२०८३ जेष्ठ १ शुक्रबार
LATEST NEWS
२०८३ जेष्ठ १ शुक्रबार

काठमाडौं– युक्रेनसँग जारी युद्धकै बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ईस्टरमा युद्धविरामको घोषणा गरेका छन् । 

उनले युद्धविरामको अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्ने आदेश दिएका छन् । साथै युक्रेनले पनि सोही अनुसार कदम चाल्ने अपेक्षासमेत व्यक्त गरेका छन् ।

Ncell 2
Ncell 2

अनलाइनमा शेयर गरिएको भिडियोमा पुटिनले भनेका छन्, ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ ।’

shivam cement
shivam cement

रुसी रक्षा मन्त्रालयले एक बयान जारी गर्दै रुसले नेपाली समय अनुसार शनिबार साँझ पौने ९ बजेदेखि आइतबार आधी रातसम्म सैन्य अभियान रोक्ने बताइएको छ । 

मन्त्रालयले सबै सैन्य कारबाही रोक्ने आदेश दिएको बताएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा गुजरातले दिल्लीलाई ७ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

दिल्लीले दिएको २०४ रनको लक्ष्य पछ्याएको गुजरातले चार बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्‍यो। गुजरातको जितमा जोस बटलरले उत्कृष्ट ब्याटिङ गरे। उनले ५४ बलमा ११ चौका र ४ छक्का प्रहार गरि ९७ रनमा अविजित रहे। यस्तै शेरफेन रदरफोर्डले ४३, शाई सुदर्शनले ३६ तथा राहुल तेवाटियाले ११ रन बनाए। दिल्लीका मुकेश कुमार र कुलदिप यादवले समान एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो। दिल्लीका लागि कप्तान अक्षर पटेलले सर्वाधिक ३९ बनाए। आशुतोष शर्माले ३७ रन तथा करुन नायर र ट्रिस्टन स्टब्सले समान ३१ ३१ रन बनाए। गुजरातका प्रसिद्ध क्रिष्णले ४ विकेट लिए।

गुजरात ७ खेलमा ५ जितसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा समान जित निकोलेको दिल्ली दोस्रो स्थानमा रहेको छ।


सामाग्री श्रोत :

दिल्लीलाई हराउँदै गुजरात शीर्ष स्थानमा

हुम्ला– हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ। 

हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो।

Ncell 2
Ncell 2

आज दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उहाँका आफन्त पूर्ण बुढाले जानकारी दिएका छन्। 

shivam cement
shivam cement

यस्तै, भिरबाट लडेर पाल्पामा एक पुुरुषको मृत्यु भएको छ। जिल्लाको बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो।

सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिँडेका उहाँ अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिमतर्फ रहेको भिरबाट २०० मिटर तल फोक्सिहर खोलामा खसेको अवस्थामा आज दिउँसो उहाँलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

बैतडी। विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षिय विष्णुराज भट्ट रहेका छन्।

विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा आज बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए। शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

घट्नापश्चात बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


सामाग्री श्रोत :

बसको ढोकाबाट खसेर शिक्षकको मृत्यु

काठमाडौँ –शिक्षक महासंघले भोलि (आइतबार) गर्ने प्रदर्शनको समय सारेको छ।

राजावादीहरूले प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले आफ्नो प्रदर्शनको समय सारेका छन्। हरेक दिन बिहान ११ बजेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले भोलि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि तय गरेका हुन् ।

Ncell 2
Ncell 2

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले भोलिको राप्रपाले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै बिहानका लागि सारिएको बताए । 

shivam cement
shivam cement

‘भोलिको परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरेका छौं,थापाले भने, ‘९ देखि १२ सम्म आन्दोलन गर्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।’

महासंघले आवश्यक परेको खण्डमा भोलिको आन्दोलन अझै छाेट्याउन सकिने मनसाय बनाएको छ। 
´उनीहरूको (राजावादी) आन्दोलन हिंसात्मक भएर हाम्रो प्रदर्शन घुसपैठ भयो भने अहिलेसम्मका उपलब्धि समेत गुम्न सक्ने खतरा हुन्छ। त्यसैले आवश्यक परेको खण्डमा प्रदर्शन अझै छाेट्याउन सकिन्छ,` महासचिव थापाले भने।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

रसुवा। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जनताका आकांक्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन्।

विश्वमा दुर्लभ मानिएको रेडपाण्डा (रातोहाब्रे) संरक्षणमा चेतना अभिवृद्वि गर्ने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिका, लाङ्टाङ राष्ट्रिय निकुञ्ज र लाङ्टाङ क्षेत्र संरक्षण सरोकार समाज (लाकोस) द्वारा आयोजित ३०औँ वन्यजन्तु सप्ताह, १३औँ रेडपाण्ड ट्रफी तथा चौँथो ग्रामीण चलचित्र महोत्सव समापन कार्यक्रममा उहाँले जनताका आकांक्षा अनुरूप पूर्वाधार निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको बताए।

मन्त्री गुरूङले विगतमा अधुरा रहेका आयोजनालाई वर्तमान सरकारले पूर्णता दिनेगरी अघि बढिरहेको उल्लेख गरे। वर्तमान सरकार जनता केन्द्रित विकास, निर्माणमा जुटेकाले गाउँगाउँमा परिवर्तन महसुस हुनेगरी काम भइरहेको उनको भनाइ छ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनबाट बनेको वर्तमान सरकार परिवर्तन नहुने बताउँदै उनले भने, ‘सरकार परिवर्तन भइरहँदा कतिपय आयोजना अलपत्र पर्ने भएकाले पुराना अधुरा आयोजनालाई पनि पूर्णता दिने कामलाई यो सरकारले प्राथमिकतामा राखेको छ।’

मन्त्री गुरूङले स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग व्यवस्थित गराउने प्रतिबद्धता जनाए। रसुवाको पर्यटन, सडकलगायत पूर्वाधार विकासमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उनले उल्लेख गरे।

केरूङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौं रेलमार्ग सुरू गर्ने, चालु आवभित्र रसुवाका प्रत्येक घरघरमा टेलिफोन सेवा पुर्‍याउने, जिल्लाका २७ वटै वडामा सञ्चार सेवा पुर्‍याइ इन्टरनेट सेवा विस्तार गर्ने, सुशासन प्रत्यभूत गराउने, विज्ञान प्रविधिको विकास गर्दै इन्टरनेटको माध्यमबाट नागरिकको गुनासो सुनुवाइ गर्नेलगायत योजना सरकारले बनाएको मन्त्री गुरूङले जानकारी दिए।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय बासिन्दा, नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार जितु नेपाल, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधिलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति थियो।


सामाग्री श्रोत :

जनताका आकांक्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित छः सञ्चारमन्त्री

 

काठमाडौँ । स्मार्टफोन निर्माता कम्पनी नथिङले आफ्नो नयाँ फ्ल्यागशिप फोन ‘नथिङ फोन थ्री’ को सार्वजनिक मिति घोषणा गरेको छ ।

कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्ल पेईले सामाजिक सञ्जाल एक्समा हालै भएको ‘आस्क मी एनिथिङ’ (AMA) सेसनमा २०२५ को तेस्रो त्रैमासमा यो फोन आउने जानकारी दिएका हुन् । यसको मतलब यो फोन जुलाईदेखि सेप्टेम्बरबिच कुनै पनि समयमा सार्वजनिक हुनेछ ।

नथिङले यसअघि ‘फोन १’ सन् २०२२ को जुलाईमा र ‘फोन २’ सन् २०२३ को जुलाई ११ मा सार्वजनिक गरेको थियो । त्यसैले यसपटक पनि नयाँ फोन यही सिजनमै आउने संकेत देखिएको छ ।

यस वर्ष कम्पनीले पहिले नै ‘फोन थ्री ए’ र ‘फोन थ्री ए’ प्रो सार्वजनिक गरिसकेको छ भने छिट्टै सीएमफ फोन टु प्रो ल्याउने तयारीमा छ । यी सबैपछि फोन थ्री कम्पनीको प्रिमियम मोडलको रूपमा आउनेछ ।

एएमए सेसनमा पेईले एउटा रोचक कुरा पनि सुनाएका छन् । जब उनलाई एक प्रयोगकर्ताले फोन बनाउने प्रक्रिया कति समय लाग्छ भनेर सोधे, उनले ९ देखि १८ महिना लाग्ने बताए । हाललाई फोन थ्रीमा कस्तो चिपसेट प्रयोग हुने र कति मूल्य पर्ने भन्ने खुलेको छैन । तर सार्वजनिक मिति तय भइसकेकाले अब चाँडै थप विवरण आउने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ २०:१०





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ। 

इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ।

मृतकमा महिला र बालबालिकासहित रातभर मारिएका १५ जना छन्। अस्पताल कर्मचारीहरूका अनुसार तीमध्ये केही तोकिएको मानवीय क्षेत्रमा आश्रय लिइरहेका थिए।

दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। तीमध्ये धेरैले मवासी क्षेत्रको एउटा टेन्टमा आश्रय लिएका थिए। त्यहाँ सयौँ हजार विस्थापित मानिस बसिरहेको अस्पताल कर्मचारीले बताएका छन्। इजरायलले यसलाई मानवीय क्षेत्रको रूपमा तोकेको छ।

शवहरू ल्याइएको युरोपेली अस्पतालका अनुसार रफाह सहरमा छुट्टै आक्रमणमा एक आमा र उनकी छोरीसहित अन्य चार जनाको मृत्यु भएको छ।

Ncell 2
Ncell 2

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित लगभग एक हजार दुई सय मानिस मारिएका थिए। साथै लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए। त्यसपछि युद्ध सुरु भयो। अधिकांश बन्धकलाई युद्धविराम सम्झौता वा अन्य सम्झौतामा रिहा गरिएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। मन्त्रालयले नागरिक र लडाकूहरू बीच भिन्नता देखाउँदैन। 

युद्धले गाजाको विशाल भाग र यसको अधिकांश खाद्य उत्पादन क्षमताहरू नष्ट गरेको छ। युद्धले करिब ९० प्रतिशत जनसङ्ख्यालाई विस्थापित गरेको छ। लाखौँ मानिस टेन्ट शिविर र बम विस्फोट भएका भवनहरूमा बसिरहेका छन्।

shivam cement
shivam cement

सहायता समूहहरूले इजरायलले गाजामा नाकाबन्दी गरेकोमा चेतावनी दिएका छन्। गाजामा इजरायलले छ हप्ताभन्दा बढीका लागि सबै खाना र अन्य सामानहरूको प्रवेश प्रतिबन्ध लगाएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार हजारौँ बालबालिका कुपोषित भएका छन् र मौज्दात घट्दै जाँदा अधिकांश मानिसले दिनमा एक पटक मात्र खाना खाइरहेका छन्।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

लन्डन। बेलायतस्थित नेपाली दूतावासले त्यहाँको केमन आइल्याण्डमा पहिलोपटक मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) आयोजना गरेको छ। दूतावासको एक टोलीले हालै त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरी कन्सुलर सेवा प्रदान गर्न शिविर आयोजना गरेको हो।

सिभिक सेन्टरस्थित जर्ज टाउन हलमा आयोजना गरिएको शिविरमा एक सयभन्दा बढी नेपालीले राहदानी नवीकरण, कागजात प्रमाणीकरण, प्रवेशाज्ञा तथा अन्य कन्सुलर सेवा प्राप्त गरेको दूतावासले जनाएको छ।

दूतावासले ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरूलाई नवीकरणका लागि आव्हान गरेको थियो। केमन आइल्याण्डमा करिब तीन हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका दूतावासको अनुमान छ। जसमध्ये धेरैजसो सेक्युरिटी तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत छन्।

यसैगरी, यही अप्रिल ३० तारिखमा पनि आयरल्याण्डमा गैरआवासीय नेपाली संघ आयरल्याण्डको सहकार्यमा शिविर आयोजना गर्न लागिएको जनाएको छ।


सामाग्री श्रोत :

केमन आइल्याण्डमा नेपाली दूतावासको घुम्ती शिविर

काठमाडौँ । अमेरिकाभित्र ठुला प्रविधि कम्पनीहरू गुगल, मेटा, एप्पल र अमेजनविरुद्ध प्रतिस्पर्धा विरोधी क्रियाकलाप (एन्टी ट्रस्ट) सम्बन्धी कानुनी कारवाही तीव्र बनेको छ । पछिल्लो पटक गुगलले एक ऐतिहासिक मुद्दा हारेको छ भने मेटाको मुद्दा समेत वासिङ्टन डिसीस्थित अदालतमा सुनुवाइ भइरहेको छ ।

अमेरिकी न्याय विभागले गुगलले अनलाइन विज्ञापन बजारमा एकाधिकार कायम गर्न प्रतिस्पर्धा विरोधी गतिविधि गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । अदालतले गुगलले सर्भर विज्ञापन सेवा बजारमा अवैध रूपमा बजार नियन्त्रण गरेको ठहर गर्दै दोषी ठहर गरेको छ ।

गुगलले उक्त फैसला विरुद्ध पुनरावेदन गर्ने जनाएको छ । अब न्याय विभागले गुगलको विज्ञापन प्रविधि कारोबारको केही भाग विभाजन गर्न अदालतमा माग गर्ने तयारी गरेको छ ।

यस्तै, गुगलले इन्टरनेट सर्च बजारमा समेत प्रतिस्पर्धीलाई निष्काशित गर्न एप्पललाई वार्षिक अर्बौं डलर तिरेर आफ्नो सर्च इन्जिन डिफल्ट बनाएको आरोपमा अर्को मुद्दा पनि भोगिरहेको छ । उक्त मुद्दामा सन् २०२४ अगस्टमा गुगल दोषी ठहर भइसकेको छ भने यसमा के सजाय हुने भन्ने टुंगो लगाउने चरण आगामी साताबाट सुरु हुँदैछ ।

त्यसैगरी, मेटामाथि अमेरिकी फेडरल ट्रेड कमिसन (एफटीसी) ले पनि प्रतिस्पर्धा विरोधी गतिविधिको मुद्दा चलाएको छ । मेटाले फेसबुकमार्फत सामाजिक सञ्जालको बजारमा अवैध रूपमा एकाधिकार कायम गर्दै प्रतियोगी कम्पनीहरूलाई किनेर वा दबाबमा राखेर निष्क्रिय बनाउने प्रयास गरेको आरोप छ । विशेषगरी इन्स्टाग्राम र ह्वाट्सएप किनेर बजार नियन्त्रण गरेको प्रमाण फेला परेको बताइएको छ । अदालतमा अहिले आठ साता लामो सुनुवाइ चलिरहेको छ ।

एप्पल र अमेजन समेत अहिले प्रतिस्पर्धा विरोधी मुद्दामा तानिएका छन् । न्याय विभाग र केही राज्यले एप्पलमाथि स्मार्टफोन बजारमा एकाधिकार कायम गरेको आरोपमा सन् २०२४ मार्चमा मुद्दा हालेका थिए । अमेजनमाथि अनलाइन बजार र तेस्रो पक्षीय विक्रेताहरूमाथि आफ्नो सर्त थोपरेर एकाधिकार गरेको आरोपमा सन् २०२३ सेप्टेम्बरमा मुद्दा परेको थियो ।

यी सबै कानुनी कारवाहीलाई अमेरिकामा पछिल्लो तीन दशकयताको सबैभन्दा ठुलो प्रविधि नियमनको प्रयासका रूपमा हेरिएको छ । यदि यी मुद्दामा दोष पुष्टि भएमा प्रविधि कम्पनीहरूको संरचना भंग गर्ने वा व्यावसायिक गतिविधिमा कडाइ गर्ने निर्णय समेत हुन सक्ने अनुमान गरिएको छ । यसले प्रविधि क्षेत्रको भविष्य र नवप्रवर्तनमा विश्वव्यापी प्रभाव पार्ने प्रक्षेपण गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ २१:३७





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट