
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभाग गठन गरिएको छ। प्रतिष्ठानको १५९ औं बैठकले उक्त निर्णय गरेको हो। विभाग गठनसँगै उक्त विभागको विभागीय प्रमुखको जिम्मेवारी सह प्रा.डा. प्रज्वल श्रेष्ठलाई तोकिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। कक्षा १२ को परीक्षा सर्ने भएको छ। वैशाख ११ देखि तय भएको परीक्षा सर्ने भएको हो।
शिक्षकहरुको आन्दोलन तथा प्रधानमन्त्रीको अनुरोध पछि परीक्षा सर्ने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दिपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका थिए।
अहिले बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नयाँ मिति तोक्ने बताइएको छ। बोर्डले भने शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर भएपनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको बताएपछि परीक्षा केही दिन पछाडि सर्ने भएको हो।
सामाग्री श्रोत :
काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै ‘नयाँ बर्षको कनेक्सन अफर’ सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत, १००, २०० र ३०० एमबीपीएसका वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप तीन महिना बोनसको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, ग्राहकले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निःशुल्क फाइभ–जी राउटर पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
डिशहोम इन्टरनेटको सय एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याट सहित) मूल्य रु आठ हजार पाँच सय, दुई सय एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याटसहित) रु. ११ हजार पाँच सय र तीन सय एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याटसहित) रु. १३ हजार पाँच सय रुपैयाँ रहेको छ ।
यो अफर नयाँ र पुराना ग्राहकका लागि समान रूपमा उपलब्ध हुने बताइएको छ । पुराना ग्राहकले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ १६:३२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–आफ्ना मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारी संगठनहरूले दिएका छन्।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन्।
उनले आफूहरूले अघि सारेको मागका विषयमा राज्यलाई थप व्ययभार नपर्ने गरि छलफल गर्न तयार रहेको जिकिर गरे। भट्टले आफूहरूले अघि सारेका विषयलाई समेत समावेश गरेर सदनको पहिलो दिन नै निजामती विधेयक पेस हुनुपर्नेमा जोड दिए। स्थानीय तहमा कर्मचारीलाई दासको जस्तो व्यवहार भोग्नुपरेको उनले बताए।
बैठकमा विभिन्न कर्मचारी संघसंगठनले १० बुँदे संयुक्त मागबारे जानकारी गराएका थिए। उनीहरूले संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समायोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने लगायतका माग राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा उनले भने, ‘ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु । सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो।’फागुन दोस्रो सातातिर उनलाई घाँटी दुख्ने, ज्वरो आउने र निरन्तर खोकी लाग्ने भएपछि उनी शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। उनको घाँटीमा संक्रमण देखिएको थियो। लिम्फ नोड सुन्निएको पाइएको थियो। उक्त समस्याका उनले त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गराएकी थिइन्। शल्यक्रियापछि मन्त्री भट्टराई उपचारपछि चैत पहिलो सातासम्म आराममा बसेकी थिइन् ।त्यसपछि पुन: मन्त्रालयमा सक्रिय उनी शिक्षक आन्दोलन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रालयका कर्मचारीको असहयोगका कारण राजीनामा दिन पुगेकी हुन्।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। पाकिस्तानमा सम्पन्न ‘आठौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्परिट’ मा नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई सम्मान गरिएको छ।
प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सुशोभित गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
अन्तर्राष्ट्रियस्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्याएको योगदानको उच्च मूल्यांकनस्वरूप प्रतियोगितामा सहभागी ११ जनालाई सम्मान गरिएको हो।
उक्त सैन्य अभ्यास गत चैत २८ गतेदेखि यही वैशाख ५ गतेसम्म पाकिस्तानको पञ्जाब प्रान्तको खेरियान इलाकामा १६ राष्ट्रका २४ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो। सैन्य अभ्यासमा सहभागी टोलीहरूबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशललगायत दक्षताहरूको परीक्षण गरिएको थियो।
सन् २०१६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले यस अघि सन् २०२२ मा समेत सहभागी भई स्वर्ण पदक प्राप्त गरेको थियो। सम्मान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । चीनले सुन बेच्न मिल्ने अत्याधुनिक एटीएम सञ्चालनमा ल्याएको छ । साङ्घाइस्थित एक मलमा राखिएको यो एटीएमले सुन पगाल्ने, शुद्धता र तौल जाँच गर्ने तथा मूल्यांकन गरी ३० मिनेटभित्रै रकम प्रयोगकर्ताको बैंक खातामा ट्रान्सफर गर्ने सुविधा दिन्छ । विशेषता के छ भने यो पुरै प्रक्रिया कागजी झन्झटबिनै सम्पन्न गर्न सकिन्छ ।
‘चाइना किङहूड ग्रुप’ ले सञ्चालन गर्ने उक्त एटीएमले सुनको तौल र गुणस्तर परीक्षण गरी त्यसअनुसार मूल्य निर्धारण गर्ने बताइएको छ । मनी कन्ट्रोलमा प्रकाशित समाचार अनुसार एटीएमले कम्तीमा ३ ग्राम तौल र ५० प्रतिशतभन्दा बढी शुद्धता भएको सुन मात्र स्वीकार गर्छ ।
साङ्घाइको उक्त मलमा रहेको एटीएम प्रयोग गर्न चाहने मानिसहरूको लामो लाइन लाग्ने गरेको छ । एटीएम प्रयोग गर्न अनिवार्य रूपमा अग्रिम समय बुकिङ गर्नुपर्ने व्यवस्था छ । रिपोर्टअनुसार, मे महिनासम्मका सबै समय पहिल्यै बुक भइसकेका छन् ।
हालैको एउटा प्रदर्शनमा ४० ग्राम सुनको हारको मूल्यांकन गर्दा प्रति ग्राम ७८५ युआन (करिब १४ हजार ६७७ रुपैयाँ) तोकिएको थियो । सोही आधारमा प्रयोगकर्तालाई ३० मिनेटमै ३६,००० युआन (करिब ६ लाख ७३ हजार रुपैयाँ) बराबरको रकम खातामा ट्रान्सफर गरिएको थियो ।
A Gold ATM in China 🇨🇳
Drop in your gold, it melts it on the spot, weighs it, and instantly credits your bank account.
This isn’t the future — it’s happening now. pic.twitter.com/Anku2nwdkL
— AnirudhSethi-Chart Surgeon (@CHARTISKING) April 20, 2025
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ १८:५९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालयका कर्मचारीलाई यस्तो उर्दी जारी गरेका हुन्।
परिपत्रमा भनिएको छ, ‘‘आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लियरे काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।’
विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौंमा शिक्षकहरू २२ औँ दिनदेखि आन्दोलनरत छन्।
सरकारले कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएरै भए पनि चलाउने तयारी गरेपछि शिक्षक र विद्यालयका कर्मचारी अझै आक्रोशित बनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
विराटनगर- आर्या न्यूरो हस्पिटलमा टाउको तथा मेरुदण्डमा चोटपटक लागेका बिरामीहरूले अब एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका २०८०’ अन्तर्गत यो सेवा उपलब्ध गराइने भएको हो। अस्पतालका निर्देशक दिनेश ठाकुरले यो सेवाको आरम्भ भएको जानकारी दिँदै भने, ‘कुनै पनि व्यक्ति अचानक दुर्घटनामा परी टाउको वा मेरुदण्डको समस्या भएमा, रुखबाट खसेर वा अन्य कुनै कारणले चोटपटक लागि घाइते भएमा उपचारमा एक लाखसम्मको खर्च सरकारले व्यहोर्नेछ।’ यो सेवा प्राप्त गर्न निर्देशिकाले तोअनुसारका आवश्यक कागजातहरू भने पेश गर्नुपर्नेछ। चिकित्सकद्वारा ओपीडी वा आकस्मिक विभागमा बिरामीको जाँच गरी लेखिएको पुर्जा, बिरामीको बसोवास भएको गाउँपालिका वा नगरपालिकाद्वारा विपन्नताको सिफारिस र बिरामीको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने ठाकुरको भनाइ छ। यो सेवा विशेषगरी आर्थिक रूपमा विपन्न नागरिकहरूलाई लक्षित गरिएको छ, जसका लागि महंगो न्यूरोलोजिकल उपचार गर्न आर्थिक समस्या हुन्छ। आर्या न्यूरो हस्पिटल यो सेवामा सूचीकृत भएसँगै कोशी प्रदेशका बासिन्दाहरूले ठूलो राहत पाउने उनले जानकारी दिए।उनले भने, ‘नेपालमा सडक दुर्घटना, उचाइबाट खस्ने, भौतिक आक्रमण जस्ता घटनाहरू टाउको र मेरुदण्डका चोटपटकका प्रमुख कारण हुन्। यस्ता चोटपटकको उपचार अत्यधिक खर्चिलो हुन्छ। विपन्न परिवारका लागि यो सेवा वरदान साबित हुन्छ।’आर्या न्यूरो अस्पताल विराटनगर-३ व्यस्त बजार कञ्चनबारी क्षेत्रमा अवस्थित छ। पछिल्लो समय मस्तिष्क र नसासम्बन्धी रोगको उपचारमा अस्पताल केन्द्रीत छ। आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा पंकजराज नेपाल यस क्षेत्रमा दशकौंदेखि सेवारत छन्। उनको नेतृत्वमा रहेको चिकित्सकहरूको टिम पछिल्लो समय जटिल प्रकृतिका रोगको उपचारमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ। विशेषगरी मस्तिष्कसँग सम्बन्धित जटिल समस्याहरूको उपचारमा यो अस्पतालले सफलता हासिल गरेको छ। पूर्वी नेपालमा उच्चस्तरीय न्यूरो सर्जरी सेवा उपलब्ध गराउने लक्ष्यका साथ विराटनगरमा आर्या न्यूरो अस्पतालको स्थापना गरिएको डा नेपाल बताउँछन्। ‘मेरो उद्देश्य बिरामीहरूलाई उपचारका निम्ति काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य गर्नु थियो,’ डा नेपाल भन्छन्।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले प्रस्तावित संघीय निजामती सेवा विधेयकबारे विभिन्न ट्रेड युनियन कर्मचारी संघ संगठनसँग छलफल गरेको छ।
समितिको आजको बैठकमा निजामती सेवासँग सम्बन्धित विभिन्न छ वटा ट्रेड युनियनका पदाधिकारीसँग उक्त विधेयकमा समेटिनुपर्ने विषयवस्तु र त्यसको औचित्यबारे जानकारी लिन छलफल गरिएको हो।
ट्रेड युनियनका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजन भई गएका कर्मचारीलाई पुनः छनोटका लागि एक पटक अवसर दिन, कुनै पनि पदमा पाँच वर्ष सेवा गरेकालाई एक तह तथा १० वर्ष वा सोभन्दा माथि गरेकालाई एक श्रेणी वृद्धि गरी तह मिलान गर्न सुझाव दिइयो।
यस्तै, निजामती कर्मचारीको सरुवा प्रणालीलाई चक्रीय र पूर्वानुमान योग्य बनाइनुपर्ने तथा संघ, प्रदेश र स्थानीय तहका जुनसुकै सेवामा रहे पनि खुला–आन्तरिक प्रतिस्पर्धाद्वारा बढुवा भएमा निवृत्तिभरण प्राप्तिमा सेवा अवधि जोड्ने व्यवस्था गर्न सुझाव दिइएको छ।
विधेयकमा अस्थायी र करारमा काम गरेका कर्मचारीलाई एकपटक प्रतिस्पर्धाका लागि उमेर हद नलाग्ने गरी सिमित प्रतियोगिताको अवसर प्रदान गरिनुपर्ने तथा त्यसमा सफल नभएकालाई उपदानको व्यवस्था गर्न पनि सुझाव दिइएको छ।
स्थानीय तह र प्रदेशमा समायोजन भएका वा नियुक्त गरिएका कर्मचारीलाई अन्तर–प्रदेश सरुवाको व्यवस्था गर्न तथा स्वास्थ्य र संसद् सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टीकृत सेवाका रूपमा विकास गर्ने व्यवस्थाका लागि पनि आग्रह गरिएको छ।
समितिले नेपाल चिकित्सक संघ र संघीय संसद् सचिवालय कर्मचारी युनियनका पदाधिकारीसँग पनि छलफल गरेको थियो।
समितिमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेस निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका प्रतिनिधिले आ–आफ्ना संगठनका तर्फबाट त्यससम्बन्धी राय सुझाव प्रस्तुत गरे।
सामाग्री श्रोत :









