

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले मुलुक बनाउन स्रोत व्यवस्थापनमा लागेको ऋणलाई खर्च सम्झिन नहुने बताएका छन्।
आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले स्रोत व्यवस्थापनमा लागेको ऋणलाई लगानीको रुपमा सम्झिनुपर्ने बताए। नेता घिमिरेले देशको जीडिपीको ४०-४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए।
‘देशको जीडिपीको ४०/४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन। तर, त्यो ऋण प्रतिफलयुक्त योजनामा कतिको खर्च भयो, भएन, यो महत्वपूर्ण हुन्छ। अन्तर्राष्ट्रिय लगानी नबढाइ हामीले. मुलुक बनाउन सक्दैनौं । मुलुक हामीले बनाउनुपर्छ, मुलुक बनाउनका लागि स्रोत व्यवस्थापन पनि गर्नैपर्छ। स्रोत व्यवस्थापनको लागि लागेको ऋणलाई खर्च नसम्झी लगानी सम्झिनु उचित हुन्छ,’ उनले भने।
नेता घिमिरेले विगतको २० वर्षमा व्यवस्थामात्रै परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता नरहेको बताए। व्यवस्थासँगै अवस्थाको पनि परिवर्तन भएकोमा दुईमत नरहेको उनले बताए ।
उनले नेपालले विद्युत उत्पादनको क्षेत्रमा आश्चर्यलाग्दो ढंगले प्रगति गरेको बताए। उनले व्यापार घाटा क्रमशः घट्दो अवस्थामा रहेको, भुक्तानी सन्तुलनको अवस्था इतिहासमै राम्रो रहेको, वैदेशिक मुद्राको सञ्चितीले रेकर्ड तोडेको, सरकारको चालू बचत खाता धनात्मक नै रहेको नेता घिमिरेले बताए। ‘पर्यटनको बजारले लय समात्दै छ। विद्युतको उत्पादनले पनि नेपालले आश्चर्यलाग्दो ढंगले प्रगति गरेको छ,’ उनले भने।
सामाग्री श्रोत :
देशको जीडिपीको ४०-४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनु पर्दैन : कांग्रेस
काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणमाथि हातपात गरेको अर्को भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडिओमा एक युवक भाग्न खोजिरहेका देखिन्छन् भने ट्राफिक प्रहरीले उनलाई लखेटिरहेका छन् ।
ती युवकको हातमा हेलमेट देखिन्छ । भाग्ने क्रममा उनी एक ट्रान्सफर्मरमा ठोक्किन्छन् । त्यसपछि ट्राफिक प्रहरीले उनको कठालो समातेर तानिरहेका देखिन्छन् । भिडिओमा युवकले ट्राफिक प्रहरीलाई सोधिरहेका छन्, “दाइ, यो के गर्नुभएको ?”
जवाफमा ट्राफिक प्रहरीले “किन भागेको?” भन्दै उनको ज्याकेटको कलर समातेर तान्दै लगेका छन् । भिडिओमा अन्य दुई युवक पनि ती युवकसँगै छन्, जसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइरहेको देखिन्छ ।
तर भिडिओबाट ती युवक किन भागे र ट्राफिक प्रहरीले किन लखेटे भन्ने कुरा प्रष्ट हुन सक्दैन । भिडिओ हेरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘गल्ती कसको ?’ भन्ने प्रश्न उठाएका छन् । धेरैले ट्राफिक प्रहरीले अधिकारभन्दा बढी शक्ति प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।
हालसम्म उक्त भिडिओ कुन स्थानको हो भन्ने पुष्टि हुन सकेको छैन । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले भिडिओ हेरेको पुष्टि गर्दै घटनास्थल पत्ता लगाउने प्रयास भइरहेको बताए । “आज भाइरल भएको भिडिओ कहाँको हो र के भएको हो भन्ने बुझ्ने प्रयास गरिरहेका छौँ,” उनले भने ।
यसअघि बिहीबार पनि सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ भाइरल भएको थियो । २३ मंसिरमा सुन्धारा पुल नजिकै भएको कुटपिटको भिडिओ अहिले भाइरल भएपछि घटनामा संलग्न चार ट्राफिक प्रहरीलाई जनसेवा ट्राफिक प्रहरी वृत्तको जिम्मेवारीबाट हटाई अनुसन्धान अघि बढाइएको ट्राफिक कार्यालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १३:४८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–सङ्घीय संसद् अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेको छ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको समिति बैठकले यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेको हो।
क्यालेण्डर अनुसार यस महिनाभर १० दिन प्रतिनिधिसभाको बैठक बस्नेछ। त्यस्तै १९ गते सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची पनि समितिले पारित गरेको छ।
त्यस्तै संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ।
यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेतस्थित अल मुजैनी एक्सचेन्जसँग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो। बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसँग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।
माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीको उपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेत स्थित अल मुजैनि एक्चेन्ज का महाप्रवन्धक Mr. Hugh Fernandes ले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन्।
कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदूत श्रीमती सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेत का अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेतस्थित विभिन्न नेपाली संघ संस्था का प्रतिनिधि एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो।
सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरेको थियो। बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसी एंव कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदूत श्रीमती सुजनी राणाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए। सार्वजनिक गरिएपश्चात उक्त गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण-प्रकाशन गर्नेछ ।
माछापुच्छ्रे बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अव कुवेतमा रहेका नेपालीहरुले कुवेत स्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ।
सामाग्री श्रोत :
माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सेवा सम्झौता
काठमाडौं । नेपाली बजारमा ‘डेटानेचर’ नामक नयाँ बिग डेटा प्लेटफर्म सार्वजनिक भएको छ । नेपाल र क्यानडाबाट सञ्चालित नेपाली कम्पनी डिलाइटिकाले हालै मात्र डेटानेचर प्लेटफर्म सार्वजनिक गरेको हो ।
कम्पनीले यो प्लेटफर्म नेपालकै पहिलो एआईद्वारा सञ्चालित ठूलो डेटा व्यवस्थापन (बिग डेटा म्यानेजमेन्ट) गर्ने प्रणाली भएको दाबी गरेको छ । विभिन्न व्यवसायसँग भएको धेरै परिमाणको डेटालाई सही तरिकाले मिलाएर राख्न र त्यसलाई केलाएर आवश्यक निर्णय लिन मद्दत गर्ने उद्देश्य रहेको कम्पनीका सीईओ आशिष पराजुलीले बताए । उनले विदेशबाट सिकेको अनुभवलाई नेपालमा प्रयोग गरेर यहाँको प्रविधिलाई अगाडि बढाउने र विश्वस्तरमा पुर्याउने लक्ष्य राखेको बताए । “विश्व बजारबाट हामीले हासिल गरेको जुन अनुभव छ त्यसबाट प्रेरित भइ हामीले यो प्लेटफर्म सञ्चालमा ल्याएका छौ,” सीईओ पराजुलीले भने, “हामी हाम्रो यस प्लेटफर्मलाई अझ सशक्त बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा लैजान चाहन्छौं । यसले नेपाललाई एआईका लागि उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्न सघाउने विश्वास लिएका छौं ।”
पराजुलीका अनुसार डिलाइटिकाको केन्द्रीय कार्यालय क्यानाडामा छ भने अमेरिका र नेपालमा पनि यसका शाखा कार्यालयहरू छन् । यस कम्पनीले डेटा विश्लेषण र एआईको क्षेत्रमा काम गर्दै आएको छ ।
“कुनै पनि प्रकारको एआई प्रविधि चलाउनका लागि सही र राम्रो डेटा हुनुपर्छ,” पराजुलीले भने, “जसरी खराब वस्तुबाट राम्रो कुरा बन्दैन त्यसरी नै डेटा सफा र सही नभएमा एआईले पनि राम्रो नतिजा दिन सक्दैन । त्यसैले डेटालाई राम्ररी व्यवस्थित गर्नु निकै महत्वपूर्ण हुन्छ ।”
यो कम्पनीले यसअघि ग्राहकसम्बन्धी जानकारी दिने एआई ३६० प्लेटफर्म पनि ल्याएको थियो । यो प्लेटफर्म डेटानेचरकै आधारमा निर्मित भएकाले बिग डेटा एनालिटिक्स र एआई-आधारित कस्टमर इन्टेलिजेन्सको सहज एकीकरण सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
यो प्रविधिलाई दूरसञ्चार कम्पनी एनसेलले हालै मात्र सुरु गरेको डेटा सेन्टर र क्लाउड सेवामा प्रयोग गरिने गरी डिलाइटिकाले एनसेलसँग साझेदारी पनि गरेको पराजुलीले जानकारी दिए । सीईओ पराजुलीका अनुसार एनसेलसँगको सहकार्य सुरु मात्र हो र भविष्यमा थप काम गर्ने योजना रहेको छ ।
डिलाइटिकाले आफ्नो डेटानेचर प्लेटफर्मले डेटा व्यवस्थापन र एआई क्षमतालाई एकै ठाउँमा ल्याएर अन्तर्राष्ट्रिय बजारका अन्य प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरेको छ । अहिले व्यवसायसँग धेरै डेटा हुन्छ, जसलाई सही तरिकाले राख्न र चलाउन जरुरी हुन्छ । यदि डेटा सही व्यवस्थापनमा छैन भने जतिसुकै राम्रो एआई मोडलले पनि खासै काम नगर्ने सीईओ पराजुलीले बताए । डेटानेचरले यसैमा सहयोग गर्ने उनको भनाइ छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १२:९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन्।
बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो।
अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्।
विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको हो।
यति बेला प्रचण्ड गोरखा पुगेका छन् भने देउवा थाइल्याण्ड पुगेका छन्। आजै फर्किने भए पनि देउवा सदनमा आइनपुग्ने भएपछि ओलीले आज नबोल्ने भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलाको बारेमा अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सको रिपोर्ट विवादमा परेको छ। आफ्नो रिपोर्टमा पत्रिकाले आक्रमणको लागि जिम्मेवार आतंककारीहरूलाई ‘मिलिटेन्ट’ (लडाकु) र गनम्यान (बन्दुकधारी) भनेर उल्लेख गरेको थियो, जसको लागि अमेरिकी सरकारले कडा आलोचना गरेको छ।
अमेरिकी संसदको विदेश मामिला समितिले न्युयोर्क टाइम्सलाई आतंकवादीको सट्टा लडाकु र बन्दुकधारी जस्ता शब्दहरू प्रयोग गरेर पहलगाम आक्रमणको गम्भीरतालाई कम आँकलन गरेको आरोप लगाएको छ।
समितिले सामाजिक सञ्जाल पोस्टमा पहलगाम घटनालाई वर्णन गर्न पत्रिकाले अनुपयुक्त शब्दहरूको छनोट गरेकोमा आलोचना गरेको छ। समितिले यो रिपोर्ट साझा गरेको छ जसको शीर्षक थियो: ‘कश्मीरमा लडाकुहरूले २४ पर्यटकको हत्या गरे।’ यसमा समितिले प्रतिवेदनमा लेखिएको “मिलिटेन्ट्स” शब्द हटाएर त्यसको ठाउँमा “टेररिस्ट्स” लेख्यो।
Hey, @nytimes we fixed it for you. This was a TERRORIST ATTACK plain and simple.
Whether it’s India or Israel, when it comes to TERRORISM the NYT is removed from reality. pic.twitter.com/7PefEKMtdq
— House Foreign Affairs Committee Majority (@HouseForeignGOP) April 23, 2025
समितिले भन्यो, ‘न्यु योर्क टाइम्स, हामीले तिम्रो हेडलाइन सच्यायौं। यो स्पष्ट रूपमा आतंकवादी आक्रमण थियो। भारतमा होस् वा इजरायलमा, आतंकवादको कुरा आउँदा द न्यू योर्क टाइम्स वास्तविकताबाट धेरै टाढा छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहलगाम आतंकवादी हमलापछि फोन गरेर समवेदना व्यक्त गरेका थिए। उनले प्रधानमन्त्री मोदीलाई भनेका थिए ‘हामी यो दुःखको घडीमा तपाईंसँगै छौं।’ उपराष्ट्रपति जेडी भान्सले पनि यो कायरतापूर्ण आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्धको यो युद्धमा अमेरिका भारतको साथमा रहेको बताए।
मंगलबार पहलगाममा भएको आतंकवादी हमलामा हालसम्म २६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यो आक्रमण पहलगामको बैसरन उपत्यकामा गरिएको थियो, जसमा आतंककारीहरूले छनौट गरेर मानिसहरूलाई निशाना बनाएका थिए।
सामाग्री श्रोत :
कश्मीर आक्रमणले अमेरिकाको चर्चित अखबार न्युयोर्क टाइम्स विवादमा
काठमाडौं । बाटोमा, बसमा वा धेरै होहल्ला हुने ठाउँमा बसेर फोन गर्नुपर्‍यो भने तपाईँसँग फोनमा भएको व्यक्तिले तपाईँको आवाज राम्रोसँग नसुन्ने सम्भावना धेरै हुन्छ । कहिलेकाहीँ त बोल्ने मान्छेको भन्दा ब्याकग्राउन्डको आवाज धेरै आउन पनि सक्छ । यही समस्यालाई समाधान गर्न एप्पलले आईफोनमा भ्वाइस आइसोलेसन फिचर उपलब्ध गराएको हो । यो फिचर प्रयोग गरेर तपाईँले फोनमा आफ्नो आवाजलाई मात्र बढि प्राथमिकता दिन सक्नुहुन्छ । अर्थात् तपाईँ कुनै फोनमा हुनुहुन्छ र तपाईँको पछाडि टिभी बजिरहेको छ भने भ्वाइस आइसोलेसन फिचर प्रयोग गर्दा तपाईँसँग बोल्…
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट आज स्वदेश फर्किने भएका छन् । उपचार र पारिवारिक जमघटका लागि गत आइतबार थाइल्याण्ड गएका देउवा आज मध्याह्न नेपाल फर्किन लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘सभापतिजी, परराष्ट्रपति आरजु राणासहितको टिम आज साढे १२ बजेसम्म काठमाडौं आइपुग्नुहुन्छ’ पौडेलले लोकान्तरसँग भने ।
देउवा परराष्ट्रमन्त्री आरजु, छोरा, बुहारी र स्वकीय सचिव भानु देउवासहित एक साताअघि बैंकक प्रस्थान गरेका थिए । परराष्ट्र राणा थाइल्याण्डमा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१औँ सम्मेलनमा सहभागी भएकी थिइन् ।
गभर्नर नियुक्ति, शिक्षक आन्दोलन, संसद्का विधेयकमा अलमल भएको र सरकारको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सरकारको विषयमा कांग्रेसभित्रै प्रश्न उठेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
बाजुरा- कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले संचालन गरेको ‘भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप’ नामक अभियान सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा सम्पन्न भएको छ। गत बैशाख ०५ गतेदेखि सुरु भएको यो अभियान बैशाख ११ गते एक औपचारिक कार्यक्रम बिच सम्पन्न भएको हो।
अभियानको औपचारिक शुभारम्भ भने चैत्र २६ गते बडीगाड गाउँपालिका, बागलुङमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यस पश्चात अभियान रुकुम पूर्व हुँदै बाजुराको गौमुल गाउँपालिकातर्फ प्रस्थान गरेको थियो।
गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण र गठन, स्वास्थ्य गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका ३९९ घरधुरीमा स्वास्थ सचेतना संचालन गरिएको थियो।गौमुल गाउँपालिका स्तरीय किशोरी समूह निशा वि.कको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन भएको छ।
गौमुल गाउँपालिकाको अभियान समापन कार्यक्रम गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापाले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितीका प्रमुख अम्बर बहादुर रोकायाको उपस्थिति रहेको थियो ।त्यस्तै स्वागत मन्तव्यको क्रममा प्रशासकीय अधिकृत जगदिश भट्टले भौगोलिक विकटतामा बाचिरहेका महिलाका निम्ति मातृत्व जोगाउने अभियानको महत्वपूर्ण सन्देश रहेको धारणा राख्नुभयो।
गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापा नेपालि महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन २०८१ की बिजेता मध्ये १ हुन्। जस्ले विकटतामा समेत सुन्दर कर्म गर्दै आएकी उनी प्रेरणादायी महिला जनप्रतिनिधि हुन्।
आम नेपाली महिला भोग्दै आएको दुर्गपिडालाई मलहल लगाउने सोच र संकल्प सहित अभियानले सात वटा जिल्लाका स्थानीय तहहरू पुथा उत्तरगङ्गा (रुकुम पूर्व), बडीगाड (बागलुङ), अन्नपूर्ण (म्याग्दी), पचालझरना (कालिकोट), पटेर्वा सुगौली (पर्सा), सिगास (बैतडी) र गौमुल (बाजुरा) — मा करिब १०,००० किशोरी र महिलालाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य लिएको संस्थाकी अध्यक्ष पूजा कोइरालाले जानकारी दिइन्।
सामाग्री श्रोत :
swasthyakhabar









