२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

काठमाडौँ । बराहक्षेत्र नगरपालिका वडा न. १० ले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई निःशुल्क तीन महिने कम्प्युटर तालिम र ब्रिजकोर्स उपलब्ध गराउन थालेको छ । वडाध्यक्ष तेजबहादुर गुरुङको पहलमा वडाभित्रका सयभन्दा बढी विद्यार्थीहरूलाई यस किसिमको तालिम उपलब्ध दिन लागिएको हो ।

तालिममा वडाभित्रका तीन ओटा संस्थागत र एउटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई समेटिएको छ । वडाध्यक्ष गुरुङका अनुसार हाल ११३ जना विद्यार्थीले कम्प्युटर तालिम र २४ जनाले ब्रिजकोर्ष २४ लिइरहेको जानकारी दिए । प्लस टुमा विज्ञान विषय लिएर पढ्न चाहने वा पीसीएल नर्सिङको तयारी गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी ब्रिजकोर्समा विज्ञान र गणित विषय पढाउने गरिएको छ ।

यसअघि कम्प्युटर तालिम र ब्रिजकोर्सका लागि विद्यार्थीहरू इटहरी, बिराटनगर, धरान र काठमाडौँ लगायतका ठाउँहरूमा जाने गरेका थिए । त्यस किसिमको बाध्यता अन्त्य गर्न आफू निर्वाचित भएपछि गाउँमै यस किसिमको तालिम तथा कोर्स दिन सुरु गरिएको गुरुङले बताए ।

उनका अनुसार तालिमका लागि वडामा रहेको शिक्षा शीर्षककै बजेट उपयोग गरिएको छ । जसबाट कम्प्युटर शिक्षक भर्ना गरिएको र वडाकै प्रकाश माविमा बिग्रिएर थन्किएका २३ ओटा कम्प्युटर मर्मत सम्भार गरिएको छ ।

अघिल्ला वर्षहरूमा स्थानीय इन्स्टिच्युसँग सहकार्य गरिएको भए पनि खर्च कम गर्न यस पल्ट विद्यालयकै कक्षा कोठा र विद्यालयकै कम्प्युटर प्रयोग गरिएको उनको भनाई छ । “कम्प्युटर बनाइ दिँदा अब विद्यालयले नै ९/१० कक्षामा कम्प्युटर विषय पढाउन पनि सक्ने भयो,” वडाध्यक्ष गुरुङले भने, “इन्स्टिच्युटमा प्रति विद्यार्थी २५०० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो, तर अब ८०/९० हजारमै वडाका सम्पूर्ण विद्यार्थीलाई तालिम दिन सकिने भएको छ । बाँकी रहेको रकम विद्यालयलाई नै फन्डिङ गर्न सकिन्छ ।”

प्रत्येक वर्ष एसईई पछिको खाली समय खेर जाने र विद्यार्थीहरू कुलतमा समेत फस्ने अवस्था आउन नदिन यस किसिमको उपाय अपनाइएको वडाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ ११:२७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – २६ जनाको ज्यान जाने गरी जम्मु काश्मीरमा भएको आतङ्कवादी हमला पछि साउदी अरेबियाको भ्रमण छोट्याएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कीएका छन् । उनी भर्खरै नयाँ दिल्ली विमानस्थलमा अवतरण गरेको भारतिय सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । 

घटनालाई लिएर भारत र संसारभर नेताहरूले दुःख व्यक्त गरिरहेका छन् बेलायती प्रधानमन्त्री केइर स्टरमरले घटनामा ज्यान गुमाउनेमा समवेदना व्यक्त गरेका छन् ।

Ncell 2
Ncell 2

काश्मीरमा मुख्य मन्त्री ओमार अब्दुल्लाहले सो घटनालाई अमानवीय र पाशविक भनेका छन् । पर्यटकीय क्षेत्रमा भएको सो हमलामा मर्नेहरूको विवरण आउने क्रम सुरु भएको छ ।

shivam cement
shivam cement

कति जनाले त पारिवारिक भ्रमणमा गएको समयमा नै आफन्त गुमाएका छन् । ओढीषाका प्रशान्त कुमार साम्पाथी बिदा मनाउन श्रीमती र बच्चासहित कश्मीर पुगेका थिए। उनको टाउकोमा नै गोली लागेको उनकी श्रीमती प्रियदर्शनीले बताएकी छिन् ।

पालङघमको सो घटनापछि मंगलबार नै मैनबत्ती बालेर दिवङ्गतलाई शोक व्यक्त गरिएको छ । मन्दिरमा जानेसमेत डराइरहेका छन् । घटनामा परी नेपाल एक युवाले समेत ज्यान गुमाएका छन् । नेपालको बुटवल घर भएका सुदीप न्योपानेको ज्यान गएको पुष्टी भएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


काठमाडौं। सुनको मूल्य तोलामा सात हजार ५०० घटेको छ। मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, आज चाँदी प्रतितोला पाँचले घटेर एक हजार ९६५ मा कारोबार हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज […]
सामाग्री श्रोत :

सुनको मूल्यमा भारी गिरावट

काठमाडौँ । इन्स्टाग्रामले ‘एडिट्स’ नामक नयाँ भिडिओ एडिटिङ एप सार्वजनिक गरेको छ । यो एप टिकटकको लोकप्रिय भिडिओ एडिटिङ एप क्यापकटसँग प्रतिस्पर्धा गर्न ल्याइएको हो ।

यो आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा निःशुल्क रूपमा उपलब्ध गराइएको छ । कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै यो एप डिजाइन गरिएको हो । यसमा प्रोजेक्ट म्यानेजमेन्ट, नोट तथा आइडिया ट्य्राकिङका साथै भिडिओको पर्फर्मेन्स सम्बन्धी डेटा हेर्ने लगायतका सुविधाहरू छन् । नियमित इन्स्टाग्राम एपमा नभएका एड्भान्स एडिटिङ टुलहरू पनि यसमा छन् ।

उदाहरणका लागि स्टिल अर्थात् स्थिर फोटोबाट बनाइएका एआई एनिमेसन, ग्रीन स्क्रिन रिप्लेसमेन्ट, ब्याकग्राउन्डबाट सब्जेक्ट छुट्याउन मिल्ने जस्ता सुविधाहरू यसमा छन् । एडिट्सका धेरै एडिटिङ सुविधाहरू क्यापकटसँग मिल्दाजुल्दा रहेका छन् । इन्स्टाग्रामको मातृ कम्पनी मेटाले क्यापकटलाई सोझो प्रतिस्पर्धीको रूपमा हेरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले सुरुमा यी दुई एपहरूबिचको समानता स्वीकार गरे पनि एडिट्स सामान्य भिडिओ बनाउनेहरू भन्दा क्रिएटरहरूका लागि बढी लक्षित हुने बताएका छन् ।

उनले द भर्जलाई दिएको जवाफमा यो एप क्यापकट भन्दा धेरै फरक हुने बताएका छन् । जसमा धेरै विस्तृत क्रियटिभ टुलहरू हुनेछन् र सायद यसको प्रयोगकर्ता आधार सानो हुनेछ ।

इन्स्टाग्रामले एडिट्समा आउने भविष्यका सुविधाहरू पनि देखाएको छ, जसमा कीफ्रेमहरू, एआई एडिटिङ, र अन्य प्रयोगकर्ताहरूसँग मिलेर भिडिओहरूमा काम गर्ने क्षमता आदि समावेश छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १०:३९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुन आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । 

Ncell 2
Ncell 2

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


मुस्ताङ। भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन्। उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे। मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको हो। टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले […]
सामाग्री श्रोत :

भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना

काठमाडौँ । अप्रिल १८, २०२५ देखि सामाजिक सञ्जाल फेसबुकमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा पाटेबाघ देखिएको भन्दै केही तस्बिरहरू भाइरल भइरहेका छन् । धेरै प्रयोगकर्ताले सडकमा हिँडिरहेको बाघको तस्बिर शेयर गर्दै नगरकोटको जंगल क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।

कतिपयले यो घटना नगरकोटकै हुनसक्ने बताएका छन् भने केहीले स्रोत उल्लेख नगरी तस्बिरहरू पोस्ट गरेका छन् । केही स्थानीय मिडिया र फेसबुक पेजहरूले पनि यो खबरलाई प्रकाशन गरेका छन् । तर टेकपाना फ्याक्टचेकबाट भक्तपुर नगरकोटमा पाटे बाघ देखिएको भन्दै शेयर गरिएको फोटो भ्रामक रहेको र उक्त तस्बिर अन्यत्रकै पुरानो भिडिओबाट स्क्रिनशट लिएको पुष्टि भएको छ ।

दाबी

अप्रिल १८, २०२५ साँझ ६:४२ बजे ‘Gyanu Tamang’ नामक फेसबुक प्रयोगकर्ताले एउटा पोस्ट शेयर गरेका थिए । उक्त पोस्टमा “नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलको यात्रामा सावधानीपूर्वक यात्रा गर्नुहोला। हिजो भर्खरै पाटेबाग सडकको बीचबीचै हिँडिरहेको पाइयो। सावधान रहनुहोला!!!!” भन्ने क्याप्सनका साथ सडकबाट जङ्गलतिर जान लागेको जस्तो देखिने पाटे बाघको दुई ओटा तस्बिर राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४८ रियाक्सन, ७ कमेन्ट र ४९ शेयर देखिएको छ । ओरिजिनल लिङ्कआर्काइभ लिङ्क हेर्नुहोस् ।

ज्ञानु तामाङको उक्त पोस्टलाई नै कपी गरी अन्य फेसबुक प्रयोगकर्ताले पनि भक्तपुरको नगरकोटमा पाटे बाघ भेटिएको भन्दै शेयर गरिरहेका छन् ।

यसमध्ये भक्तपुरको स्थानीय सञ्चारमाध्यम चाँगुपत्रले अप्रिल १८ साँझ ७:२८ बजे ज्ञानु तामाङले राखेकै क्याप्सन र तस्बिर कपी गरेर आफ्नो फेसबुक पेज ‘changupatra.com’ मा पोस्ट राख्यो । उक्त पोस्टलाई अप्रिल १९ बिहान ६:०७ बजे एडिट गरी “नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलको यात्रामा सावधानीपूर्वक यात्रा गर्नुहोला। हिजो भर्खरै पाटेबाग सडकको बीचबीचै हिँडिरहेको पाइयो। सावधान रहनुहुन अनुराेध छ । शब्द/तस्बिर साभार गरिएको जानकारी गराउँदछु । यसबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छाैं । उक्त ठाउँमा जंगली जनावरको आतंक भने जारी छ। – (सम्पादक )” भन्ने ब्यहोरा थपिएको छ । याे समाचार तयार पार्दासम्म याे पाेस्टमा ११३ लाइक र ११३ शेयर आएकाे छ । ओरिजिनल लिङ्कआर्काइभ लिङ्क हेर्नुहोस् ।

फेसबुकमा ४६ हजार फलोअर भएको ‘Bageswori’ नामक पेजले अप्रिल १९ बिहान १०:२० मा सोही क्याप्सन र तस्बिर प्रयोग गरी पोस्ट गरेको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ९५० लाइक, ६३ कमेन्ट र ६८ शेयर पुगेको छ । यसको ओरिजिनल लिङ्कआर्काइभ लिङ्क हेर्नुहोस् ।

फेसबुक सर्चमा गई ‘पाटेबाग’​ किवर्ड सर्च गर्ने हो भने एक दर्जन बढी यस्तै पोस्ट फेला पार्न सकिन्छ ।

यसैगरी समाचार पोर्टल ननस्टप खबर डटकमले “नगरकोटमा पाटे बाघ पाइएको विषयमा वन कार्यालय नै छैन बिश्वस्त” शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा भक्तपुरको ‘पर्यटकीय नगर चाँगुनारायणको नगरकोट क्षेत्रमा पाटे बाघ पाइएको हल्लाले मानिसहरु त्रसित भएका छन्’ भनिएको छ । साथै नगरकोटमा पाटे बाघ देखिएको विषयमा डिभिजन वन कार्यालय र चाँगुनारायण नगरपालिका भने विश्वस्त नभएको उल्लेख गरिएको छ । यहाँ क्लिक गरी ननस्टप खबरको समाचार पढ्नुहोस्  । 

तथ्य-जाँच

नगरकोटमा बाघ देखिएको दाबीसहित सामाजिक सञ्जालमा फैलिएका तस्बिरहरूको सत्यता जाँच्दा सबैभन्दा पहिले ज्ञानु तामाङको पोस्ट फेला पर्‍यो । उनले “नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलको यात्रामा सावधानीपूर्वक यात्रा गर्नुहोला। हिजो भर्खरै पाटेबाग सडकको बीचबीचै हिँडिरहेको पाइयो। सावधान रहनुहोला!!!!”  क्याप्सन राख्दै दुई ओटा फोटो पनि राखेका छन् ।

हामीले सबैभन्दा पहिले भाइरल भइरहेका बाघका तस्बिरहरूलाई गुगल रिभर्स इमेज सर्च लगायतका टुल प्रयोग गरेर इन्टरनेटमा खोज्यौं । रिभर्स इमेज सर्च गर्दा नेपालका विभिन्न फेसबुक पेज र प्रयोगकर्ताले नगरकोटमा पाटेबाघ भेटिएको भन्दै हालै पोस्ट गरेका सोही प्रकृतिका फेसबुक लिङ्कहरू देखिए । तर रिभर्स इमेज सर्चमा पुरानो फोटो देखिएन ।

यसै क्रममा हामीले ‘नमस्ते भक्तपुर’ पेजले गरेको एक पोस्ट भेट्यौं, जसले तस्बिरको स्रोत फरक भएको संकेत गर्‍यो । ‘नमस्ते भक्तपुर’ ले ज्ञानु तामाङले फेसबुकमा राखेको फोटो ‘Shalini-Loves-Fashion’ नामक युट्युब च्यानलबाट रहेको भिडिओबाट स्क्रिनशट लिएको दाबी गर्‍यो । ‘नमस्ते भक्तपुर’ को फेसबुक पोस्ट हेर्नुहोस् ।

उक्त युट्युब च्यानलमा ‘Tiger raste me mila’ (बाघ बाटोमा भेटियो) शीर्षकमा दुई वर्षअघि अपलोड गरिएको एउटा भिडिओ भेटियो । हामीले त्यो भिडिओलाई ध्यानपूर्वक हेर्दा भाइरल भएका तस्बिरहरू त्यही भिडिओका ०:१५ देखि ०:१७ सेकेन्डका दृश्यहरूबाट लिइएका स्क्रिनशटहरू भएको स्पष्ट भयो । हेर्नुहोस्  ‘Shalini-Loves-Fashion’ युट्युब च्यालनमा अपलोड भएको भिडिओ

भिडिओको अपलोड मिति (२ वर्ष पुरानो) ले तस्बिरहरू हालसालैका होइनन् भन्ने पुष्टि गर्‍यो । च्यानल भारतबाट सञ्चालित देखिनु र भिडिओको सन्दर्भले उक्त घटना नेपालको नगरकोट नभई भारतको कुनै स्थानको भएको बलियो आधार दियो ।

प्राप्त संकेतहरूको निरन्तर खोजी र युट्युब भिडिओको विस्तृत विश्लेषणबाट भाइरल तस्बिरहरू हालै नगरकोटमा खिचिएका नभई युट्युबमा सन् २०२२ अक्टोबर २८ मा अपलोड भएको एक भिडिओका स्क्रिनशटहरू हुन् भन्ने तथ्य स्थापित भयो । भाइरल तस्बिर र युट्युब भिडिओका फ्रेम/स्क्रिनशटहरूलाई तुलना गर्दा बाघसँगै ब्याकग्राउन्डमा देखिएको दृश्य मेल खान्छ ।

भाइरल तस्बिर नगरकोटको नभएको पुस्टि भएपनि बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलमा पाटे बाघ रहेको नरहेको बुझ्न हामीले डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख विश्व कोइरालालाई सम्पर्क गर्‍यौं । उनले हालसम्मको तथ्याङ्क अनुसार बाहाल वनक्षेत्रमा मात्रै नभइ भक्तपुरभर पाटे बाघ कतैपनि नभेटिएको बताए । “सामाजिक सञ्जालमा शेयर गरको तस्बिर गलत हो । तर सामुदायिक वनकै मान्छेले पनि शेयर गरिरहँदा भ्रम र त्रास फैलिएको छ । यहाँको वनमा चितुवा प्रशस्त भए पनि अहिलेसम्म पाटेबाघ भएको जानकारी छैन,” कोइरालाले भने ।

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले पनि सामाजिक सञ्जालमा पाटे बाघ भनी फैलिएको तस्बिरमा सत्यता नभएको जिकिर गरे । “बाहाल सामुदायिक वन घना जङ्गल भएको क्षेत्र हो । तर पाटे बाघ छ भनेर प्रमाण अहिलेसम्म छैन । सीसीटीभी राख्न सकिएको भने कुन कुन जनावर छन् भनेर थाहा पाउन सकिन्थ्यो,” उनले भने ।

फेसबुकमा ज्ञानु तामाङकै पोस्टलाई विश्वास गरी शेयर गर्नेमध्ये राजन लामिछाने श्री बाहाल सामुदायिक वन उपभोक्ता समितिकै अध्यक्ष रहेको पाइयो । ज्ञानु तामाङको पोस्टलाई विश्वास गरेर आफूले पनि शेयर गरेको र उनीसँग केरकार गर्दा पाटे बाघ नदेखिएको खुलेको लामिछानेले बताए । टेकपानाको फ्याक्टचेक टिमसँग सम्पर्कमा आएपछि उनले आफ्नो फेसबुक पोस्ट पनि हटाएका छन् । उनले भने “चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा रहेको यस सामुदायिक वनको क्षेत्रफल ५४.९९ हेक्टर रहेको छ । भाइरल भएको तस्बिरको ब्याकग्राउन्ड हेर्दा त्यस्तो ठाउँ यस आसपास छैन । अहिलेसम्म यहाँ बाघ फेला परेको छैन । ज्ञानु तामाङ लगायतले पोस्ट गरेको फोटो पनि गलत हो ।”

यसपछि टेकपाना फ्याक्टचेक टिम फेसबुकमा पहिलो पटक पोस्ट गर्ने ज्ञानु तामाङसँगै सम्पर्कमा पुग्यो । उनले सुरुमा आफैँले उक्त फोटो खिचेको दाबी गरे । “वैशाख ३ गते राति ९:२८ बजे बाइकबाट गन्तव्यमा जाने क्रममा साथी र मैले देखेका हौं । मोबाइलबाटै खिचेका हौं । फोटो वास्तविक हो,” भने । तर हामीले त्यो फोटो दुई वर्ष पुरानो युट्युब भिडिओबाट लिइएको स्क्रिनशट भएको प्रमाण पेश गरेपछि उनले आफ्नो दाबी प्रमाणित गर्न सकेनन् । खिचेको फोटो पठाउन आग्रह गर्दा उनले पठाउन चाहेनन् र फोन काटिदिए ।

दाबीकर्ता

ज्ञानु तामाङ, चाँगुपत्र, बागेश्वरी लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।

दाबी

भक्तपुरको नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगल क्षेत्रमा  पाटेबाघ भेटिएको ।

तथ्य

पाटे बाघ देखिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरू नगरकोटको होइन र यो दुई वर्षभन्दा बढी पुरानो भिडिओको स्क्रिनशट हो । 

निष्कर्ष

ज्ञानु तामाङ, चाँगुपत्र, बागेश्वरी लगायतका फेसबुक पेज तथा प्रयोगकर्ताले भक्तपुर नगरकोटमा पाटे बाघ भेटिएको र नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलमा हिँड्दा सावधानी अपनाउन आग्रह गर्दै पोस्ट शेयर गरेका थिए । टेकपाना फ्याक्टचेकले गरेको अनुसन्धानले भक्तपुरको नगरकोट क्षेत्रमा पाटे बाघ देखिएको भन्ने दाबी झुटो र भ्रामक रहेको पत्ता लगाएको छ । ती तस्बिर नगरकोटका होइनन् । भक्तपुर डिभिजन वन कार्यालय, चाँगुनारायण नगरपालिका र श्री बाहाल सामुदायिक वन उपभोक्ता समितिले समेत यहाँ पाटे बाघ देखिएको कुनै प्रमाण नभएको स्पष्ट पारेका छन् । त्यसकारण सामाजिक सञ्जालमा शेयर गरिएको नगरकोटमा पाटेबाघ देखिएको दाबीसहितका पोस्ट  गलत र भ्रामक हुन् ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १०:१९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – भारतको जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ । 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

“नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ ।

Ncell 2
Ncell 2

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी एक जना नेपाली सहित २६ जनाको ज्यान गएको छ भने अन्य १७ जना घाइते भएका छन् । 

यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गरेका छन् । 

shivam cement
shivam cement

आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा सरकारले भारतीय पक्षसँग समन्वय गरिरहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निर्णय गरेअनुसार निर्वाह भत्ता नपाएको भन्दै आवासीय चिकित्सकहरु  आन्दोलित छन्। निजी मेडिकल कलेज सञ्चालक भने उक्त निर्णय आगामी शैक्षिक सत्रबाट मात्रै लागु हुने बताइरहेका छन्। भुतप्रभावी निर्णय हुन नसक्ने उनीहरुको भनाइ छ। जुन निर्णय सच्याउनुपर्ने कुरामा प्रधानमन्त्री तथा आयोग अध्यक्ष केपी शर्मा ओली समेत सहमत भएको उनीहरुको भनाइ छ। यही विषयलाई लिएर एशोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेजका उपाध्यक्ष एवं काठमाडौं डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठसँग गरिएको संवाद :तपाईं आयोगको १८ औं बैठकमा पनि प्रधानमन्त्रीकै पावर लगाएर सहभागी हुनुभयो। तपाईंको तर्फबाट प्रतिनिधि हुँदा हुँदै कार्यदलको बैठकमा पनि गइरहनुभएको छ, उहाँप्रति अविश्वासको तपाईंको भन्ने कुरा नसमेटिने लागेर हो?मेरो मात्रै रुचि भन्दा पनि हाम्रो एशोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजका साथीहरुले नै भनेर म गएको हो।  म तथ्य/तथ्यांक र सत्यमा आधारित भएर आफ्ना कुरा स्पष्ट राख्नेमा पर्छु। साथीहरुलाई म सहभागी हुँदा हाम्रा समस्या आयोगका अध्यक्षदेखि सदस्यसम्मलाई बुझाउन सहज होला भनेर पनि जान भन्नुभएको होला। अहिलेको समस्याको समाधानका लागि छलफलमा संस्थाको उपाध्यक्ष पनि सहभागी हुनुपर्ने लिखित निवेदन पेश गरेका थियौं। म सहभागी हुँदा मेडिकलका साथै डेन्टल कलेजको समेत प्रतिनिधित्व हुन्थ्यो। किनभने डेन्टल कलेजका समस्याबारे कहीँकतै बोलिएको छैन। दन्त चिकित्साको कुरा हुँदो रहेनछ। दन्त चिकित्साको कुरा पुगेन भन्ने कारणले गएको हो। आयोगको १६ औं बैठकमा टुंगिसकेको आवासीय चिकित्सकको निर्वाह भत्ताको विषयलाई १८ औं बैठकमा आएर तपाईंहरुले आपत्ति जनाउनुभएछ। पुरानो त्यो निर्णय कार्यान्वयन नगराउन दबाब सृजना गर्न पनि जानुभएको हो?हाम्रो तर्फबाट अन्य सबै कुरा हाम्रो अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले राख्नुभएको थियो। निर्वाह भत्ताको जुन कुरा छ, त्यो बाहिर आउँदा स्पष्ट भएन । जसका कारण आवासीय चिकित्सकले आन्दोलन गरिरहनुभएको छ। १६ औं बैठकमा भएको जुन निर्वाह भत्ताको निर्णय छ, त्यो अहिले आन्दोलन गरिरहेकाहरुका लागि होइन भनेर स्पष्ट पनि पार्नुपर्ने थियो। हामीले त्यसलाई प्रस्ट पार्यौं। कार्यदल पनि अब समस्या नआउन् भनेर पहिल्यै शुल्क र सिट आदि प्रस्ट पार्न बनाइएको हो। तपाईंले दन्त चिकित्सालाई विभेद गरिएको समेत बताउनुभएको छ। के थियो ?एमबीबीएस र बीडीएसको प्रवेशका लागि आवश्यक योग्यता एउटै छ। चिकित्सा शिक्षा आयोगको कमन इन्ट्रान्स पास गरेर आउने हो । म्याचिङ सिस्टम एउटै छ । समयावधि पनि साढे पाँच वर्ष समान छ।  चिकित्सा शिक्षा आयोग बन्ने क्रममा शुल्क निर्धारण गर्दा बीडीएसको यति घटाएर राखियो कि एमबीबीएसको आधा भन्दा कम राखियो। कोसँग छलफल गरेर? केका आधारमा त्यति शुल्क राखियो? भन्दा कसैसँग उचित तर्क छैन । हामीले आयोगको उपाध्यक्ष डा श्रीकृष्ण गिरी हुँदा पनि कुरा राख्यौं । त्योबेलाको प्रधानमन्त्रीज्यूलाई पनि राख्यौं । अहिले पनि राखेका छौं। हामी मेडिकल डेन्टल डक्टर एउटै हौं। रौंको रेखामा पनि फरक छैन । बराबर हौं । हाम्रो दन्तचिकित्सालाई ह्युमिलेसन गर्ने काम भइरहेको छ। यही डेन्टल पढिसकेकोलाई मास्टर लेभलको कार्यक्रममा भर्ना हुँदा फेरि एउटै इन्ट्रान्स छ, तीन वर्षकै कोर्ष छ र शुल्क पनि बराबर छ। किन एमबीबीएस र बीडीएसमा भिन्नता ? मैले के भनें भने अहिले २० लाख ९२ हजार शुल्क छ। विभिन्न शुल्क बुझाइसकेपछि हामीले प्रतिमहिना २२ हजार रुपैयाँमा डक्टर पढाउनुपरिरहको छ। एक वर्ष धानियो, दुई वर्ष धानियो, अब त धान्न पनि छोडियो। मैले १८ औं बैठकमा राखेको कुरा यत्ति हो। कसरी हामीले धानिरहेका थियौं भने बिरामीलाई राम्रो उपचार सेवा दिएर त्यताबाट उठेको रकम यता ल्याएका थियौं। दोस्रो पीजीबाट जुन आम्दानी गर्थ्यौं, त्यसबाट पनि केही न केही हेल्प थियो। अर्को डेन्टल कलेज चलाउनेले १०० बेडको आफ्नै जनरल अस्पताल चलाउनुपर्छ भन्ने नियम ल्याइयो, त्यसबाट प्रताडित छौं । हामीले दिन्नौं भनेका छैनौं, कसरी दिने देखाइदिनु भनेका हौं । डेन्टल पीजीको कुरा फेरि मेडिकल भन्दा फरक छ। हाम्रो रेजिडेन्ट ९ बजे आएर ४ बजे बिदा हुनुहुन्छ। शनिबार बिदा हुन्छ। महिनामा अर्को एउटा बिदा हुन्छ। सार्वजनिक बिदा पनि हुन्छ। बिहान सेमिनार गर्नुहुन्छ, प्रोफेसरसँगै सहयोग गर्नुहुन्छ। त्यसपछि रिसर्च गर्नुहुन्छ र केही समय मात्रै क्लिनिकल काम हुन्छ। हप्ता जम्मा ३६ घन्टा मात्रै हो। डेन्टललाई त यो लागु नै नहुनु पर्ने हो। तर लागु भएको छ। युजीमा फरक तरिकाले हेरिएको छ भने यहाँ पनि हेर्नुपर्ने त होला नि। समस्या दर्शाएपछि केही न केही उपाय पनि सुझाउनुभयो होला, सिट बढाउने र शुल्क बढाउने बाहेकको विकल्प देख्नुभएको छ?अरु पनि विकल्प सुझाएका छौं । शुल्क नबढाउने तर सरकारले सहयोग गर्नुपर्छ। जसरी सरकारी मेडिकल कलेजलाई सरकारले सञ्चालन खर्च शुल्कको ५० प्रतिशत दिन्छ, त्यति मात्रै दियो भने हुन्छ । हामीले २० हजार दिन्छौं, त्यसका दरले तीन वर्षमा ७ लाख ८० हजार हुन्छ। उताबाट सरकारले प्रति विद्यार्थी ११ लाख दिन्छ। त्यसो हुँदा पनि उसले तीन वर्षमा १९ लाख पाउँछ । हामीले दिएको उपाय हो। हामीले युजी र पीजीमा सिट बढाइदेऊ भनेकै हैन । १८ औं बैठकले शुल्क र सिट परिमार्जनका लागि कार्यदल बनायो। किनभने ८/९ वर्षदेखि शुल्क पनि समायोजन भएकव छैन, सिट पनि बढेको छैन। १५० पढाउने समयमा झरे, ७५ को ५० सिटमा झरेको हो। हिजो मेडिकल कलेजसँग भएको त्यो संरचना छ । चिकित्सा शिक्षा ऐनमा पनि समायोजना र परिमार्जनको कुरा छ, त्यही टेकेर बनाइएको हो। कार्यदल नै नचाहिन सक्थ्यो। हाम्रो अध्यक्षको माग फुल हाउसबाटै निर्णय होस् भन्ने थियो। एउटा प्रक्रियामा जाउँ, विज्ञहरु राखौं । १० दिनमा खाका निकाल्ने भनिएको हो।तपाईंहरु १६ औं बैठकमा  ४८ हजार ७ सय ३७ रुपैयाँ दिन सहमत हुनुभयो। तपाईं त्यति दिन सहमत भएका कारण चिकित्सा शिक्षा आयोग सिट र शुल्क परमार्जनका लागि तयार भएको हो भन्ने छ नि?म १६ औं बैठकमा थिइनँ । हाम्रो अध्यक्ष डा कार्की जानुभएको थियो। उहाँ भन्नुहुन्छ- प्रधानमन्त्रीज्यूले रिक्वेस्ट गर्नुभएको हो। तर हाम्रो तर्फबाट सकिदैन, हामी १६ हजार १७ रुपैयाँमा पढाउन सक्दैनौं, धरासायी हुन्छौं। सक्दैनौं भनेर राखेको बताउनुहुन्छ। तरपनि निर्णय भयो। हामीले प्रधानमन्त्रीज्यूलाई पनि भन्यौं। बिज्ञप्ति पनि निकाल्यौं। आयोगलाई पनि भन्यौं ।  १७ औं बैठक बस्यो। त्यसको प्रिमिटिङ भएको थियो, त्यहाँ हामी पनि थियौं । त्यहाँ तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराईले पनि भन्नुभएको हो,  यो त १६ औं बैठकमा निर्णय भइसक्यो। त्योबेला प्रधानमन्त्रीज्यूले गलत भएको सच्याउन पाइन्छ नि भन्नुभएको थियो। १८ औं बैठकको लाइभ भिडियो हेर्दा पनि थाहा हुन्छ। १७ औं बैठक र १८ औं बैठकमा भएको छलफलको कुरा नराखेर १६ औं बैठकको निर्णय कार्यान्वन गर्ने कुरा सानो ठिमी भक्तपुरबाट आएको हो। आयोगका अध्यक्ष तथा प्रधानमन्त्रीज्यूले त्यसो भन्नुभएको छैन। तपाईंहरुले त्यस्तो भनेपनि चिकित्सा शिक्षा आयोगले त स्मृतिपत्र भनेर ४८ हजार निर्वाह भत्ता कार्यान्वयन गर्नका लागि फेरि सर्कुलर गर्योन। जसको अध्यक्ष प्रधानमन्त्री नै हुनुहुन्छ। कसरी तपाईंको कुरा पत्याउने?सही प्रश्न हो यो। १८ औं बैठकमा १६ औं बैठकको निर्णय लागु गर्ने कुरा कहीँकतै गरिएको छैन। निर्णयमा लेखिएको छैन। नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा अनिल कार्कीले उठाउनुभएको हो। हाम्रो अध्यक्षज्यूले तुरुन्तै हामी भूतप्रभावी (रेट्रोस्पेक्टिभ) निर्णय मान्दैनौं भन्नुभएको छ।  
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेप्सेमा सूचीकृत स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज वैशाख १० गतेसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले वैशाख १९ गते वार्षिक साधारण बोलाएको छ । सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।


सामाग्री श्रोत :

स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट