२०८३ बैशाख ३१ बिहीबार
LATEST NEWS
२०८३ बैशाख ३१ बिहीबार

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले न्यून बजेट खर्चप्रति सम्बन्धित मन्त्रालय नै जिम्मेवार हुनुपर्ने बताएका हुन्।

‘अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ। अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो। तर विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो’, उनले भने।

अर्थमन्त्री पौडेलले बेरुजु फछ्र्यौट, वैदेशिक लगानीलाई सहजीकरण, पुँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाहलगायतलाई ध्यान दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए।

बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गानाले आर्थिक तथा मौद्रिक परिसूचकहरुले अर्थतन्त्र विस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड दिए।

अर्थसचिव घनश्याम उपाध्यायले नियमन र कारबाहीलाई प्रभावकारी बनाउँदै अघि बढ्न आवश्यक भएको धारणा व्यक्त गरे।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई प्राथमिकता दिनुपर्ने बताए। अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले बैठकमा आगामी आर्थिक वर्षका लागि कार्यतालिका अनुसार बजेट निर्माण प्रक्रिया अघि बढेको जानकारी गराए।


सामाग्री श्रोत :

‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’

काठमाडौं–यो साता लगातार चौथो कारोबार बुधबार पनि सेयर बजार सूचक (नेप्से)मा भारी गिरावट आएको छ। 

यस दिन नेप्से सूचक ३२.३८ अंकले गिरावट हुँदै २६५५.९४ विन्दुमा पुगेको छ।

आज कारोबार रकम पनि गिरावट हुँदै ७ अर्ब ५७ करोडमा खुम्चिएको छ। यसैबीच दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेका छन्। आज नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेड र क्रेट माइक्रो लाइफ इन्स्युरेन्स कम्पनीको मूल्यमा सर्किट लागेको हो।

Ncell 2
Ncell 2

यसैबीच आज जम्मा २८ वटा कम्पनीको सेयर मूल्य सकारात्मक हुँदा २१७ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको मूल्य स्थिर बसेको छ।

देशमा भइरहेको आन्दोलनहरूसँगै गभर्नर नियुक्ति प्रक्रिया गिजोलिएसँगै सेयर बजारमा लगातार गिरावट आएको हो। पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा दिनानुदिन किचलो हुँदै गएको छ।

shivam cement
shivam cement

चैत २२ गतेदेखि खाली रहेको १८औँ गभर्नरको पद तीन सातादेखि नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। सरकारले फागुन २२ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको गभर्नर छनौट सिफारिस समितिको सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएसँगै सेयर बजारमा भारी गिरावट आएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतमा आज उनीहरूलाई पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

चैत १५ गते भएको उक्त घटनामा उनीहरूलाई पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ। पचासी जनालाई पक्राउ गरी अनुसन्धान भइरहेकामा २१ जना हाजिरी जमानीमा छुटेकाले अहिले ६४ जनामाथि अनुसन्धान भइरहेको छ।

त्यसमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको छ। बाँकीलाई भने आपाराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाइएको छ। तीनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए।

सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो।


सामाग्री श्रोत :

तीनकुने घटना: दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप

काठमाडौँ । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर सार्वजनिक गरेको छ । नेपालका सम्पूर्ण बैँक आबद्ध भएको अवसरमा कम्पनीले यस्तो अफर ल्याएको हो । 

१०-२४ वैशाखसम्म सञ्चालन हुने यो अफर अन्तर्गत इसेवाबाट बैँक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् । साथै एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने बताइएको छ । 

क्यूआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता न…
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०-१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्।

Ncell 2
Ncell 2

उनका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको छ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र आकस्मिक अनुगमन सुरू गरेको छ। कामपा सहकारी विभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा गठित सहकारी अनुगमन टोलीले गत चैतदेखि नै अनुगमन सुरू गरेको हो।

प्रमुख ढकालका अनुसार अहिलेसम्म १० वटा सहकारी संस्थाको अनुगमन गरिसकेको छ। यसपटक ४० वटाको अनुगमन गर्ने लक्ष्य छ। अनुगमनका लागि ५६ वटा सूचक निर्धारण गरिएका छन्। यिनै सूचकका आधारमा अनुगमन हुन्छ। अनुगमनमा जनप्रतिनिधि, कर्मचारी, वित्तीय विश्लेषक र अभियानकर्तासहितको टोली छ। सहकारीहरूलाई तीन भागमा वर्गीकरण गरेर अनुगमन योजना बनाइएको टोलीका संयोजक ढकालले जानकारी दिए। उनका अनुसार गुनासा आएका, असल अभ्यास भएका र रू २५ करोड धेरै लगानी भएका सहकारी प्राथमिकतामा छन्।

कामपाको सहकारी ऐन २०७४ को दफा ७९ र दफा १९६, नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ को दफा ३० को उपदफा (२)बमोजिम समिति गठन गरिएको हो। समितिलाई अनुगमन सूचकको अधिनमा सम्बन्धित वडा समितिसँगको समन्वय र सहयोगमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। टोलीले वित्तीय विश्लेषक, परामर्शदाता र विज्ञको सहयोगमा नियामकीय क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको अनुगमन गर्ने र प्रतिवेदन तयार पार्नेछ।

कामपाको कार्यक्षेत्र भएका एक हजार ९१७ वटा सहकारी संस्था छन्। यीमध्ये २०८०/०८१ को साधारणसभाको विवरण अद्यावधिक गराउनेको सङ्ख्या ७५० रहेको छ। सहकारी तथा गरिबीसम्बन्धी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोअपरेटिभ एण्ड पोभर्टी रिलेटेड म्यानेजमेन्ट इन्फरमेसन सिस्टम–कोपोमिस) मा दर्ता भएका सहकारीको सङ्ख्या एक हजार ७४८ छ। दुई वटा समस्याग्रस्त घोषणा भएका सहकारी छन्।

टोलीमा फागुन २३ गतेको प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयानुसार गठित टोलीमा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसी, सहकारी विभागका शाखा अधिकृत नारायण विक र लेखापाल दीपेन्द्र केसी सदस्य छन्। सहकारी नियमन महाशाखा प्रमुख हरिबहादुर पाटामगर समितिको सदस्य सचिव छन्।


सामाग्री श्रोत :

कामपाले थाल्यो सहकारीको अनुगमन

काठमाडौँ । आज म तपाईँलाई सामसङ ग्यालेक्सीको ‘ए’ सिरिज अन्तर्गतका तीन उत्कृष्ट मिड-रेञ्ज स्मार्टफोनबारे जानकारी दिन गइरहेकी छु । मसँग छन् सामसङ ग्यालेक्सी ए२६, सामसङ ग्यालेक्सी ए३६ र सामसङ ग्यालेक्सी ए५६ । 

यी तीन ओटै फोन फरक-फरक प्राइस रेन्जमा उपलब्ध छन् । नेपाली बजारमा ग्यालेक्सी ए२६ को सुरुवाती मूल्य रु. ४५,९९९ रहेको छ भने ग्यालेक्सी ए३६ को सुरुवाती मूल्य रु. ४९,९९९ र ग्यालेक्सी ए५६ को सुरुवाती मूल्य रु. ६५,९९९ तोकिएको छ । 

यसरी हेर्दा ए२६ र ए३६ लगभग उस्तै प्राइस रेन्जमा छन् भने ए५६ महँगो छ । आउनुहोस्, यी स्मार्टफोनहरू कस्ता छन्, जानौं‍: 

पहिलो नजरमा हेर्दा तीन ओटै फोन उस्तै देखिन्छन्- ग्लसी फिनिस, आकर्षक बनावट र लिनियर क्यामेरा सेटअप । अगाडिपट्टि ए२६ मा वाटर ड्रप नच छ भने ए३६ र ए५६ मा पन्च होल डिस्प्ले पाउनुहुन्छ । डिस्प्लेको कुरा गर्दा तीन ओटै फोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.७ इन्चको एमोलेड डिस्प्ले छ । 

पिक ब्राइटनेस ए५६ र ए३६ मा १२०० निट्स पाउनुहुन्छ, जुन उज्यालो दिनको लागि पर्याप्त छ । त्यस्तै ए२६ मा १००० निट्सको ब्राइटनेस पाउनुहुन्छ । समग्रमा, मैले तीन ओटै फोनको भ्युइङ एक्सपिरियन्स राम्रो पाएँ । 

यी तीन फोनमध्ये उत्कृष्ट क्यामेरा क्वालिटी ए५६ को लाग्यो । मूल्य पनि त महँगो छ भन्नुहोला, तर मूल्य अनुसारकै कुरा गर्ने हो भने मूल्य अनुसारको फोटो क्वालिटी ए२६ ले प्रदान गरेको छ । 

ए३६ बाट लिएका तस्बिरहरू अलि  whitish tone मा पाउनुहुन्छ भने कहिलेकाहीँ रङ फिक्का जस्तो देखिन्छ । अरू क्यामेरा सुविधाहरू ए२६ र ए३६ को लगभग उस्तै लाग्छ । 

क्यामेरा क्वालिटीलाई प्राथमिकता दिनुहुन्छ भने ए५६ रोज्नुहोस् । यसबाट खिचिएको फोटो उत्कृष्ट छ, कलर पूर्ण रूपमा सन्तुलित छ । अँध्यारोमा पनि राम्रो फोटोको आशा गर्न सक्नुहुन्छ । पोर्ट्रेट, सेल्फी सबै तस्बिरहरू सुन्दर, उज्यालो र आकर्षक देखिन्छन् । यदि बजेट बढाउन चाहनुहुन्न भने तीन हजार रुपैयाँ बढी तिरेर ए३६ लिनुभन्दा तपाईँ ए२६ रोज्न सक्नुहुन्छ । 

भिडिओतर्फ, ए२६ बाट अल्ट्रा एचडी भिडिओ ३० एफपीएसमा खिच्न सक्नुहुन्छ । ए३६ को अगाडि र पछाडिको क्यामेराबाट अल्ट्रा एचडी भिडिओ ३० एफपीएसमा खिच्न सक्नुहुन्छ । ए२६ ले भने फ्रन्ट क्यामेरामा अल्ट्रा एचडी भिडिओ सपोर्ट गर्दैन । र, ए५६ को पनि दुवै साइडको क्यामेराबाट तपाईँले ३० एफपीएसमा अल्ट्रा एचडी सम्मको भिडिओ खिच्न सक्नुहुन्छ । 

सबै फोनको क्यामेरामा ओआईएस पक्कै । तर ए५६ बाट फिल्म गरिएको भिडिओ उत्कृष्ट छ । किनकि भिडिओ स्टेबल हुनुको साथै भिडिओ क्वालिटी पनि स्तरीय छ । भिडिओ क्वालिटीमा खासै फरक छैन, तर स्टेबिलिटीको हिसाबले भने ए३६ को क्यामेरा अझै स्टेबल छ, ओआईएसले राम्रोसँग काम गर्छ । सामान्यतया हामी भन्छौँ- भिडिओहरू सोसल मिडियाका लागि तयार छन् । बाँकी फिल्टरहरू, इफेक्टहरू त यी फोनहरूमा छन् नै । समग्रमा भन्नुपर्दा ‘ए’ सिरिजका यी फोनहरूको क्वालिटी राम्रो, धेरै राम्रो र उत्कृष्ट छन् । 

पर्फर्मेन्सको कुरा गर्दा यी तीन ओटै फोन पछिल्लो एन्ड्रोइड भर्सन १५ मा आधारित छन् भने सबै फोन सामसङको आफ्नै यूआई वनयूआई सेभेनमा चल्छन् । फोन चलाउन सहज छ । यूआई आकर्षक छ । प्रोसेसर हेर्ने हो भने ए२६ मा एक्सिनोस १३८० चिपसेट पाउनुहुन्छ । त्यसैगरी ए३६ ले क्वालकम स्न्यापड्रागन सिक्स जेन थ्री फोर एनएम प्रोसेसर प्रदान गर्छ । ‍ ए५६ मा भने एक्सिनोस १५८० छ । 

हामीले ए५६ मा पब्जी, एस्फाल्ट ८ खेलेर हेरेका थियौँ । पब्जी एचडीआर ग्राफिक्समा अल्ट्रा फ्रेम रेटमा ल्याग महसुस नगरी खेल्न सकिन्छ । एस्फाल्ट ८ पनि मजाले नै चलेको थियो । बाँकी ए२६ र ए३६ मा पनि पब्जी गेमको अनुभव ल्याग फ्री नै पायौँ । त्यसैले पर्फर्मेन्सको कुरा गर्दा तीन ओटै फोनमा खासै गुनासो गर्ने कुरा छैन । 

अर्को राम्रो पक्ष भनेको सामसङले यी फोनमा ६ वर्षको ओएस अपडेट र ६ वर्षको सुरक्षा अपडेटको वाचा गरेको छ । त्यसैले तपाईँले यी फोनमा एन्ड्रोइड भर्सन २१ सम्म अपडेट गर्न पाउनुहुन्छ र तपाईँले ६ वर्षको सुरक्षा अपडेट पाउने हुँदा फोनले ६ वर्षसम्म सुरक्षा प्याचहरू उपलब्ध गराइरहन्छ । यसले फोनलाई मालवेयर, स्पाइवेयरबाट बचाउनुका साथै सुधारिएको डेटा अनुमति, सुधारिएको बायोमेट्रिक सुरक्षा, नेटवर्क सुरक्षा जस्ता कुराहरू उपलब्ध गराउँछ । त्यसैले सुरक्षाको हिसाबले फोन भरपर्दो छ भन्दा फरक पर्दैन । 

कस्टमाइजेसनको कुरा गर्दा, तीन ओटै फोनमा समान प्रकारका विकल्प पाउनुहुन्छ । यसमा एज प्यानल, मल्टिटास्किङका लागि मल्टि विन्डो, स्प्लिट स्क्रिन लगायत छन् । वालपेपर, थिमहरूमा पनि अप्सन छन् । र पछिल्ला एआई इन्टिग्रेसन पनि यी फोनहरूमा छुटेको छैन । जस्तै- सर्कल टु सर्च, लाइभ टेक्स्ट लगायतका सुविधाहरू फोनमा पाउनुहुन्छ । 

ए३६ र ए५६ मा अल्वेज-अन डिस्प्ले फिचर पनि छ । ए५६ को एड्भान्स फिचरमा भने थप इन्टेलिजेन्ट फिचरहरू पनि पाउनुहुन्छ । जस्तै अब्जेक्ट इरेजर, कस्टम फिल्टर, एआई सेलेक्ट आदि । यी फिचरले तपाईँको अनुभवलाई अझ राम्रो बनाउँछन् । 

ब्याट्रीको कुरा गर्दा ५००० एमएएच क्षमताको ब्याट्री यी सबै फोनमा पाउनुहुन्छ । चार्जिङको लागि भने ए२६ मा २५ वाटको चार्जिङ, अनि ए३६ र ए५६ मा ४५ वाट फास्ट चार्जिङ उपलब्ध गराइएको छ । 

ए२६ मा ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टरनल स्टोरेज छ, जसको मूल्य रु. ४५,९९९ छ ।

त्यसैगरी, ए३६ मा तीन ओटा स्टोरेज भेरियन्ट उपलब्ध छन् – ८/१२८ जीबी, ८/२५६ जीबी र १२/२५६ जीबी । बेस भेरियन्टको मूल्य रु. ४८,९९९ रहेको छ भने ८/२५६ जीबीको मूल्य रु. ५५ हजार र १२/२५६ जीबीको मूल्य रु ६० हजार रहेको छ ।

ए५६ मा भने दुई ओटा भेरियन्ट छन् – ८/२५६ जीबी र १२/२५६ जीबी । सुरुवाती भेरियन्टको मूल्य रु. ६६ हजार रहेको छ ।

कनेक्टिभिटीको हिसाबले डुअल सिम, डुअल ब्यान्ड वाई-फाई, ब्लुटुथ, एनएफसी सबै फोनमा उपलब्ध छ । त्यसैगरी, ए३६ र ए५६ मा तपाईँले डुअल स्टेरियो स्पिकरहरू पनि पाउनुहुन्छ । तर दुःखको कुरा ए२६ मा भने तपाईँले मोनो स्पिकर मात्र पाउनुहुन्छ । तर स्पिकर ठुलो छ, त्यसैले ठिकै छ ।

सेक्युरिटीको हिसाबले यी तीनै फोनमा फिंगरप्रिन्ट, फेस लक, पिन लगायतका सुविधा छन् । सबै फोन तपाईँले आकर्षक कलर भेरियन्टहरूमा नेपाली बजारमा उपलब्ध छन् ।

त्यसैले, समग्रमा तपाईँसँग बजेट छ भने किन कम किन्ने ? तपाईँ सामसङ ग्यालेक्सी ए५६ फाइभजी रोज्न सक्नुहुन्छ, क्यामेरादेखि पर्फर्मेन्ससम्म सबै चित्तबुझ्दो छ । यदि ए५६ को जति बजेट छैन भन्नुहुन्छ भने ए२६ वा ए३६ मध्ये एउटा रोज्न सक्नुहुन्छ । आफ्नो आवश्यकता हेरेर लिन सक्नुहुन्छ ।

हेर्नुहोस् भिडिओ रिभ्यु:

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १२:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो। परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ।

बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो।

Ncell 2
Ncell 2

 यस्तो छ संशोधित तालिका-

 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छ्न्।

यस्तै पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइ ४८ घण्टा भित्र देश छोड्न निर्देशन पनि दिएको छ।। भारतले पाकिस्तानमा रहेको आफ्नो दूतावाससमेत बन्द गर्ने निर्णय गरेको छ।

भारत-पाकिस्तानको मुख्य नाका कटारी नाका पनि भारतले बन्द गर्ने भएको छ। नाकाबाट सीमा वारपार गर्ने भारतीय तथा पाकिस्तानी नागरिकलाई मे १ सम्मको समयसीमा तोकिएको छ। उक्त समयभित्र भारतीय तथा पाकिस्तानी नागरिकले उक्त नाका प्रयोग गरेर स्वदेश फर्किन सक्नेछन्।

मंगलबार पहलगाममा पर्यटकमाथि आतंकवादीहरूले एक नेपालीसहित २६ जनाको जनाको गोली हानेर हत्या गरेका थिए।


सामाग्री श्रोत :

भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी नागरिकलाई भिसा बन्द

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवस २०२५ को अवसरमा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्था लगायतका औद्योगिक र व्यावसायिक भवनले सोलार सिस्टम जडानका लागि सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । 

जलविद्युतमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्ने, ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनिकरण गर्ने र दिगोपन प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ । 

मुलुकका ७७ ओटै जिल्लामा सेवा विस्तार गरेको बैंकले ३५४ शाखा, ३८५ एटीएम, २२१ शाखारहित सेवा, ६७ एक्सटेन्सन काउन्टर, तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट कारोबार गरिरहेको छ । 

बैंकले बैंकिङ सेवाबाहेक अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, जापान, खाडी मुलुकलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १३:३९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट