२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

काठमाडौं- आवासीय चिकित्सकहरुका मागका विषयलाई सडकमा उत्रेका चिकित्सकहरुसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल चलिरहेको छ।

स्वास्थ्य मन्त्रालय घेर्न माइतीघरमा उत्रेका नेपाल चिकित्सक संघका पदाधिकारी, आवासयी चिकित्सकहरु र अन्य चिकित्सकका प्रतिनिधिहरु स्वास्थ्य मन्त्रालयको हलमा छलफलमा रहेका छन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चिकित्सकहरुलाई छलफलका लागि मन्त्रालयमा बोलाएका थिए।

छलफलमा चिकित्सकहरुले आफ्ना विषय राखिरहेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा युवा सेलिव्रेसन समारोह आयोजना गरेको छ।

देशै भरबाट काठमाडौं आएका युवा भृकुटीमण्डपमा जम्मा भएका छन्।

एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिब्रेसनको रूपमा मनाउँदै छ।

कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप जाने क्रम जारी छ।

अवसरमा आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको दाबी छ। कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने छन्।

महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्ने छन्। कार्यक्रममा विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू समेत प्रस्तुत हुँदै छन्।


सामाग्री श्रोत :

एमालेको युवा सेलिव्रेशन समारोह (तस्बिरहरू)

काठमाडौँ । युट्युबमा पहिलो भिडिओ अपलोड भएको २० वर्ष पूरा भएको छ । युट्युबका सह-संस्थापक जावेद करिमले अप्रिल २३, २००५ मा ‘मी एट द जु’ नामक १९ सेकेन्ड लामो भिडिओ अपलोड गरेका थिए । उक्त भिडिओ स्यान डिएगो चिडियाखानामा खिचिएको थियो, जसमा करिम हात्तीहरूको अगाडि उभिएर तिनीहरूको लामो सुँडको बारेमा टिप्पणी गरिरहेका थिए ।

उक्त सामान्य भिडिओ एउटा यस्तो प्लेटफर्मको सुरुवात थियो, जसले भिडिओ सामग्री हेर्ने र सिर्जना गर्ने तरिकामा नै क्रान्तिकारी परिवर्तन ल्याइदियो । ‘मी एट द जु’ युट्युबको सुरुवातको प्रतीक बनेको छ ।

दुई दशकको अवधिमा युट्युबले ठुलो वृद्धि हासिल गरेको छ र अर्बौँ प्रयोगकर्ताहरूको साथमा विश्वको सबैभन्दा लोकप्रिय अनलाइन भिडिओ शेयरिङ प्लेटफर्म बनेको छ । पहिलो भिडिओ, ‘मी एट द जु’, अहिलेसम्म ३५ करोडभन्दा बढी पटक हेरिएको छ। यो भिडिओले युट्युबको एउटा स्टार्टअपदेखि भिडिओको विश्वव्यापी दिग्गज कम्पनी बन्ने यात्राको सम्झना दिलाउँछ ।

उल्लेखनीय कुरा के छ भने, जावेद करिमले यो भिडिओलाई युट्युबमा हुने विभिन्न परिवर्तनहरूमाथि टिप्पणी गर्ने माध्यमको रूपमा प्रयोग गरिरहेका छन् । उनले गुगल प्लसको एकीकरण र डिसलाइक बटन हटाउने जस्ता युट्युबका निर्णयहरूको आलोचना गर्दै भिडिओको डिटेल अपडेट गरेका थिए । हालसालै, फेब्रुअरी २०२५ मा, उनले माइक्रोप्लास्टिकको खतराको बारेमा पनि डिस्क्रिप्सनमा उल्लेख गरेका छन् ।

यसरी, एउटा सामान्य चिडियाखानाको भ्रमणबाट सुरु भएको यो भिडिओ आज युट्युबको इतिहास र अनलाइन भिडिओ संस्कृतिको महत्त्वपूर्ण हिस्सा बनेको छ । ‘मी एट द जु’ ले युट्युबको जगलाई प्रतिनिधित्व गर्दछ र यो प्लेटफर्म कसरी विकसित भयो भन्ने कुराको एउटा प्रमाण पनि हो ।

 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १४:१७





सामाग्री श्रोत :
टेक पाना

सिमकोट–आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ।

१५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव शून्य चार प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो।

जिल्लाका सातवटै स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ ९ गते साक्षर जिल्ला घाषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाई समितिले जनाएको छ।

Ncell 2
Ncell 2

आज बिहान समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदण्ड र शर्तहरू पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाइएको छ।

जिल्लामा १५ देखि ६० उमेर समूहका ३५ हजार ३५४ जनसङख्यामध्ये ३३ हजार ९५४ अर्थात् ९६ दशमलव शून्य चार प्रतिशत साक्षर भएपछि घोषणाको तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आले मगरले बताएका छन्। 

shivam cement
shivam cement

उनका अनुसार नाम्खाका ९६ दशमलव १६, सिमकोटका ९५ दशमलव छ, खार्पुनाथका ९५ दशमलव पाँच, सर्केगाडका ९५ दशमलव ७४, चङ्खेलीका ९५ दशमलव २४, अदानचुलीका ९५ दशमलव २८ र ताँजकोट गाउँपालिकाका ९८ दशमलव २८ प्रतिशत नागरिक साक्षर भएका छन्। 

साक्षर नेपाल घोषणा अभियान–२०७६ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख शर्माले जानकारी दिनुभयो। लामो प्रयास पछि जिल्ला साक्षर घोषणा हुन लागेकामा खुसी व्यक्त गर्दै उनले यसमा सबैको अनिवार्य सहयोगको आवश्यकता औँल्याए। साक्षर जिल्ला घोषणाका लागि यहाँस्थित सामाजिक विकास कार्यालयले आर्थिक सहयोग गर्ने कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले जानकारी दिएका छन्। 

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्द, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख प्रशासकीय अधिकृत वर्ष फडेरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष राजन रावतलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका विषयमा भएको निर्वाह भत्ताको निर्णय तत्कालै कार्यान्वयन गर्नुपर्ने बताए।

स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुसँगको छलफलका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय निजी कलेजले अनिवार्य रुपमा मान्नुपर्ने विषय जोड दिए। 

आवासीय चिकित्सकका विषयमा आयोगले निजी मेडिकल कलेजले पनि सरकारी सरह ४८ हजार भत्ता दिनुपर्ने निर्णय गरेकाले निजीले उक्त निर्णय लागु नगरे तालुकदार मन्त्रालयसँग निजी मेडिकल कलेजसँग जोडिएका कामहरु अगाडि  नबढ्ने जानकारी दिए।

‘आयोगले गरेको निर्णय निजी सञ्चालकले नामन्ने भन्ने हुँदैन। यदी उहाँहरुले नमान्ने हो भने तालुकदार मन्त्रालयसँग उहाँहरुको जति पनि काम छ। त्यो कुनै पनि काम अगाडि बढ्दैन,’ मन्त्री पौडेलले भने।

उनले निर्वाह भत्ताको विषयलाई शुल्क र विद्यार्थी सिटसँग पनि नजोड्न आग्रह गरेका छन्। उनले यी विषयहरु फरक भएको भन्दै निर्वाह भत्ताको विषय कार्यान्वय भए मात्र उहाँहरुको अन्य विषयमा छलफल हुने पनि बताए।


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुन निर्माण गर्ने काममा लागिपरेको बताएका छन्।

बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुन निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको बताएका हुन्।

उनले भने, ‘हामीहरु सरकारमा छौं। समय सापेक्षित कानुन निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको अवस्था छ। त्यसका लागि कुन कानुनहरु बाधाको रुपमा देखिएको छ अनुभूति भएको कुराहरु भन्नुहोला त्यसमा संशोधन गर्नेछौं। सबै समयसापेक्षित बनाउनुपर्छ।

त्यस्तै उनले धेरै आयोजना सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरुलाइ चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए।

उनले भने,‘एउटा आयोजना मात्रै हामीले सुरु गर्यौं भने रोजगारीकै अवसरहरु धेरै मिल्छ। बुढी–गण्डकी आयोजना सुरु गर्यौं भने १७ हजारले रोजगारी पाउँछन्। त्यसमा ४० प्रतिशत इन्जिनियरकै आवश्यकता हुन्छ। यस्ता थुप्रै आयोजनाहरुसुरु गर्नुपर्नेछ। त्यसले राजस्व वृद्धि हुने उद्योगधन्दाहरु चलयमान हुने हुन्छ। साना पसलदेखि रोजगार सृजना हुने आयोजनाहरुमा लाग्नुपर्ने आवश्यकता छ।’

अब ढिला गर्ने छुट कसैलाई नभएको भन्दै उनले तिव्र गतिमा काम अगाडि बढाउन लाग्नुपर्ने धारणा राखे।


सामाग्री श्रोत :

समय सापेक्षित कानुन निर्माण गरिरहेका छौं : मन्त्री खड्का

काठमाडौँ । दैलेख जिल्लाको गुराँस गाउँपालिकामा नेपाल टेलिकमले पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश अन्तर्गतको यो दुर्गम क्षेत्रमा टेलिकमले वैशाख ८ गतेदेखि मोबाइल सेवा सुरु गरेको हो । 

यसअन्तर्गत गुराँस गाउँपालिका वडा नं. ३, ४ र ५ अन्तर्गतका गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गतको बयलकाँडा र बराहताल गाउँपालिका वडा नं. ९ अन्तर्गतको लेकगाउँ जस्ता क्षेत्रमा फोरजी सेवा प्रयोग गर्न सकिने छ । 

यस सेवा सञ्चालनसँगै स्थानीय बासिन्दाले पहिलो पटक उच्च गतिको इन्टरनेट तथा गुणस्तरीय मोबाइल सेवाको अनुभव लिन पाएको कम्पनीको भनाइ छ । 

सेवा विस्तारले दैनिकीमा डिजिटल पहुँच, शिक्षा, स्वास्थ्य तथा सूचना प्रवाहमा नयाँ सम्भावना थपेको नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक कमल लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल टेलिकमले दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुराउने कार्यलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १३:३२





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय पुरुष मारिएपछि भारत प्रशासित काश्मीरका विद्यार्थीहरूले भारतमा उत्पीडन र धम्कीको सामना गरेको रिपोर्ट गरेको एक विद्यार्थी सङ्गठनले बिहीबार जनाएको छ।

मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए। सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो।

बचेका व्यक्तिहरूले बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेको र इस्लामिक आस्थाको घोषणा दिन सक्नेहरूलाई छाडेको भारतीय मिडियाले जनाएको छ।

यी हत्याले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतलाई स्तब्ध पारेको छ र हिन्दू राष्ट्रवादी समूहहरूलाई आक्रोशित बनाएको छ।

उत्तराखण्ड, उत्तर प्रदेश र हिमाचल प्रदेश लगायत राज्यमा काश्मीरी विद्यार्थीहरूलाई बुधबार भाडाको अपार्टमेन्ट वा विश्वविद्यालयको हस्टल छोड्न भनिएको जम्मू कश्मीर विद्यार्थी सङ्गठनका संयोजक नासिर खुहेमीले बताउनुभयो।

हिमाचल प्रदेशको एउटा विश्वविद्यालयमा छात्रावासको ढोका तोडेपछि विद्यार्थीहरूलाई उत्पीडन र शारीरिक आक्रमण गरिएको खुहेमीले जानकारी दिए।

उनका अनुसार ती विद्यार्थीलाई ‘आतङ्कवादी’ भनिएको थियो। “यो केवल सुरक्षाको मुद्दा मात्र होइन”, उनले भने, “यो एक विशेष क्षेत्र र पहिचानका विद्यार्थीहरू विरुद्ध घृणा र निन्दा गर्ने जानाजानी र लक्षित अभियान हो।”

उत्तराखण्डको राजधानी सहर देहरादुनमा दक्षिणपन्थी समूह हिन्दू रक्षा दलको चेतावनीपछि करिब २० जना विद्यार्थी बुधबार विमानस्थलतर्फ भागेका छन्।

Ncell 2
Ncell 2

विद्यार्थीहरूका अनुसार समूहले काश्मीरी मुस्लिम विद्यार्थीहरूलाई चाँडै सहर नछोडेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको थियो।

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ। दुवै मुलुकले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गर्छन्, तर यसको अलग–अलग भागलाई शासन गर्छन्।

विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन्।

भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ।

shivam cement

shivam cement

बुधबार भारतले इस्लामाबादलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएको थियो र कूटनीतिक उपायहरूका साथ आफ्नो छिमेकीसँगको सम्बन्धलाई घटाएको थियो।

पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

वैदेशिक रोजगारी हाम्रो समाजको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ। सस्तो श्रमको खोजीमा लाखौं नेपाली युवाहरू विदेश जान्छन्। यसले परिवारलाई आर्थिक सहयोग पुर्याउँछ भने, तिनको जीवनस्तरमा सुधार ल्याउँछ। तर, वैदेशिक रोजगारीका सकारात्मक पक्षहरूसँगै, केही गम्भीर समस्या पनि उत्पन्न भएका छन्, जसमा पेटको समस्या एक प्रमुख चुनौतीको रूपमा देखा परेको छ।

पेटको समस्या वैदेशिक रोजगारीका क्रममा प्रमुख चिन्ता बनेको छ। नेपाली कामदारहरूको जीवनशैलीमा विशेष गरी विदेशमा काम गर्दा खानपानको अनियमितता र पोषणको कमीले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। नेपालमा रहेको स्वादिलो र स्वास्थ्यप्रद खाना भन्दा विदेशमा फास्ट फुड र हतार हतार खाना खाने प्रवृत्ति प्रचलित छ। यसले पेटमाएसिडिटी, गडबडी र अन्य जटिल स्वास्थ्य समस्याहरू निम्त्याउँछ। पेटको दिर्घकालिन समस्याले गर्दा कतिपय नेपाली दाजुभाई तथा दिदिबहिनि काम नै छोडेर फर्कनुपर्ने अवस्थासमेत आएको हुन्छ।

पेटको स्वास्थ्य समस्याका प्रमुख कारणहरू

१.    जीवनशैलीमा परिवर्तन : नेपालमा जुन समयमा खाने , कम गर्ने, रहनसहन, संस्कृति र मौसम हुन्छ त्यो त्यहाँ हुन्न जसले गर्दा जीवनशैलीमा ठूलो परिवर्तन आउँछ जसको  पेटको स्वास्थ्यमा प्रतक्ष प्रभाव हुन्छ। 

२.    खानपानको असावधानी: विदेशमा कामदारहरूले अस्वच्छ खाना वा पानी सेवन गर्ने गरेको पाइन्छ, जसले गर्दा पेट दुखाइ, डायरिया, फूड पोइजनिङ जस्ता समस्या उत्पन्न हुन्छन्।

३.    तनाव: विदेशमा कामको दबाब, घरपरिवारको चिन्ता, र अनौठो वातावरणले तनाव बढाउँछ, जसले गर्दा पेटको समस्या जस्तै अल्सर वा इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस)हुन सक्छ।

४.    पानीको कमी (डिहाइड्रेसन): गर्मी मौसम वा विदेशको वातावरणमा काम गर्दा पानीको कमी पनि पेटसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ। शरीरमा पानीको कमी हुँदा कब्जियत, ग्यास्ट्रिक, र पेटको अन्य समस्याहरू बढ्न सक्छ।

५.    पेटका संक्रमण : नयाँ स्थानमा खानपान र पानीको स्रोत परिवर्तनका कारण पेटका संक्रमणहरूको जोखिम पनि बढ्न सक्छ। ब्याक्टेरियल वा भाइरल संक्रमणले पेट दुख्नु, दाहो, र मिचमिच हुने समस्याहरू ल्याउन सक्छ।

६.    स्वास्थ्य सेवाको अभाव: धेरै कामदारहरूले स्वास्थ्य बीमा वा चिकित्सा सुविधा पाउँदैनन्, जसले गर्दा समयमै उपचार हुन सक्दैन।

पेटको प्रमुख स्वास्थ्य समस्याहरू
समयमा खाना र निद्रा नहुनाले एसिड रिफ्लक्स, पेट फुल्ने, जस्ता समस्याहरू सामान्य हुँदै गएका छन्।मानसिक तनाव र अस्वस्थ आहारका कारण पेटमा घाउ वा अल्सर बन्ने समस्या पनि देखा परेको छ।

यो स्थिति अत्यधिक गाह्रो र पीडादायक हुन सक्छ, जसले कामदारहरूको जीवनस्तरलाई प्रभावित पार्दछ।अत्याधिक फास्ट फुड, बेकरीका परिकार वा भनौ मैदा तथा चिनीका परिकारले कब्जियतपनि धेरैको समस्या भएको छ। शारीरिक व्यायामको कमीले पनि कब्जियतलाई निम्ताउँछ। तनाव, खानपानमा परिवर्तन, र अनियमित खानपानको कारणलेइरिटेबल बाउल सिन्ड्रोम (आईबीएस)पनि हुने गर्छन्। यसका साथै परस्पर विरुद्ध आहारहरूको सेवनले फुड पोइजनिंग गराउंछ। साथै महिनावारीको गडबडी, पित्ताशयको सम स्या, हेपाटाइटिस , एपेनडीसाईटिस  जस्ता अत्यायिक समस्याहरूले पनि पेटको दुखाई गराउंछ। यस्ता समस्याको समयमै निदान तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ।

समाधानका उपायहरू

•    जीवनशैली व्यवस्थित गर्नुपर्छ। 
•    स्वच्छ,अर्गानिक र फाइबरयुक्त खानपान रशुद्ध पानीको प्रयोग गर्नुपर्छ।
•    आयुर्वेदशास्त्र अनुसारको दिनचर्या, रात्रीचर्या, ऋतुचर्या तथा सद्वृतका नियमहरूको पालना गर्नु पर्छ।  
•    नियमित रूपमा स्वास्थ्य जाँच गराउनुपर्छ।
•    तनाव व्यवस्थापनका लागि योग, ध्यान, र नियमित व्यायाम गर्नुपर्छ।
•    सरकार र रोजगार दाताहरूले स्वास्थ्य बीमा र चिकित्सा सुविधा उपलब्ध गराउनुपर्छ।

(डा क्षेत्री  केन्द्रिय आयुर्वेद विध्यापीठ (ने. सं. वि.), दाङका उपप्राध्यापक हुन्)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।

धनुषाको धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा धनुषाधामबाट तेजनगरतर्फ जाँदै गरेको बयल गाडामा प्र.२-०२-००१ प १२१५ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ तेजनगर बस्ने २१ वर्षीय राजेश खत्वे मण्डलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको स्थानीय क्लिनिक राजाराममा उपचार भइरहेको छ। हाल फरार बयल गाडा चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी धनुषाकै मिथिला नगरपालिका-३ लालभित्तिस्थित सडकमा ना.५ ख ६१०० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया दुर्गा देवी महत्तोको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनकुटाको धनकुटा नगरपालिका-९ रूद्रबारीस्थित सडकमा मुलघाटबाट धनकुटातर्फ जाँदै गरेको को.२ त ७९३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार शहिदभूमि गाउँपालिका-७ बस्ने २० वर्षीय बिबेक बगाले (थापा) को घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-३ बिगेपस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय जोखन कोईरीको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटि अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित सडकमा प्रदेश २-०३-०१३ प ४९२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय उमेश तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट