

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगको प्रक्रियाबाट गरिने बताएका छन्।
राष्ट्रिय कृषि बँधुवा मजदुर संघर्ष समितिको टोलीसँग आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा भएको छलफलमा उनले सरकारले विसं २०७६ मा मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकका समस्या समाधान भइसकेको घोषणा गरेकाले अब अन्य उपायबाट बाँकी समस्या समाधान गर्दै जाने बताउँदै यो चुनौतीपूर्ण रहेको उल्लेख गरे।
मन्त्री अधिकारीले समस्या समाधानका लागि अन्य उपायबारे छलफल गर्न सकिए पनि तत्काललाई आयोगको विधि र प्रक्रियाअनुसार आउन सबैलाई आग्रह गरे। ‘हालसम्म मुक्त घोषणा गरिएका जति पनि समुदाय छन् तिनका अधिकारका लागि सरकार संवेदनशील छ, तर विशेष व्यवस्थासहित समस्या समाधान गर्न सकिने अवस्था छैन। त्यसैले यहाँहरू सबैले आयोगको प्रक्रियाबाट आउनु आवश्यक छ, त्यसमा मन्त्रालयले आवश्यक सहजीकरण गर्छ’, उनले भने, ‘त्यसबाहेक सरोकार भएका निकाय र समूहसँग छलफल गरी अन्य कुनै निष्कर्षमा पुग्नेबारे बहस गर्नेछौँ, त्यसका लागि पनि मन्त्रालय तयार छ।’
संघर्ष समितिका प्रतिनिधिहरूले सरकारले तत्कालीन अवस्थामा आन्दोलनकारीसँग गरेका सहमतिअनुसार समस्या समाधान गरिनुपर्नेमा जोड दिएका थिए। ‘विभिन्न समयमा भएका आन्दोलनपछि सरकारले मुक्तिको घोषणा गरेको थियो। सरकार आफैँले दुई प्रतिशत मुक्तकमैया र आठ प्रतिशत हलियाको समस्या समाधान हुन बाँकी छ भनेर स्वीकारेको छ। मुक्त हरवाचरवा पुनःस्थापनाको काम सुरु भएको छैन। मुक्त कम्लहरीको समस्या उस्तै छ। त्यसैले यी सबै समस्या नयाँ ढंगले समाधान गरिनुपर्छ’, वक्ताहरूको भनाइ थियो।
सरकारले विसं २०५७ साउन २ गते कमैया, विसं २०६५ भदौ २१ गतेको हलिया, विसं २०७० साउन ३ गते कम्लरी र विसं २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । मकवानपुरमा विद्युतीय माइक्रोबस (ईभी) दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । शुक्रबार बिहान मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको ईभी सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी रौतहट दुर्गा भवानीपुर गाउँपालिका-५ की ५० वर्षीया निलमदेवी राउतको हेटौंडा अस्पतालमा उपचारका क्रममा बिहान साढे ४ बजे मृत्यु भएको हो । यस्तै, दुर्घटनापछि हराइरहेकी सर्लाही बागमती गाउँपालिका-७ की १३ वर्षीया मानुषी मगरलाई प्रहरीले खोजी गर्ने क्रममा बिहान साढे ५ बजे दुर्घटनास्थल नजिकैको खोल्सामा मृत अवस्थामा फेला पारेको थियो ।
दुर्घटनामा घाइते भएकामध्ये १० जनाको हेटौंडास्थित विभिन्न अस्पतालमा र बाँकी चार जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा अस्पतालमा उपचाररत घाइतेहरूमा रौतहटका ५५ वर्षीय रामप्रकाश राउत, सर्लाही बरहथहवा नगरपालिका-८ का ५२ वर्षीय शिवशंकर राय, उनकी ४५ वर्षीया श्रीमती रिकिदेवी राय र २७ वर्षीय मनोज राय छन् । प्रहरीका अनुसार रामप्रकाशको अवस्था मध्यम र अन्य तीन जनाको अवस्था सामान्य छ ।
