ९क्ब्त्ब्० २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो ।
डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१:२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो ।
सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३मा, अपरेटरको रूपमा प्रमाणित र क्ष्ब्त्ब् सदस्य एअरलाइन्स्को रूपमा दर्ता भएको हिमालय एअरलाइन्स् नेपालको पहिलो र एकमात्र एअरलाइन्स् हो । सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स््ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो ।
योसँगै एअरलाइन्स् ९ब्भ्म्क० जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स ९इत्ए० र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स््ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स््को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स््का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।
सामाग्री श्रोत :
हिमालय एयरलाइन्सद्वारा प्रयास नेपालका बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू सहयोग
काठमाडौँ । चीनमा अब स्मार्ट ड्राइभिङ र स्वचालित ड्राइभिङ भन्ने शब्दावलीहरू प्रयोगमा रोक लगाइने भएको छ । रोयटर्समा प्रकाशित एक समाचारका अनुसार चीनका गाडी निर्माता कम्पनीहरूले आफ्नो गाडीको विज्ञापन गर्दा उल्लिखित शब्दहरू प्रयोग गर्न नपाउने भएका हुन् ।
बुधबार बसेको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय र गाडी निर्माता कम्पनीहरूबिचको बैठकमा मन्त्रालयले यो नियम अनिवार्य रूपमा लागु गरिने जानकारी दिएको हो ।
एक महिना अगाडी साओमीको सबैभन्दा बढी बिक्री भएको एसयू सेमेन सेडान कारको ज्यान जाने दुर्घटनापछि चीन सरकारले सवारी सुरक्षासम्बन्धी चिन्तालाई ध्यानमा राख्दै नियमहरूमा कडाइ गर्ने निर्णय लिएको हो । प्रारम्भिक अनुसन्धान अनुसार, उक्त गाडी चालकले ‘एडभान्स ड्राइभिङ असिस्टेन्स सिस्टम’ (ADAS) लाई गाडीको नियन्त्रण दिएको केही सेकेन्डमै ९७ किलोमिटर प्रतिघण्टाको गतिमा सिमेन्टको पोलमा ठोक्किएर सो गाडीमा आगलागी भएको थियो ।
चीनको उद्योग मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै फेब्रुअरीमा नै प्रकाशित भएको नयाँ नियमको बारेमा गाडी निर्माता कम्पनीहरूलाई स्पष्ट रूपमा जानकारी दिइएको पुष्टि गरेको छ । नयाँ नियमअनुसार, गाडी निर्माता कम्पनीहरूले ग्राहकलाई पहिले नै वितरण गरिसकेका गाडीहरूमा अनुमति बिना टाढाबाट सफ्टवेयर अपडेटमार्फत एडीएएस प्रणाली परीक्षण र सुधार गर्न पाउने छैनन् । अब, त्यस्ता प्रविधि प्रयोगमा ल्याउनु अघि पर्याप्त परीक्षण गरी विश्वसनीयता प्रमाणित गरी सरकारी स्वीकृति प्राप्त गर्नुपर्नेछ ।
गाडी निर्माता कम्पनीहरूले स्मार्ट ड्राइभिङ तथा एडीएएस प्रविधिलाई सवारी बिक्रीका लागि प्रमुख आकर्षणको रूपमा देखाउने गरेका छन् । यस्तै फिचरलाई लिएर कम्पनीहरूले गाडीको मूल्य समेत निर्धारण गर्ने गरेका छन् ।
यस्ता प्रवृत्तिलाई रोक्न चिनियाँ नियामकहरू विद्युतीय गाडीमा उपलब्ध हुने प्रविधिमा कडाइ गरिरहेका छन्, किनभने यो क्षेत्र अपेक्षाकृत छिटो वृद्धि भइरहेको छ । यसका साथै, ब्याट्री सुरक्षासम्बन्धी नियमहरूमा पनि कडाइ गरिँदैछ । नेपालमा बिक्री हुने अधिकांश विद्युतीय सवारी पनि चीनमै निर्मित हुन् ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ ११:५
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ।
समूहले बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ।
हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडियो मार्फत आफ्नो बयान जारी गरे।
यसमा हाय्याले भनेका छन् ‘हामी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक एजेन्डा पूरा गर्ने कुनै पनि सम्झौता स्वीकार गर्दैनौं।’
इजरायलको नयाँ सम्झौतामा दश बन्धकहरूको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको आह्वान गरिएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको बताएको थियो।
यद्यपि, इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही भनेको छैन।
सामाग्री श्रोत :
काठमाडौँ । विश्वकै ठुलो अनलाइन ज्ञानको भण्डार हो- विकिपिडिया । अंग्रेजी भाषामा मात्रै ७० लाखभन्दा बढी लेख भएको यो वेबसाइटमा हजारौं भोल्युन्टर एडिटरले काम गर्छन् । उसो भए दोस्रो ठुलो विकिपिडिया कुन भाषामा होला ? पक्कै फ्रेन्च, स्पेनिस वा चिनियाँ भाषामा होला भनेर सोच्नुभएको होला । होइन । विकिपिडियाको दोस्रो ठुलो संस्करणमा ६० लाखभन्दा बढी लेखहरू छन्, जुन फिलिपिन्सको ‘सेबुआनो’ भाषामा छ । अचम्मको कुरा के छ भने, ती लेख हजारौं मानिसले हैन, एउटा स्वचालित बटले लेखेको हो ।
हो, यो कुरा सुन्दा विश्वास नलाग्न सक्छ । तर, साँचो हो । स्विडेनका भाषाविद् स्वेर्कर जोहान्सनले बनाएको ‘एलएसजेबट’ (Lsjbot) नामक प्रोग्रामले ती लेख तयार पारेको हो । जोहान्सनले सन् २०१० तिर विकिपिडियामा लेख लेख्दा विभिन्न साना बटहरूले दुई चार लाइनका लेख लेखिरहेको देखे । उनले सोचे- “म योभन्दा राम्रो गर्न सक्छु ।”
त्यसपछि उनले एलएसजेबट बनाउँदै विकिपिडियामा लेख लेखाउन थाले । एलएसजेबटले इन्टरनेटमा भएका विभिन्न तथ्यांकहरूको डेटा संकलन गरेर पहिल्यै तयार पारिएका वाक्य संरचनामा ती शब्द हालेर लेख बनाउँछ । जस्तै, कुनै जनावरबारे लेख लेख्दा, ‘X एउटा Y हो, जुन Z परिवारमा पर्छ’ भन्ने संरचना हुन्छ । यसमा X, Y र Z ठाउँमा सिंह, स्तनधारी र बिरालो परिवार जस्ता शब्द राखेर लेख तयार पारिन्छ ।
किन सेबुआनो भाषामै ?
अब तपाईँलाई लाग्न सक्छ- स्विडेनको मान्छेले किन फिलिपिन्सको भाषामा लेख लेख्यो त ? जोहान्सनकी श्रीमतीको मातृभाषा सेबुआनो रहेछ । उनी पूर्ण रूपमा त्यो भाषा बोल्न नजान्ने भएपनि श्रीमतीको भाषामा योगदान दिन चाहन्थे । त्यसैले उनले एलएसजेबटलाई सेबुआनो भाषामा लेख लेख्न लगाए ।
सेबुआनो विकिपिडियामा एलएसजेबटले जीवजन्तु, वनस्पति, भौगोलिक स्थान लगायतका विषयमा करोडौँ लेख लेख्यो । उनले फिलिपिन्सको अर्को भाषा वाराय र आफ्नै स्विडिस भाषामा पनि बट चलाए ।
बटले लेख्दा समस्या
यो रमाइलो प्रयोगले विकिपिडियामा धेरै विवाद ल्यायो । सेबुआनो विकिपिडियामा मान्छेहरू थोरै मात्र भएकाले लेखको गुणस्तर सुधार गर्ने समय नै थिएन । कतिपय लेखमा भाषागत त्रुटि, तथ्यगत गल्ती र अपूर्ण जानकारी थिए ।
सन् २०१८ मा त सेबुआनो विकिपिडिया नै हटाउने प्रस्ताव समेत आएको थियो । तर, फिलिपिन्सका विकिपिडिया प्रयोगकर्ताहरूले त्यसको विरोध गरे । उनीहरू अहिले पनि ती लेख सुधार्न व्यस्त छन् ।
फिलिपिन्सका विकिपिडियन जोश लिम भन्छन्, “बटले लेख लेख्दा हामीले मात्र संख्या बढाउने हो कि गुणस्तर हेर्ने भन्ने प्रश्न उठेको छ ।” उनका अनुसार यसले फिलिपिन्सका अरू भाषामा समेत लेख संख्या बढाउने होड ल्यायो । जसले गर्दा अरू भाषाका विकिपिडिया पनि साना र कमजोर लेखले भरिए ।

एलएसजेबट बन्द, तर बहस अझै बाँकी
सन् २०२१ पछि एलएसजेबट चल्न छाडिसकेको छ । जोहान्सनले आफूले चाहेजस्तो धेरै पाठक र एडिटरलाई आकर्षित गर्ने उद्देश्य नपुगेपछि बट बन्द गरेका हुन् । अहिले पनि अंग्रेजी विकिपिडिया नै सबैभन्दा धेरै हेरिन्छ । सेबुआनो विकिपिडिया भने मासिक केही हजार दर्शकले मात्रै हेर्छन् ।
अर्को चुनौती हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग । च्याटजीपीटी, ओपनएआई जस्ता अहिलेका जेनरेटिभ एआईले नयाँ कुरा आफैं सिर्जना गर्छन् । यसले विकिपीडिया जस्ता खुला स्रोतमा नयाँ चुनौती र समस्या उत्पन्न गरिरहेको छ । जोहान्सन भन्छन्, “मेरो बटले डेटा मात्रै जडान गर्छ, कल्पना गर्दैन । तर जेनरेटिभ एआईले सत्य जस्तो लाग्ने, तर गलत कुरा पनि बनाउँछ ।”
फिलिपिन्सका विकिपिडियनहरू भन्छन्, “एआई प्रयोग गर्दा एडिटरले जाँच गर्नुपर्ने हुन्छ । नत्र, गलत जानकारी विकिपिडियामा जान सक्छ ।”
यसबिचमा प्रविधि र स्वेच्छिक योगदानबिच सन्तुलन मिलाउन जरुरी रहेको चर्चा गर्न थालिएको छ । बट र एआई सहायक बन्नसक्ने भएपनि मान्छेले त्यसमा जाँच र सुधार गर्न अनिवार्य भएको औंल्याइएको छ । नत्र, जानकारीकै भरपर्दो स्रोत विकिपिडिया नै अविश्वसनीय हुन सक्छ ।
–एबीसी नेटको सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १०:१३
सामाग्री श्रोत :
टेक पाना
विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स्क्रोल गर्दै, घण्टौँसम्म अप्रयोगी गतिविधिमा व्यस्त ।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। काठमाडौंमा शिक्षकहरुको आन्दोलन चलिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका सुरु गरेका हुन् । उनीहरुका विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि एक रहेकव छ। ‘स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्ने,’ उनीहरुले मागको १० औं बुँदामा भनेका छन्। शुक्रबारदखि आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । शुक्रबार संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनको निर्णय छ ।यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने बताइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

मुम्बई । बलिउड अभिनेता वरुण धवनले आफ्ना निर्देशक बुबा डेभिड धवनसँग काम गरिरहेका छन् । डेभिड धवनको ‘है जवानी तो इश्क होना है’ का लागि पुनः सहकार्य गरेका हुन, जुन हाल फ्लोरमा छ। सो फिल्लमा बरूणसँगै मृणाल ठाकुर र पूजा हेगडे मुख्य भूमिकामा रहेका छन्। पिंकभिल्लाको रिपोर्ट अनुसार टोलीले फिल्मको ५० प्रतिशतभन्दा बढी छायांकन पूरा […]
सामाग्री श्रोत :

डोटी – सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।
खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो । निजको घटनास्थलमै मृत्यु भएको हो ।
अनुसन्धानको सिलसिलामा बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









