२०८३ असार ३ बुधबार
LATEST NEWS
२०८३ असार ३ बुधबार

काठमाडाैं। भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढालिएको छ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिंगाे विधिपूर्वक पूजा गरी ढालिएको हो। ज्याठा गणेशको प्रतीक मानिने लिंगाेको टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ।

लिंगाेमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिंगाे ढाल्ने गरिन्छ। लिंगाे जात्रा हेर्नाले सुख, शान्ति, समृद्धि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहको छ। यो जात्रा सम्पन्न भइसकेपछि साँझ गःहिटिमा राखिएको भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले तान्ने परम्परा रहेको स्थानीयहरुको भनाइ छ।

रथ तानेर पुनः तौमढीस्थित भैरव मन्दिरअगाडि ल्याएर राखिएपछि रथको देवतालाई विधिपूर्वक मन्दिरमा लगी विराजमान गराएपछि जात्रा सम्पन्न हुन्छ।


सामाग्री श्रोत :

बिस्काः जात्राको अन्तिम दिन, हात नभएको लिंगो ढालियो

काठमाडौँ । बीवाईडी सिगल अर्थात् डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड अर्बन कार अफ द इयर (World Urban Car of The Year) अवार्ड पाउन सफल भएको छ । २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित  न्युयोर्क इन्टरनेसनल अटो शोमा वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत बीवाईडीले सो उपाधि पाएको हो ।  

जसमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलो पटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको बताइएको छ । यससँगै विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडी पुनः एक पटक अन्तर्राष्ट्रिय बजारमा चर्चाको विषय बनेको छ । 

बीवाईडी सिगलले ओसन एस्थेटिक्स (Ocean Aesthetics) डिजाइनलाई समेटेको छ । जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ ।उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी-फ्रेन्ड्ली पर्फमेन्सले गर्दा यो मोडेल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ। 

यस पटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरू यस कारको डिजाइन, अर्बन मोबिलिटी पर्फमेन्स र युनिभर्सल मार्केट अपिलबाट प्रभावित भएका थिए । बीवाईडीका कार्यकारी उपाध्यक्ष स्टेला लीले भनेकी छिन्, “बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारको रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्छ।” 

पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ ।सन् २०२४ मा बीवाईडी डल्फिनले पनि वर्ल्ड अर्बन कार (World Urban Car) कै शीर्ष ३ मा स्थान बनाएको थियो भने बीवाईडी सिल वर्ल्ड कार अफ द इयर (World Car of the Year) को शीर्ष ३ मा पर्न सफल भएको थियो । यस्तो उपलब्धि अहिलेसम्म अन्य कुनै पनि चिनियाँ अटो निर्माता कम्पनीले प्राप्त गर्न सकेका छैनन् । 

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपाली सडकमा यस अघि नै बीवाईडी सिगलको परीक्षण गरिसकेको छ । कम्पनीले छिट्टै नेपालमा यसलाई आधिकारिक रूपमा सार्वजनिक गर्ने सङ्केत दिएको छ । यो मोडेल नेपाली बजारमा बहु प्रतीक्षित ईभीको रूपमा रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १४:१३





सामाग्री श्रोत :
टेक पाना

चितवन–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन्।

चितवन आइपुगेका ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै नयाँ वर्षको दिन माओवादी अध्यक्षले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिको जवाफ दिएका हुन्।

ढुक्क भएर देश विकासमा लाग्न अनुरोध गर्दै उनले अहिले हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताए। प्रधानमन्त्री ओलीले अहिलेको सरकारले नै देश विकसित र सुशासनयुक्त बनाउने जिकिर गरे।

Ncell 2
Ncell 2

‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन।’

उनले सुखी नेपाली र समृद्ध नेपाल धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेजस्तो भएको बताए। 

shivam cement
shivam cement

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  स्वास्थ्य बिमाको विषयमा गरिएको छलफल कार्यक्रमको प्रतिवेदन राष्ट्रिय बिमा बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको छ। विनयतारा फाउन्डेशन र स्वास्थ्य खबर फाउन्डेशनले ‘नेपालमा स्वास्थ्य बीमा: वर्तमान चुनौती र अवसरहरु’ शिर्षकमा गरेको एड्भोकेसी डायलग गरेको थियो।स्वास्थ्य बिमाका बिज्ञ, पूर्वा पदाधिकारी,  सरोकारवाला र नीति निर्माताहरुबीच भएको उक्त छलफल कार्यक्रमबाट प्राप्त निष्कर्ष र सुझाव समेटर प्रतिवेदन तयार पारिएको छ। मन्त्रालयका सचिव डा विकास देवकोटा र बोर्डा अध्यक्ष चन्द्रबहादुर थापालाई भेटेर प्रतिबेदन बुझाइएको हो। विनयताराका तर्फबाट कन्ट्री डाइरेक्टर हरि तिवारी र स्वास्थ्य खबरका तर्फबाट कार्यकारी सम्पादक डिबी खड्का र कार्यक्रम अधिकृत रोमिका न्यौपानेले प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन ग्रहण गर्दै सचिव देवकोटा र अध्यक्ष थापाले छलफलबाट निकालिएका निष्कर्षहरु आगामी दिनका लागि मार्गदर्शन बन्ने बताएका छन्। डा देवकोटाले भने,  ‘यस्ता छलफलले स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन भूमिका खेल्छन्। प्रतिवेदनले औंल्याएका विषयलाई हामी स्वास्थ्य बिमाको आगामी नीति तथा कार्यक्रमहरु निर्माण गर्दा समावेश हुनेछन्।’यसैगरी बोर्डका अध्यक्ष थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन र आर्थिक दिगोपना सुनिश्चित गर्न आफूहरुले प्रयास गरिरहेको बताए। ‘नेपालमा स्वास्थ्य बीमाको  सफल कार्यान्वयनका लागि विभिन्न सरोकारवालाहरु, संघसंस्थाहरु, व्यक्ति र विज्ञहरुका अध्ययन, अनुसन्धान, सुझाव र छलफलका निष्कर्षहरुले हाम्रो नीतिलाई व्यवहारिक प्रयोगका लागि भूमिका खेल्दछन्,’ उनले भने,  ‘यसरी आएको सल्लाह  र सुझावहरुले नै स्वास्थ्य बीमा बोर्डलाई अझै समृद्ध र यसको कामलाई अझै प्रभावकारी बनाउँछ।  हामी यो प्रतिवेदन मिहिनताका साथ अध्ययन गरेर यसले दिएका सुझाव स्वास्थ्य बीमा कार्यान्वयनका क्रममा समेट्नेछौं।’कार्यक्रमको प्यानलिस्ट डा. भगवान कोइराला, डा. गुणराज लोहनी, डा. सुधा शर्मा र डा. सरोज शर्मा रहेका थिए। सहभागीका रुपमा स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य मन्त्रालय, बिभिन्न अस्पतालका निर्देशक, स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारी तथा सरोकारवालाहरु थिए। उक्त कार्यक्रमका अध्यक्ष तथा आयोजक विनयताराका संस्थापक तथा अध्यक्ष डा विनय शाहले स्वास्थ्य बिमा बोर्ड बलियो भएमा मात्रै स्वास्थ्यमा रहेका असमानता घट्ने र सेवा, सुविधा र पहुँचमा रहेको खाडल पुरिदै जाने बताएका छन्। उनले थपे,   ‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य बिमालाई नै बलियो बनाउनुपर्छ। त्यसकारण हामीले यसपल्ट एड्भोकेसी डायलगमा स्वास्थ्य बिमामाथि छलफल गर्यौं । बिभिन्न कोणबाट कुरा उठेका छन्। त्यसबाट निकालिएका निष्कर्ष हामीले सम्बन्धित निकायमा बुझाएका छौं। ती निष्कर्षलाई सम्बन्धित निकायले गम्भीर रुपमा लिने अपेक्षा छ।’प्रतिवेदनको पूर्णपाठ
सामाग्री श्रोत :
swasthyakhabar

धनगढी । अछामको चौरपाटी गाउँपालिकाकाकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छन्। गत असारमा मामा नाता पर्नेबाट भारतको सुरतमा बलात्कृत भएकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी हुन्।

उनी बलात्कृत भएको गत फागुन महिनामा मात्रै थाहा भएको थियो। त्यतिबेला उनको गर्भ २५ सातामाथिको रहेको पुष्टि भएको थियो। बालिकाले २९ चैतमा सेती प्रादेशिक अस्पताल धनगढीमा छोरीलाई जन्म दिएकी हुन्।

भारतबाट केही महिनाअघि घर फर्किएका अभिभावकले छोरीको पेट ठूलो देखेपछि गत फागुन २ गते बयालपाटा अस्पतालमा जाँचका लागि लगेका थिए। सोही क्रममा उनको भेटमा २५ सातामाथिको गर्भ रहेको पत्ता लागेको हो।

अभिभावकलाई बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछामले २५ सातामाथिको गर्भपतन गराउन नसक्ने बताएपछि बालिकालाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कैलालीले हेर्ने गरी सुरक्षित आवास गृहमा राखिएको थियो।

बलात्कारका आरोपित भने अहिलेसम्म फरार अवस्थामा रहेका छन्। झण्डै ५० वर्षीय आरोपितविरुद्ध अछाम प्रहरीमा जबरजस्ती करणी मुद्दा दर्ता छ।

प्रहरीमा जाहेरी दिएको दुई महिना बित्दा पनि अरोपित पक्राउ परेका छैनन्। जिल्ला प्रहरी कार्यालय अछाम भने आरोपित पक्राउ गर्न इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाइएको बताएको छ।


सामाग्री श्रोत :

५० वर्षीय पुरुषबाट बलात्कृत १२ वर्षीया बालिकाले जन्माइन् छोरी

काठमाडौँ । अवरुद्ध भएको चार घण्टापछि मात्र नेपाल सरकारका वेबसाइटहरू सञ्चालनमा आएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्र (सरकारको एकीकृत डेटा सेन्टर) को विद्युत् प्रणालीमा समस्या आउँदा बिहीबार बिहान ८ बजेदेखि नै सरकारका महत्त्वपूर्ण वेबसाइटहरू खुल्न छोडेका थिए ।

केन्द्रले आफ्नो विद्युत् प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर स्विच (एटीएस) मा समस्या सिर्जना हुँदा विद्युत् आपूर्तिमा व्यवधान आएको उल्लेख गरेको छ । त्यसको मर्मत गर्न भन्दै बिहान ८ बजेदेखि करिब २ घण्टाका लागि सेवा अवरुद्ध हुने उल्लेख गरिएको भए पनि करिब १२ः३० बजेतिर मात्र वेबसाइटहरू खुल्न थालेका हुन् ।

‘अप’ गर्दा डीएनएसमा लोड पर्ने भएकाले केही साइटहरूमा अझै समस्या रहेको सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्माले बताए । “अब क्रमशः सबै साइटहरू नियमित रूपमा सञ्चालनमा आउँछन्,” उनले भने ।  

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १३:१





सामाग्री श्रोत :
टेक पाना

जनकपुरधाम–यौन दुर्व्यवहार पश्चात मृत फेला परेकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी आनन्दीदेवी सदायको घटना प्रहरीले तीनसदस्य समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो।

Ncell 2
Ncell 2

सदस्यमा कार्यालयकै प्रहरी निरीक्षक विक्रम साह र अन्य एकजना हबल्दार रहेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी लालमणि आचार्यले जानकारी दिएका छन्।

shivam cement
shivam cement

बुधबार नै समिति गठन गरेर अनुसन्धान थालिएको छ। मेडिकल रिपोर्टहरू आएपछि जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाउन समितिलाई जिम्मेबारी दिइएको आचार्यले बताए।

गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट पुस ९ गते यौन दुव्र्यवहार भोगेकी आनन्दी गत मंगलबार दिउँसो आफ्नै माइत घरमा मृत फेला परेकी थिइन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको ४८ हजार रुपैयाँ निर्वाह भत्तालगायतका माग राख्दै आवासीय चिकित्सक आन्दोलित छन्। यही बीच आयोगले समेत उक्त निर्णय कार्यान्वयनका लागि सर्कुलर गरेको छ। शुल्क र सिटको विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ। यही विषयमा एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्कीसँग गरिएको कुराकानी :चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकलाई ४८ रुपैयाँ निर्वाह भत्ता दिन ताकेता गरेछ। तपाईं दिनुहुन्छ कि आयोगको सर्कुलर अस्वीकार गर्नुहुन्छ?केही दिनअघि भएको चिकित्सा शिक्षा आयोगको १८ औं बैठकमा हामी पनि सहभागी थियौं। त्यो बैठकमा यस विषयमा कुरा भएकै छैन। जहाँसम्म त्यसअघिका बैठकमा भएको निर्णयको कुरा छ, त्यस विषयमा हामीले पटक-पटक भनिसकेका छौं। हामीले विद्यार्थीहरुलाई ४८ हजार ७ सय ३७ भन्दा एक रुपैयाँ बढी नै दिन चाहेका छौं । उनीहरुले पाउन् भन्ने चाहना छ। तर, त्यसका लागि हामीसँग स्रोत छैन। उनीहरुले तिर्ने २३ लाख रुपैयाँमा हामीले २० लाख पाउने हो। बाँकी युनिभर्सिटी र आयोगले लिन्छन्। उनीहरुलाई ४८ हजार रुपैयाँ दिने हो भने हामीले तीन वर्ष पढाएर जम्मा १६ हजार १७ रुपैयाँ पाउने रहेछौं। यसरी त पीजी चलाउन सकिँदैन । त्यसैले स्रोत सुनिश्चितता खोजेका हौं। त्यसका लागि प्रधानमन्त्रीज्यूले कार्यदल बनाइदिनुभएको छ। अबको १० दिनमा बैठक छ। त्यसपछि सबैकुरा टुंगिएला। कसले किन हतार गर्छ ? किन राजनीति गर्छ? म बुझ्दिनँ।१६ औं बैठकले नै ४८ हजार रुपैयाँ दिने निर्णय गरिसकेको छ। त्यही माग कार्यान्वयनका लागि अहिले आवासीय चिकित्सक आन्दोलनमा छन्। सरकारले आफ्नो निर्णय कार्यान्वयन गराएर उनीहरुको माग सम्बोधन गर्न खोजेको होला नि !चिकित्सा शिक्षा आयोगले तोकेको उक्त स्टाइपेन्ड (निर्वाह भत्ता) अब भर्ना हुने विद्यार्थीका लागि हो। नयाँ विद्यार्थी हामीले भर्ना गरेका छैनौं । पुरानोका हकमा स्रोत सुनिश्चित भएमा एक/डेढ करोड घाटा सहने भन्ने हाम्रो आफ्नो कुरा हो। तर, निर्णय पश्चगामी हुँदैन । यदि सरकारले शुल्क रिभाइज्ड गरेर पीजीको एक करोड रुपैयाँ पुर्याायो भने उनीहरुसँग हामीले बाँकी ७७ लाख असुल्न मिल्छ त ?  मेरो मेडिकल कलेजका विद्यार्थी त बुझ्ने छन्, आन्दोलन गरेका पनि छैनन्। तपाईंले  ४८ हजार रुपैयाँ दिँदा जम्मा १६ हजार हातपर्ने हिसाब निकाल्नुभयो। तर उनीहरु त एमबीबीएस पास गरेका डाक्टर हुन्। तीन वर्ष तपाईंकोमा बसेर दिने सेवाको हिसाब निस्केन नि ?मेरा लागि उनीहरु विद्यार्थी हुन्। उनीहरुलाई मैले सर्जरी गराउन लगाउँदिनँ, बिरामी जाँच्न लगाउँदिनँ। मेरा कन्सल्टेन्ट डाक्टरलाई उनीहरुले सघाउँछन्।युनिभर्सिटीले नै तय गरेको पाठ्यक्रम अनुसार उनीहरुले काम गर्नुपर्छ। सिक्नुपर्छ। मेरो मेडिकल कलेजमा उनीहरुका लागि जागिर छैन । जागिरमा मैले आवश्यकताअनुसार कन्सल्टेन्ट र मेडिकल अफिसर राखेकै छु । त्यसैले आवासीय चिकित्सक नभएर केही फरक पर्दैन। चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईंको मर्का बुझ्नुभयो। अधिकतम सिट बढाउने सकिने अवस्था र शुल्क पुनरावलोकनका लागि कार्यदल पनि बनाउनुभयो। तर, उहाँले गरेको ४८ हजार रुपैयाँ दिने निर्णय कार्यान्वयन तपाईंहरुले नगरेर धोका दिएको कुरा उहाँहरु निकटस्थले बताइरहेका छन् नि? प्रधानमन्त्रीज्यूले हाम्रो कुरा बुझ्नुभएको छ। निर्णय कार्यान्वयन पनि गर्दैनौं भनेका छैनौं। अब १० दिनको कुरा हो। शुल्कको विषय र कार्यदलको प्रतिवेदन सँगै राखेर कुरा गरेर टुंग्याउने भनेकै छौं । केपी ओली त्यस्तो कमजोर व्यक्ति नै हुनुहुन्न। यदि त्यस्तो लागेको भए मलाई नै बोलाएर कुरा गर्नुहुन्थ्यो । म हिजो दिनभर उहाँको सम्पर्कमै थिएँ। अरु को-को के स्वार्थले त्यहाँ गए, के कुरा भयो ? त्यो म बुझ्दिनँ ।यदि अहिले बनेको कार्यदलले शुल्क पुनर्विचार गर्न पनि नसकिने तथा अन्डरग्र्याजुएट (युजी)को सिट पनि बढाउन नसकिने प्रतिवेदन बुझायो भने ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिन राजी हो ?हामीले युजी र पीजीको सिट मिक्स गरेकै छैनौं। हामीलाई शिक्षा र स्वास्थ्य मन्त्रीले धोका दिएका हुन्। २५, ३० र ३५ हजार रुपैयाँको निर्णय भइसकेको हो। ४८ हजार रुपैयाँ पुर्याउँदा हामीले १६ हजार पाउँछौं । त्यतिमा हामी पढाउन सक्दैनौं। युजी (एमबीबीएस/बीडीएस) हाम्रो उत्तरदायित्व हो, पीजी हाम्रो उत्तरदायित्व पनि होइन । त्यसकारण पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने?  हामी दिन चाहन्छौं, सक्दैनौं भन्न पाउने कि नपाउने? युजीमा हामीले पहिले पनि १५० सम्म पढाएकै हौं। फेरि पनि पढाउन सक्छौं । कार्यदलले हेरेर निर्धारण गर्ला । यदि युजीमा कोटा बढ्यो भने स्रोत व्यवस्थापन होला। त्यही स्रोतबाट एक/डेढ करोड पीजीमा लगानी गरौंला भन्ने हो। अहिले हामीलाई आपसमा लडाउन र विद्यार्थी विदेश पठाउन सब खेल भइरहेको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले आफू गभर्नर बन्न नपाउने निश्चित भइसकेको अवस्थामा गभर्नर बनाइन लागेका गुणाकर भट्टलाई पनि गभर्नर बन्ने बाटो छेकिदिएकी छिन् । उनले भट्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकार गर्न अस्वीकार गरेकी हुन् ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकका बहालवाला कर्मचारीहरुमध्ये डेपुटी गभर्नरलाई मात्रै गभर्नर बनाउन मिल्छ । अन्य पदमा भएकाहरुलाई योग्यता पुगेको भए पनि पदमा रहेकै अवस्थामा गभर्नर नियुक्त गर्न मिल्दैन । अन्य पदमा रहेकाहरु गभर्नर बन्ने भए पहिले आफू कार्यरत रहेको पदबाट राजीनामा दिएर राष्ट्र बैंकको कुनै पनि जिम्मेवारीबाट बाहिरिइसकेको हुनुपर्छ ।

यही कानुनी व्यवस्थाका कारण आफू गभर्नर बन्ने पक्का भएपछि भट्टले आफ्नो पदबाट राजीनामा दिएका थिए । भट्ट अहिले राष्ट्र बैंकको कार्यकारी निर्देशक छन् । उनले यो पदबाट राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिएपछि मात्रै उनी गभर्नर हुने बाटो खुल्ने भएकोले उनले आज बिहान कामु गभर्नरलाई राजीनामा बुझाएका थिए । कामु गभर्नरले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेपछि भने उनको गभर्नर बन्ने बाटो छेकिएको छ ।

प्रचलित कानुनअनुसार सामान्यतया कसैले पदबाट दिएको राजीनामा अस्वीकृत गर्न भने पाइँदैन । कसैले आफ्नो पदबाट राजीनामा दिइसकेपछि त्यो राजीनामा स्वतः स्वीकृत भएको मानिन्छ । तर, जिम्मेवारीमा रहेको व्यक्तिले जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियागत काममा भने केही समय लाग्न सक्छ । राजीनामा दिएपछि व्यवहारिक रुपमा पदमुक्त भएको मानिने भए पनि राजीनामा औपचारिक रुपमा स्वीकृत नहुँदासम्म भने प्रक्रियामै रहेको मानिन्छ ।

कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा अस्वीकृत पनि गरेकी छैनन् । उनले राजीनामा अस्वीकृत गरेको भए यसलाई कानुनको उल्लंघन मान्न सकिन्थ्यो तर उनले अस्वीकृत समेत नगरेको हुनाले भट्टले दिएको राजीनामा प्रक्रियामै रहेको अवस्थामा छ । राजीनामा प्रक्रियामै रहेकोले उनी औपचारिक रुपमा पदमुक्त भएको मान्न मिल्दैन । र, पदमुक्त नभएकोले उनी गभर्नर बन्न मिल्दैन । कामु गभर्नर ढुंगानाले राजीनामा स्वीकृत गर्न जति समय लगाउँछिन् भट्टको नियुक्ति त्यति नै पर धकेलिनेछ । राजीनामा स्वीकृत गर्ने समय सीमाबारे कुनै स्पष्ट कानुनी व्यवस्था छैन ।


सामाग्री श्रोत :

आफू गभर्नर बन्न नपाएकी ढुंगानाले भट्टलाई गभर्नर बन्ने बाटो छेकिन्, राजीनामा स्वीकृत गर्न अस्वीकार

काठमाडौँ । दर्जनौँ सरकारी वेबसाइटहरू एकाएक डाउन भएको पाइएको छ । शुक्रबार बिहानदेखि सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय लगायतका प्रमुख साइटहरू चल्न छोडेका हुन् ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्माले राष्ट्रिय सूचना प्रविधि केन्द्र (सरकारको एकीकृत डेटा सेन्टर) मा पावर सप्लाईको समस्या आएका कारण वेबसाइटहरू प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको लाइनमा समस्या आएका कारण डेटा सेन्टरको विद्युत्‌ आपूर्ति रोकिएको छ ।

संवेदनशील मानिएका साइटहरूलाई जनेरेटरको सहयोगमा सञ्चालनमा ल्याइएको भए पनि अन्य साइटहरू चल्न सकेका छैनन् । अबको केही समयमा बन्द भएका सम्पूर्ण साइटहरू पुनः सञ्चालनमा आउने महानिर्देशक शर्माले जानकारी दिए ।

त्यसो त काठमाडौँ सिंहदरबारमा रहेको एकीकृत डेटा सेन्टरमा समस्या आउँदा सरकारी सिस्टमहरूलाई ब्याकअप दिन हेटौँडामा रिकभरी साइट समेत बनाइएको छ । तर उक्त साइटले समेत धान्न नसक्ने गरी सरकारी सिस्टम तथा साइटहरू प्रभावित भएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १०:३१





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट