२०८३ असार ३ बुधबार
२०८३ असार ३ बुधबार

नवलपरासी–नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्रका दुई वटा आधारभूत विद्यालय गाभिएका (मर्ज) छन्।

गैँडाकोट-३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालय र गैँडाकोट-५ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नजिकै रहेका विद्यालयसँग गाभिएको हो।

गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीका अनुसार वडा नं ३ को मङ्गलादेवीमा नौ जना मात्रै विद्यार्थी हुँदा सोही वडाको कृष्णगण्डकी माध्यमिक विद्यालयसँग गाभिएको हो। त्यस्तै गैँडाकोट–५ को सरस्वती आधारभूत विद्यालयबाट अर्को विद्यालय दुई सय मिटरको दूरीमा भएपछि जनक नमूना माध्यमिक विद्यालयसँग गाभिएका उनले जानकारी दिए।

भौगोलिक हिसाबले नजिकै भएका तथा विद्यार्थी सङ्ख्या थोरै भएका सामुदायिक विद्यालयलाई एकआपसमा गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य रहेको अधिकारीले बताए।

“नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि एउटा कार्यदल गठन गरिएको थियो”, उनले भने, “सोही कार्यदलको प्रतिवेदनका आधारमा थप विद्यालय पनि मर्ज हुने तयारीमा छन्।”

Ncell 2
Ncell 2

नगर कार्यपालिकाको निर्णयअनुसार नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंको संयोजकत्वमा पाँच सदस्यीय ‘विद्यालय शिक्षा संरचना व्यवस्थापन तथा शैक्षिक सुधार सुझाव कार्यदल’ गठन गरिएको थियो। यस कार्यदलले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्न कार्यविधि र नियम बनाएर काम भइरहेको अधिकारीले जानकारी दिए।

कार्यदलले विद्यालय समायोजन, दरबन्दी समायोजन, कक्षा स्तरोन्नति तथा कक्षा घटुवा, आवासीय विद्यालय सञ्चालनलगायत विषयमा सुझाव पेस गरेको कार्यदल संयोजक एवं नगर शिक्षा अधिकारी चापागाईंले जानकारी दिए।

“भौगोलिक रूपमा विकट भएका वडा नम्बर ३ र १८ मा विद्यार्थी सङ्ख्या बढाउन तथा शैक्षिक गुणस्तर वृद्धि गर्न आवासीय विद्यालय सञ्चालन र कक्षा घटुवा गर्नेगरी प्रतिवेदन दिएका छौँ”, उनले भने, “यी दुई पहाडी वडामा रहेका विद्यालय मर्ज गरेर जाँदा विद्यार्थीलाई पढ्न कठिन हुने भएकाले विद्यार्थीको सुविधाका लागि कक्षा घटुवा तथा आवासीय विद्यालय निर्माण गर्ने प्रतिवेदन दिएका हौँ।”

shivam cement
shivam cement

वडाका अन्य स्थानमा भने सरकारले जारी गरेको नियमअनुसार विद्यालय समायोजन गर्ने तयारी गरिएको चापागाईंले बताए। उनका अनुसार १८ वटा वडा रहेको गैँडाकोट नगरपालिकामा ३५ सामुदायिक विद्यालय छन्। नगरभित्र सञ्चालित विद्यालयमध्ये १४ वटा सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेका उल्लेख गर्दै नगर शिक्षा अधिकारी चापागाईंले त्यसमध्ये ५० भन्दा कम विद्यार्थी हुने विद्यालय आठ वटा रहेका जानकारी दिए।

एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयमा सात सय ८६ विद्यार्थी अध्ययनरत छन्। ती विद्यालयमा ६२ जना शिक्षक कार्यरत रहेका जनाउँदै विद्यार्थी भर्ना अभियान जारी गएर विद्यार्थी सङ्ख्या बढाउनुपर्ने अवस्था रहेको चापागाईंले बताए।

शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक, पहाडमा ४५ विद्यार्थी बराबर एक र तराई एवं उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था उल्लेख गरेको छ। अहिले सरकारले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न भने पनि सामुदायिक विद्यालयका शिक्षक सङ्घीय राजधानी काठमाडौँ केन्द्रित प्रदर्शनमा हुँदा विद्यार्थी भर्ना अभियान सुरु हुन सकेको छैन। रासस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासंघका पदाधिकारीले शुक्रबार जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन्।

विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर महासंघको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।

प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए।

मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बैठकको आह्वान गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरूलाई आह्वान गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी रहेका थिए।


सामाग्री श्रोत :

बालुवाटारमा प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल

काठमाडौँ । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । एनसेल एपमा प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने उद्देश्यका साथ कम्पनीले अन्य उपयोगी सुविधाहरू समेत समावेश गरेको छ ।

सेल्फ सर्भिस एपको रूपमा रहेको एनसेल एप मार्फत १०० देखि २०० रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी डेटा बोनस प्राप्त गर्नेछन् । त्यस्तै २०० रुपैयाँ वा सोभन्दा माथिको अनलाइन रिचार्जमा ३ दिनको लागि मान्य हुने ५०० एमबी डेटा बोनसमा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा भने डेटा बोनस लागु नहुने कम्पनीले स्पष्ट पारेको छ ।

यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिने एनसेलको विश्वास छ । यसका साथै कम्पनीका ग्राहकले एनसेल एप मार्फत् एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरी त्यसको फाइदा समेत लिन सक्छन् ।

ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सकिने सुविधा दिएको छ । जसले गर्दा यो एउटा नभई नहुने सेल्फ केयर टुलको रूपमा समेत स्थापित हुँदै गएको छ ।

एनसेल एप मार्फत् प्रयोगकर्ताहरूले सजिलै डेटा तथा भ्वाइस प्याक, सधैँ अन प्याकहरू, सधैँ अन रिनुअल प्याकहरू लिन सक्छन् । साथै अनलाइन रिचार्ज गर्नेदेखि आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्नेसम्मका सुविधा यसमा रहेका छन् । डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सकिने सुविधा पनि यही एपमा छ ।

साथै ग्राहकले प्याकलाई उपहारको रूपमा पठाउन सक्छन् । अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेम, अनलाइन समाचार, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत छन् ।

विभिन्न उद्देश्यले छोटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरूका लागि पनि यो एक प्रभावकारी सेल्फ सर्भिस एप हो । जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्छ ।

एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सक्छन् । 

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १३:३२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

Ncell 2
Ncell 2

क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ। स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो। 

shivam cement
shivam cement

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

राप्रपाका महामन्त्रीसमेत रहेका राणा क्यान्सर सर्भाइभर हुन्। उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए। उपचार गराएर गत पुसको दोस्रो साता मात्रै उनी काठमाडौं फर्केका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका हुन्।

महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसक्नुका साथै रोजगारीको अवसरसमेत गुम्दै गएको बताए। उनले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि कांग्रेसले ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरेको उल्लेख गरे।

पूर्वमन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा जोड दिए। ‘अहिले नेपाली कांग्रेसको दुई जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौँ, त्यो अभियानको एउटा अभिन्न अंग भनेको एउटा वैदेशिक रोजगारी हो’, उनले भने।

कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधानमा संघ र एसोसिएसन लाग्नुपर्ने बताए। कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले स्वदेशमा रोजगारी नभएर मानिस विदेश जाने गरेको भन्दै अब स्वदेशमै रोजगारी सृजना गर्ने वातावरणमा सरकार लाग्नुपर्ने उल्लेख गरे।

संघका नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङ, एसोसिएसनका अध्यक्ष दीपक थापालगायतले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधानमा हातेमालो गरेर अगाडि बढ्ने बताए।


सामाग्री श्रोत :

वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्नेमा जोड

काठमाडौँ । शुक्रबार बिहानैदेखि नागरिक एप समेत डाउन रहेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको विद्युत् आपूर्ति प्रणालीमा खराबी आउँदा बिहान ८ बजेदेखि नै विभिन्न सरकारी साइटसँगै नागरिक एपको सेवा समेत प्रभावित बनेको हो ।

नागरिक एपमा एक अधिकारीले एकीकृत डेटा सेन्टरको रूपमा रहेको केन्द्रकै विद्युत् आपूर्ति प्रभावित हुँदा नागरिक एप समेत नचलेको बताए । केन्द्रले आफ्नो विद्युत् प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर स्विच (एटीएस) मा समस्या सिर्जना हुँदा विद्युत् आपूर्तिमा व्यवधान आएको उल्लेख गरेको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्माले विद्युत् आपूर्तिको समस्या समाधान भइसकेको र सरकारी सिस्टम तथा साइटहरू नियमित रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताएका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १४:४१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। 

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन्।

Ncell 2
Ncell 2

निवेदकहरूका अनुसार आइतबार नै पेसीमा चढाउनेगरी पुरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ। दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको दाबी निवेदकहरूले गरेका छन्।

shivam cement
shivam cement

भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्राचीन सम्पदा तथा पुरातात्विक महत्वका वस्तुले देशको ऐतिहासिकता, सभ्यताको अवस्थालाई अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने बताएका छन्। उनले तिनको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्।

विश्व सम्पदा दिवसका अवसरमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूनाथ चैत्य तथा त्यस आसपासका क्षेत्रमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्।

सो अवसरमा महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले स्वयम्भूको संरक्षण तथा स्थानीय जात्रा पर्व, संस्कृतिको जगेर्नामा महासमितिले विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सहयोग गर्दै आएको मन्त्री पाण्डेलाई जानकारी दिए। सोही उपलक्ष्यमा स्वयम्भूबाट वसन्तपुरसम्म पदयात्रा गरिएको थियो।

पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, विभिन्न सांस्कृतिक संघसंस्थालगायतको सहभागितामा भुइँखेलबाट सुरु भएको उक्त पदयात्रा विभिन्न सम्पदा मार्ग हुँदै वसन्तपुर पुगेको थियो।


सामाग्री श्रोत :

प्राचीन सम्पदाले मुलुकको सभ्यता अध्ययनमा सहयोग पुग्छ: मन्त्री पाण्डे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा आफ्ना शुभेच्छुक र समर्थकहरूको अराजक गतिविधि रोक्न कडाइका साथ आचारसंहिता पालना गराउने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा अराजक उपस्थिति अनियन्त्रित भए पार्टीकै लागि घातक हुने भन्दै सचेत गराएका थिए । 

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले कार्यवाहक सभापति अर्यालले शुभेच्छुक तथा समर्थकहरूलाई सामाजिक सञ्जाल आचारसंहिता मिचेर टिप्पणी नगर्न र सभ्य रूपमा प्रस्तुत हुन आह्वान गरेको जानकारी दिए । 

“कार्यवाहक सभापति अर्यालज्यूले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीको शुभेच्छुक तथा समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको र यो हाम्रो लागि नै घातक हुने, हामीले यसलाई अनियन्त्रित छोड्यौं भने कुनै दिन हाम्रो लागि नै घातक हुने र यसमा सबै सदस्यहरूलाई पार्टीले बनाएको सामाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत रहन र अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन उहाँले अनुरोध गर्नुभएको छ,” कार्यवाहक प्रवक्ता झाले भने । 

पार्टीले तयार पारेको सामाजिक सञ्जाल प्रयोग आचारसंहिताअनुसार नै सबै सदस्य, शुभेच्छुक र समर्थकले आ-आफ्नो व्यवहार व्यवस्थित बनाउनुपर्ने र अनावश्यक, भ्रामक तथा भड्काउने किसिमका सामग्रीहरू पोस्ट नगर्न आग्रह गरिएको उनले जानकारी दिए ।

 

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १५:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन्।

शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने स्पष्ट पारेका हुन्। 

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे।

Ncell 2
Ncell 2

उनले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे।

त्यस्तै मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौंमा राजावादीले गरेको आन्दोलन प्रतिगामी र संविधान विरोधी आन्दोलन भएको बताए। शान्तिपूर्ण भेला हुन पाउने अधिकार, संविधान बिपरितको कार्यका लागि प्रयोग गर्दा हिंसात्मक घटना भएको भन्दै उहाले त्यसमा संलग्न सवैलाई कारवाही हुने स्पष्ट उनले पारे।

shivam cement
shivam cement

उनले प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाइ रोक्न लागिपरेको बताए।

सञ्चारिका अग्रणी सम्मान पत्रकार उषा लोहनी र डा हरिकला अधिकारीलाई प्रदान गरिएको थियो। त्यस्तै सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मालाई प्रदान गरिएको छ भने स्व उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट