२०८३ बैशाख ३० बुधबार
LATEST NEWS
२०८३ बैशाख ३० बुधबार

तम्घास (गुल्मी)। जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ। धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो।

आज दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ‘आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन्। बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो’, धुर्कोट–१ का वडाध्यक्ष चेतमान कुँवरले भने।

आगलागीबाट ढुंगा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

आगलागीबाट चार वर्षीय बालकको मृत्यु

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन्।

सो भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेश मन्त्री जयशंकरले जानकारी दिएका छन्।

‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेश मन्त्री जयशंकरले एक्समा लेखेका छन्।

आफूले विदेश मन्त्रीसँगको भेटमा पललगाम घटनमा भएको क्षतिप्रति नेपाल सरकारका तर्फबाट समवेदना प्रकट गरेको राजदूत शर्माले बताए।

‘सो घटनाको विरुद्धमा भारत सरकार र भारतीय जनतासँग नेपाल सरकार र नेपाली जनताको ऐक्यबद्धता रहेको जानकारी मैले गराएँ,’ राजदूत शर्माले भने, ‘नेपालका प्रधानमन्त्री, विदेश मन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले प्रकट गर्नुभएको समवेदना तथा ऐक्यबद्धताबारे पनि जानकारी गराएँ।’

साथै, विदेश मन्त्री जयशंकरसँग अन्य दुई पक्षीय विषयमा पनि छलफल भएको उनले बताए।

‘यसबीचमा दुई देशका विदेशमन्त्रीबीचमा पटक पटक भेटघाट भइरहेको छ। तिनै भेटमा भएका विषयहरूमा छलफल भयो,’ उनले भने।


सामाग्री श्रोत :

भारतीय विदेश मन्त्रीसँग राजदूत शर्माको भेट

सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फूलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले घटनासँग सम्बन्धित पक्षसँग विस्तृत बयान लिन सुरु गरेको छ।

बिहीबार मृतक आनन्ददेवीको माइती पक्षको बयान लिने काम सकिएको प्रहरीको छानबिन समितिका संयोजक तथा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। ‘हिजो मात्र हामीले मृतकको आमा र बुबाको बयान लिएका छौँ’, उनले भने, ‘घटनासँग सम्बन्धित मुद्दा फाँटका प्रहरीलगायत अन्य व्यक्तिको बयान लिने काम बाँकी छ। चाँडै सकिन्छ।’ कोइरालाले आगामी दुई हप्ताभित्र घटनाको विस्तृत अनुसन्धान प्रतिवेदन तयार पार्ने जानकारी दिए।

गत पुस ९ गते मृतक आनन्ददेवीलाई गाउँकै दुई युवकद्वारा भएको यौन दुर्व्यवहार घटनामा न्याय खोज्दाखोज्दै वैशाख २ गते उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उक्त घटनाको सूक्ष्म अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम वैशाख ४ गते प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो।

जबर्जस्ती करणी भएको अढाइ महिनापछि गत फागुन २५ गते बल्ल उक्त घटनामा जबर्जस्ती करणी उद्योगको जाहेरी दर्ता भएको थियो। तर, मुद्दा दर्ता भए पनि आरोपितलाई प्रहरीले पक्राउ गरेको थिएन। आरोपित अझै फरार छन्।

माइती पक्षद्वारा जाहेरी दिने तयारी

यस घटनामा मिलापत्र गराउन पीडकका परिवार, स्थानीय केही व्यक्ति र स्वयं प्रहरी समेत लागि परेको समाचार सार्वजनिक भएको थियो।

यौन दुर्व्यवहारका आरोपित २२ वर्षीय सञ्जीवकुमार यादव, ३२ वर्षीय श्यामसुन्दर यादव र घटना गाउँमै मिलाउन खोज्ने दुवै आरोपितका बुबा, स्थानीय तथा प्रहरीविरुद्ध पनि जाहेरी दिने तयारी गरिएको मृतक आनन्दीदेवीकी आमा बिलटौनदेवी सदायले जानकारी दिए। यौन दुर्व्यवहारका दुवै आरोपितमाथि जबर्जस्ती करणी उद्योगमा प्रहरीमा मुद्दा दर्ता भइसकेको छ।


सामाग्री श्रोत :

आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै

खजुरा (बाँके)। विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

नेपालगञ्ज रंगशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई अन्तिम समयमा एक गोल गरेर स्तब्ध बनाएको हो। एपीएफका तर्फबाट खेलाडी गीता रानाले एक मात्र निर्णायक गोल गरिन्। राना प्लेयर अफ द म्याच भइन्।

एपीएफले रौतहट फुटबल संघलाई र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो। जितसँगै एपीएफले रु पाँच लाख पाँच हजार ५५५ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ।

उपविजेता पुलिसले रु दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद रु २५ हजार प्राप्त गरिन्।

खेलको समापनमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिम्लिसेना, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायतले विजेता समूहलाई पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।

बाँके जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘अन्तराल’द्वारा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता थियो।


सामाग्री श्रोत :

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको उपाधि एपीएफलाई

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्। प्रशिक्षक ल शुक्रबार साँझ एयर इन्डियाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

नेपाल क्रिकेट संघ क्यानले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे।

५६ वर्षीय लले यसअघि वेष्ट इण्डिज, बंगलादेश, अमेरिका लगायत देशमा मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।

सन् २००९ मा श्रीलंका क्रिकेट टोलीको असिस्टेन्ट कोचबाट आफ्नो प्रशिक्षण यात्रा सुरु गरेका उनी सन् २०११मा बंगलादेशको मुख्य प्रशिक्षक बनेका थिए। यस्तै उनी सन् २०१७ मा दुई वर्षको लागि वेष्ट इण्डिज टोलीको मुख्य प्रशिक्षक रहेका थिए भने सन् २०२२ मा अफ्गानिस्तानको अन्तरिम मुख्य प्रशिक्षक बनेका थिए।

उनी २०२४ मा अमेरिकाको मुख्य प्रशिक्षक समेत रहेका थिए।


सामाग्री श्रोत :

क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे

 

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले अन्ततः फेसबुकको फिडमा अत्यधिक स्पाम र कम गुणस्तरका पोस्ट आउने गरेको स्वीकारेको छ । बिहीबार एक विज्ञप्तिमार्फत कम्पनीले यो समस्यालाई सम्बोधन गर्न यस्ता सामग्री पोस्ट गर्ने अकाउन्टमाथि ‘कडाइ’ गर्न सुरु गरेको जानकारी दिएको हो । 

“फेसबुक फिडमा तपाईंले निरन्तर मन पराउने नयाँ, आकर्षक पोस्टहरू आइरहेका छैनन् । हामी यो समस्या समाधान गर्न काम गरिरहेका छौं,” कम्पनीले ब्लगमा भनेको छ ।

यस अन्तर्गत लामो पोस्ट, ध्यान भड्काउने क्याप्सन वा शेयर गरिएका सामग्रीसँग असम्बन्धित क्याप्सन भएका पोस्ट राख्ने क्रियटरको रिच घटाउने कम्पनीले योजना बनाएको छ । त्यसका साथै यसरी प्रयोगकर्तालाई असम्बन्धित हुने, क्याप्सन एउटा पोस्ट अर्को राखेर झुक्याउने जस्ता अकाउन्ट मोनिटाइजेसनका लागि पनि योग्य नहुने कम्पनीले उल्लेख गरेको छ ।

त्यसैगरी मेटाले नक्कली इङ्गेजमेन्ट बढाउने ‘स्पाम नेटवर्क’को सामना गर्न ‘अझ कडा कदम’ चालिरहेको छ । खासगरी फेसबुकको एल्गोरिदमलाई झुक्याउन नक्कली पेज बनाएर त्यसैबाट कमेन्ट गरी इङ्गेजमेन्ट बढाउने र प्रयोगकर्तासम्म असम्बन्धित पोस्ट पुर्‍याउने प्रवृत्ति बढ्दो छ । यसैलाई नियन्त्रण गर्न मेटाले त्यस्ता पेजबाट आएका कमेन्ट प्रयोगकर्ताले गोप्य रूपमा डाउनभोट (असम्बन्धित छ भन्ने जानकारी दिने) गर्न सक्ने फिचर ल्याउने तयारी गरेको कम्पनीको भनाइ छ । यसरी प्रयोगकर्ताको रिपोर्टको आधारमा पनि उक्त पोस्टको रिच घटाउने र कमेन्ट गर्ने पेजलाई हटाउने मेटाको योजना छ । 

फेसबुकले पछिल्लो समय वयस्क प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा आकर्षित गर्न विभिन्न काम गरिरहेको छ । त्यही समयमा कम्पनीले यो नयाँ रणनीति सार्वजनिक गरेको हो । कम्पनीले हालै मात्र एड भएका बाहेक अन्य व्यक्तिको पोस्ट नदेखिने ‘फ्रेन्ड्स’ ट्याब सुरु गरेको थियो । यो त्यस्तो ट्याब हो जहाँ क्लिक गर्दा एड भएका व्यक्तिको मात्र पोस्ट देखिन्छ । यो फिचर टिकटकले सुरुवातदेखि नै ल्याएको थियो ।


नेपालसहित अन्य विभिन्न देशमा फेसबुकमा #BMW आतङ्क नै फैलिएको छ । नेपालको सन्दर्भमा #BMW राख्दै पेजहरूले फेसबुक एल्गोरिदम झुक्याउन फोटो एउटा अन्य क्याप्सन अर्को राख्ने गरेका छन् । खासगरी राजनीतिक रूपमा चर्चामा आएका व्यक्तिको फोटो, भ्रामक तथा मिथ्या सूचनाका पोस्ट राखिएका हुन्छन् । त्यसको माथि उक्त भिडिओ हेर्न भन्दै असम्बन्धित लिङ्क राखिएको हुन्छ । त्यसभन्दा तल #BMW भन्दै बीएमडब्लु गाडीको बारेमा लेखिएको पोस्ट राखिन्छ । त्यसैलाई फेसबुकले धेरै प्रयोगकर्तामाझ पुर्‍याइरहेको हुन्छ । हामीले यसअघि किन केही फेसबुक पेज तथा प्रयोगकर्ता #BMW राख्छन् भन्ने समाचार तयार पारेका थियौं । उक्त सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस् ।

(असम्बन्धित फोटो र क्याप्सन राखेर प्रयोगकर्ता झुक्याएको फेसबुक पोस्टको स्क्रिनशट)

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १४:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– गुल्मीको कालिगण्डकी गाउँपालिकाले १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरुले राजीनामा दिन निर्देशन दिएको छ । 

आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्किन आग्रह गर्दै अटेर गरे राजीनामा दिन गाउँपालिकाले निर्देशन दिएको हो ।

Ncell 2
Ncell 2

शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले पालिकाभित्रका सबै विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।

shivam cement
shivam cement

नगरपालिकाले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सबै शिक्षक तथा कर्मचारीहरुलाई अनुरोध गर्दै उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजिनामा दिन तथा सरुवा प्रकृया अगाडि बढाएर जान निर्देशन दिएको गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले जारी गरेको सूचनामा भनिएको छ।

491006561_1205162904382726_4720589444608046539_n_3PyCX0bF4o-1745588187.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनःनिर्माणले भूकम्पअघिको जस्तै बारपाक बनाउन नसकिएको बताएका छन्।

१०औँ गोरखा भूकम्प स्मृति दिवसको अवसरमा शुक्रबार बारपाक सुलिकोट गाउँपालिकाले बारपाकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बारपाकको पुराना शैली र संरचना हराएको बताए। ‘भूकम्पभन्दा पहिलाको बारपाक र अहिलको बारपाकको जुन संरचना निर्माण भएका छन्, त्यो धेरै फरक भएको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘बारपाक हेर्न आउने पर्यटकका लागि भूकम्पअघिको जस्तो बारपाक हामीले बनाउन सकेनौँ।’

भूकम्पपछिको पुनःनिर्माणले उनले बारपाकको मौलिकता हराएको भन्दै त्यसलाई उस्तै बारपाक बनाउने एउटा अवसर गुमाइएको बताए। भूकम्पपछि बारपाकमा गर्नुपर्ने धेरैजसो पुनःनिर्माणको काम सम्पन्न भइसकेको र बाँकी रहेका कामलाई छिटो सम्पन्न गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए।


सामाग्री श्रोत :

भूकम्पअघिको जस्तै बारपाक बनाउन सकिएन: मुख्यमन्त्री पाण्डे

काठमाडौँ  । सर्च इन्जिनमा गुगलको एकाधिकारविरुद्ध अमेरिकामा चलिरहेको मुद्दाले नयाँ मोड लिएको छ । यदि अदालतले गुगललाई आफ्नो लोकप्रिय वेब ब्राउजर क्रोम बेच्न आदेश दिएमा गुगलको प्रत्यक्ष प्रतिस्पर्धी याहुले किन्न इच्छा देखाएको छ ।

याहुका एक उच्च अधिकारीले बताएअनुसार यदि गुगललाई क्रोम बेच्न बाध्य पारिए आफ्नो कम्पनीले त्यसका लागि बोली लगाउनेछ । ब्लुमबर्गको एक रिपोर्टअनुसार याहु सर्चका महाप्रबन्धक ब्रायन प्रोभोस्टले क्रोमको मूल्य दसौं अर्ब डलर हुनसक्ने अनुमान गरेका छन् ।

अमेरिकी न्याय विभागले गत वर्ष गुगलविरुद्ध एन्टिट्रस्ट मुद्दा जितेपछि गुगललाई क्रोम बेच्न दबाब दिइरहेको छ ।

याहुसँगै ओपनएआई र पर्प्लेक्सिटीले पनि क्रोम खरिद गर्न इच्छा देखाएका छन् । मुद्दाको क्रममा अदालतमा उपस्थित भएका यी कम्पनीका अधिकारीहरूले क्रोममा आफ्नो रुचि व्यक्त गरेका हुन् । सुनुवाइमा अर्को सर्च इन्जिन डकडकगोलाई पनि अदालतले बोलाएको थियो । तर डकडकगोले क्रोम किन्न सक्ने आर्थिक क्षमता नभएको बताएको छ ।

सुनुवाइका क्रममा याहुका महाप्रबन्धक प्रोभोस्टले क्रोम प्राप्त गर्न सफल भएमा कम्पनीको सर्च बजार हिस्सा हालको ३ प्रतिशतबाट दोब्बर हुने उल्लेख गरे । क्रोमको मूल्य अर्बौं डलर भएपनि याहुको मूल कम्पनी अपोलो ग्लोबल म्यानेजमेन्टले कोष जुटाउने उनले दाबी गरे ।

यदि गुगललाई क्रोम बेच्न बाध्य पारिएमा उसले क्रोमको आधार रहेको ओपन-सोर्स क्रोमियम प्लेटफर्म पनि छोड्नुपर्ने बताइएको छ । क्रोमियममा आधारित भएर नै आर्क, माइक्रोसफ्ट एज, मोजिला फायरफक्स, ओपेराजस्ता अन्य ब्राउजरहरू सञ्चालन भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ २३:६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । उनी शुक्रबार बेलुकी एयर इन्डियाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे । गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आएका हुन् ।

यसबीचमा हङकङमा भएको चारदेशीय टी-२०आई शृंखलामा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल प्रशिक्षक तोकिएका थिए । ५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्टको इन्ट्री भएको हो ।

Ncell 2
Ncell 2

शनिबारदेखि लको उपस्थितिमा माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा नेपाली टोलीको कोर क्याम्प पनि सुरु हुँदैछ ।

अनुभवी प्रशिक्षक लले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ।

shivam cement
shivam cement

नेपाली क्रिकेट टोलीमा प्रशिक्षण गर्ने उनी दोस्रो अस्ट्रेलियन हुनेछन् । यसअघि सन् २०२१ मा डेभ वाटमोर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट