

काठमाडौं। हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापीय रेखाको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। बागमती प्रदेश, […]
सामाग्री श्रोत :

काठमाडौं – राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ। यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? गणतन्त्र दिवस मनाउँछन् नि। यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ,’ उनले भने।
उनले छिमेकी राष्ट्र भारतमा पनि नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कियो भनेर चर्चा भइरहेको उल्लेख पनि गरेका हुन्।
‘९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आयो भनिरहेका छन्। पूर्व सेनाध्यक्षको अन्तर्वार्ता छ्यापछ्याप्ती आएको छ,’ गुरुङले भने, ‘असम्भव छैन।’
भारतमा अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको मुद्रदा पूजाकोठामा राखेर यन्त्रको रुपमा पूजापाठ हुने गरेको उनले सुनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
आरोग्य सब्द सुन्दा नै कति आनन्द महसुस हुन्छ। आरोग्य रहनु भन्नाले निरोगी रहनु कुनै पनि रोगबाट पिडित नहुनुलाई बुझिन्छ। आयुर्वेदमा रोग अथवा व्याधिलाई हाम्रो शरीर एवं मनमा हुने प्रतिकुल बेदनाको अवस्था भनेर परिभाषित गरिएको छ। जब मानवसँग दु:खको संयोग हुन्छ, त्यस अवस्थालाई रोग लागेको अबस्था मान्न सकिन्छ। आरोग्यताले दु:ख रहित मानव जीवन यापनको कल्पना गर्दछ। आरोग्यता शब्दले मात्रै शारिरिक निरोगितासँग सम्बन्ध राख्दैन पुर्णतः शारिरिक मानसिक सामाजिक एवम् अध्यात्मिक रुपमा स्वस्थ्य रहनु नै आरोग्यता पुष्टि गर्दछ।आजको अब्यवस्थित आहार बिहार र जीवनशैली नै मुख्य रुपमा दिर्घकालसम्म रहने साथै नसर्ने रोगहरुको कारकतत्व मानिन्छ। आरोग्यता कल्पना गर्दै गर्दा आरोग्यको मार्ग बुझ्नु जरुरी रहन्छ । आयुर्वेदका जीवनयापनका नियमहरु भित्र रहेका तथ्यपरक तथा बैज्ञानिक पाटोहरुलाई जान्न बुझ्न र अपनाउन आवश्यक छ। वेदकालिन ज्ञान हामी पूर्वीय सभ्यतामा रहेका देशहरुका लागि बरदान हुन्। मानव सभ्यता विकास क्रममा हाम्रा पुस्ताहरुले भोगेका जानेका खोज अन्वेषण गरेका तथ्यहरुनै बेदमा लिपिबद्ध भएका हुन् । कुनैपनि वेदमा उल्लेख्य तथा निर्दिष्ट उपायहरु एकजना ब्यक्तिले कल्पना गरेर रचेर लेखिएका होइनन्। तसर्थ वेदकालिन आरोग्य सूत्रहरु हाम्रो माटो सुहाउँदो हुन्छन्। हाम्रो भौगोलिकता र हाम्रो शारिरिक तथा मानसिक प्रकृति अनुरुपको आरोग्यज्ञान हामीलाई हाम्रा पुर्खाले छाडेर गएको अमूल्य उपहार हो । मुख्य रुपमा आरोग्यताको सुत्र निरोगिताको उपायहरू बारेमा अथर्ववेदको उपवेदको रुपमा रहेको आयुर्वेदमा वर्णन गरिएको छ।निरोगी रहनका लागि आयुर्वेदका बिभिन्न आचार्य एवम् ऋषिहरुद्वारा संकलन गरिएका ज्ञानहरुको संग्रहलाई हामी आयुर्वेदका संहिता भन्दछौं । चरक संहिता सुस्रुत संहिता अष्टाङ्ग हृदय लगायतका कयौं संहिता ग्रन्थहरुमा आरोग्यताका सुत्रहरु बिस्तार रुपमा वर्णित छन् । ती सुत्रहरुको सम्यक ज्ञान र पालना निरोगिताको मार्ग प्रसस्त गर्न अत्यन्त प्रभावकारी रहेका छन्। दिनचर्याको मात्रै सम्यक रुपमा पालना गर्न गराउन सकेको अवस्थामा घातक भनिएका सयौं नसर्ने रोगहरुको जोखिम शून्यप्राय हुन जान्छ । योगका अंगहरुलाई मात्रा दैनिकीमा अवलम्बन गर्न सकेको खण्डमा मानसिक स्वास्थ प्राप्त गर्न सकिन्छ।हामीले खाने खानालाई समय अनुकुल बनाउन सिकाउन सकेको अवस्थामा आहार अधिकताजन्य र न्युनताजन्य ब्याधिहरुबाट छुटकारा पाऊन सकिन्छ । मौसम अनुसारको खाना र क्रियाकलापका नियमहरु सिकाउनका लागि ऋतुचर्याको वर्णन आयुर्वेदका संहिताहरुमा पाईन्छ । यी सम्पूर्ण नियमहरु दुई हजार बर्ष अघि भाष्य एवम् श्लोक रुपमा सुत्रवत सुरक्षित गरिएका आरोग्य सुत्रहरु हुन्।आजको बैज्ञानिक मानिएको युगमा आइपुग्दा पनि हामीले हाम्रा पुर्खाहरुले खोज अन्वेषण सम्भाषा परिषद्बाट पारित गराएर शास्त्रमा उल्लेख गरिएका ज्ञानका भण्डारहरुलाई खोजी खोजी अध्ययन गर्नु, बुझ्नु र पालना गर्नुऽ त्यो ज्ञान अरुलाई बुझाउनु र पालना गर्नका लागि उत्प्रेरित गर्नु नै आजको आरोग्यताको यात्राको सुरुवाती कदम हो।
सामाग्री श्रोत :
swasthyakhabar

टक्सार (भोजपुर)। प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एकसहित नेपालका सात टोलीले सहभागिता जनाउने भएका छन्।
प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, एलएक्स सिटी मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ, नमोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ।
जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुनेछ। भोजपुर नगरपालिका–७, कोदारमा रहेको रंगशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छभने थप रकम सहप्रायोजकहरूबाट संकलन गरिने आयोजक संस्थाले जनाएको छ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पाउनेछन्। अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए।
गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड, काठमाडौंले त्रिभुवन आर्मी क्लबलाई ‘पेनाल्टी सुट’मा ४–२ गोलले पराजित गर्दै विजेता बनेको थियो। गत वर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लबखोटाङ र आयोजक भोजपुर जिल्ला फुटबल संघको सहभागिता थियो।
सामाग्री श्रोत :

काठमाडौं– धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा टिपरसँग बोलेरो ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ बस्ने ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

भक्तपुर। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको छ।
वर्षा भएपछि आज सडक एकतर्फी सञ्चालन गरिएको हो। काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए।
वर्षापछि सडकमा हिलोका कारण सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउनेलाई मात्रै साँगाबाट आउन दिएको उनले बताए। भक्तपुर हुँदै काभ्रे जाने दुईपाङ्ग्रेलगायत हल्का चारपाङ्ग्रे सवारीसाधनहरू जगातीबाट च्याम्हसिंह हुँदै ताथली नाला सडकबाट बनेपा निस्कने गरी व्यवस्था मिलाइएको छ।
भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने जगातीमै रोकिएको छ। सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगाखण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने र सवारीसाधन चिप्लिने समस्या हुने गरेको छ।
सामाग्री श्रोत :

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (आइतबार) काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दिउँसो १२ बजेबाट सुरु हुने बताइएको हो। प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन्।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारीसहितको निर्णय गरेको एक नेताले बताएका छन्।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ।
२६ चैतमा राप्रपाले बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। आइतबार बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दै निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने राप्रपाको धारणापछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कानुन बमोजिम कारबाही गर्ने जनाएको हो।
गृह मन्त्रालयका सहसचिव, प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ। समाजमा हिंसा फैलाउने कुनै पनि अराजक , उत्तेजक र गैर कानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’
राप्रपाको बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट वैशाख ७ गतेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने निर्णय भएको थियो।

सामाग्री श्रोत :
निषेधित क्षेत्रमा प्रदर्शन गरे कारबाही गर्ने राप्रपालाई गृह मन्त्रालयको चेतावनी

काठमाडौं– दुई विदेशी खेलाडी केरभेन्स बेलफोर्ट र पापा इबोउ केबेको सानदार गोलमा साविक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग २०२५ को फाइनलमा पुगेको छ।
यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवार भएको पहिलो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई २–१ ले पराजित गर्दै १० खेलाडीमा सिमित रहेको ललितपुर फाइनल पुगेको हो।
खेलको १६औं मिनेटमै मणि कुमार लामाले नाटकिय रुपमा रातो कार्ड सामना गरेपछि १० खेलाडीमा समेटिएको ललितपुरले एक खेलाडी कम हुनका बावजुत पनि उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो।
ललितपुरले ८५ मिनेट भन्दा बढी समय १० खेलाडीमा रहेर खेलेको थियो।
असिस्टेन्ट रेफ्री कुसन कनैयाले रेफ्री उमेश बिडारीलाई सो फाउलको बारे जानकरी गराए। रेफ्री बिडारीले ललितपुरका मणिलाई सिधै रातो कार्ड दिए। यो निर्णय प्रति ललितपुतले आपत्ति जनाए पनि मणि मैदान बाहिरिए। मोहम्मदलाई भने पहेंलो कार्ड मात्र दिइयो।
खेलको २६ औं मिनेटमा धनगढीका विवेक पौडेलको लामो थ्रु-पासमा कृतिश रत्न छुन्जुले दुई डिफेन्डरलाई बिट गर्दै गोलकिपर जेफ्रि बाल्टोससँगको वान भर्सेस वानमा बक्स भित्रबाट हानेको प्रहार क्रसबार माथिबाट बाहिरियो।
खेलको ४१ औं मिनेटमा दिपेश राईले दिएको बलमा कृतिशको पासमा अहमद हिजाजीले बक्सभित्रबाट हानेको प्रहार आकाशियो। अर्को मौका धनगढीले गुमायो।
पहिलो हाफको इन्ज्युरी समयमा ललितपुरका बेल्फोर्टले बक्स बाहिरबाट हानेको आकर्षक पावरफुल प्रहार थोरैले पोष्ट नजिकैबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
खेलको ५७ औं मिनेटमा १० खेलाडीमा समेटिएको ललितपुरले अग्रता बनायो। बेलफोर्टले बक्स बाहिरबाट हानेको कर्लिङ फ्री-किक प्रहार फार पोष्टमा गोल भयो। ललितपुरले १-० को अग्रता बनायो।
तर यो अग्रता तीन मिनेटपछि नै तोडियो। सर्जियो बारबोजाको कर्नरमा देवेन्द्र तामाङले हेड गरे। ललितपुरका अनन्त तामाङले बल क्लियर गर्ने क्रममा गरेको हेडर जर्ज प्रिन्सको लागि सटिक पास जस्तै बन्यो। जर्जले चेस्ट कन्ट्रोल गर्दै क्लोज रेन्जबाट गोल गरे।
६१ औं मिनेटमा दिपेश राईलाई रिप्लेस गर्दै मैदान छिरेका सुपर सब जर्जले पहिलो टचमा नै गोल गरे। उनको यो जारी लिगमा दोस्रो गोल हो।
खेलको ७३ औं मिनेटमा धनगढीले सुनौलो मौका गुमायो। लामो थ्रु-पासमा हिजाजीले ललितपुरका डिफेन्डर सनमतोष खत्रीलाई बुट गरे। गोलकिपर जेफ्री बाल्टोसलाई पनि बिट गर्दै हानेको प्रहारलाई सन्तोषले गोल लाइन नजिकैबाट बचाए।
७६ औं मिनेटमा हिजाजी फेरि चुके। गोल किपरसँगको वान भर्सेस वानमा किपर जेफ्रीले बचाइदिए। धनगढीले दुईवटा मौकालाई गोलमा परिणत गर्न नसक्दा ७९ औं मिनेटमा ललितपुरले भने गोल गर्यो।
पापा इबाउ केबेले सेन्टर लाइनबाट एक्लैले बललाई अगाडि बढाए। चार डिफेन्डरले उनलाई रोक्न सकेनन्। करिब ३५ यार्डबाट हानेको पावरफुल प्रहार आकर्षक गोलमा परिणत भयो। ललितपुरले २-१ को अग्रता बनायो।
८८ औं मिनेटमा धनगढीका विवेक पौडेलले हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। ललितपुर २-१ को जितमा फाइनलमा स्थान बनाउन सफल रहयो।
रेफ्रीले फाइनल विसल बजाएपछि केहि समय मैदान तनावपूर्ण बन्यो। धनगढीका काइसेडोले दीपेश घलेलाई धकेले। यसपछि पापे जियाकेटे पनि गए। केहि बेर विवाद भयो। रेफ्रीले कापसेडोलाई सिधै रातो कार्ड दिए। पापेलाई पहेंलो कार्ड दिए। उनको यो दोस्रो पहेंलो कार्ड पाए। अब उनले फाइनल खेल गुमाउनेछन्।
धनगढीका वान मार्टिनेज पनि रेफ्रीको निर्णयमा आपत्ति जनाउन पुगे। उनले पनि पहेलो कार्ड पाए। रेफ्रीको टिमलाई सुरक्षा दिएर ल्याउँदै गर्दा ललितपुरका अनन्त तामाङले पनि असन्तुष्टि जनाए। उनलाई पनि पहेंलो कार्ड रेफ्रीले दिए।
एअर बल हान्ने क्रममा धनगढीका मोहमम्द अल जाउएनीले ललितपुरका मणि कुमार लामालाई खुट्टाले छातिमा हानेका थिए लडेपछि मणिको खुट्टाले मोहम्मदलाई छातीमा लागेको देखिएको थिए। रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि मणिलाई सिधै रातो कार्ड देखाए।
भोलि हुने पहिलो पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ। धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विनियोजित बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको बताएका छन्। कांग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विनियोजित बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन नसकेको बताए।
स्याङ्जाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री गुरुङले स्याङ्जाका सडकलाई जोखिममुक्त बनाउने अभियानमा आफू लागेको बताए। उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिदेखि भित्री सडक जोखिममुक्त बनाउने अभियानमा आफू लागेको उल्लेख गरे।
उपसभापति गुरुङले विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर समाज, जिल्ला र समग्र मुलुकको विकास सम्भव हुने धारणा राखे। एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने भन्दै उनले आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए।
सामाग्री श्रोत :









