
काठमाडौं । कोभिड महामारीको समयमा तपाईं इन्टरनेटको पहुँचमा हुनुहुन्थ्यो भने पक्कै पनि क्लबहाउस (Clubhouse) प्रयोग गर्नुभयो होला । प्रयोग गरेकै भएपनि यतिबेलासम्म त बिर्सिसक्ने बेला भयो ।
‘क्लबहाउस’ एउटा यस्तो नाम हो, जसले सामाजिक सञ्जालको दुनियाँमा ठुलो सफलता पाएर पनि कसरी छिट्टै ओरालो लाग्न सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण प्रस्तुत गर्यो । यो एन्ड्रोइड र आईओएस दुवैमा चल्ने एउटा सामाजिक सञ्जाल एप हो । जहाँ प्रयोगकर्ता अडिओमार्फत मात्रै वास्तविक समयमा भर्चुअल कोठामा कुराकानी गर्न सक्छन् ।
यो अवधारणा रोचक भए पनि अहिले अलि पुरानो भइसकेको छ । क्लबहाउस आफ्नो चर्चाको शिखरमा हुँदा यसमा टेक्स्ट म्यासेज वा भिडिओको सुविधा थिएन । यो एप मुख्यत: मानिसहरूसँग सम्पर्क बढाउन प्रयोग गरिन्थ्यो ।
यसले अन्य सामाजिक सञ्जाल एप र भ्वाइस कल सेवा (VoIP) सँग पनि प्रतिस्पर्धा गर्नुपर्यो । तर यसको क्रेज कहिले सुरु भयो र कहिले ओरालो लाग्यो ? यस सामग्रीमा क्लबहाउस र अडिओसँग सम्बन्धित यस्तै अन्य सामाजिक सञ्जाल एपको ट्रेन्डलाई हेरेर यो कहाँ चुक्यो भनेर विश्लेषण गर्नेछौं । यदि तपाईं आफ्नो नयाँ स्मार्टफोनमा क्लबहाउस डाउनलोड गर्न खोज्दै हुनुहुन्छ भने यो अहिले कस्तो अवस्थामा पुगेको छ भनेर देखेर तपाईं छक्क पर्नुहुन्छ ।
क्लबहाउस के हो र कहिले सुरु भयो?
क्लबहाउस यस्तो अवधारणा हो, जहाँ तपाईं कुनै पनि समूहमा चलिरहेको कुराकानीमा सामेल हुन सक्नुहुन्छ । त्यहाँ अन्य वक्ताले बोलेको सुन्न सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ र नयाँ मानिसहरूसँग सम्बन्ध बनाउन सक्नुहुन्छ । यी भर्चुअल च्याट रुमहरू कुनै पनि विषयमा हुन सक्थे र यहाँ प्रवेश पाउन ‘निम्तो’ (invite) आवश्यक पर्थ्यो ।
क्लबहाउस प्रयोग गर्न पाउनु आफैंमा एक विशेष मौका जस्तो थियो । सबैलाई सजिलै प्रवेश मिल्दैनथ्यो । त्यसैले यसमा सामेल हुनु खास कुरा मानिन्थ्यो । यदि तपाईं भाग्यमानी हुनुहुन्थ्यो भने तपाईंलाई त्यहाँ प्रभावशाली व्यक्ति, सेलिब्रेटीहरू र महत्त्वपूर्ण व्यक्तित्वहरूसँग प्रत्यक्ष कुराकानी गर्ने मौका मिल्थ्यो । सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एलन मस्क र मार्क जुकरबर्ग पनि क्लबहाउसमा देखिएका थिए ।
क्लबहाउस मार्च २०२० मा सुरु भएको थियो । पल डेभिसन र रोहन सेठले एउटा स्टार्टअप परियोजनाबाट यो एप बनाएका थिए । सुरुवातमा यसलाई ‘टक शो’ (Talkshow) एपको रूपमा डिजाइन गरिएको थियो । पछि भने यसलाई सोसल अडिओ एपको रूपमा आईओएस (२०२० मा) र एन्ड्रोइड (२०२१ मा) मा उपलब्ध गराइयो ।
कोभिड-१९ महामारीको सुरुवाती चरणमा यो एप निकै लोकप्रिय भयो । फेब्रुअरी २०२१ मा यसका प्रयोगकर्ता ४० लाखसम्म पुगेका थिए । तर, नोभेम्बरसम्म आइपुग्दा यो सङ्ख्या घटेर १० लाखभन्दा कम भयो । सीएनबीसीका अनुसार यो अचानक बढेको लोकप्रियतालाई व्यवस्थापन गर्न क्लबहाउसको टिमले धेरै चुनौतीको सामना गर्नुपर्यो ।
“मलाई लाग्छ डिसेम्बर (२०२०) मा मात्रै हामी १० गुणाले बढ्यौं,” सन् २०२१ मा सीएनबीसीसँग कुरा गर्दै क्लबहाउसका सहसंस्थापक पल डेभिल्सनले भने, “यो क्रम चलिरह्यो । यो बढ्ने क्रम चलिरहँदा हाम्रो टोलीमा जम्मा आठ जना थिए र यसले प्रणालीमा ठुलो दबाब सिर्जना गर्यो ।”
दुर्भाग्यवश एक समय भाइरल यो सोसल अडिओ एप २०२१ मा घटेको लोकप्रियताबाट माथि उठ्न सकेन । एपको पतनमा धेरै कारकहरूले भूमिका खेले । त्यसमध्ये प्रमुख कारकको चर्चा तल गरिएको छ”
१. अप्रत्याशित लोकप्रियता धान्न नसक्नु
क्लबहाउस सुरुमा केवल दुई जनाले बनाएको स्टार्टअप परियोजना थियो । पछि यस टिममा आठ जना पुगे । तर, त्यसमा दिनानुदिन बढ्दै गएका लाखौं प्रयोगकर्ता धान्न यो जनशक्ति पर्याप्त थिएन । प्लेटफर्ममा प्राविधिक सीमितताहरू थिए र डेभलपरसँग भविष्यमा के-कस्ता फिचर ल्याउने भन्ने कुनै योजना थिएन ।
क्लबहाउस धेरै छिटो लोकप्रिय भएकोले त्यसको विकास सम्हाल्न गाह्रो पर्यो र सुरुवाती समयमा प्रयोगकर्तालाई सीमित राखियो । धेरै मानिसहरू क्लबहाउसमा जोडिन चाहन्थे । तर त्यसका लागि ‘इन्भिटेसन’ पाउन जरुरी थियो वा पहिले देखिनै सदस्य हुनु आवश्यक थियो । त्यसैले पनि क्लबहाउसमा सहभागी हुने अवसर आफैंमा निकै विशेष मानिन्थ्यो । त्यसैले यसमा सहभागी हुन पाउने इन्भिटेसन कोडहरू ‘ईबे’ र चिनियाँ अनलाइन मार्केटमा महँगो मूल्यमा बेचिन्थे ।
यसले गर्दा मानिसमा ‘फियर अफ मिसिङ आउट’ (FOMO) अर्थात् ‘म केही रोचक कुरा छुटाउँदै त छैन ?’ भन्ने डर सिर्जना भयो । मुख्यगरी क्लबहाउसमा भएका कुराकानीको रेकर्डिङ प्रयोगकर्ताले अन्य प्लेटफर्ममा सार्वजनिक गर्थे । यसले गर्दा पनि प्रयोगकर्ताले क्लबहाउसमै गएर ती कुरा सुन्न चाहन्थे । तर, सीमितता हुँदा सहभागी हुन सक्दैनथे ।
यी कारणले गर्दा पनि प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दै गयो । अन्ततः क्लबहाउसको टिमलाई प्रयोगकर्ताको चाप धान्न गाह्रो भयो । तर, यति ठुलो सफलता पाएपनि क्लबहाउसको व्यवस्थापन राम्रोसँग गरिएन । त्यहाँ न त स्पष्ट नियम थिए, न त उचित निगरानी (moderation) को व्यवस्था नै । त्यसैले पछि गएर धेरै समस्या देखा परे, जसले यस प्लेटफर्मलाई थप चुनौतीपूर्ण बनायो ।
२. प्लेटफर्मबाट नाफा कमाउन नसक्नु
क्लबहाउसले केही कडा नीति लागु गर्यो । तर ती नीति कम्पनीका लागि उल्टै हानिकारक साबित भए । यसको व्यापार मोडेल कमजोर थियो । किनभने यसमा पैसा कमाउने तरिकाको अभाव थियो । क्लबहाउसले प्रयोगकर्ता, क्रियटर वा रुम एनालिटिक्स थाहा पाउने सुविधा दिएको थिएन । सामाजिक सञ्जाल एप डेटा सङ्कलनका लागि कुख्यात छन् । यस्ता डेटा कम्पनीका लागि विज्ञापन र नयाँ फिचर ल्याउन महत्त्वपूर्ण मानिन्छन् । क्लबहाउससँग नाफा कमाउन चाहिने कुरा कहिल्यै थिएन । टिम सुरुवातमा सानो भएपनि विस्तारै बढ्दै गयो । तर, पछि सन् २०२३ मा क्लबहाउसले आफ्ना आधाभन्दा बढी कर्मचारीहरूलाई बर्खास्त गर्यो ।
३. सही समयमा आएको एप
क्लबहाउसको लोकप्रियता बढ्नुको मुख्य कारण कोभिड-१९ नै हो भन्ने धेरैको विश्वास छ । सरल शब्दमा भन्नुपर्दा महामारीका कारण मानिसहरूलाई प्रत्यक्ष भेटघाटको अवसर कम भएको थियो । तर सामाजिक रूपमा जोडिन चाहने चाहना भने उस्तै थियो । त्यसैले मानिसहरू जुममा गेम खेल्दै, टिकटक जस्ता शर्ट भिडिओ एपहरू प्रयोग गर्दै सामाजिक सम्पर्क कायम राख्ने प्रयास गरिरहेका थिए । यसै क्रममा क्लबहाउस पनि एउटा नयाँ, तर रोचक माध्यम बनेर देखा पर्यो ।
क्लबहाउसले मानिसहरूलाई एक आपसमा कुरा गर्ने नयाँ र सजिलो तरिका दिएको थियो । यहाँ अनुहार देखाएर भिडिओ कल नगरी सिधै आवाजमै कुराकानी गर्न मिल्ने भएकाले पनि यो एप धेरैलाई मन परेको थियो । जो व्यक्तिलाई भेट्न मुस्किल पर्थ्यो त्यस्ता मानिससँग पनि सजिलै कुराकानी गर्ने मौका क्लबहाउसले दिएको थियो ।
कोभिड-१९ को समयमा मानिसहरू घरमै थुनिएका थिए साथीभाइसँग भेटघाट हुँदैनथ्यो । त्यसैले पनि क्लबहाउस जस्तो एप झन् लोकप्रिय बन्यो । पछि अन्य ठुला कम्पनीहरूले ट्वीटर (अहिलेको एक्स) ले स्पेस, स्पोटिफाईले स्पोटिफाई लाइभ र अमेजनले एएमपी फिचर ल्याए । तर, ती फिचर धेरै टिक्न सकेनन् । केही बन्द भए भने केही त बेवारिस अवस्थामा छन् । एलन मस्कका कारण ट्वीटरको स्पेस भने बेला बेला चर्चामा आइरहन्छ ।
४. उचित अनुगमन र गुणस्तर नियन्त्रणको अभाव
सामाजिक सञ्जालका प्लेटफर्म मुख्य रूपमा अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई प्राथमिकता दिने माध्यमका रूपमा लिइन्छ । तर, वाक स्वतन्त्रतालाई प्रश्रय दिने भन्दैमा छाडा छोड्दा ती प्लेटफर्म चाँडै नै विवादास्पद र नकारात्मक बन्छन् । क्लबहाउसमा पनि यही भयो । सुरुवातमा धेरैलाई यो प्लेटफर्म अभिव्यक्ति तथा वाक स्वतन्त्रताका लागि राम्रो माध्यम लागेपनि विस्तारै यो प्लेटफर्म नकारात्मक कुरा, घृणाजन्य अभिव्यक्ति र अनुचित छलफल गर्ने प्लटफर्मका रूपामा देखा पर्यो । त्यसैले धेरै मानिस यसमा भएको मोडेरेसन र गुणस्तरको अभावले विचलित भए । र, प्लेटफर्म प्रयोग गर्नै छोडे ।
जब कुनै सामाजिक सञ्चाल एपको छवि बिग्रन्छ, त्यसपछि पुराना प्रयोगकर्तालाई पुन: आकर्षित गर्न निकै गाह्रो हुन्छ । क्लबहाउसका लागि पनि यही भयो । तर, क्लबहाउसले आफ्नो कमजोरी महसुस गर्ने बेलासम्म बजारमा यस्ता एपहरू आइसकेका थिए, जसले क्लबहाउसभन्दा धेरै राम्रो सुविधा दिन्थे । र, राम्रोसँग निगरानी पनि गर्थे । त्यसैले ती राम्रा प्लेटफर्मको उदयसँगै क्लबहाउस विस्तारै हराउँदै गयो ।
के क्लबहाउस पुनरागमन गर्ला ?
मुख्य क्लबहाउस एप लगभग मरणासन्न अवस्थामा छ । यही अप्रिलमा कम्पनीले आफ्ना आधाभन्दा बढी कर्मचारीलाई हटाएको घोषणा गरेको थियो । कम्पनीले नयाँ फिचर जारी गर्न पनि ढिलाइ गरिरहेको छ । र, क्लबहाउस प्रयोग गर्ने धेरै प्रयोगकर्ता यो र यस्तै अन्य सोसल अडिओ एपबाट अन्यत्र गइसकेका छन् ।
यो एप फेरि उसैगरी चल्छ कि चल्दैन भन्ने त समयले बताउला । तर अहिले क्लबहाउसको भविष्य राम्रो देखिएको छैन । तपाईंले अहिले पनि एपस्टोर र प्लेस्टोरबाट क्लबहाउस डाउनलोड गर्न सक्नुहुन्छ ।
तर, तपाईंले पहिले प्रयोग गर्दा यो एप जस्तो थियो । अहिले त्योभन्दा निकै फरक छ । नेपालबाट एपमा लगइन गर्न खोज्दा एसएमएसमा कोड नै नआउने समस्या छ । कोड नआएसम्म अघिल्लो पेजमा जानै सकिंदैन । एक हिसाबले भन्नुपर्दा यो एप अहिले नेपालबाट नयाँ प्रयोगकर्ताले प्रयोग गर्नै सक्दैनन् । अन्य देशमा पनि क्लबहाउसमा यस्तै समस्या छ । क्लबहाउसले अन्तिम पटक १५ फेब्रुअरी २०२४ अर्थात् एक वर्ष अगाडि ब्लग राखेको थियो । त्यसपछि सार्वजनिक रूपमा कम्पनीको आधिकारिक साइटबाट कुनै ब्लग आएको छैन ।
सामाजिक सञ्जालका एपको संसारमा कि त टिकिन्छ कि त डुबिन्छ !
सामाजिक सञ्जाल एपका लागि ‘डुब या तैर’ भन्ने नियम लागु हुन्छ । अर्थात् यी कि सफल हुन्छन् कि विस्तारै हराउँछन् । क्लबहाउस यसको राम्रो उदाहरण हो, जहाँ धेरै कुरा गलत दिशामा गए । सुरुवातमा यो एक भाइरल ट्रेन्डका रूपमा उदायो । धेरैले के रहेछ भन्ने बुझ्नकै लागि प्रयोग गर्न खोजे । तर, यसमा भएका विविध किसिमका कमजोरीले गर्दा अचानक प्रयोगकर्ता घट्न थाले । प्रयोगकर्ता घटेपछि कम्पनीले आधा टिम नै कटौती गर्नुपर्यो ।
क्लबहाउसले आफैंलाई सीमित बनाएर राख्यो । केही समयका लागि यो रणनीतिले काम त गर्यो । तर जब प्रयोगकर्ताहरूलाई नयाँ र थप फिचर चाहियो, त्यतिबेला कम्पनीले आवश्यकता बुझेर समयमै ती फिचर उपलब्ध गराउन सकेन । अर्कोतर्फ सामाजिक सञ्जालमा मानिसहरू फेरि फर्किन्छन् । तर त्यो केवल त्यही बेला सम्भव हुन्छ जब प्लेटफर्मको छवि अझै बलियो हुन्छ । क्लबहाउसको छवि बिग्रिएपछि फर्कन गाह्रो भयो । टिकटक जस्तो एप भने विवादहरूबिच पनि लोकप्रियता कायम राख्न केही हदसम्म सफल भयो । तर, क्लबहाउसले त्यसो गर्न सकेन ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १४:१४
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ।
योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।
आपत्कालीन सेवाहरूले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए। तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्तिमा बताएको छ।
दक्षिणी सिड्नीको बाहिरी भागमा चट्टानबाट खसेको बेला यो जोडी माछा मार्दै थियो। दोस्रो व्यक्ति १४ वर्षीय किशोर अस्पतालमा स्थिर अवस्थामा रहेका छन्।
यसले छुट्टीको सप्ताहन्तमा मृत्युको शृङ्खला जारी राखेको छ। शुक्रबारदेखि समुद्रमा बेपत्ता भएका अन्य दुई व्यक्ति – एक सिड्नीबाट र एक मेलबर्नबाट – को खोजी जारी छ।
सर्फ लाइफ सेभिङ अस्ट्रेलिया (एसएलएसए) ले बलियो छालहरूले न्यु साउथ वेल्स र भिक्टोरियाको तटहरूमा खतरनाक समुद्री अवस्थाहरू सिर्जना गर्नेछन् भन्दै बिहीबार एक चेतावनी जारी गरेको थियो।
न्यु साउथ वेल्समा शुक्रबार तीन जनाको डुबेर मृत्यु भएको थियो भने मेलबर्न नजिकै समुद्रमा खसेपछि एक महिलाको मृत्यु भएको थियो भने एक जना पुरुष बेपत्ता भएका थिए।
शनिबार केही ठाउँमा छालहरू तीन दशमलव पाँच मिटर (११ दशमलव पाँच फिट) जति अग्ला हुँदा दक्षिणी न्यु साउथ वेल्समा एक मछुवाको चट्टानबाट बगेर मृत्यु भएको थियो।
एसएलएसएले सप्ताहन्तअघि जारी गरेको तथ्याङ्कमा पछिल्लो १० वर्षमा सक्रिय जीवन बचाउने सेवा नभएका समुद्री किनारहरूमा छ सय ३० जनाको मृत्यु भएको देखाएको थियो।
प्रमुख कार्यकारी अधिकृत एडम वेयरले गस्ती गरिएका समुद्र तटहरूलाई सुरक्षाका लागि प्राथमिकता दिनुपर्ने सल्लाह दिए।
“हामीलाई थाहा छ कि अस्ट्रेलियाली र हाम्रो देशका आगन्तुकहरू क्याम्पिङ, माछा मार्ने र अन्य तटीय गतिविधिहरूको आनन्द लिन सामान्य बाटोबाट बाहिर जान मन पराउँछन्”, वेयरले एक विज्ञप्तिमा भने, “तर यी तटीय स्थानहरूले खतराहरू प्रस्तुत गर्न सक्छन्, केही तपाईंले देख्न सक्नुहुन्छ र केही तपाईंले देख्न सक्नुहुन्न, त्यसैले हामीसँग केही सरल सल्लाह छन् : रोक्नुहोस्, हेर्नुहोस्, जीवित रहनुहोस्।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
विश्वभर स्वास्थ्यकर्मीको अभाव रहेको परिस्थितिमा यसले चिकित्सकको सहयोगी उपकरणको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

बिराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका छन्।
आइतबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका हुन्।
अहिले दलहरु गणतन्त्रको रक्षाका लागि एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक नरहेको उनले बताए। यद्यपि गणतन्त्रका बिषयमा दलहरुबीच कुनै बिमत्ति नरहेको उनको भनाइ छ।
त्यस्तै प्रचण्डले ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बने आफूहरुको समर्थन रहेपनि भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने स्पष्ट पारे। उनले अहिलको गठबन्धन संविधानको भावना बिपरित भएकाले गठबन्धनलाई समर्थन गर्ने चर्चा गलत भएको बताए।
प्रचण्डले संविधान र कानुन अनुसार पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीति फर्कन कसैले नरोक्ने भएकाले जिकिर गरे। उपराष्ट्रपति नन्द किशोर पुन पार्टीमा क्रियाशिल हुन इच्छुक देखिएपछि पार्टीको जिम्मेवारीमा फर्किएको उनको भनाइ छ।
सामाग्री श्रोत :
काठमाडौँ । ह्युमनाइड अर्थात् मानवजस्तै देखिने रोबोटले म्याराथनमा मानव धावकसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय कुर्नुपर्ने देखिएको छ । हालै चीनमा भएको एक म्याराथन प्रतिस्पर्धामा मानव धावकको तुलनामा रोबोटहरूले निकै कमजोर प्रदर्शन गरेका हुन् ।
बेइजिङस्थित ‘ई-टाउन’ टेक हबमा शनिबार हाफ म्याराथन दौड गराइएको थियो । बीबीसी र ब्लुम्बर्गका अनुसार उक्त प्रतियोगितामा २१ ओटा दुई खुट्टे रोबोट सयौं मानव धावकसँगै दौडिएका थिए ।
प्रतियोगितामा ह्युमनाइड रोबोटमध्ये ‘टियानगोङ अल्ट्रा’ नामको रोबोट पहिलो भएको छ । यो रोबोट चिनियाँ सरकारी सहयोगमा स्थापना गरिएको ‘एक्स-ह्युमनाइड’ अनुसन्धान केन्द्रले तयार पारेको हो ।
टियानगोङ अल्ट्राले निर्धारित २१ किलोमिटर करिब २ घण्टा ४० मिनेटमा दौड पूरा गरेको थियो । तर, मानव धावकको तुलनामा यो समय निकै बढी हो । सो म्याराथनमा पुरुषतर्फको विजेता मानव धावकले १ घण्टा २ मिनेटमै दूरी पूरा गरेका थिए ।
दौडन पनि मानिसकै सहयोग चाहियो
प्रतियोगितामा टियानगोङ अल्ट्रा रोबोटले मानिसकै सहयोगमा दौड पूरा गरेको थियो । एक जना मानव धावकले आफ्नो पछाडि सिग्नल दिने उपकरण बोकेर दौडेपछि रोबोटले त्यसलाई पछ्याउँदै दौडिएको थियो । अरू अधिकांश रोबोटचाहिँ रिमोट कन्ट्रोलमार्फत सञ्चालन गरिएको थियो । जसका लागि अपरेटर मानवहरु रोबोटसँगै दौडिरहेका थिए ।
केही रोबोट चाहिँ दौड सुरु गर्ने बित्तिकै लडेका थिए । दौड सुरु भएको १०० मिटरमै महिलाको मास्क लगाएको एउटा रोबोट घुँडा टेकेर लड्यो । पछि दौडिएको चम्किलो चाँदी रङको ७५ सेन्टिमिटर अग्लो रोबोटले उसलाई तुरुन्तै उछिन्यो । ‘जुआनयुआन’ नामको डायग्नोस्टिक र भावनात्मक पहिचान गर्ने एआई क्षमताका लागि चर्चित रोबोट पनि दौड सुरु भएलगत्तै लड्यो । तर भाग्यवश उसले तुरुन्तै आफूलाई सम्हाली विस्तारै भएपनि दौडलाई निरन्तरता दियो ।
‘शेन्नोङ’ नामको रोबोटले एक मानव धावकलाई ठक्कर दिँदै बारसम्म ठोक्किएर फुटेको थियो । सानो आकारको ‘लिटिल जाइन्ट’ भने दौडको बिचमै रोकिएर त्यसको टाउकाबाट धुवा निस्किएको दृश्य पनि देखिएको थियो ।
चार ओटा रोबोटले मात्र दूरी पूरा गरे
प्रतियोगितामा सहभागी २१ मध्ये चार ओटा रोबोटले मात्रै ४ घण्टा भित्र दूरी पूरा गर्न सकेका थिए । कतिपय रोबोट त सुरुबिन्दु पार गर्नसमेत नसकी रोकिएका थिए ।
दौडमा सहभागी रोबोट चिनियाँ कम्पनी तथा विद्यार्थी समूहले बनाएका थिए । दौडमा सहभागी हुन रोबोटले मानवजस्तै देखिनुपर्ने र दुई खुट्टामा दौडन सक्नुपर्ने शर्त थियो । मानवबाट जोगाउन रोबोटका लागि छुट्टै लेन बनाइएको थियो भने स्टार्टिङ टाइम पनि फरक राखिएको थियो ।
ब्याट्री परिवर्तन गर्ने अनुमति दिइएको थियो भने आवश्यक परेमा टाइम पेनाल्टीसहित सब्स्टिच्युट रोबोट पनि दौडाउन पाइने व्यवस्था गरिएको थियो । रोबोटहरूले चिल्लो कालोपत्रे, खाल्डाखुल्डी परेका सडक, पानीका ताल र विभिन्न उकाली ओराली पार गरेका थिए ।
प्रतियोगिता सुरु हुनुअघि प्रत्येक रोबोट धावकलाई तीनदेखि चार जना मेकानिकल र सफ्टवेयर इन्जिनियरहरूले घेरेका थिए । अन्तिम समयसम्म मसिनहरूको विभिन्न भागमा सूक्ष्म समायोजन र डिबगिङको काम चलिरहेको थियो ।
यता मानव धावकहरूमा भने केही अन्योलता थियो । उनीहरूलाई रोबोटहरूले २१ किलोमिटरको दौड पूरा गर्न सक्लान् कि नसक्लान् भन्नेमा शंका थियो र यदि गरे पनि उनीहरूले जित्ने पो हुन् कि भन्ने डर थियो । अधिकांश रोबोटलाई सिधै विकास प्रयोगशालाबाट म्याराथन परिसरमा ल्याइएको थियो । रोबोट विकासकर्ताका अनुसार यसअघि उनीहरूले कहिल्यै पूर्ण परीक्षण दौड गरेका थिएनन् ।
यसैबिच एक्स-ह्युमनाइडका प्रमुख प्रविधि अधिकृत ताङ जियाङले पश्चिमेली देशका कुनै पनि रोबोट कम्पनीले खेलकुदमा टियानगोङले गरेको उपलब्धि पुर्याउन नसकेको दाबी गरेका छन् ।
चीनमा सम्पन्न भएको हाल्फ म्याराथनले एथलेटिक्स र आविष्कारको सीमालाई नयाँ चिरामा बहस गराइदिएको छ । कतिपयले रोबोटिक इन्टेलिजेन्सको नयाँ युगको सुरुवात भएको विश्लेषण गरेका छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १३:०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ।
माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ। प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्मको सडकखण्डमा चल्ने सवारी साधनलाई यतिबेला विभिन्न स्थानबाट डाईभर्सन गरिएको छ। साना तथा दुई पाङ्ग्रे सवारी साधनलाई नयाँ बानेश्वरबाट डाईभर्सन गरिएको छ।
यस्तै नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई भने माईतिघरबाट डाईभर्सन गरिएको छ। राप्रपाको कार्यक्रमलाई मध्यनजर गर्दै भाडाका सवारी साधनलाई तीनकुने, रणोदिप र कृष्णपाउरोटीबाट डाइभर्सन गरिएको छ।
डाइभर्सनका कारण माइतीघर, सिंहदरबार दक्षिणगेट, अनामनगर, हनुमानथान, थापागाँउ हुदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन्।
यसबाहेक पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौँ उपत्यका स्थित कोटेश्वर, गौशाला, चावहिल, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारी साधन यतिबेला ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको जनाइएको छ। बिहान नै शिक्षकहरुको प्रदर्शनका कारण समेत यातायात प्रभावित भएको ट्राफिक प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनवाई हुदैँछ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा उनको रिटमा सुनवाइ हुन लागेको हो ।
गभर्नर बन्ने चर्चापरिचर्चाको बिचमा डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका हुन् ।
सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेको थिए । अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको हो ।
यद्यपी भट्टविरुद्धको पुरक निवेदन आजको पेशी सूचीको लगभग अन्तिममा छ त्यसैले यसमाथि सुनुवाइ हुने सम्भावना भने न्युन % ।
सामाग्री श्रोत :
गभर्नर बन्न राजीनामा दिइसकेका भट्टविरुद्ध मुद्दा, न्यायाधीश फुयाँल र पाण्डेको इजालसमा आज पेशी
काठमाडौँ । ह्वाट्सएपले च्याट मेसेज र च्यानल अपडेट अनुवाद गर्ने फिचर ल्याउने भएको छ । करिब एक वर्षदेखि विकासमा रहेको यो फिचर हालै कम्पनीले बेटा संस्करणमा केही प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ ।
डब्लूएबेटाइन्फो अनुसार ह्वाट्सएपको बेटा भर्सन २.२५.१२.२५ भएका प्रयोगकर्ताले यो ट्रान्सलेसन फिचर प्रयोग गर्न सक्नेछन् । आगामी केही सातामा अन्य बेटा प्रयोगकर्ताका लागि पनि यो सुविधा विस्तार हुँदै जाने जनाइएको छ ।
कम्पनीका अनुसार यो फिचरमार्फत अहिले स्पेनिस, अरबी, पोर्चुगिज, हिन्दी र रसियन भाषामा लेखिएका मेसेज अनुवाद गर्न सकिन्छ । अनुवादका लागि इन्टरनेटको आवश्यकता नपर्ने भएकाले प्रयोगकर्ताले आफू अनुवाद गर्न चाहेको भाषाको प्याक डाउनलोड गर्नुपर्नेछ । साथै, मेसेजको भाषा आफैं पत्ता लगाएर अनुवाद गर्ने प्याक पनि छुट्टै उपलब्ध हुनेछ ।
अनुवादको विकल्प च्याट इन्फो स्क्रिनमा राखिएको छ, जहाँ प्रयोगकर्ताले कुन भाषाबाट अनुवाद गर्ने भन्ने रोज्न सक्नेछन् । प्राइभेट र ग्रुप दुवै च्याटमा यो सुविधा छुट्टाछुट्टै प्रयोग गर्न सकिन्छ । चाहिँदा मेसेजलाई स्वतः अनुवाद गर्न सकिन्छ भने नचाहिँदा मेसेज खोलेर ‘Translate’ अप्सन थिचेर म्यानुअली पनि अनुवाद गर्न सकिन्छ ।

तर, क्लाउडमा आधारित सेवाजस्तै पूर्ण शुद्ध अनुवादको अपेक्षा भने नगर्न डब्लूएबेटाइन्फोले सुझाएको छ । किनभने यो अनुवाद मोबाइलमै साना प्याकमार्फत गरिने भएकाले केही त्रुटि हुन सक्नेछ । प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्न अनुवाद गरिएका वा पठाइएका मेसेज मेटासँग साझा गरिँदैन । तर, प्रयोगकर्ताले अनुवादको गुणस्तर सुधारका लागि फिडब्याक दिन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १२:०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस अघि सुनको मूल्य बढेको १ लाख ९० हजार माथि पुगेको थियो । सुन शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको थियाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि रुस र युक्रेनले शान्ति सम्झौतामा पुग्न “धेरै गाह्रो” बनाए भने अमेरिका थप वार्ताको मध्यस्थताबाट “पछि हट्ने” बताएका छन्।
शुक्रबार ओभल अफिसमा मिडियासँग कुरा गर्दै ट्रम्पले बताएअनुसार उनी “निश्चित दिनमा” युद्धविरामको अपेक्षा गरिरहेका थिएनन् तर यो “सकेसम्म चाँडो” होस् भन्ने चाहन्छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि केही घण्टा अगाडि भनेका थिए, “यदि युद्धविराम सम्झौताको कुनै स्पष्ट संकेत देखिएन भने अमेरिकाले केही दिन भित्र रुस-युक्रेन शान्ति सम्झौताको मध्यस्थता गर्ने आफ्नो प्रयास त्याग्नेछ।”
रुस र युक्रेनबीचको सम्झौताको बारेमा ट्रम्पलाई प्रश्न गर्दा उनले भने, “यहाँ हामी मरिरहेका मानिसहरूको बारेमा कुरा गर्दैछौं। आदर्श रूपमा, हामी यसलाई रोक्ने छौं।”
“अब यदि कुनै कारणले गर्दा दुवै पक्ष मध्ये एकले धेरै गाह्रो बनायो भने हामी तिमीलाई मूर्ख र भयानक मान्छे भन्नेछौं। हामी पछि हट्नेछौं।”
ट्रम्पको यो बयान यस्तो समयमा आएको छ जब हालै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफलाई ‘रूसी कथा फैलाएको’ आरोप लगाएका थिए।
सामाग्री श्रोत :
रूस र युक्रेन शान्तिका लागि सहमत हुन नसकेपछि मध्यस्थताबाट बाहिरिने ट्रम्पको धम्की