त्यस्तै, मकवानपुर सहकारी अस्पतालमा उपचाररत घाइतेहरूमा सर्लाही हरिहरपुर नगरपालिका-१ का २७ वर्षीय नवराज मगर, १६ वर्षीया प्रियंका मगर, १५ वर्षीय सृजन मगर, ४० वर्षीया जमुना मगर, १९ वर्षीय सुदिप रिसाल, सर्लाही विष्णुपुर गाउँपालिका-३ का २७ वर्षीय देवराजकुमार साह, ४२ वर्षीया किसुनव्रर्ती साह, सर्लाही बागमती गाउँपालिका-७ की १६ वर्षीया युनिका दर्लामी मगर र महोत्तरी गौशाला गाउँपालिका-५ का १६ वर्षीय आदित्य छोरचंगी मगर रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय चालक कमल बहादुर दर्लामी मगरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको र चालकसँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १७:१३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले राजीनामा दिएका छन्।
राष्ट्र बैङ्कको १८ औँ गभर्नर बन्ने प्रतिस्पर्धामा रहेका भट्टले गभर्नर नियुक्तका लागि उच्च राजनीतिक नेतृत्वबाट सकारात्मक सङ्केत पाएपछि शुक्रवार कार्यकारी निर्देशकबाट राजीनामा बुझाएका हुन्।
डा.भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको बताए। उनले गभर्नर नियुक्तिमा राजीनामा दिनु पर्ने भएकाले राजीनामा दिएको पनि बताए।
डा. भट्टले भने,‘ गभर्नरका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिनु पर्ने भएकाले मैले आज राजीनामा दिए। अन्य अब प्रक्रिया हेर्नुपर्छ।’
राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्ने विषयमा कानुनी अन्यौलता देखिएको छ। कानुनी अन्यौलतासँगै भट्टले उच्च राजनीतिक नेतृत्वबाट गभर्नर बनाउने पक्का भएसँगै राजीनामा दिएका छन्। अब बस्ने मन्त्रिपरिषद्को बैठकले डा.भट्टलाई गभर्नर नियुक्ति गर्ने निश्चित जस्तै भएको छ।
गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच गभर्नरको भागवण्डा टुङ्गिएको छ। गभर्नर काँग्रेसको भागमा पर्ने गरी भागबन्डा टुङ्गिएपछि भट्टले राजीनामा दिएका छन्।
राष्ट्र बैङ्कमा दुई कार्यकारी निर्देशकको राजीनामा, स्वीकृत हुन बाँकी
गभर्नर नियुक्ति प्रक्रिया अन्तरिम तयारीमा पुगेसँगै राष्ट्र बैङ्कका बहालवाला दुई कार्यकारी निर्देशकले राजीनामा दिएका छन्। नयाँ गभर्नरको दौडमा रहेका डा. प्रकाश श्रेष्ठ र डा. गुणाकर भट्ट दुवैले राजीनामा दिएका छन्।
डा.श्रेष्ठले केही समय अघि नै राजीनामा दिएका थिए। तर भट्ट र श्रेष्ठ दुवैको राजीनामा भने स्वीकृत भएको छैन। नयाँ गभर्नरमा दुवै जना दाबेदार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले १७ दिन शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरूले माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका हुन्।
उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन्। महासंघले अनुशाासित, मर्यादित र संयमित भएर आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ।
महासंघले आफूहरूको आन्दोलन निष्कर्षतर्फ उन्मुख भएकाले धैर्य राख्न शिक्षकहरूलाई आग्रह पनि गरेको छ। महासंघले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर–माइतीघर सडकखण्ड प्रभावित हुँदै आएको छ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाएरै छोड्ने प्रतिवद्धता जनाउँदै शिक्षकहरूलाई नआत्तिन आग्रह गरेका छन्।
सामाग्री श्रोत :
शिक्षक आन्दोलन १७औं दिन पनि जारी, निष्कर्षमा पुगाउने प्रतिवद्धता
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही २०८२ साल वैशाख ११ गतेदेखि सुरु हुने तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचना झुटो भएको स्पष्ट पारेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी बोर्डले निर्धारित समयमै परीक्षा सञ्चालन हुने र नक्कली सूचनाबाट सतर्क रहन आग्रह गरेको हो ।
परीक्षा स्थगितसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पार्दै बोर्डले यस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान्ड हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।
परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डको वेबसाइट www.neb.gov.np बाट मात्र सार्वजनिक हुने बोर्डले जनाएको छ ।
“बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ । सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १६:११
सामाग्री श्रोत :
टेक पाना

बारा–बारामा आज दिउँसो कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
निजगढ –कलैया सडक खण्डमा कार र टिपर एकापसमा ठोक्किएर दुई जनाको मृत्यु भएको हाे।
बाराकाे १३ किलो भन्ने ठाउँमा भएको दुर्घटनामा सर्लाही बरहथवा बस्ने हरिनारायण शर्मा मृत्यु र कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले बताए। उनका अनुसार कार चालकको नाम र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन।
पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेशको ०१–०२५– ख ५०७८ं६ र पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेशको २–०३–००१– ख ०६०७ नम्बरको टिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा विस्तृत अध्ययन सुरु गरिएको बारा प्रहरीले बताएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सबैलाई लामो, बाक्लो र सुन्दर कपाल मन पर्छ। यसका लागि मानिसहरू महँगो कपाल उत्पादनहरू पनि प्रयोग गर्छन्। तपाईंले आफ्नो घरका ठूलाबडालाई कपालको हेरचाहको बारेमा कुनै सुझाव सोध्नुभयो भने पनि, उहाँहरूले कपालमा तेल लगाउन मात्र सल्लाह दिने गर्दछन्।
वास्तवमा, तेलले कपाललाई जरादेखि नै पोषण दिन्छ, कपाललाई नरम र रेशमी बनाउँछ र कपाल टुक्रिने समस्या पनि कम गर्छ। हप्तामा एक वा दुई पटक स्याम्पु गर्नुअघि कपालमा तेल लगाउनु कपालको लागि धेरै स्वस्थकर बानी हुन सक्छ।
यद्यपि, सही तेल छनोट गरिएको खण्डमा मात्र तेल लगाउनुको फाइदा हुन्छ। वास्तवमा, केही तेलहरू यस्ता हुन्छन् जुन कपालमा लगाउँदा फाइदाको सट्टा हानि हुन सक्छ।
कपालमा मिनरल तेल नलाग्नुहोस्ः
पहिलेका समयमा मानिसहरूले प्राकृतिक तेल प्रयोग गर्थे, जसले कपाललाई पनि फाइदा पुर्याउँछ। तर आजकल बजारमा यति धेरै खनिज तेल उपलब्ध छ कि धेरैजसो मानिसहरू यसलाई कपालमा लगाउँछन्। बजारमा बेचिने अधिकांश ब्रान्डका कपालको तेलमा खनिज तेल उच्च मात्रामा पाइन्छ। हामी तपाईंलाई बताउँछौं कि खनिज तेलमा प्याराफिन मोम र पेट्रोलियम हुन्छ, जुन कपालको लागि धेरै हानिकारक हुन्छ। यसले कपाल झर्ने र सुख्खा हुने सम्भावना हुन्छ। त्यसैले, सधैं आफ्नो कपालको तेल जाँच गरेर मात्र प्रयोग गर्नुहोस्।
जैतुनको तेल पनि कपालको लागि राम्रो होइनः
तपाईंलाई यो सुन्दा अलि अनौठो लाग्न सक्छ तर विज्ञहरूका अनुसार जैतुनको तेल पनि कपालको लागि राम्रो होइन। वास्तवमा जैतुनको तेलको प्रकृति कमेडोजेनिक हुन्छ। यसको अर्थ यसले टाउकोको छिद्रहरू बन्द गर्छ, जसले गर्दा टाउकोमा पिम्पल आउन सक्छ। धेरैजसो अवस्थामा, मानिसहरू जैतुनको तेल लगाएपछि तुरुन्तै कपाल धुन रुचाउँछन् किनभने यसलाई लगाउँदा उनीहरूलाई असहज महसुस हुन सक्छ, जुन कपालको लागि पनि राम्रो होइन।
बजारमा बिक्री भइरहेका कडा सुगन्धित तेलहरूः
बजारमा उपलब्ध धेरैजसो कपालको तेलमा कडा सुगन्ध हुन्छ किनभने त्यसमा कृत्रिम सुगन्ध थपिन्छ। अब तपाईंलाई यसको गन्ध राम्रो लाग्न सक्छ तर यो तपाईंको कपालको स्वास्थ्यको लागि पटक्कै राम्रो होइन। वास्तवमा, यो कृत्रिम सुगन्धमा धेरै रसायनहरू हुन्छन्, जुन कपालको लागि धेरै कठोर हुन सक्छ। यसले कपालको प्राकृतिक ओसिलोपन सोस्न सक्छ, जसले गर्दा कपाल खस्रो र सुख्खा हुन सक्छ र भाँचिने सम्भावना पनि बढ्न सक्छ।
कपालमा कपूरको तेल नलाग्नुहोस्ः
धेरै मानिसहरूले कपालमा तेल र कपूरको मिश्रण लगाउँछन्। भनिन्छ कि कपूरको तेल लगाउनाले कपाल लामो हुन्छ र जुम्रा हट्छ। जबकि यो कपालको लागि धेरै हानिकारक साबित हुन सक्छ। वास्तवमा, कपूर मिसाइएको तेलले कपाललाई धेरै सुख्खा बनाउन सक्छ, जसले चिलाउने, पिम्पल, दाग र फंगल संक्रमणको जोखिम बढाउन सक्छ। यस कारणले गर्दा, कपाल लामो हुने कुरा बिर्सनुहोस्, तिनीहरू झर्न थाल्छन्।
क्यास्टर तेल लगाउँदा सावधान रहनुहोस्ः
कपाल र छालाको लागि क्यास्टर तेलका धेरै फाइदाहरू छन्। तर विज्ञहरूका अनुसार क्यास्टर तेलले कपाललाई फाइदाको सट्टा हानि पुर्याउन सक्छ। वास्तवमा, क्यास्टर तेल धेरै बाक्लो र प्रतिक्रियाशील पनि हुन्छ, जसको कारणले गर्दा यसलाई टाउकोमा लगाउनाले धेरै मानिसहरूलाई एलर्जी हुन सक्छ। यसले कपाललाई धेरै सुख्खा बनाउन सक्छ, जसका कारण कपाल अल्झिएको र सुख्खा देखिन सक्छ। यसले कपाल टुक्रिने जोखिम पनि बढाउन सक्छ। यस्तो अवस्थामा, यदि तपाईंले क्यास्टर तेल प्रयोग गर्नुपर्यो भने, यसको थोरै भाग अन्य कुनै तेलमा मिसाएर कपालमा लगाउनुहोस्।
सामाग्री श्रोत :
काठमाडौँ । नेपालमा हरेक वर्ष एक हजार भन्दा बढी डिजिटल फाइनान्सिङ फ्रड अर्थात् डिजिटल भुक्तानीका माध्यमबाट भएका ठगी सम्बन्धी उजुरीहरू दर्ता हुन्छन् । “हामी बैँकबाट तपाईँलाई कल गरिरहेका छौँ” भन्दै ठग्ने क्रम बढेको छ । मोबाइल बैङ्किङ अथवा डिजिटल वालेटको ओटीपी मागेर ग्राहकको खातामा पहुँच बनाइ रकम झिक्ने समस्या पनि उत्तिकै छ ।
