काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल प्रयोग गर्दा सामान्य शिष्टाचारका शब्दहरूले पनि कम्पनीमाथि ठुलो आर्थिक भार पार्न सक्ने देखिएको छ । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानले प्रयोगकर्ताको जिज्ञासामा यस्तो तथ्य प्रस्तुत गरेका हुन् ।
गत साता एक प्रयोगकर्ताले मानिसहरू च्याटजीपीटीसँग नम्र भएर ‘प्लिज’ र ‘थ्याङ्क्यु’ भन्दा कति बिजुलीको खर्च थपिन्छ भनेर जिज्ञासा राखेका थिए । ती प्रयोगकर्ताले सोधेका थिए, “मानिसहरूले मोडेललाई ‘प्लिज’ (कृपया) र ‘थ्याङ्क यु’ (धन्यवाद) भन्दा ओपनएआईले बिजुली खर्चमा कति पैसा गुमाएको होला ?”
अल्टम्यानले अर्को दिन त्यसको जवाफ दिँदै च्याटजीपीटीप्रति शिष्ट हुँदा ओपनएआईको बिजुली बिल ‘करोडौं डलर’ ले बढ्ने उल्लेख गरे ।
I wonder how much money OpenAI has lost in electricity costs from people saying “please” and “thank you” to their models.
गत फेब्रुअरीमा प्रकाशित एक सर्वेक्षणअनुसार अमेरिकामा एआई प्रयोग गर्ने ६७ प्रतिशत प्रयोगकर्ता च्याटबटप्रति शिष्ट हुन्छन् । यस समूहका लगभग १८ प्रतिशतले एआईबाट सटीक र उत्कृष्ट जवाफ पाउन र त्यसले गर्नसक्ने ‘ह्याल्युसिनेसन’बाट जोगिन ‘कृपया’ र ‘धन्यवाद’ भन्छन् । बाँकी ८२ प्रतिशतले भने एआई वा मानिस जोसुकैप्रति शिष्ट हुनु ‘राम्रो’ हुनुपर्ने धारणा राखेका थिए ।
एआईप्रति शिष्ट हुँदा त्यसले दिने जवाफको स्तरलाई पनि फरक पर्ने धेरैको अनुभव छ । माइक्रोसफ्टका डिजाइन निर्देशक कर्टिस बिभर्सले एक ब्लगमा भनेका छन्, “शिष्ट भाषाको प्रयोगले एआईको प्रतिक्रियाको लागि एउटा शैली सेट गर्छ ।” अर्थात् जब तपाईं एआईप्रति शिष्ट हुनुहुन्छ, यसले त्यसैगरी प्रतिक्रिया दिने सम्भावना बढी हुन्छ ।
तर, यस्तो सौम्य व्यवहारले ओपनएआईको ऊर्जा लागन चर्को हुने देखिएको छ । इलेक्ट्रिक पावर रिसर्च इन्स्टिच्युटको रिपोर्टअनुसार च्याटजीपीटी प्रयोग गर्दा गुगल सर्चको तुलनामा १० गुणा बढी ऊर्जा खपत हुन्छ । अझ यसमा एआईले दिने सारांश समावेश छैन ।
वित्तीय सल्लाह दिने कम्पनी बेस्टब्रोकर्सका अनुसन्धानकर्ताले च्याटजीपीटीलाई वार्षिक औसतमा १.०५९ अर्ब किलोवाट-घण्टा बिजुली आवश्यक पर्ने पत्ता लगाएका छन् । यसले च्याटबटका लागि ऊर्जा खर्चमा मात्रै वार्षिक लगभग १३ करोड ९७ लाख डलर खर्च हुन सक्ने देखाउँछ ।
एआईलाई चलाउने सर्भरहरूलाई चिसो पार्न ठुलो मात्रामा पानी पनि चाहिन्छ । युनिभर्सिटी अफ क्यालिफोर्निया रिभरसाइडको अनुसन्धानका अनुसार १०० शब्दको ईमेल तयार पार्न च्याटजीपीटीलाई १४०८ मिलिलिटरसम्म पानी (लगभग तीन ओटा १६.९ ओजेड बोटल बराबर) आवश्यक पर्छ । च्याटजीपीटीबाट ‘यू आर वेलकम’ जस्ता तीन-शब्दको प्रतिक्रिया उत्पन्न गर्न पनि ४० देखि ५० मिलिलिटर पानी लाग्ने बताइएको छ ।
ओपनएआईले एआईको करोडौं डलरको बिजुली खर्च धान्न सक्छ । यो महिनाको सुरुवातमा यस कम्पनीले कम्पनीले ३०० अर्ब डलरको मूल्यांकनमा ४० अर्ब डलरको लगानी जुटाएर प्रविधि बजारमै ठुलै संकेत दिएको छ ।
काठमाडौं– भारतका सुरक्षा एजेन्सीहरूले कश्मीरको पहलगाममा भएको आक्रमणको पछाडि संदिग्ध आतंककारीहरूको तस्बिर साथै स्केचहरू जारी गरेका छन्।
तीन आतंककारीहरूको पहिचान आसिफ फुजी, सुलेमान शाह र अबु तल्हाको रूपमा गरिएको हो।
प्रतिबन्धित आतंकवादी समूह लश्कर-ए-तैयबा (एलईटी) को एक शाखा द रेजिस्टेन्स फ्रन्टका सदस्य भएको विश्वास गरिएका आक्रमणकारीहरूले हालैका वर्षहरूमा कश्मीरमा भएको सबैभन्दा घातक आतंकवादी हमलामध्ये एक पहलगामको लोकप्रिय बैसरन घाँसे मैदानमा पर्यटकहरूमाथि गोली चलाएका थिए।जसमा २६ पर्यटकको मृत्यु भएको थियो र धेरै घाइते भएका थिए।
उपत्यका वरिपरिको घना पाइन जंगलबाट छद्मवेशी पोशाक र कुर्ता-पाइजामा लगाएका कम्तीमा ५-६ जना आतंककारीहरू बैसरन घाँसे मैदानमा आए र AK-४७ ले गोलीबारी गरेका थिए।
गुप्तचर स्रोतहरूले भने कि समूहमा पाकिस्तानी आतंककारीहरू थिए जसले आक्रमणको केही दिन अघि उपत्यकामा घुसपैठ गरेका थिए। गुप्तचर एजेन्सीहरूले नरसंहारको मास्टरमाइन्डको रूपमा सैफुल्लाह कसुरी, उर्फ खालिद, एक शीर्ष लश्कर कमाण्डरलाई पहिचान गरेका छन्।
सुरक्षा बलहरूले ठूलो आतंकवाद विरोधी अभियान सुरु गरेका छन् र घटनास्थलबाट भाग्न जंगलको फाइदा उठाउने आतंककारीहरूलाई पत्ता लगाउन हेलिकप्टरहरू तैनाथ गरेका छन्।
आतंककारीहरूले सैन्य-ग्रेड हतियार प्रयोग गरे
प्रारम्भिक विश्लेषणबाट आक्रमणकारीरू विशेष तालिम प्राप्त, आतंकी हमलालाई सम्पन्न गर्न पूर्ण दक्षता प्राप्त भएको पाइएको एजेन्सीहरूको दावी छ।
अनुसन्धानले यो पनि पत्ता लगायो कि आतंककारीहरूले घटनाहरूको सम्पूर्ण अनुक्रम रेकर्ड गर्न बडी क्याम र हेलमेट-माउन्ट गरिएका क्यामेराहरू लगाएका थिए।
आक्रमणकारीहरू पूर्ण तयारीका साथ आएका थिए र उनीहरूले सुख्खा फलफूल र औषधिहरू जम्मा गरेका थिए। स्रोतहरूका अनुसार आतंककारीहरूले स्थानीयहरूको सहयोगमा पहलगामको रेकी पनि गरेका थिए।
प्रत्यक्षदर्शीहरूले भने कि दुई आतंककारीहरूले पश्तोमा बोले (पाकिस्तानी मूलको संकेत गर्दै), तीमध्ये दुई स्थानीय (आदिल र आसिफ) थिए।
आक्रमणको शुद्धता र योजनाले स्थानीय शौकियाहरू होइन, प्रशिक्षित ह्यान्डलरहरूको संलग्नतालाई पनि औंल्याउँछ।
गुप्तचर स्रोतहरूका अनुसार, मुजफ्फराबाद र कराँचीका सुरक्षित घरहरूमा आक्रमणकारीहरूको डिजिटल पदचिह्नहरू पत्ता लगाइएको थियो, जसले सीमापार आतंकवादी लिङ्क प्रमाणहरूलाई बलियो बनाएको छ।
(एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
धरान- नेपाल नर्सिङ्ग संघ, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान एकाई धरानले प्रतिष्ठानमा कार्यरत सिनियर स्टार्फ नर्सहरुको नेतृत्व क्षमता र क्लिनिकल व्यवस्थापन सीपलाई बढाउने र अपडेट गराउने उदेश्यले हालै १ दिने वर्कसप आयोजना गरेको छ।प्रतिष्ठानको एच.पी.ई. हलमा प्रतिष्ठानमा कार्यरत सिनियर स्टाफ नर्सलाई ‘डेभलपिङ इफेक्टिभ नर्स लिडरसिप’ विषयक एक दिने कार्याशाला गोष्ठीको आयोजना गरिएको हो।प्रतिष्ठानका मेट्रोन तथा नेपाल नर्सिङ्ग संघ वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाई धरानको अध्यक्ष श्री कला थापाको अध्यक्षतामा भएको उक्त कार्याशाला गोष्ठीमा कलेज अफ नर्सिङ्गका प्रमुख प्रा रमानन्द चौधरी, प्रा पुष्पा पराजुली, प्रा उपेन्द्र यादव, प्रा समी लामा लगायतले सहजीकरण गरेका थिए। कार्याशाला गोष्ठीको सञ्चाचालन प्रतिष्ठानको सिनियर स्टाफ नर्स तथा नर्सिङ्ग संघकी सदस्य सकुन रसाईलीले गरेकी थिइन्।वर्कसपले प्रतिष्ठानको नर्सिङ्ग सेवा, व्यवसायिक नेतृत्व र व्यवस्थापनमा थप टेवा पुग्ने विश्वास लिएको अध्यक्ष थापाले बताए। कार्याशाला गोष्ठीमा ४४ जना सिनियर स्टाफ नर्सहरुको सहभागीता रहेको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । भारतका सुरक्षा र गुप्तचर एजेन्सीहरूले पहलगाम आक्रमणका संदिग्ध आतंककारीहरूको स्केच जारी गरेका छन्। उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको बताइएको छ। गुप्तचर स्रोतहरूले यस आक्रमणको मास्टरमाइन्ड लश्कर-ए-तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको बताएका छन्।
लश्कर-ए-तैयबाको प्रोक्सी शाखा, रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले आक्रमणको जिम्मेवारी लिएको छ। यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यस आक्रमणमा पाकिस्तानको कुनै हात नभएको बताएका छण् । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) अनुसन्धानको लागि पहलगाम पुगेको छ।
मंगलबार दिउँसो पहलगाममा भएको आतंकवादी हमलामा २७ जनाको मृत्यु भएको थियो। २० जनाभन्दा बढी घाइते भएका छन्। बैसरण उपत्यकामा ठूलो संख्यामा पर्यटकहरू उपस्थित भएको बेला आक्रमण भएको थियो। मृत्यु हुनेमा उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका पर्यटकहरू छन्। नेपाल र युएईका एक-एक पर्यटक र दुई स्थानीयको पनि मृत्यु भएको छ।
सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ। यो पहलगाममा आक्रमण गर्ने ४ आतंककारीको तस्वीर भएको बताइएको छ। यद्यपि, सेना वा सुरक्षा एजेन्सीहरूले अहिलेसम्म कुनै पनि तस्बिरहरू जारी गरेका छैनन्; संदिग्ध आतंककारीहरूको स्केच मात्र जारी गरिएको छ।
गुप्तचर एजेन्सीका स्रोतहरूले दुई आतंककारी पाकिस्तानका भएको बताएका छन्। भाइरल तस्बिरमा देखिएका ४ आतंककारीमध्ये एक पाकिस्तानी आतंककारी भएको बताइएको छ। उनी रेजिस्टेन्स फ्रन्टको एफटी मुसा क्याडरका आतंकवादी हुन्।
काठमाडौँ । आफूलाई ‘काजु’ (Kazu) नामले चिनाउने एक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरी डेटा हात पारेको दाबी गरेको छ । डेटा लिक गरेको जानकारी दिने प्लेटफर्म डार्क फोरममा पोस्ट गर्दै उक्त समूहले नेपाल प्रहरीको केन्द्रीय वेबसाइट ह्याक गरेको दाबी गर्दै डेटा बिक्रीमा राखेको हो ।
पोस्टको शीर्षकमा लेखिएको छ, “[2M+ Citizens] Nepal Police Central Website Breach (nepalpolice.gov.np)”, जसको अर्थ २० लाखभन्दा बढी नेपाली नागरिकको व्यक्तिगत विवरण रहेको प्रहरीको वेबसाइटबाट डेटा चोरी गरेको ह्याकरको दाबी छ ।
पोस्टमा तल लेखिएको छ, “म बगको एक्सप्लोइट कोड बिक्री गर्छु । तपाईंले स्क्रिप्ट चलाउनु मात्र पर्छ, अनि डेटा स्वचालित रूपमा डाउनलोड हुन्छ !!!”
टार्गेटका रूपमा नेपाल प्रहरीको केन्द्रीय रेकर्ड पोर्टल उल्लेख गरिएको छ । जसमा आधिकारिक वेबसाइटको यूआरएल पनि दिइएको छ । समूहले नेपाल प्रहरीको परिचय यसरी लेखेको छ:
“Nepal Police is the central law enforcement agency of Nepal, operating under the Ministry of Home Affairs. The official website (nepalpolice.gov.np) acts as a hub for national police operations, offering access to services like FIR registration, complaint tracking, officer directories…”
(नेपालीमा अनुवाद गर्दा: नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत सञ्चालन हुने नेपालको केन्द्रीय कानुन कार्यान्वयन निकाय हो । यसले वेबसाइट एफआईआर दर्ता, उजुरी ट्र्याकिङ, अफिसर डाइरेक्ट्री जस्ता सेवा दिन्छ ।)
वेबसाइटको डेटा कहिले लिक भएको हो भन्ने खुलाइएको छैन । तर पोस्टमा २०२५ मै वेबसाइट ब्रिच गरेको दाबी गरिएको छ । ह्याकरले उक्त डेटाको मूल्य ७००० डलर (करिब साढे नौ लाख रुपैयाँ) तोकेका छ । अनि सम्पर्कका लागि सेसन आईडी, सिग्नल र क्यूटक्स (Qtox) को एड्रेस पनि उपलब्ध गराइएको छ ।
ह्याकरले आफूसँग नेपाली नागरिकको फोटो, नागरिकता, पासपोर्ट र पीआईआई अर्थात् व्यक्तिगत पहिचानयोग्य जानकारी भएको दाबी गरेका छन् । त्यसभन्दा तल नमुना भन्दै फाइलको डाउनलोड लिङ्क राखिएको छ ।
ह्याकरले नमुनाको रूपमा करिब ५०० फाइलहरू डाउनलोड गर्न सकिने लिङ्क पनि पोस्ट गरेका छन् । ती फाइलहरूमा नेपाली नागरिकको फोटो, नागरिकताको फोटो, पासपोर्ट स्क्यान, बसाइसराइँका कागजात लगायतका विवरण छन् ।
यस विषयमा बुझ्न टेकपानाले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यलाई सम्पर्क गर्दा उनले भने, “हामीलाई जानकारी आएपछि यस विषयमा आन्तरिक अनुसन्धान गरिरहेका छौं । हाम्रो पुरानो डेटा हो कि नयाँ हो भन्ने पनि स्पष्ट छैन । हाम्रो नहुन सक्ने देखिएको छ । अनुसन्धान जारी छ ।”
प्रहरी स्रोतका अनुसार अहिले ह्याकरले उपलब्ध गराएका स्याम्पल र नेपाल प्रहरीको सिस्टममा भएका डेटा जाँच गरेर प्रमाणीकरण गर्ने काम भइरहेको छ । यसअघि यही ह्याकर समूहले प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशको वेबसाइट ह्याक गरी तीन लाख प्रयोगकर्ताको संवेदनशील डेटा डार्क वेबमा बिक्रीका लागि राखेको दाबी गरेको थियो ।
काठमाडौँ–प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा उल्लेखित नाम र प्रस्तावनालाई अनुमोदन गरेको छ।
विधयेकमाथि छलफल गर्न बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावना र नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका हुन्।
समितिको आज बसेको बैठकमा निजामतीमा रहेका कर्मचारी सेवाबाट बाहिरिएको कति समयपछि संवैधानिक आयोग वा अरु कुनै सार्वजनिक पदमा नियुक्ति गर्ने भन्ने सन्दर्भमा समितिमा मतैक्यता हुन नसकेपछि आज अरु विषय अघि बढ्न सकेन्।
जसअनुसार विधेयकको प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री शब्द राख्ने तथा सुशासनमुखी भन्ने शब्दमा सुशासनयुक्त शब्द राख्ने प्रस्ताव अनुमोदन भएको छ।
त्यस्तै विधेयकको नाममा रहेको २०८० लाई २०८२ बनाउने सहमति भएको छ। अन्य विषयमा क्रमश छलफल गर्दै सहमतिका साथ विधेयकलाई अघि बढाउने खतिवडाले बताए। संसदको अबको अधिवेशनमा नै लैजाने गरी विधेयक पारित गर्ने उनको भनाइ छ।
सरकारले २०८० साल फागुनमा उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो। कर्मचारी संगठनहरूले भने आफुहरूसँग यसअघि भएका सहमतिका आधारमा विधेयक अघि बढ्नुपर्ने अडान राखेको छ।
त्यस्तै बैठकपछि सभापति खतिवडाले ‘कुलिङ प्रियड’ कति राख्ने भन्नेमा सत्तापक्षका सांसदबीच मतैक्यता नभएको तथा प्रमुख प्रतिपक्षको फरक धारणा भएको प्रतिक्रिया दिएका छन्।
उनले भने, “यसमा पार्टीको कुनै दबाब छैन, स्वतन्त्र रूपमा कानुन बनाउने पक्षमा छौँ। सांसद दलगत रूपमा प्रस्तुत हुनुभयो भने अप्ठेरो हुन्छ। पार्टीगत र जातिगत रूपमा नभई कर्मचारी, समाज र देशमैत्री बनाउनुपर्छ हाम्रो चाहना छ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।पछिल्लो समय गर्मी बढ्दै गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो। पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ। विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए। ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘२ दिन तापक्रम बढ्ने नै देखिन्छ। तातो हावाकाे लहर चल्न सक्छ सतर्कता अप्नाउनुहोला।’तातो हावाको लहर चल्यो भने सुरुमा शरीर चिलाउने, साना बिमिरा देखिने समस्या हुनसक्छ। घाउ र बिमिरामा इन्फेक्सन भयो भने घाउ ठुला हुने र खटिरा पनि बन्न सक्ने हुन्छ। तातो हावाका कारण खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोस पनि हुनसक्ने हुन्छ। रक्तचाप घट्ने लगायतका लक्षण समेत देखिन सक्छ।तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वैशाखको अन्तिमसम्म संसद्बाट शिक्षा विधेयक पारित हुने बताएका छन्।
बुधबार प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग सभामुखले गरेको छलफलपछि बर्तौलाले बजेट अधिवेशनबाट शिक्षकका माग पूरा हुने गरी विधेयक पारित गरिने बताएका हुन्।
उनले शिक्षकहरूमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरेका छन्।
‘शिक्षक साथीहरूलाई विश्वस्त पार्ने गरी उहाँहरूको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ। हामीले काम गरिरहेका कुराहरूलाई पनि उहाँहरूले पनि सकारात्मक ढंगले ग्रहण गरिदिनुपर्ने अवस्था छ र त्यस आधारबाट हेर्ने हो भने उहाँहरूले नियमित शैक्षिक गतिविधिहरूमा जोडिएर अहिलेको विधायकी काम जो विधेयक निर्माणको आवश्यक यसको अंग पूरा गर्न समय दिनुपर्यो,’ बर्तौलाले भने।
संसद् अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई रोकेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ। उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसद्मा आउन वैशाखको अन्तिम सातासम्म लाग्न सक्ने बताए।
काठमाडौँ । गुगललाई एन्टिट्रस्ट मुद्दाको समाधानका रूपमा क्रोम ब्राउजर बेच्न बाध्य पारिए ओपनएआईले त्यसलाई खरिद गर्ने चाहना व्यक्त गरेको छ । मङ्गलबार ओपनएआईको च्याटजीपीटीका प्रडक्ट लिड निक टर्लीले एक अदालतको सुनुवाइमा क्रोम ब्राउजर किन्ने आशय व्यक्त गरेका हुन् ।
रोयटर्सका अनुसार गुगलको एन्टिट्रस्ट उल्लङ्घनको समाधान (रेमेडी) निर्धारण गर्ने अदालतको सुनुवाइका क्रममा टर्लीले यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् । अमेरिकी न्याय विभागले गत वर्ष गुगलविरुद्ध एन्टिट्रस्ट मुद्दा जितेपछि गुगललाई क्रोम बेच्न दबाब दिइरहेको छ ।
अदालतले गुगलको सर्चमाथि अवैध एकाधिकार रहेको ठहर गरेको थियो । त्यसका साथै मुद्दा हेरिरहेका न्यायाधीश अमित मेहताले अहिले गुगलले भोग्नुपर्ने सजायबारे निर्णय गरिरहेका छन् । न्याय विभागले गुगलको सर्चमाथिको पकडले गर्दा ओपनएआईजस्ता प्रतिस्पर्धी कम्पनीको विकासमा बाधा पुगेको उल्लेख गरेको छ ।
टर्लीका अनुसार गत वर्ष ओपनएआईले सर्चजीपीटीलाई बलियो बनाउन गुगलसँग सर्च डेटामा पहुँच मागेको थियो । तर गुगलले उक्त प्रस्ताव अस्वीकार गरेको उनको आरोप छ ।
टर्लीले गुगलको रियल टाइम डेटामा पहुँचले ओपनएआईलाई ‘छिटो राम्रो उत्पादन बनाउन’ मद्दत पुग्ने बताएका छन् । क्रोम बिक्री गर्ने त छँदै छ, साथसाथै गुगललाई आफ्ना प्रतिस्पर्धीलाई यसको सर्च डेटामा पहुँच दिन बाध्य पारिने सम्भावना उच्च भएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
गुगललाई एप्पल र अन्य कम्पनीसँग सर्च–सम्बन्धित सम्झौता गर्न पनि प्रतिबन्ध लगाइने सम्भावना छ । गुगलले एप्पलको सफारीमा डिफल्ट सर्च इन्जिन बन्नका लागि लामो समयदेखि एप्पललाई वार्षिक अरबौं डलर तिर्दै आएको छ । यसले गर्दा गुगललाई सर्चको मामलामा महत्त्वपूर्ण फाइदा पुगेको छ ।
न्याय विभागले गुगललाई एन्ड्रोइड पनि बेच्न सिफारिस गरिरहेको छ । तर, यदि अन्य प्रस्तावित समाधान पर्याप्त भएनन् वा गुगलले अन्य आवश्यकतालाई छल्न खोजेमा मात्र यो प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
ओपनएआईले सिरीमा च्याटजीपीटीलाई इन्टिग्रेट गरेबापत प्राप्त हुने आम्दानीको केही अंश एप्पललाई तिर्ने प्रस्ताव गरेको टर्लीले बयानका क्रममा बताएका छन् । तर एप्पलले भुक्तानी स्वीकार गरेको हो वा होइन भन्ने स्पष्ट छैन । र, विभिन्न रिपोर्टका अनुसार यो यस्तो सम्झौता थियो जहाँ न एप्पलले ओपनएआईलाई भुक्तानी गर्छ न ओपनएआईले एप्पललाई ।
ब्लुमबर्गका अनुसार ओपनएआईले आफ्नै सर्च इन्डेक्स विकास गरिरहेको छ । यससँगै कम्पनीले २०२५ को अन्त्यसम्म आफ्ना ८० प्रतिशत प्रयोगकर्ताले उक्त फिचर प्रयोग गरून् भन्ने कम्पनीको चाहना छ । तर, त्योभन्दा धेरै भरपर्दो गुगल सर्च भएकाले ओपनएआईलाई यो चाहना पूरा गर्न वर्षौं लाग्ने बताइएको छ ।
काठमाडौं– यतिबेला एकपछि अर्को सहकारी ठगीको घटना बाहिर आइरहेको समयमा सहकारी ठगी विषयको सामाजिक द्वन्द्व बोकेको ‘महाभोज’ आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा छ।
मंगलबार सार्वजनिक भएको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ।
झन्डै २ मिनेट लामो टिजरमा पैसाले निम्त्याएको पारिवारिक तथा सामाजिक द्वन्द्व र सहकारीको पैसा अपचलन भएपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ। टिजरअनुसार अभिनेता दयाहाङ राई सहकारी प्रमुखको भूमिकामा छन्।आर्यन सिग्देल गाउँपालिका अध्यक्षको भूमिकामा छन्। खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति-पत्नीको रूपमा देख्न सकिन्छ। गौमाया गुरुङले दयाहाङको श्रीमतीको भूमिका निभाएकी छन्।
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुन्।
फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, सुनिल क्षेत्री र मौसम हिमालीको नृत्य निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।