
काठमाडौँ । करिब एक दशकदेखि सामाजिक सञ्जालमा एक जना जुँगा भएका भारतीय व्यक्तिको तस्बिर प्रयोग गरेर बनाइएका हास्यास्पद मिमहरू निकै भाइरल भइरहेका हुन्छन्, जसलाई ‘जेभियर’ नामले चिनिन्छ । फेसबुक, एक्स (पहिलेको ट्वीटर), रेडिट जस्ता प्लेटफर्महरूमा जेभियरका अनेकौँ मिमहरू निकै देख्न सकिन्छ । तर धेरैको मनमा यो प्रश्न उठिरहेको हुन्छ, आखिर यी जेभियर को हुन् ?
वास्तवमा, यो भाइरल मिम पेज ट्वीटरमा शेयर गरिएका जानकारीहरूको प्यारोडी हो । जेभियरको फेसबुक प्रोफाइलमा प्रयोग गरिएको तस्बिर ‘पकालु पपिटो’ नामक एक व्यक्तिको प्रोफाइल तस्बिर भनिएको छ । ‘नो योर मिम्स‘ वेबसाइटका अनुसार, पकालु पपिटो (@pakalupapito) सन् २०१३ मा सुरु भएको एउटा नयाँ ट्वीटर अकाउन्ट थियो । १३ जुलाई, २०१३ मा त्यसमा पहिलो ट्वीट आयो, जसमा लेखिएको थियो, “Hello Twitter, I’m single (हेलो ट्वीटर, आइ एम सिंगल) ।”
उक्त अकाउन्टलाई एक हास्यास्पद भारतीय स्टोर क्लर्कको रूपमा प्रस्तुत गरिएको थियो, जो ठट्यौली र अप्रासङ्गिक हास्य ट्वीट पोस्ट गर्नका लागि परिचित थिए । पकालु पपिटोले आफ्नो हास्यपूर्ण ठट्टा र कमेडीका कारण सन् २०१५ मा ठुलो लोकप्रियता हासिल गरे ।
दुई वर्षमा उनको पहिलो ट्वीट १७ हजार भन्दा बढी रिट्वीट भइसकेको थियो । उक्त अकाउन्टमा ७ लाख भन्दा बढी फलोअर पुगे । २ सेप्टेम्बर, २०१३ मा पकालु पपिटोको फेसबुक पेज पनि सुरु भयो, जहाँ @pakalupapito ट्वीटर अकाउन्टका पोस्टहरूलाई नै पुन: पोस्ट गरिन्थ्यो । दुई वर्षमै उक्त पेजले ४ लाख ७८ हजार भन्दा बढी लाइक बटुल्यो ।
दुर्भाग्यवश, उनको लोकप्रियता धेरै समय टिकेन । पकालुको ट्वीटर अकाउन्ट सन् २०१८ मा सस्पेन्ड भयो र उनको फेसबुक प्रोफाइल पनि हटाइयो । तर, दुवै सामाजिक सञ्जाल अकाउन्ट किन हटाइए भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन ।
@pakalupapito को अकाउन्ट बन्द भएपछि, @pakalupapitow नामक एक नक्कली अकाउन्ट अनलाइनमा चर्चित भयो, जसले उही शैलीमा सामग्रीहरू पोस्ट गर्न थाल्यो । यद्यपि, त्यो अकाउन्ट पनि उही व्यक्तिले चलाएको हो कि होइन भन्नेमा स्पष्टता छैन ।
पछिल्लो समय जेभियर नामले चिनिने अकाउन्टले पनि उही तस्बिर र शैली प्रयोग गरिरहेको छ । र, त्यसमा पनि ठुलो सङ्ख्यामा फलोअर जम्मा भएका छन् । जेभियरको फेसबुक पेजमा ५.७ मिलियन (५७ लाख) भन्दा बढी फलोअर छन् । तर, जेभियरको वास्तविक पहिचान भने अज्ञात छ । यद्यपि, जेभियरको परिचय अज्ञात रहेको भएपनि विभिन्न स्रोतहरूले पकालुलाई मिन्नेपोलिस मिन्निसोटका एक व्यक्ति भएको दाबी गर्दै आएका छन् । तर, यो पहिचान अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भने भएको छैन ।
पकालु पपिटोको प्रोफाइलमा प्रयोग गरिएको तस्बिर भारतको आईआईटी कानपुरमा कार्यरत ओम प्रकाश नामक एक प्राविधिक सुपरिटेन्डेन्टको भएको दाबी समेत गरिएको छ । आईआईटीको वेबसाइटमा उनी शिक्षण सहायक रहेको र नयाँ वेबसाइटमा वरिष्ठ प्राविधिक सुपरिटेन्डेन्टमा बढुवा भएको उल्लेख छ । तर उनको परिचय राखिएको वेब पेज अहिले खुल्दैन । जेभियर नामका अकाउन्टहरू ओम प्रकाशले चलाएका हुन् कि होइनन् भन्ने कुरा पनि स्पष्ट छैन ।
जेभियरका मिमहरूलाई लिएर कतिपयले भने उनको चरित्र पूर्ण रूपमा बनावटी र जातीयवादी समेत भएको दाबी गर्छन् । किनकि पपिटोले टुटफुट अङ्ग्रेजीमा आईटी पेसेभर, ग्यास स्टेसन क्लर्क र ऊँटहरूको मालिक भएको जस्ता कुराहरू गर्थे । जुन केटाकेटीको ‘हास्यास्पद’ मजाक जस्तो सुनिन्छ ।
यद्यपि, धेरै प्रयोगकर्ताहरू जेभियरका हास्यास्पद जवाफ र पोस्टलाई मनोरञ्जनात्मक रूपमा लिइरहेका हुन्छन् । तर, पकालु पपिटोका केही प्रशंसकहरूले जेभियरको कन्टेन्ट अन्य कमेडियनकै नक्कल गरेको र मौलिकताको कमी रहेको भन्दै आलोचना समेत गर्छन् । उनीहरूका अनुसार जेभियरका ठट्टाहरू प्रायः अन्य लोकप्रिय कमेडी सामग्रीहरूको कमेन्ट सेक्सनबाट लिइएको जस्तो देखिन्छ । रेडिटमा /r/fuckxavier नामक कम्युनिटी बन्नुले पनि धेरै मानिसहरूले जेभियरको चरित्रप्रति असन्तुष्ट रहेको देखाउँछ ।
जेभियरले प्रायः व्यङ्ग्यात्मक मजाकहरू शेयर गर्छन् र मानिसहरूलाई हँसाउनु उनको मुख्य उद्देश्य हो । तर कतिपयले उनको हास्यलाई /r/ComedyCemetery सामग्रीको रूपमा लिन्छन् । जेभियरको फेसबुक पेज बाहेक @xavierkomedy नामक इन्स्टाग्राम र “We are Xavier” नामक फेसबुक ग्रुप पनि छ । जसमा उनीसँग सम्बन्धित हास्यास्पद मिम र सामग्रीहरू शेयर गरिन्छ ।
यद्यपि जेभियर एक विवादास्पद र भाइरल मिम बनेका छन्, जसको वास्तविक पहिचान अज्ञात छ । तर उनको हास्य शैलीले धेरैलाई आकर्षित गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ २०:९
सामाग्री श्रोत :
टेक पाना

रौतहट – रौतहटमा अवैध १० लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुरका २३ वर्षीय राज किशोर ठाकुर रहेका छन्।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अवैध १० लाख नेपाली रूपैयाँसहित उनलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनी राखिएको झोलाबाट उक्त रुपैयाँ बरामद गरिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ खण्ड एसियाली मापदण्डमा निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणलाई राष्ट्रिय गौरवको परियोजना ठहर गर्दै यस्ता पूर्वाधारले देशको समग्र विकासमा टेवा पुर्याउने बताएका हुन्।
उनले भने, ‘अरूले आएर देश बनाइदिँदैन, हामी आफैंले मिलेर देश बनाउनुपर्छ, देश विकासको गति लिएको छ, कतिपय क्षेत्रमा ढिलाइ भए पनि समग्रमा प्रगति उल्लेखनीय छ। हामीले एसियन स्ट्यान्डरको झण्डै ६.०८ किलोमिटर सडक पहिलोपटक निर्माण गरेका छौं, जुन नमुना हो र आगामी दिनमा देशभर यस्ता बाटा विस्तार गरिनेछ।’
प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई आफ्नो सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सडक, पुल, हवाई यातायात, केवलकार, सञ्चार, इन्टरनेट सेवा, स्वास्थ्य, शिक्षा, खेलकुद र विद्युत उत्पादनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइसकेको दाबी गरे।
उनले चितवनलाई भौगोलिक दृष्टिले केन्द्रमा रहेको भन्दै शिक्षा, स्वास्थ्य, पर्यटन र समग्र विकासको हिसाबले चितवनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।
सामाग्री श्रोत :
अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । सामान्यतया फोन पानीमा खस्यो भने चामलमा राखेपछि सुक्छ भन्ने धारणा धेरैको छ । तर, अहिलेको स्मार्टफोन बजारमा वाटर रेसिस्टेन्ट (पानी प्रतिरोधी) विशेषतासहितका फोनहरू उपलब्ध भइसके पनि यी फोनमा पनि पूर्ण विश्वास गर्न सकिँदैन । अनि यदि विश्वास गर्न सकिँदैन भने के फोनमा पसेको पानी निकाल्न चामल नै उपयुक्त उपाय हो त ?
धेरैलाई लाग्न सक्छ, चामलले फोनभित्रको पानी सोस्छ । तर, विज्ञहरूका अनुसार चामलले फोनको पानी सोस्ने काम गर्दैन । बरु, चामलका स-साना कण चार्जिङ पोर्ट, स्पिकर, माइक्रोफोन पोर्ट लगायतमा फसेर फोनमा थप समस्या ल्याउने खतरा हुन्छ ।
ध्यान दिनुहोस्- वाटर रेसिस्टेन्ट भनेको वाटरप्रुफ होइन । यसैले फोन पानीमा खसेपछि के गर्ने र के नगर्ने भन्ने विषयमा एप्पल र सामसङ जस्ता स्मार्टफोन कम्पनीहरूले पनि विशेष सल्लाह दिएका छन् ।
फोन पानीमा खस्दा के गर्ने ?
-
तुरुन्त फोनलाई पानीबाट निकालेर स्विच अफ गर्नुहोस् ।
-
सफा, सुख्खा माइक्रोफाइबर कपडाले राम्रोसँग पुछ्नुहोस् ।
-
फोनलाई चार्जिङ पोर्ट तल फर्काएर बिस्तारै ट्याप गर्नुहोस्, ताकि भित्रको पानी बाहिर निस्कियोस् ।
-
सुक्खा र हावायुक्त ठाउँमा कम्तिमा ५ घण्टासम्म राख्नुहोस् ।
के नगर्ने ?
-
फोनलाई चामलमा नराख्नुहोस् । चामलका कणले पोर्टहरूमा अड्किएर थप क्षति गर्न सक्छ ।
-
हिटर, हेयर ड्रायर वा ओभन प्रयोग नगर्नुहोस् । उच्च तापमानले फोनको भित्री सर्किटमा नोक्सानी पुर्याउँछ ।
एप्पलको सल्लाह
एप्पलका अनुसार, आईफोन पानी, धुलो र लोशनजस्ता पदार्थबाट केही हदसम्म सुरक्षित हुन्छ । तर पूर्णरूपमा होइन । फोन पानीमा खसेपछि ५ घण्टासम्म चार्जमा नराख्न र सफा कपडामा राखेर राम्रोसँग सुकाउन एप्पलले सल्लाह दिएको छ ।
सामसङको सल्लाह
सामसङले पनि फोन पानीमा खसेपछि तुरुन्त निकालेर सफा कपडाले पुछ्न र छायाँ वा पंखाको हावामा सुकाउन सुझाव दिएको छ ।
अर्को भरपर्दो उपाय- सिलिका जेल
फोन सुकाउने अर्को प्रभावकारी उपाय भनेको सिलिका जेल हो । सामान्यतया जुत्ता वा इलेक्ट्रोनिक्स सामग्री खरिद गर्दा सँगै आउने ‘Do not eat’ लेखिएको प्याकेटभित्रको सेता दानालाई सिलिका जेल भनिन्छ । फोनलाई सिलिका जेलसहित बन्द भाडोमा राख्दा यसले फोनको भित्रको आर्द्रता सोस्ने गर्छ । २–३ दिनसम्म राखेपछि फोन सुक्न मद्दत गर्छ ।
–सीनेट सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १८:४९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुको आन्दोलन जारी रहने बताएका छन्।
सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेको उनीसहितका नेताहरु करिब ४ घण्टापछि रिहा भएर सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
‘हाम्रो आजको आन्दोलन सफल भयो। आज सहयोग गर्नेलाई धन्यवाद’, उनले भने, ‘तर जे को लागि भएको हो त्यो भने पूरा भएको छैन। त्यसका लागि हामी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं।’
उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताए।
त्यस्तै, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले यो सुरुवात मात्र भएको टिप्पणी गरे।
आइतबार सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङदेनसहत नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत सात जनालाई पक्राउ गरेको थियो।
भोलि के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिङदेनले भोलिको कुरा भोलि नै भन्ने बताए।
उनले भने,‘रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ हामी। भोलिको कुरा भोलि नै भन्छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उक्त विचार प्रस्तुत गरेका हुन्।
उनले राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन समीक्षा आवश्यक रहेको उल्लेख गरे। संविधान जारी गर्दा दलहरूबीच दश वर्षपछि समिक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उनले त्यसको समय अब आएको बताए। तथापि, संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने स्पष्ट पारे।
‘संविधानको समीक्षा गर्दा एउटा सर्त रहन्छ। हामी पछाडि फर्किनका लागि समीक्षा गर्ने होइनौं। हामी अगाडि बढ्नका लागि समीक्षा गर्ने हो। जनताले प्राप्त गरेका उपलब्धिहरू खोस्नका लागि होइन, ती उपलब्धिहरू थप बलियो बनाउन, विस्तार गर्न र परिमार्जन गर्नका लागि समीक्षा गरिन्छ,’ उनको भनाइ थियो।
शनिबार सम्पन्न तीन दलबीचको छलफलमा आफूले आन्दोलनको परिभाषा निर्धारण गर्नु आवश्यक रहेको कुरा उठाएको जानकारी उनले दिए।
‘तीन दलको बैठकमा मैले भनेको थिएँ– आन्दोलन भन्नाले के बुझिने? विद्रोह के हो? के हो र के होइन भन्नेमा स्पष्ट परिभाषा आवश्यक छ। एउटा साझा व्याख्या आवश्यक छ,’ उनले भने,
‘यदि कसैले लोकतन्त्र, गणतन्त्र र इमान्दारिताका साथ अघि बढ्ने प्रयत्न गर्दछ भने त्यो आन्दोलन हो। त्यसलाई संरक्षण गरिनुपर्छ। तर, यदि कसैले लोकतन्त्रको विरोधमा, निरंकुशता र तानाशाहीका पक्षमा आवाज उठाउँछ भने त्यो आन्दोलन कहलिन सक्दैन। त्यो अपराध हो, समाजविरुद्धको गतिविधि हो।’
उनले कुन गतिविधि आन्दोलन हो? कुन आपराधिक वा इतिहासविरुद्धको हो? कुन जनताको आवश्यकतासँग मेल खान्छ? भन्ने विषयमा गणतन्त्रवादी दलहरूले स्पष्ट दृष्टिकोण लिनुपर्नेमा जोड दिए।
‘एकल परिभाषाका आधारमा आन्दोलन, विद्रोह, क्रान्ति भन्ने शब्दहरूको प्रयोग गरिनु हुँदैन। निरंकुशता वा तानाशाहीतर्फ फर्किनका लागि गरिने प्रयासलाई आन्दोलन भन्न मिल्दैन। कम्तीमा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीहरूले यस्तो शब्द प्रयोग गर्नु अनुचित हुन्छ। त्यो आन्दोलन हुनै सक्दैन,’ उनले स्पष्ट पारे।
सामाग्री श्रोत :
निरंकुशताको कुरा गर्दा आन्दोलन हुँदैन, त्यो अपराध हो : प्रचण्ड
काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (ईसान) को आयोजनामा आगामी वैशाख २६ गतेदेखि एसियन ई-स्पोर्ट्स च्याम्पियनशिप हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सहकार्य गरी पब्जी मोबाइल गेमको एसियाली प्रतिस्पर्धा हुन लागेको हो ।
तीन दिनसम्म सञ्चालन हुनेछ प्रतियोगितामा नेपालसहित १४ देशका टोलीले प्रतिस्पर्धा गर्ने ईसानका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका पब्जी टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा कुल ५१ टोलीले सहभागिता जनाउने र तीमध्ये नेपालको तर्फबाट डीआरएस गेमिङ नेपाल, होरा ई-स्पोर्ट्स र नेपेक्स ई-स्पोर्ट्सले प्रतिस्पर्धा गर्ने ईसानका उपाध्यक्ष हिम विक्रम केसीले जानकारी दिए ।
अनलाइनमार्फत सञ्चालन हुने प्रतियोगितामा कुल पुरस्कार राशि १० लाख रुपैयाँ निर्धारण गरिएको छ । आयोजकका अनुसार शीर्ष ६ स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार प्रदान गरिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १८:१९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु चार घण्टापछि रिहा भएका छन्।
उनीहरुले सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेको थिए।
उनीहरु करिब ४ घण्टापछि छाडिएका हुन्।
उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गर्ने निजामती कर्मचारी ट्रेड युनियनहरुको माग प्रति स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियनहरुले आपत्ति जनाएका छन्।स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियनहरुले राज्य व्यवस्था समितिमा र विभिन्न चार राजनीतिक दलका सचेतकहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्यलाई अलग्गै ऐन बनाउन र तत्काल जारी गर्न राज्य व्यवस्था समिति मार्फत नेपाल सरकारसंग अनुरोध गरेका छन्।ध्यषानाकर्षण पत्र बुझाउँदै उनीहरुले निजामती ट्रेड युनियनले ‘स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी’ भन्ने मागका विषयमा गम्भीर आपत्ति जनाएका छन्। स्वास्थ्यका विभिन्न ६ वटा संगठनले संयुक्त रुपमा निजामती ट्रेड युनियनको मागप्रति आपत्ति जनाएका हुन्। राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका अध्यक्ष लिलाराम थापा, एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका महासचिव तोप थापा, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष भिमराज सिंह, नेपाल स्वास्थ्यकर्मी युनियनका कोषाध्यक्ष नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दिपक भट्ट र मधेशी स्वास्थ्यकर्मी फोरमका सचिव राजेश यादवले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा छुट्टै स्वास्थ्य सेवा ऐन निर्माण गरी अविलम्ब जारी गर्न अनुरोध गरिएको छ।यसका साथै पत्रमा निजामती कर्मचारीहरुको ट्रेड युनियनले गत चैत १५ र ३१ गते जारी गरेको संयुक्त विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण गर्दै निजामती ट्रेड युनियनहरुको हैकमवादी र निरकुंश प्रवृतिको संकेत गरेको उल्लेख छ।’यसै सन्दर्भमा मिति २०८१ चैत्र १५ र ३१ गते संयुक्त निजामती कर्मचारी ट्रेड युनियनहरुको संयुक्त प्रेस विज्ञप्ति प्रति स्वास्थ्य क्षेत्रमा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको गम्भिर ध्यानाकर्षण भएको छ। उक्त विज्ञप्तिको बुदाँ न १० ले “स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरि” भन्ने मागले निजामति ट्रेड युनियनहरुको हैकमवादी र निरकुंश प्रवृतिको संकेत गर्दछ, क्षेत्राधिकारको सामान्य मर्यादालाई समेत उलंघन गरि गरिएको उक्त मागले स्वास्थ्य क्षेत्रमा कृयाशिल ट्रेड युनियनकर्मीको सौदावाजी गर्ने हकप्रति प्रश्न उब्जाएको हुंदा उक्त विज्ञप्तिप्रति हामी आपती प्रकट गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।हेरौं पत्रको पूर्णपाठनेपालको संविधानले मौलिक हकको रुपमा संरक्षित गरेको स्वास्थ्य सेवा गुणस्तरिय, सर्वसुलभ, जनमुखि सर्वसाधारणको पहुंच भित्र पुर्याउन र स्वास्थ्य सेवालाई विशिष्टिकृत सेवाको रुपमा व्यवस्थित गर्न निजामति ऐनबाट अलग्गाएर नेपाल सरकारले स्वास्थ्य सेवा ऐन २०५३ अलग्गै जारी गरेको सर्वविदितै छ । संघियताको कार्यन्वयन संगै नेपाल सरकारले नयां स्वास्थ्य सेवा ऐन जारी गरि कार्यन्वयन गर्नुपर्नेमा हालसम्मपनि औपचारकि रुपमा ऐन निर्माणको प्रकृया समेत शूरु नभएकोले तत्काल सरोकारवालाहरुको सहभागितामा छुट्टै स्वास्थ्य सेवा ऐन निर्माण गरि अविलम्ब जारी गर्न अनुरोध गर्दछौं।यसै सन्र्दभमा मिति २०८१ चैत्र १५ र ३१ गते संयुक्त निजामती कर्मचारी ट्रेड युनियनहरुको संयुक्त प्रेस विज्ञप्ति प्रति स्वास्थ्य क्षेत्रमा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको गम्भिर ध्यानाकर्षण भएको छ। उक्त विज्ञप्तिको बुदाँ न १० ले “स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरि” भन्ने मागले निजामति ट्रेड युनियनहरुको हैकमवादी र निरकुंश प्रवृतिको संकेत गर्दछ, क्षेत्राधिकारको सामान्य मर्यादालाई समेत उलंघन गरि गरिएको उक्त मागले स्वास्थ्य क्षेत्रमा कृयाशिल ट्रेड युनियनकर्मीको सौदावाजी गर्ने हकप्रति प्रश्न उब्जाएको हुंदा उक्त विज्ञप्तीप्रति हामी आपती प्रकट गर्दछौं । यस्ता प्रवृतिले निजामती ऐन जारी गराउन सहज गर्नु भन्दा झन् विवाद बढाएर आपसि द्वन्द श्रृजना गर्दछ भन्ने स्वास्थ्य क्षेत्रमा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको ठहर छ । अत स्वास्थ्य सेवा ऐन अलग्गै र तत्काल जारी गर्न राज्य व्यवस्था समिति मार्फत नेपाल सरकारसंग अनुरोध गर्दछौं ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार गरेको प्रदर्शनमा प्रहरीले अहिलेसम्म सात जनालाई नियन्त्रणमा लिएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको हो।
सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई नियन्त्रणमा लिएको हो। संसदीय दलको कार्यालयबाट निस्केपछि उनीहरुले सिंहदरबारभित्र पम्प्लेट बोकेर प्रदर्शन गरेका थिए।
राप्रपाका नेताहरुले तीनकुने घटनाको न्यायीक छानविन गर, तीनकुने प्रकरणमा पक्राउ परेका नेताहरुलाई रिहाइ गर भन्दै नारावाजी समेत गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
यस्तै, पक्राउ पर्नेमा बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कटवाललगायत छन्। नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए।
पक्राउ परे लगत्तै राप्रपाका अध्यक्ष लिङ्देनले सरकार जनताबाट झन–झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका थिए।
उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ। त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं। सरकारले सुन्नुपर्छ। प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ संस्थाहरुले सुन्छ।’
त्यस्तै उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङकुशता भएको टिप्पणी गरे। त्यसैगरी सांसद ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ लेखेको अध्यक्ष लिङ्देनको तस्विरसहितको टोपी लगाएर प्रदर्शन जनाइरहेका थिए।
पत्रकारहरुले टोपी कहिले खोल्नुहुन्छ भन्दै प्रश्न गरेपछि उनले भने,‘पहिला भ्रष्टाचार गर्न छाडुन् अनि टोपी फुकालौला। भ्रष्टाचार गरेर खानेहरुको लागि यो बिषको रुपमा प्रयोग गरिएको हो।’
सामाग्री श्रोत :
राप्रपा प्रदर्शन : अध्यक्ष लिङ्देनसहित सात जना प्रहरी नियन्त्रणमा