समय समयमा प्रहरी र बैँक तथा वित्तीय संस्थाहरूले यस्ता ठगीहरूबाट बच्नका लागि सचेतनामूलक सूचनाहरू प्रकाशन गरिरहेका पनि हुन्छन् । डिजिटल बैङ्किङको सुरक्षालाई थप बलियो बनाउन उनीहरूले टु फ्याक्टर अथेन्टिकेसन (2FA), थ्रीडी सेक्योर, पासवर्ड र पिनको सुरक्षित प्रयोग, सेक्योर सकेट्स लेयर (SSL) लगायतका उपाय पनि अपनाई रहेका छन् । तर पनि यस्ता घटनाहरूमा कमी आएको छैन ।
हामीले प्रयोग गर्ने एटीएम कार्डदेखि अनलाइन बैङ्किङ, अनलाइन खाता खोल्ने लगायतका सबै गतिविधिहरू डिजिटल बैङ्किङभित्र पर्छन् । डिजिटल बैङ्किङले बैङ्किङ सुविधालाई छिटो, सुरक्षित र सुलभ बनाएको छ । तर, सुविधासँगै ठगी पनि बढेको छ । जसरी हामी बैँकमा नगइ मोबाइलको भरमा सम्पूर्ण आर्थिक कारोबार गर्न सक्छौँ, त्यसैगरी चोर वा ठगहरूले पनि बैँकसम्म नपुगी अनलाइनबाटै हाम्रो खातामा भएको सम्पूर्ण रकम चोरी गर्न सक्छन् । डिजिटल ठगीका धेरै घटनामा प्रयोगकर्ताको गल्ती देखाइन्छ । तर, प्रयोगकर्ताका साथै बैँक तथा वित्तीय संस्था र भुक्तानी प्रदायकले पनि सुरक्षित कारोबारको प्रणाली बलियो बनाउनुपर्ने साइबर सुरक्षा विज्ञहरूको भनाइ छ ।
“ठुल्ठुला राशिका फ्रडहरू धेरैजसो प्रयोगकर्ताको तर्फबाट भन्दा पनि सम्बन्धित संस्थाले आफ्नो प्रणालीलाई सुरक्षित बनाउन नसकेका कारण भएका छन्,” साइबर सुरक्षा विज्ञ नारायण कोइराला भन्छन् । “पहिलेको तुलनामा अहिले धेरै वित्तीय संस्थाहरू साइबर सुरक्षाप्रति संवेदनशील भएको देख्न सकिन्छ । विशेषगरी वाणिज्य तथा विकास बैँकहरूले साइबर सुरक्षालाई बलियो बनाउने प्रयास गरिरहेका छन् ।” तर फिनटेकको क्षेत्रमा आएका नयाँ संस्थाहरूमा यस्ता समस्या देखिने गरेको उनको भनाई छ ।
बैँक तथा वित्तीय संस्थाहरू यस्ता समस्याहरूप्रति सचेत छन् । बारम्बार विभिन्न सूचनाहरू जारी गरेर ग्राहकसम्म यस्ता समस्याका विषयमा सचेत पनि गराइरहेकै छन् । तर पनि डिजिटल साक्षरताको कमीका कारण र विभिन्न प्रलोभनमा फसेर यी घटनाहरू हुने गरेका छन् । मोबाइल बैँकिङको तुलनामा डिजिटल वालेटबाट यस्ता ठगी धेरै भएको पाइन्छ । फेरि, वालेटमा नै बैँक खाताहरू लिंक हुने हुँदा डिजिटल वालेटमा पहुँच पाउने बित्तिकै बैँक खाताबाट पनि रकम निकाल्न सहज हुने माछापुच्छ्रे बैँकको आईटी विभागका प्रमुख हेमकुमार श्रेष्ठ बताउँछन् ।
“विगत हेर्ने हो भने ओटीपी मात्रै पाउँदा पनि ठगहरूले पैसा खाताबाट निकाल्न सक्ने परिस्थिति थियो । तर अहिले मोबाइल नम्बर भेरिफिकेसन फिचर लागु गरेसँगै ओटीपीबाट हुने चोरीमा कमी आएको छ,” उनले भने, “अहिले ग्राहकलाई लक्की ड्रमा पैसा परेको छ, विदेशबाट पार्सल आएको छ भन्दै प्रलोभनमा पारेर रकम माग्ने क्रम बढेको देख्न सकिन्छ । यसमा ग्राहक आफैँ सचेत हुन आवश्यक छ ।”
यसको मुख्य कारण डिजिटल डिभाइड भएको उनी विश्वास गर्छन् । सबै ग्राहकहरू डिजिटल प्रविधिमा साक्षर नहुने र यसको फाइदा उठाउँदै ठगहरूले ठगी गर्ने गरेको उनले बताए । ठगी गर्ने तरिकाहरू पनि परिवर्तन हुँदै गर्दा भविष्यमा एआई प्रविधिको प्रयोग नहोला भन्न सकिन्न । विद्यमान समस्या र भोलिको दिनमा आउन सक्ने समस्यालाई हेरेर त्यसलाई न्यूनीकरणमा ग्राहक, बैँक, वालेट, नीति निर्माता लगायत सबै सरोकारवाला सचेत हुनुपर्नेमा उनले जोड दिए ।
भुक्तानी सेवा प्रदायक तथा सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) भने यस्ता किसिमका घटनाहरू अन्य देशको तुलनामा नेपालमा कम भएको बताउँछ । एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निशेलमानसिंह प्रधान डिजिटल फाइनान्सिङ फ्रडको सङ्ख्या घटाउनुपर्ने र घटना घटेपछि क्षतिपूर्तिको लागि पनि पहल गरिनुपर्नेमा जोड दिन्छन् ।
“विभिन्न देशहरूले डिजिटल भुक्तानीको क्षेत्रमा प्रविधिको प्रयोग गरेर हुन सक्ने ठगीमा क्षतिपूर्तिका लागि बीमाको व्यवस्था गर्ने प्रचलन छ । नेपालको हकमा यो अभ्यास छैन,” उनी भन्छन्, “यस्तो प्रकारको नीतिको अभावका कारण ग्राहक, बैँक तथा मध्यस्तकर्तालाई पनि समस्या भइरहेको छ । यदि बीमाको व्यवस्था गराउन सक्ने हो भने डिजिटल भुक्तानी प्रति ग्राहकको विश्वास थप बढ्ने सम्भावना छ ।”
हामीले गर्ने कुनै न कुनै गल्ती वा कमजोरी नै ठगहरूको लागि सजिलो बाटो बन्ने गरेको छ । ‘चोर सधैँ एक कदम अगाडि हुन्छ’ भनेझैँ, सचेत हुदाँहुदैँ र प्रणाली बलियो बनाउँदा बनाउँदै पनि घटना घटिरहन्छन् । ठगहरूका नयाँनयाँ शैलीबारे सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने प्रहरी बताउँछ ।
पछिल्लो समय ठगहरूले ग्राहकलाई स्क्रिन शेयर गर्न लगाएर व्यक्तिगत विवरणहरू लिने गरेको पाइएको सीआईबीका प्रहरी उपरीक्षक सुधीरराज शाही बताउँछन् । “ग्राहकलाई स्क्रिनशेयर गर्न लगाएर मिररिङ भएको स्क्रिनमा प्रयोग भएका व्यक्तिगत विवरणहरू, पासवर्ड पत्ता लगाउने र ग्राहकको खातामा पहुँच बनाउने घटना पनि अहिले बढेका छन्,” उनी भन्छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १५:५
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नेपाली डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (ESGE) बाट एफइएसजीइ (FESGE) उपाधी (डिग्री) प्राप्त गर्न सफल भएका छन्।
डा. झा एफइएसजीइ को डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन्।
इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन्। नेपालका डा. झासँगै भारत (AIG) का नागेश्वर रेड्डीले पनि एफइएसजीइ डिग्रीको उपाधी पाएका हुन्।

डा. झा वीरगंजस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका संचालक हुन्। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्वपूर्ण व्यवसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ।
आफ्नो पेशागत यात्रामा यो एफइएसजीइ डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि ठानेका डा. झाले यो उपाधी विश्व-चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि व्यक्त गरेका छन्। डा. झा भन्छन्, ‘एफइएसजीइ उपाधी मेरा लागि मात्र नभई देशकै लागि गर्वको कुरा हो। यसले विश्व-चिकित्सा क्षेत्रमा नेपालको परिचय स्थापित गर्न मद्दत पुर्याउछ।’
यो डिग्री प्राप्त गर्न इएसजीइमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल-१ र मोड्युल-२ सफलतापूर्वक पूरा गरेको हुनुपर्छ।
डा. झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी युकेबाट सन् २०१३ मा मोड्युल-१ र एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद, भारतबाट सन् २०१७ मा मोड्युल-२ पूरा गरेका हुन्। यो वर्ष इएसजीइबाट डा. झासहित १२ जनाले यो डिग्री प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – नेपाल औषधि लिमिटेडको चर्चित ब्रान्ड सिटामोलको उत्पादन करिब महिनादिन देखि रोकिएको छ। गत वर्षको तुलनामा यो वर्ष सरकारी निकायले सिटामोल खरिद नगरेको तथा मौज्दातमा धेरै रहेको हालका लागि उत्पादन बन्द गरिएको नेपाल औषधि लिमिटेडले जानकारी दिएको छ। नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुका अनुसार गत वर्ष बिक्री भएको अनुपातका आधारमा यस वर्ष सिटामोलको उत्पादन गरिएपनि उत्पादन अनुसार बिक्री नहुँदा हाललाई सिटामोलको उत्पादन बन्द गरिएको हो। ‘हाल करिब डेढ,दुई करोड रुपैयाँ बराबरको औषधि स्टक रहेकोमा सिटामोल धेरै छ, स्वास्थ्य मन्त्रालयले जिटुजी मार्फत् किन्ने सम्झौता नगर्दाे मौज्दात रहेको अवस्था छ’, पनेरुले भने, ‘मौज्दात नसकिएसम्म पुनः उत्पादन कार्य थालनी गरिदैंन।’ गत वर्ष स्वास्थ्य मन्त्रालयले नेपाल औषधि लिमिटेडको सिटामोल खरिद गरिदिएपनि यस वर्ष भने खरिद गरेको छैन। लिमिटेडसँग सिटामोल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत मौज्दातमा रहेको छ। पनेरुले थपे ‘फिनिस्ड प्रोडक्ट’को म्याद सकिने समय दुई वर्ष मात्र हुन्छ’,अहिले बनाएको औषधि अर्को आर्थिक वर्षमा बेच्दा‘निअर एक्सपाइरी’को अवस्थामा हुन्छ, कसैले किन्दैनन्।’ लिमिटेडले दुई सिफ्टमा गरी एक दिनको ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्दै आएको पनेरु बताउँछन्। २०७९ चैत्र २० गते औषधि लिमिटेडलाई २० प्रकारका औषधि उत्पादन गराउन सरकारले २४ करोड रकम दिने निर्णय भएको थियो। तत्कालीन मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिले स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयलाई नेपाल औषधि लिमिटेडको सुधार योजना पठाउने र त्यसलाई तीन मन्त्रालयले समन्वय गरेर कार्यान्वयनमा निर्णय समेत गरेको थियो। त्यही आधारमा लिमिटेडले दुई चरणमा काम गरेर १० प्रतिशत औषधि उत्पादन वृद्धि गरेको भए पनि त्यो रकम अझै पाउन नसकेको महाप्रबन्धक पनेरुले बताए। औषधि उत्पादन १० प्रतिशतले बढाएको भए पनि गत वर्षको जति पनि औषधि उत्पादन गर्न नसकिएको उनको भनाइ छ। उनले निजी औषधि कम्पनीहरुको विभिन्न ‘स्किम तथा भारी छुट’को व्यवस्था गरेका कारण औषधि लिमिटेडको सिटामोलले बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको बताए।
सामाग्री श्रोत :
swasthyakhabar









