

सिन्धुली – दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ।
जिल्लाकै एक महिलाले आफूमाथि बलात्कार भएको र सन्तान समेत जन्मिएको भन्दै जाहेरी दिएकी हुन्।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मेयर अधिकारीबाट बलात्कृत भएकी भनिएकी महिलाले एक सन्तान समेत जन्माएकी छन्।
छोरा बच्चाकी आमा ती महिलाको जाहेरी दर्ता भएको र कानून बमोजिम अनुसन्धान अघि बढेको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले बताए।
अधिकारी २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट मेयरमा निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेता अधिकारी सांसद राजन दाहालको कोर टिमका प्रभावशाली सदस्य मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
घटना १: क्यान्सर जस्तो लाग्ने असामान्य रुपमा भेटियो यो रोग
काठमाडौं नजिकैको पहाडी क्षेत्र बाट ५० वर्षीय पुरुषलाई पेटको समस्या देखिएको हुँदा एक ठूलो अस्पतालमा रेफर गरिन्छ। उहाँको पेटको सिटी स्क्यान गर्दा लगभग फुटबलको आकारको (२३x १५ सेन्टिमिटर) ठूलो फोका (मेसेन्टेरिक सिस्ट) देखा पर्यो। बिरामीलाई पाँच दिन अघिदेखि पेट दुख्ने र दिशा रोकिने भइरहेको थियो। तर, यो भन्दा अघि सम्म एउटा पनि सिटामोलसम्म खान परेको थिएन रे।
झट्ट मुल्याङ्कन गर्दा चिकित्सकहरूलाई क्यान्सरको शंका लाग्यो। क्यान्सरका मार्करहरू, जस्तै ‘सिइए’ हेर्न रगत परीक्षण गरियो। त्यो जाँचमा “सिइए’ थोरै बढेको थियो र क्यान्सर नै होला भनि शंका गर्न सकिने थियो। पानी धेरै नै जमेको र दिशालाई रोकेको हुँदा शल्यक्रिया मार्फत एउटा सानो पाइप (पिगटेल क्याथेटर) राखी प्याथोलोजी प्रयोगशालामा जाँचका लागि तरल पदार्थ पठाइयो।
त्यहाँ अप्रत्याशित रोग पत्ता लाग्यो। किरा-जस्ता जीवहरू भेटिए। “हेर! एउटै ठाउँमा तीनवटा छन्, यी जुका हुन्” प्याथोलोजिस्ट डाक्टरले माइक्रोस्कोप जाँच गर्दा रेसिडेन्ट डाक्टरहरूलाई भने।
(चित्रमा हेर्नु होला: चित्र १:)।
बिरामी र उहाँको परिवार सँग थप सोधपुछ गर्दा अहिलेसम्म फाइलेरियाको लागि नेपाल सरकारले वितरण गर्ने औषधि नखाएको बुझियो। “उनले त्यसको लागि एउटा पनि औषधि लिएनन्,” उनकी श्रीमतीले जवाफ दिइन्। कारण सोध्दा, उनले व्याख्या गरिन्, “हामीलाई कागजमा बेरेर सेता ट्याब्लेटहरू दिएका थिए, तर सबैले भने औषधिले ज्वरो आउँछ र निद्रा लगाउछ, हामीले नखाइकन फ्याँकिदियौं। हाम्रो तिर त कसैले पनि ती ट्याब्लेटहरू खाएनन्, एक मुठी औषधि कसरी खाने त हौ एकै चोटी ?” झन् प्रती प्रश्न गर्न पुगिन् । अब बिरामीलाई सरकारले वितरण गर्ने औषधि डिइसि १२ दिनको लागि शुरु गरियो। २-३ दिन मै बिरामीको उल्लेखनीय सुधार भयो र ७ दिनमा डिस्चार्ज भयो। बाँकी अपरेसन गर्नु परेन ।
घटना २: छातिमा पानी जमेर अस्पताल, क्यान्सरको शंका, ढिलो थाहा पाउँदा अकल्पनीय निदन:
उही जिल्ला, त्यही नजिकैको बजारको अर्को ७० वर्षीया आमा, छातिमा पानी जमेर अस्पताल भर्ना हुनु भो। पानी तानेर प्याथोलोजी ल्याबमा पठाइयो। रेपोर्टमा माथि देखाए जस्तो जुका प्रजातिका जीवहरू भेटियो। तर, औषधि शुरु गर्नु अघी नै उहाँको निधन भइसकेको थियो ।
यस्ता प्रकृतीका घटना गराउने फाइलेरिया रोग के हो ? यो बारे हामी जानकारी लिऔं:
फाइलेरिया कस्तो रोग हो ?
फाइलेरिया, जसलाई हामी हात्तीपाइले रोग भनि चिन्दछौ, एक उपेक्षित रोग हो । यो फाइलेरियल परजीवी भनेर चिनिने हेल्मिन्थ (किरा-जस्ता) परजीवीबाट हुन्छ। यी परजीवी हामी सबैले बुझ्ने जुका प्रजातिका जीवहरू नै हुन् । यो सरुवा रोग हो र मुख्यतया लामखुट्टेको टोकाइबाट सर्छ, विशेष गरी क्युलेक्स लामखुट्टेबाट सर्छ। यो रोगले हातखुट्टा सुन्निने हुन सक्छ ।त्यसैले हामी यसलाई हात्तीपाइले रोग भनि चिन्दछौ । तर, यसले शरीरका अन्य भागहरूमा पनि असर गर्न सक्छ, जस्तै, अन्डकोश। समय मै उपचार नभए स्थायी अपाङ्गता र सामाजिक संकट सम्मको समस्या निम्त्याउन सक्छ। खुट्टा ठुलो भएर उपचारले सुधार ल्याउन नसकेपछी बाटोमा बसी मागेर हिंड्नुपरेको अवस्था हामीले देखिरहेका छौं होला।
माथिका समस्याहरू फाइलेरिया हुने धेरैमा देखिने चिन्न तथा जटिलताहरु हुन् । तर, यि भइरहेको समस्या भन्दा फरक रुपमा (माथी उल्लेखित घटनाहरु) फाइलेरिया देखिएकोले जनचेतनाको लागि साथै डाक्टर तथा स्वास्थ्यकर्मी साथीहरु समक्ष्य पुराउन जरुरी देखेर यो लेख लेखेको हुं ।
नेपालमा यो रोगको अवस्था कस्तो छ ?
हाल, नेपालका ७७ जिल्लाहरू मध्ये ६३ जिल्लाहरू फाइलेरियाबाट प्रभावित छन् । लामखुट्टे प्रजननको लागि अनुकूल अवस्थाका कारण तराई र पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित छन्। २२ बर्ष अघी सन २००३ मा नेपाल सरकारले राष्ट्रिय फाइलेरिया उन्मूलन कार्यक्रम शुरु गर्यो, जसको शुरुमा २०२० सम्ममा सार्वजनिक स्वास्थ्य समस्याको रूपमा लिम्फेटिक फाइलेरिया उन्मूलन गर्ने लक्ष्य राखिएको थियो, जुन लक्ष्य पछि विश्व स्वास्थ्य संगठन द्वारा निर्धारित विश्वव्यापी लक्ष्यहरूसँग मिल्दोजुल्दो बनाउन २०३० सम्म विस्तार गरिएको थियो। यो कार्यक्रम मास ड्रग एडमिनिस्ट्रेशन (सामूहिक औषधि खुवाउने कार्यक्रम) र रोग व्यवस्थापन र अपाङ्गता रोकथाममा केन्द्रित छ। यस अभियानमा छ वर्षसम्म जोखिममा रहेका जनसंख्यालाई वर्षमा एक पटक डाइथाइलकार्बामाजिन (डिइसि) र अल्बेन्डाजोलको संयोजन खुवाउने कार्यक्रम सञ्चालन गरेको थियो। थप रूपमा, यसले चुनिएका जिल्लाहरूमा आइभरमेक्टिन, डिइसि र अल्बेन्डाजोलको ट्रिपल-ड्रग रेजिमेन प्रयोग गरेर नयाँ कार्यक्रमहरू प्रस्तुत गरेको छ। हालसालै, अप्रिल २०२४ मा, सरकारले झापा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, रसुवा र कपिलवस्तु गरी सात जिल्लाहरूलाई लक्षित गर्दै अर्को सामूहिक औषधि खुवाउने कार्यक्रम अभियान शुरु गरेको थियो।
फाइलेरिया रोग लाग्न बाट कसरी रोक्ने?
सामूहिक औषधि खुवाउने कार्यक्रमको निरन्तरता:
एक प्रमुख निवारक उपाय भनेको जोखिममा रहेका जनसंख्यालाई ४-६ वर्षसम्म वर्षमा एक पटक औषधि खुवाउनु हो। नेपालमा, डाइथाइलकार्बामाजिन (डिइसि) र अल्बेन्डाजोलको संयोजन प्रयोग गरिएको छ। अझै पनि रोग नियन्त्रणमा नआएको हुँदा आइभरमेक्टिन सहितको थप मात्रा चालाउनु उचित देखिन्छ ।
कार्यक्रम अनुगमन र मूल्याङ्कन:
आवश्यकता अनुसार समायोजनहरू सहित कार्यक्रमहरूको उद्देश्य, परिणाम र प्रतिक्रियाको सम्बन्धमा नियमित रूपमा अनुगमन र मूल्याङ्कन गरिनुपर्छ। कार्यक्रमको सफलताको लागि उचित रिपोर्टिङ र मूल्याङ्कन महत्त्वपूर्ण छ।
लामखुट्टेको नियन्त्रण:
लामखुट्टेको संख्या नियन्त्रण गर्न कीटनाशक-उपचार गरिएको झुल, कीटनाशक स्प्रे र सामुदायिक जागरूकता कार्यक्रमहरू लागू गर्नु आवश्यक छ। यस्तो कार्यक्रमहरू भइरहे पनि अपुग रहेको बुझिन्छ।
सामुदायिक जागरूकता:
समुदायमा रोगको बारे, रोकथाम उपायहरू र सम्भावित जटिलताहरूको जानकारी हुनु अति आवस्यक हुन्छ। सामाजिक सञ्जाल, पत्रिकाहरू, र स्वास्थ्य स्वयंसेवकहरूले रोग नियन्त्रण प्रयासहरूमा महत्त्वपूर्ण भूमिका खेल्छन्।
नियन्त्रण कार्यक्रमहरूमा सरोकारवालाहरूको पर्यवेक्षण र उचित परिचालन:
नियन्त्रण कार्यक्रमहरूको सफलताको लागि प्रभावकारी पर्यवेक्षण र सरोकारवालाहरूको संलग्नता आवश्यक छ।
एकीकृत कार्यक्रमहरू:
लामखुट्टेले सार्ने अरु रोग, जस्तै, औलो/ मलेरिया नियन्त्रणका कार्यक्रममा हात्तीपाइले रोग नियन्त्रण पनि संयुक्त रुपमा लान आवश्यक छ।
कार्यक्रम भए पनि किन कार्यक्रमले लक्ष्य हासिल गरिरहेको छैन?
१. मानिसहरूले नेपाल सरकारले वितरण गर्ने औषधि स्वीकार गरिरहेका छैनन्
यसको लागि, निम्न कारणहरू हुन सक्छन्:
– रोग र औषधिको फाइदाको बारेमा जनतालाई अपर्याप्त शिक्षा
-कार्यक्रमको लागि अपर्याप्त तयारी
-मानिसहरूले सोचेजस्तो औषधिको भारी मात्रा। यो उमेर र तौल अनुसार खुराक समायोजन गर्न धेरै ट्याब्लेटहरू प्रयोग गरिएको कारणले हो। डिइसि को अवस्थामा, एकल ट्याब्लेट प्रयोग गरिएमा स्वीकृति दर बढ्न सक्नेछ ।
२. उचित अनुगमनको अभाव र औषधि खाएको रिपोर्टिङमा शंका गर्ने सकिने अवस्था छ।
औषधिको वितरणलाई औषधि सेवनको रूपमा गणना गर्नु हुँदैन। मानिसहरूले अल्बेन्डाजोललाई मात्र जुकाको औषधि भनि चिनेको हुँदा धेरैले औषधि खाएको भने पनि सोही मात्र लिएको बुझिन्छ, र उचित मात्रा नपुग्दा औषधि प्रभावकारी हुँदैन। त्यसैले, औषधिको वितरण कार्यक्रम सन्चालन गर्न मा मात्र नभइ कार्यक्रमले लक्ष्य हासिल गरिरहेको छ/छैन भन्ने बारे बिस्तृत अध्यायन गर्न जरुरी देखिन्छ ।
(डा. काफ्ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँको प्याथोलोजी विभागका सहायक प्राध्यापक हुन्। उनीसंग लामो समय समुदायमा बसी उपचार र रोग नियन्त्रणका कार्यक्रमहरु सन्चालन गरेको अनुभव छ ।)
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ। गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ। गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन्।
शुक्रबार सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन्। भिडियोमा आशिफले गीत मार्फत् गरिमाको तारिफ गरेर फकाउँदै गरेको देख्न सकिन्छ। सिनेमामा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन्। नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ। सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ।
आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ। टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।
सामाग्री श्रोत :
‘जन्ते बाख्रो’चलचित्रको दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक
काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुकमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपमेयर सुनिता डङ्गोल लक्षित पोस्ट राखेको भन्दै एउटा पोस्ट भाइरल भइरहेको छ । बालेनको आधिकारिक फेसबुक पेजबाटै शेयर भएको जस्तो देखिने पोस्टमा ‘उखान टुक्काले पनि तिम्रो क*डो मात्र बन्छ, देश बन्दैन’ लेखिएको छ ।
तर, टेकपाना फ्याक्टचेकका क्रममा यो पोस्ट भ्रामक रहेको पत्ता लागेको छ । बिहीबार नेकपा (एमाले)ले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा उपप्रमुख डङ्गोलले ‘स्टन्टले देश बन्दैन, देश बनाउन योजना अनुरूप काम गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि उपप्रमुख डङ्गोलमाथि खनिएका सामाजिक सञ्जाल प्रयोगकर्ता बालेनको हुँदै नभएको पोस्ट एडिट गरी भ्रम फैलाएका हुन् ।
दाबी
फेसबुकमा ज्याक खड्का नामका प्रयोगकर्ताले बिहीबार २४ अप्रिल २०२५ बेलुका ८ बजेर ४ मिनेटमा स्क्रिनशट शेयर गरेका थिए । त्यसमा उनले क्याप्सन राखेका थिए, “हैट ! अहिले सम्म त टुक्का र मुख्काले चलेकै छ ।” त्यही पोस्टमा बालेनले लेखेको दाबी गरिएको पोस्ट राखिएको छ ।
उक्त स्क्रिनशटजस्तो देखिने फोटोमा माथि बालेनको आधिकारिक फेसबुक पेजबाट दुई घण्टाअघि पोस्ट भएको देखिएको छ । त्यस्तै तल ७८ हजार रियाक्सन, सात हजार ९०० कमेन्ट र २३०० बढी शेयर आएको देखिएको छ । माथि क्याप्सन देखिने ठाउँमा ठुलो अक्षरमा ‘उखान टुक्काले पनि तिम्रो क*डो मात्र बन्छ, देश बन्दैन’ लेखिएको देखिन्छ । खड्काले राखेको पोस्टमा भने यो सामग्री तयार पार्दासम्म २३ कमेन्ट र ३५ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र आर्काइभ पोस्ट ।

यो पोस्ट राख्ने ज्याक खड्का पहिलो प्रयोगकर्ता हुन् वा उनैले बनाएका हुन् भन्ने स्पष्ट छैन । तर, धेरैले ज्याक खड्काले राखेको पोस्टको स्क्रिनशट लिँदै बालेनले उपमेयरलाई लक्षित गर्दै यस्तो स्टाटस लेखेको भनी आफ्नो धारणा राखिरहेका छन् ।
फेसबुकमा स्माइल रे नाम भएका प्रयोगकर्ताले ‘गोरखापत्र दैनिकी समाचार’ नामक ग्रुपमा ‘बालेन सर कडा’ भन्दै त्यही स्क्रिनशट राखेका छन् । उक्त पोस्टमा यो सामग्री तयार पार्दासम्म ५४८ बढी रियाक्सन, ५९ बढी कमेन्ट र ४ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क ।
नेपाली मिम स्टाटस नाम भएको फेसबुक पेजले ह्याशट्याग राखी सोही स्क्रिनशट राखेको छ । उक्त पोस्टमा १०६ रियाक्सन, ८ कमेन्ट र २ शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल लिङ्क ।

खतिवडा योगेन्द्र नामका फेसबुक प्रयोगकर्ताले पनि त्यही पोस्ट राख्दै बालेनलाई गाली गरेका छन् । उनले बालेनले त्यस्तो लेख्न हुने मैले किन नहुने भन्ने आशयका साथ राजसंस्थाको समर्थन जनाउँदै बालेनमाथि गाली वर्षाएका छन् । उनको पोस्टमा रियाक्सन सङ्ख्या हाइड छ भने १३ कमेन्ट र २२ पटक पोस्ट शेयर भएको देख्न सकिन्छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क ।

सामाजिक सञ्जाल एक्समा सुधिर आचार्य नामका प्रयोगकर्ताले पनि त्यही स्क्रिनशट राखेका छन् । उनको पोस्टमा १७०० बढी भ्युज, ३३ लाइक, ५ रिपोस्ट र ९ रिप्लाई आएको देख्न सकिन्छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क ।

तथ्य-जाँच
सामाजिक सञ्जालमा फेसबुकमा बालेनले यस्तो पोस्ट राखेको दाबी आएपछि हामीले विश्लेषण गर्न थाल्यौं । झट्ट स्क्रिनशट हेर्ने हो भने त्यसमा राखिएको क्याप्सनको फन्ट साइज सामान्यभन्दा ठुलो छ । फेसबुक पेजमा पोस्ट राख्दा फन्ट ठुलो सानो बनाउने सुविधा हुँदैन । त्यसबाट पनि उक्त पोस्ट एडिटेड हो भन्ने पुष्टि हुन्छ ।

त्यस्तै उक्त क्याप्सन दुई लाइनको छ । फेसबुकमा दुई लाइन हुँदा ‘टेक्स्ट अलाइनमेन्ट’ लेफ्ट हुन्छ । अर्थात् एउटा लाइनमा टेक्स्ट अटाएन भने दोस्रो लाइनमा आउँदा बायाँपट्टिबाट सुरु हुन्छ । तर, यसमा बिचबाट छ । यसबाट पनि पोस्ट एडिटेड हो भन्ने पुष्टि हुन्छ ।
हामीले बालेनको फेसबुक पेज र व्यक्तिगत अकाउन्ट दुबैलाई नियाल्यौं । त्यस क्रममा पनि यस्तो कुनै पोस्ट भेटिएन ।

हामीले यही क्याप्सन कपी गरी गुगल सर्च गर्यौं । त्यस क्रममा बालेनले त्यस्तो पोस्ट राखेको भन्ने कुनै पनि आधिकारिक समाचार भेटिएनन् । बालेनले बिहीबार दिउँसो ३ बजे ‘कसरी महानगरलाई १ अर्ब भन्दा ठुलो क्षति हुन्थ्यो यदि यो काम भयो भने !’ भन्दै लामो पोस्ट राखेका थिए । त्यसपछि उनले कतै पनि पोस्ट राखेका छैनन् । पोस्ट राखे वा डिलिट हुनासाथ आधिकारिक स्क्रिनशटसहित तमाम् समाचार आउँछन् । यति तुच्छ शब्द प्रहार गरी गाली गर्दा कुनै समाचार नै नआउने भन्ने हुँदैन ।
दाबी
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपप्रमुख सुनिता डङ्गोल लक्षित तुच्छ शब्दसहितको स्टाटस राखे ।
दाबीकर्ता
ज्याक खड्का, स्माइल रे, नेपाली मिम स्टाटस, खतिवडा योगेन्द्र लगायतका फेसबुक पेज तथा अकाउन्ट र सुधिर आचार्य नामको एक्स ह्यान्डल ।
तथ्य
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपप्रमुख सुनिता डङ्गोललाई लक्षित कुनै पनि पोस्ट राखेका छैनन् ।
निष्कर्ष
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपप्रमुख सुनिता डङ्गोललाई लक्षित गरी कुनै पनि पोस्ट राखेका छैनन् । उनको कुनै एउटा पुरानो पोस्टको स्क्रिनशटमा भएको क्याप्सन मेटाएर पछिबाट टेक्स्ट राखी भ्रामक पोस्ट तयार पारी भाइरल गराइएको हो ।

प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १९:१
सामाग्री श्रोत :
टेक पाना
मृतकका आफन्तले टिपरमा आगजनी गर्न पटक–पटक प्रयास गरेका थिए। रोक्ने क्रममा ढुङ्गाले लागेर जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशी घाइते भएका छन्। उनको विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए फेसबुक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो बताएका हुन्।
मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए।
उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए।
मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए।
उनले मेटाले नेपालको कुल जिडिपी भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे।
उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी दिएका छन्।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका हुनुपर्ने दोहर्याएका छन्।
शुक्रबार प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा बोल्दै लिङ्देनले उक्त घटनामा एकपक्षीय रुपमा टिकाटिप्पणी हुने गरेको भन्दै न्यायिक छानबिनका हुनुपर्ने दोहर्याएका हुन्। उक्त घटनाका क्रममा प्रदर्शनकारीबाटभन्दा पनि सरकारपक्षबाट दमन भएको उनले बताए।
त्यस्तै उनले प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको जिकिर गरे। प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरू पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उनले लगाए।
उनले राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको भन्दै आपत्ति जनाए। अहिले राजनीतिक दल र सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको उनको आरोप छ।
सामाग्री श्रोत :
काठमाडौँ । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील कम्पनी ग्रीन टिक नेपाल प्रालिले डेटा सुरक्षामा विश्वसनीय मानिने एसओसी टु टाइप टु (SOC 2 TYPE II) सर्टिफिकेट प्राप्त गरेको छ । अमेरिकन इन्स्टिच्युट अफ सीपीएले तय गरिएको एसओसी टु मापदण्डअनुसार ग्रीन टिकले यो सर्टिफिकेट पाएको हो ।
एसओसी टु टाइप टु सर्टिफिकेटले ग्राहकको डेटा सुरक्षाका लागि अपनाइएका उपायहरू निरन्तर र प्रभावकारी रूपमा लागु भएको पुष्टि गरेको कम्पनीले जनाएको छ । उक्त सर्टिफिकेट प्राप्त गर्न कम्पनीका सुरक्षासम्बन्धी उपायहरू तीनदेखि १२ महिनासम्म गहिरो मूल्याङ्कन गरिन्छ ।
एसओसी टु टाइप टु सर्टिफिकेसन पाएपछि ग्रीन टिक नेपालका प्रमुख सबिन थापाले भने, “सुरक्षा कुनै एउटा फिचर होइन, यो हाम्रो आधार हो । यो प्रक्रियामार्फत हामीले आफ्ना कामलाई अझ सुधार्न, परीक्षण गर्न र ग्राहकको विश्वास जित्न सफल भएका छौं ।”
एक दशकभन्दा बढी समयदेखि यो कम्पनीले विभिन्न क्षेत्रका संस्थाहरुलाई साइबर सुरक्षा तथा परामर्श सेवा दिँदै आएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १७:३४
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–इरानी विदेशमन्त्री अब्बास अराघची अमेरिकासँगको आणविक विषयमा वार्ताका लागि शुक्रबार ओमान प्रस्थान गर्ने भएका छन्।
दुबै पक्षले पहिलो दुई चरणका वार्तामा प्रगति भएको जनाएका छन्।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अराघचीको नेतृत्वमा कूटनीतिक तथा प्राविधिक विज्ञहरूको प्रतिनिधिमण्डल वार्ताका लागि प्रस्थान गर्ने जानकारी दिएका छन्।
शनिबारका लागि तय गरिएको वार्तामा अमेरिकी पक्षको प्रतिनिधित्व राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टीभ विटकोफले गर्नेछन्।
यो बैठक अप्रिल १२ बाट मुस्कट र रोममा भएको दुई चरणको ओमानी मध्यस्थता वार्तापछि हुन लागेको तेस्रो चरण हो। यस चरणमा इरानको आणविक कार्यक्रमसम्बन्धी प्राविधिक विषयमा विज्ञ स्तरमा छलफल हुनेछ। अमेरिकी पक्षबाट विदेश मन्त्रालयको नीति योजनाका प्रमुख माइकल एन्टन प्राविधिक वार्ताको नेतृत्व गर्नेछन्।
इरानको तास्नीम समाचार एजेन्सीका अनुसार, इरानी पक्षबाट उप–विदेशमन्त्रीहरू काजेम घरीबाबादी र माजिद ताक्त–रावान्ची प्राविधिक छलफलको नेतृत्व गर्नेछन्।
प्रवक्ता बकाईले शुक्रबार भने, “वार्तामा प्रगति हुनका लागि अर्को पक्षबाट सद्भाव, गम्भीरता र यथार्थपरकता देखिन आवश्यक छ।”
विदेशमन्त्री अराघचीले यसै साताको अन्तर्वार्तामा भनेका छन्, “इरान शनिबार वार्तामा गम्भीर ढङ्गले सहभागी हुनेछ, र यदि अर्को पक्ष पनि गम्भीर ढंगले सहभागी भयो भने प्रगतिको सम्भावना रहन्छ।”
यसअघि मार्च महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईलाई एक पत्र लेख्दै वार्ताको आग्रह गर्नुका साथै कूटनीतिक प्रयास असफल भए सैन्य विकल्प पनि विचार गरिन सक्ने चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
गर्मी मौषमसँगै नेपालका धेरै स्थानमा तातो हावाको लहर बढेको छ। तातो हावाको लहर भनेको सामान्य तापक्रमभन्दा अत्यधिक उच्च तापक्रमको अवधि हो।
तातो हावाको लहरका कारण स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्याहरू देखिन सक्छ। जस्तै थकान र स्ट्रोक उत्पन्न हुन सक्छ, जुन समयमै उपचार नगरेमा मृत्युको कारण पनि बन्न सक्छ। यसबाट बच्नका लागि के गर्ने र के नगर्ने भनेर तल प्रस्तुत गरिएको छ-
तातो हावाको लहरको समयमा के के गर्ने:
घाम बाट जोगिनुहोस्: दिउँसो १२ बजेदेखि ३ बजे सम्मको समयमा बाहिर जानबाट बच्नुहोस्। यती बेला सूर्यको तातो अधिकतम हुन्छ।
पानी पिउनुहोस्: तपाईंलाई तिर्खा नलागेको भए पनि दिनभरीमा धेरै पानी पिउनुहोस्। गर्मीसँग सम्बन्धित रोगहरूबाट बच्नको लागि पानीको मात्रा अत्यन्त महत्त्वपूर्ण छ।
सही कपडा लगाउनुहोस्: हल्का रंगका, खुकुलो र हावा छिर्ने सजिला सुतीका कपडा लगाउनुहोस् जसले तपाईंलाई चिसो राख्न मद्दत गर्दछ। बाहिर जानु परेमा टोपी, चश्मा र आरामदायक जुत्ता लगाउनुहोस्।
विश्राम लिनुहोस्: यदि तपाईं बाहिर काम गर्दै हुनुहुन्छ भने नियमित विश्राम लिनुहोस् र १२ बजे देखि ३ बजे सम्म सूर्य बाट बच्नुहोस्।
पानी बोकेर यात्रा गर्नुहोस्: सधैँ आफ्नो साथमा पानी बोकेर यात्रा गर्नुहोस्, विशेष गरी लामो समय बाहिर रहनु पर्ने भएमा।
हाइड्रेटिंग पेय पदार्थहरू पिउनुहोस्: जीवनजल, घरमै बनाएको लस्सी, चामलको पानी वा कागतीको पानी जस्ता पेय पदार्थहरू पिउनुहोस् जसले तपाईंलाई हाइड्रेट राख्न मद्दत पुर्याउँछ।
घर चिसो राख्नुहोस्: पर्दा बन्द गर्नुहोस्, सूर्यको छायाँलाई प्रयोग गर्नुहोस् र राति झ्यालहरू खोल्नुहोस् जसले चिसो हावा ल्याउँछ।
चिसो राख्ने उपायहरू अपनाउनुहोस्: पंखा चलाउनुहोस्, चिसो भिजेको कपडा शरीरमा राख्नुहोस् र चिसो पानीले नुहाउनुहोस्, जसले तपाईको शरीरको तापक्रम घटाउँछ।
तातो हावाको लहरको समयमा के के नगर्ने:
डिहाइड्रेट गर्ने पेय पदार्थहरूको सेवन नगर्नुहोस्: मद्यपान, चिया, कफी र कार्बोनेटेड ड्रिंकहरूको सेवन नगर्नुहोस्, जसले तपाईंलाई डिहाइड्रेट गर्छ।
भारी खाना नखानुहोस्: भारी र बासी खाना नखानुहोस्, जसले तपाईंको शरीरको तापक्रम बढाउँछ।
बालबालिकालाई गाडीमा नछोड्नुहोस्: बालबालिकालाई पार्क गरिएको गाडीमा नछोड्नुहोस्, गाडी भित्रको तापमान चाँडै बढ्न सक्छ र गम्भीर हानि पुर्याउन सक्छ।
अत्यधिक काम नगर्नुहोस्: बाहिरको तापक्रम उच्च हुँदा कडा शारीरिक गतिविधि नगर्नुहोस्। विशेष गरी यदि तपाईं बाहिर काम गर्दै हुनुहुन्छ भने विश्राम लिनुहोस्।
गर्मी लागेर हुने बिरामीको (गर्मी स्ट्रोक) उपचारका लागि सुझावहरू:
चिसो स्थानमा सार्नुहोस्: प्रभावित व्यक्तिलाई तुरुन्त चिसो, छायामा लैजानुहोस्। भिजेको कपडा प्रयोग गरेर बारम्बार शरीरमा लगाउनुहोस् जसले तातो शरीरको तापक्रम घटाउँछ।
पानीको मात्रा बढाउनुहोस्: जीवनजल, कागतीको पानी, चामलको पानी वा अन्य पेय पदार्थ दिनुहोस् जसले शरीरलाई हाइड्रेट गर्न मद्दत पुर्याउँछ।
चिकित्सा सहायता लिनुहोस्: यदि लक्षण बिग्रिएमा वा व्यक्ति बेहोस भ राखेमा, तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा लैजानुहोस्। गर्मी स्ट्रोकलाई जीवनघाती मानिन्छ र तुरुन्त चिकित्सकीय सहायता आवश्यक छ।
(डा निखिल नेपालले एमबीबीएस डिग्री हासिल गरेका छन्। उनी मेडिकल डाक्टर हुन्।)
सामाग्री श्रोत :
swasthyakhabar









