२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

झापा – काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा  १६  जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए । 

Ncell 2
Ncell 2

दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।

shivam cement
shivam cement

“म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ ।”

बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उनले बताए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडाैं। सरकार र आन्दोलनरत शिक्षकबीच आज वार्ता सुरू भएको छ। शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा वार्ता सुरू भएकाे हाे।

वार्तामा सरकारकाे तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव दीपक काफ्ले र आन्दोलनरत नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी, नेपाल शिक्षक महासंघका सह अध्यक्ष तथा आन्दाेलन परिचालन समिति संयोजक नानुमाया पराजुली, महासचिव मदनराज जाेशी, महासचिव तुलाबहादुर थापालगायत सहभागी छन्।

वार्तालाई निर्णायक बनाउने गरी वार्ता हुने बताइएकाे छ।

हिजो दिउँसो ३ः०० बजे हुने भनिएको बार्ता अन्तिम समयमा आएर भाँडिएको थियो। आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू बार्ता नगरी फर्किएका थिए।

मन्त्रालय आफैँले शिक्षकहरूको बार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति नदिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजो हुने भनिएको बार्ता भाँडिन पुगेको थियो।

तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले वार्ता गर्न तयार भए पछि आज बिहान बार्ता हुन लागेको हो।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ निरन्तर आन्दोलन गरिरहेको छ। आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार २४औं पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका थिए।

 


सामाग्री श्रोत :

सरकारबीच र शिक्षक महासंघबीच वार्ता जारी

मकवानपुर – हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ । 

    

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ । 

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक छ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ । 

Ncell 2
Ncell 2

ठिङ्गन–बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्‍याङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताए । सडक बन्द हुने भएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरेका छन् । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

वास्तवमा अहिले वसन्त ऋतुको समय हो। जलवायु परिवर्तनको प्रभावले गर्दा अनाब्रिस्टि, अतिब्रिस्ट, ग्रिष्म ऋतुमा अति गर्मी र जाडोयाममा अति चिसो महसुस भैरहेको। मौसमको हिसाबले अहिले वसन्त ऋतु हो तर पनि गर्मी बढिरहेको हामीले महसुस गरेका छौं।

विस्तारै अब हामी ऋतु सन्धिमा प्रवेश गर्दैछौं। हामीले वसन्त ऋतुचर्या लाई छोडी ग्रिष्म ऋतु चर्यालाई पालना गर्नु पर्दछ। ग्रिष्म ऋतुको समयमा कफ दोष घट्दै जान्छ र वात दोषको संचय भैरहेको हुन्छ। तर पनि सुर्यको किरणले गर्दा शरीरको तापमान बढिरहेको हुन्छ। गर्मि सुरु भएपछि शरीर मात्र हैन, मन पनि गल्न थाल्छ। पसिना, थकाइ, शरीरमा पानीको कमी, छाला सुख्खा आदि समस्या। यी सबै गर्मीले ल्याउने झमेलाहरू हुन् तर चिन्ता नगर्नुहोस्, हाम्रो परम्परागत आयुर्वेदमा यस्ता समस्याको समाधान भरपूर छ। गर्मीमा पित्त दोष बढ्ने भएकाले त्यसलाई नियन्त्रणमा राख्न घरमै पाइने चिजहरूको प्रयोग गरेर सहजै राहत पाइन्छI

गर्मीले शरीरमा पार्ने असरहरूमा घाम चर्को लाग्छ, जसले गर्दा शरीरको ताप बढ्छ। पसिना बग्ने, पाचन गडबडी हुने, छाला सुकेको महसुस हुने, तिखी लागिरहने, आँखा पोल्ने, थकान हुने जस्ता समस्या देखिन्छन्। यस्तो अवस्थामा शरीरमा पानीको मात्रा सन्तुलनमा राख्नु र शरीरलाई चिसो बनाइराख्नु जरूरी हुन्छ। आयुर्वेदको नजरमा गर्मीको मौसम आयुर्वेद अनुसार एक वर्षलाई ६ ऋतुमा बाँडिन्छ। जेठ देखि असारसम्मको समयलाई ग्रीष्म ऋतु भनिन्छ। शरीरमा तातोपन हुन्छ। त्यसैले गमीलाई शान्त पार्ने उपाय अपनाउनु जरूरी हुन्छ।

पित्त दोष जसले शरीरमा पाचनदेखि लिएर ताप नियन्त्रणमा भूमिका खेल्छ। गमीमा पित्त बढ्छ। त्यसको असर पेट पोल्ने, छाला रुखो हुने, मुटु ढुकढुकी बढ्ने, निन्द्रा नलाग्ने, ग्यास्टिक समस्या आदि रूपमा देखिन्छ। यस्तोमा चिसो खानेकुरा, पानी प्रशस्त, र शीतल स्वभावको जीवनशैलीले पित्तलाई सन्तुलनमा ल्याउन सकिन्छ।

मीमा खानेकुरा के के खाने?
स्वादिलो तर सन्तुलित खाना नै उत्तम विकल्प हो, मसालेदार, तारेको, भुटेको, गरम मसला प्रयोग गरिएका, बेसार र मरिच धेरै भएको खाना, रक्सि, चिया, कफी आदि टाढा राखौं। यसको सट्टा ज्वानो पानी, सत्तु, मौसमी फल जस्तै तरबुजा, खरबुजा, अंगुर, काक्रो, नरिवलपानी, उखुको रस, कुभिन्डोको रस, स्ट्रबेरी, मोही, गहुँ, चामल, दूध, कुरिलो जस्ता खानेकुरा खानु राम्रो हुन्छ। घरको बगैंचाबाट पुदीना, सौंफ, जीरा, धनियाँ प्रयोग गरौ, यी सबै पित्त कम गर्न सहयोगी हुन्छन्। पिउने कुराहरू बेलको सरबत, नारिवल पानी, गुलाब जल, अमलाको रस, लस्सी – यी घरमै बनाउन सकिने शीतल पेय पदार्थ हुन, जसले शरीरलाई ठण्डा राख्छन्।

जीवनशैली र दैनिक दिनचर्या
बिहानै उठेर नुहाउने, सकेसम्म नीमको पात हालेर पाकेको ठण्डा पानीले नुहाउने। दिउँसो घाम चकी हुँदा बाहिर ननिस्कने, निस्कनै परे गम्छा, टोपी, छाता, तथा सेतो तथा हलुका रंगका कपडा अनिवार्य प्रयोग गर्ने। हल्का, पातलो र कपासको कपडा लगाउने। योग र प्राणायाम गरेर शरीर र मनलाई शान्त राख्ने। समयमै खाना खाने र दैनिक ७-८ घण्टा सुत्ने बानि बसाल्ने।

घरेलु औषधि र चलनचल्तीका उपाय
गुलाब जल आँखामा र अनुहारमा छर्कंदा चिसो अनुभव हुन्छ। चन्दनको लेप अनुहार वा शरीरकको विभिन्न भागमा लगाउनाले सितल अनुभव हुन्छ। बिहान खाली पेट अमलाको रस पिउदा शरीर शुद्ध हुन्छ र ताजगी दिन्छ। छालामा एलोभेराको जेल लगाउँदा पोल्ने कम हुन्छ र छाला नरम रहन्छ। त्रिफला चूर्ण राति सुत्नुअघि खाँदा पाचन ठिक राख्छ र गमी कम गर्छ।

योग, प्राणायाम र ध्यानको भूमिका
शीतली प्राणायाम जिब्रो गोल पारेर सास तान्ने यो विधिले शरीरमा चिसोपन ल्याउँछ। भ्रामरी प्राणायाम शान्त स्वर निकाल्दै गरिने यस अभ्यासले मानसिक तनाव घटाउँछ। चन्द्रभेदी प्राणायाम शरीरमा तातोपन कम गर्ने असरदार विधि हो। शवासन शरिरलाई पूर्ण विश्राम दिने आसन हो। आयुर्वेदमा दिवास्वप्नलाइ ग्रिष्म ऋतुमा बर्जित गरिएको छैन अर्थात् दिनमा पनि केहि समय सुत्न सकिन्छ। यसले शरीरको बललाइ कायम राख्न मदत गर्दछ। व्यक्तिको शक्ति उल्लेखीय रुप कम भएको हुनाले ब्यायाम आफ्नो शक्तिको आधा मात्रा गर्नु पर्दछ भन्ने उल्लेख पाइन्छ।

बच्चा, बुढाबुढी र बिरामीको हेरचाह
पर्याप्त मात्रामा पानी पिउनुहोस्। प्रत्यक व्यक्तिको शरीर फरक हुन्छ तथापी आफ्नो उमेर र आवस्यकता हेरेर कमसेकम ३-४ लिटर पानी पिउनुहोस्। पानी पिउन केही ब्यक्तिलाई गार्हो हुन्छ भने मिश्री, कागती, मह, आदि मिसाउन सकिन्छ। बच्चाहरुलाई घाममा जान नदिनुहोस्। हलुका, पातलो र शितल सुतीको कपडा लगाइदिनुहोस्। सुत्ने ठाउँ चिसो र सफा बनाउनुहोस्।

अन्त्यमा, गर्मी मौसम आफैं खराब होइन, यसबाट कसरी जोगिएर बाँच्ने भनेर बुझ्न आवश्यक छ। आयुर्वेदले प्रकृतिसँग मिलेर बाँच्न सिकाउँछ। गर्मी पनि सहज छ, यदि आयुर्वेदलाई बुझ्ने हो भने ! गर्मीले हामीलाई ताताउन सक्छ, तर आयुर्वेदको ज्ञान र नेपाली घरायसी उपायहरू प्रयोग गरेर हामी यसलाई हराउन सक्छौं ! यस लेखमा दिइएका खानेकुरा, जीवनशैली र जडिबुटीको संयोजनले तपाईं हामीलाई गर्मीमा पनि शितल, तरोताजा र स्वस्थ राख्नेछ। प्रकृति नै सबैभन्दा ठूलो चिकित्सक हो, हामीले केवल उसको बोली बुझ्नुपर्छ। आयुर्वेदलाई आत्मसात गरौं, शीतल र स्वस्थ जीवन बिताऔं।

-डा देवकोटा आयुर्वेद चिकित्सक हुन्।

सामाग्री श्रोत :
swasthyakhabar

सामन्तवादी सत्ता जरा हल्लाउँछ कलम
देशको उच्च ओहदामा पुन्याउँछ कलम
नैतिकवान् र बुद्धिजीवी वर्गमा चिनाउँछ कलम
असल नागरिकको परिचय दिलाउँछ कलम ।
मात्र दश रुपैयाँको कलम…।

विकासको पूर्व योजना तयार गर्छ कलम
देश विकासमा योगदान पुन्याउँछ कलम
समाजमा अगुवाई भूमिका खेल्छ कलम
समानताको वातावरण सिर्जना गर्छ कलम ।
मात्र दश रुपैयाँको कलम…।

सिर्जना र कलम हेर दुबै मिलेमा
पुर्‍याउँछ यसले सहजै गन्तव्यमा
बालकदेखि बृद्ध सम्मका हातमा
सुहाउँछ कलम हेर सबका साथमा ।
मात्र दश रुपैयाँको कलम…।

समतामूलक नारा लगाउँछ कलम
अन्यायको विरुद्ध लड्न सिकाउँछ कलम
पहुँच पुगेँ, नपुगेकाको बिचबाट बोल्दै
विचारलाई साझा गर्न सिकाउँछ कलम ।
मात्र दस रुपैयाँको कलम …।

घुसखोरी र भ्रष्टाचारको विरुद्धमा बोल्दै
शक्तिशाली, धनाड्यका पोलसबै खोल्दै
बारम्बार प्रश्नहरु लेखिरहन्छ कलम
पिडकलाई मौन बस्न बाध्य पार्छ कलम ।
मात्र दश रुपैयाँको कलम ….।

कलमको महत्व बुझेँ फाइदा सबलाई हुन्छ
फरक-फरक प्रतिभाले सबको मन छुन्छ
उच्च शिक्षा अध्ययनमा साथ दिन्छ कलम
सबै पेशाको सम्मान गर्न सिकाउँछ कलम ।
मात्र दस रुपैयाँको कलम…।

गैंडाकोट ४, नवलपुर

 

 


सामाग्री श्रोत :

कविता : कलम

काठमाडौं – अहिले देशभर स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानको तापक्रम बढिरहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Ncell 2
Ncell 2

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको छ ।  

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपालमा स्वास्थ्य उपचारको लागि सरकारी तवरबाट विभिन्न तह मार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको छ जस अन्तर्गत स्वास्थ्य चौकी,प्राथमिक स्वास्थ्य सेवा केन्द्र आधारभूत स्वास्थ्य सेवा केन्द्र,आधारभूत अस्पताल स्थानीय तह मार्फत सञ्चालित भएका छन् भने केही जनरल अस्पताल, तत्कालीन जिल्ला अस्पताल,प्रादेशिक अस्पताल र केही स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका अस्पतालहरु प्रदेश सरकार मार्फत सञ्चालित भएका छन् र अन्य जनरल अस्पताल, विशेषज्ञ अस्पताल,विशिष्टीकृत अस्पताल,स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका शिक्षण अस्पतालहरु संघ सरकार मार्फत सञ्चालित भएका छन्। स्वास्थ्य संस्थाहरुले वडा स्तर देखी केन्द्रीय स्तर सम्म तह अनुसार तोकिए बमोजिमको आधारभूत देखी विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेका छन्। यि सवै तहका स्वास्थ्य संस्थाहरुले नेपालमा आधुनिक चिकित्सा प्रणाली अन्तर्गतको उपचार सेवा प्रवाह गरिरहेका छन् भने तह अनुसारका आधारभूत आयुर्वेद सेवा केन्द्र, जनरल आयुर्वेद अस्पताल, विशेषज्ञ आयुर्वेद अस्पताल, होमियोप्याथी अस्पतालहरुले पुरानो चिकित्सा प्रणाली अन्तर्गतको स्वास्थ्य सेवा पनि उपलब्ध गराउँदै आईरहेका छन्।

स्वास्थ्य सेवा भित्र प्रतिकारात्मक, प्रबर्धनात्मक, निदानात्मक, उपचारात्मक, पुनर्स्थापकीय र प्रशामक सेवाहरु पर्दछन्। यि सवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि भौतिक संरचना, जनशक्ति, उपकरण, औषधी उत्पादन लगायतका विषयको व्यवस्थापन सँधै पेचिलो बन्दै आइरहेको छ। स्वास्थ्य क्षेत्र अरु क्षेत्र भन्दा बढि नै संवेदनशिल क्षेत्र हो तसर्थ यो क्षेत्रको समग्र व्यवस्थापन चुनौतीपूर्ण नै छ। नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, अध्ययन अनुसन्धान मार्फत स्वास्थ्य क्षेत्रलाई थप चलायमान बनाउन र स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिको उत्पादन गर्न भनि स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको हो। हरेक प्रदेशमा कम्तीमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारी नीति बमोजिम हाल छ वटा संघिय सरकारको मातहतमा रहने गरि स्थापना भइसकेका छन् जस अन्तर्गत वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पर्दछन्। संघ सरकारकै मातहतमा थप प्रतिष्ठान पनि निर्माणको चरणमा रहेका छन्।

त्यस्तैगरी प्रदेश तहमा हालसम्म दुईवटा स्वास्थ्य प्रतिष्ठानहरु स्थापना भएका छन्। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाग्मती प्रदेश सरकार अन्तर्गत र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेश सरकार अन्तर्गत रहने गरि सम्बन्धीत प्रदेश सरकारहरुले स्थापना गरिसकेका छन्। यो बाहेक त्रिभुवन विश्वविद्यालय,काठमाण्डौ विश्वविद्यालय लगायतका विश्वविद्यालयहरुले तथा तिनीहरुमार्फत सम्बन्धन लिएर सरकारी तथा नीजि क्षेत्रमा शिक्षण अस्पतालहरु पनि सञ्चालनमा रहेका छन्। यसरी नेपालमा सरकारी तथा नीजि क्षेत्रबाट विश्वविद्यालय शिक्षा अन्तर्गत स्नातक वा सो भन्दा माथिको स्वास्थ्य जनशक्तिको उत्पादन भईरहेको छ। प्रमाणपत्र तह वा दश जोड दुई तहको स्वास्थ्य जनशक्ति हाल प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद (सि.टि.ई.भि.टी) मार्फत सञ्चालित रहेको छ तथापि बेला बेलामा विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई चिकित्सा क्षेत्रका प्रमाणपत्र तहका पूर्ववत कार्यक्रमहरु पढाउन आवश्यक कानुनी व्यवस्था मिलाउने भन्ने पनि राष्ट्रिय स्तरमा चर्चा हुने गरेको छ तर निष्कर्षमा पुग्न सकेको छैन। लोकसेवा आयोग तथा विभिन्न स्वास्थ्य संस्थाहरुले प्रमाणपत्र तह योग्यता राखेर ठुलो संख्यामा स्वास्थ्य प्राविधिकहरुको बर्षेनी विज्ञापन गर्दछ तर तिनै कार्यक्रम विश्वविद्यालय बाट खोसेर सि.टि.ई.भि.टि.बाट सम्बन्धन प्राप्त केही सिमित संस्थाहरुमा मात्र अध्यापन हुने  गर्दछ। माध्यमिक शिक्षाको नाममा विश्वविद्यालय शिक्षाबाट उक्त कार्यक्रमहरु हटाउँदा एकातिर शिक्षण जनशक्ति,भौतिक संरचना सहितको व्यवस्था प्रयोग विहिन भईरहेको छ अर्को तिर नयाँ व्यवस्थापन सहित नयाँ संरचना निर्माण गरि कामचलाउ मात्र बनाउन पनि हम्मे हम्मे भएको देखिन्छ, यो विषय पनि अनौठो छ। उही तहको अध्ययनको लागि दश जोड दुई विज्ञान,व्यवस्थापन जस्ता विषय हुन सक्ने तर प्राविधिक तर्फका विषयमा दश जोड दुई नर्सिङ्ग/फार्मेसी आदि किन हुन नसक्ने ? यि विषयले आम अभिभावक र विद्यार्थीलाई सँधै असहज बनाइरहेको छ। हामी अन्तर्राष्ट्रिय मानक भन्दै आफ्नो धरातल बिर्सिरहेका त छैनौं ? यी विषयमा पनि व्यापक वहस हुनु पर्ने जरुरी छ।

अव चर्चा गरौं नेपालमा स्थापना भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको। चिकित्सा शिक्षा अध्यापन गराउने नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो जसले इन्स्टिच्युट अफ मेडिसिन मार्फत र आफ्ना आंगिक कलेजहरु मार्फत चिकित्सा विधाका विभिन्न विषयहरुको अध्यापन गर्ने गर्दछ भने नीजि स्वास्थ्य संस्थाहरुले पनि विभिन्न विश्वविद्यालयको सम्बन्धन प्राप्त गरि अध्यापन गर्ने गर्दछन्। नेपालमा हाल चिकित्सा विज्ञानको क्षेत्रमा स्नातक,स्नातकोत्तर तह देखी पोष्ट डक्टरल तहका अति विशिष्टीकृत विषयमा समेत अध्यापन हुने गर्दछ। यसको साथ साथै नर्सिङ्ग, पब्लिक हेल्थ लगायत विभिन्न एलाईड साईन्सेजका विधामा पनि अध्यापन कार्य हुने गरेको छ। चिकित्सा शिक्षालाई अझ सहज बनाउन नेपाल सरकारले स्वायत्त निकायको रुपमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु स्थापना गरेको छ। जसमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो प्रतिष्ठानको रुपमा वि.सं. २०४९ सालमा स्थापना भई वि.सं. २०५६ सालदेखि अध्यापन कार्य शुरु गरेको देखिन्छ। त्यस्तैगरी दोश्रो पुरानो प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान हो जुन वि.सं. २०६३ सालमा नेपालको सवैभन्दा पुरानो केन्द्रीय अस्पताल, वीर अस्पताललाई स्तरोन्नती गरी बनाईएको हो।त्यस्तै गरि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान वि.सं. २०६४ सालमा स्थापना भई अध्यापन कार्य शुरु भएको हो जुन प्रतिष्ठान तत्कालीन ललितपुर अस्पताल हुँदै पाटन अस्पताललाई स्तरोन्नती गरि बनाइएको हो। स्थापनाका हिसाबमा चौथो प्रतिष्ठानको रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वि.सं. २०६८ सालमा स्थापना भएको हो जुन तत्कालीन कर्णाली अञ्चल अस्पताललाई स्तरोन्नती गरि बनाईएको थियो।

त्यसैगरी पाँचौं नम्बरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान वि.सं. २०७२ सालमा स्थापना गरिएको हो जुन प्रतिष्ठान शुरुमा सोल्जर्स वोर्ड अस्पताल,जिल्ला अस्पताल, कास्की,गण्डकी अञ्चल अस्पताल हुँदै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नती गरि बनाईएको हो। त्यस्तै गरि छैठौं नम्वरमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वि.सं.२०७४ सालमा स्थापना गरिएको हो जुन तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई स्तरोन्नती गरी बनाईएको हो। प्रदेश तहबाट स्थापना गरिएको पहिलो स्वास्थ्य विज्ञान प्रतिष्ठान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हो जुन बाग्मती प्रदेश सरकारले वि.सं. २०७६ सालमा साविकको हेटौडा अस्पताललाई स्तरोन्नती गरी बनाएको हो। त्यस्तै गरि प्रदेश तहबाटै बनाईएको अर्को स्वास्थ्य विज्ञान प्रतिष्ठान हो, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जुन मधेश प्रदेश सरकारबाट वि.सं. २०७७ सालमा साविकको जनकपुर अञ्चल अस्पताललाई स्तरोन्नती गरि बनाईएको हो। यि सवै प्रतिष्ठान स्थापनाको लागि छुट्टाछुट्टै ऐनहरु निर्माण भएका छन्। प्रतिष्ठान पिच्छेका फरक फरक ऐन नियम तथा पाठ्यक्रम हुँदा आज मुलुकको चिकित्सा शिक्षा भित्रको एकरुपता,गुणस्तरीयता तुलनात्मकता लगायतका विषय अन्यौलमा छन् जसको कारण प्रशासनिक तथा आर्थिक व्यवस्थापनमा समेत समस्या भएको छ। 

नेपालमा स्वायत्त प्रतिष्ठानको रुपमा स्थापना भएका भनिएका धेरैजसो स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु पूर्ववत रुपमा सरकारी तवरबाट सञ्चालनमा रहेका सरकारी अस्पतालहरुलाई स्तरोन्नती गरि स्थापना गरिएका हुन्। सरकारले यसरी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्दै गर्दा अस्पताल मारेर प्रतिष्ठान चलाउ भनेको होईन बरु अस्पतालको गुणस्तर थप अभिवृद्धि गर्दै शिक्षण तथा अनुसन्धानको कार्य समेत एकै ठाउँबाट सञ्चालन गर्दा साधन श्रोतको अधिकतम उपयोग हुने साथै गुणस्तरीय चिकित्सा शिक्षा र गुणस्तरीय उपचार सेवा हुन्छ भन्ने अभिप्राय हो तर आजको अवस्था र हिजोको बुझाई वीच ठुलो खाडल देखा परेको छ। 

पहिलो कुरा वेला वेलामा प्रतिष्ठानहरुमा स्वायत्त भन्ने शब्दको आफु अनुकुल व्याख्या गरिएको पाईन्छ। बजेट व्यवस्थापन, भौतिक संरचना निर्माण,उपकरण खरिद लगायतका विषयमा हामी सरकारी प्रतिष्ठान हौं सम्बन्धीत सरकारले यथोचित व्यवस्था गर्नुपर्छ भन्ने विषय आउँछ अनि बजेट खर्च,सेवा सुविधा तोक्ने,पदनाम वितरण गर्ने,नयाँ पद सिर्जना गर्ने,पदपूर्ति गर्ने जस्ता विषयमा न मुलुकको आर्थिक मापदण्ड लागू हुन्छ, न लोक सेवा आयोगको मापदण्ड नै लागू हुन्छ। सरकारी मापदण्ड लत्याएर हामी स्वायत्त हौं हामीले जे पनि निर्णय गर्न मिल्छ भन्ने जस्ता परस्पर विरोधाभासका विषयहरु अभ्यास गरिएको देखिन्छ। अर्कोतर्फ स्वायत्त भनिएका प्रतिष्ठानहरुमा पनि सरकारी कार्यक्रम त गर्नुपर्ने नै छ, विरामीको उपचार शुल्क पनि सुलभ हुनुपर्ने नै छ र वेला बेलामा सरकारबाट जारी गरिएका केहि निर्देशन तथा प्रोटोकलहरूको पनि पालना गर्नुपर्ने नै छ। यी र यस्ता विषयको सन्दर्भमा अस्पष्ट र आफु अनुकुल प्रयोग गरिने स्वायत्त शब्दको परिधि अनिवार्य रुपमा खोज्नुपर्ने बेला आएको छ। 

एकातिर प्रतिष्ठानका पदाधिकारी तथा शिक्षकको सेवा सुविधा र भत्ता आफैँ तोक्न मिल्ने, अर्कोतिर आर्थिक श्रोत व्यवस्थापनमा कि त सरकार ताक्ने कि त विरामीको उपचार शुल्क वृद्धि गर्ने, यो खालको अवस्था पनि विद्यमान देखिन्छ। अव यहाँ कुरा आउँछ विरामीको उपचार शुल्कबाट उपार्जन गरेको आम्दानी आम रुपमा के प्रयोजनमा खर्च भएको छ ? त्यो खर्चले विरामीको उपचारमा वा उपचार प्रक्रियामा कति सहजता आएको छ ? कति जोखिम न्यूनिकरण भएको छ ? आम नागरिकहरु यसको खबरदारी गरिरहेका छन्। अर्कोतर्फ अध्ययन अध्यापन कार्य शुरु भएपछि आमरुपमा विरामीको उपचारको गुणस्तरमा के कति वृद्धि भएको छ वा गुणस्तर झन् ह्रास भएको पो छ कि ? यि विषयमा पनि कैयौं प्रश्नहरु उठ्ने गरेका छन्। एकातिर विरामीले मुख्य चिकित्सकको सेवा प्राप्त गर्न अनिवार्य रुपमा फ्रन्टलाइनर चिकित्सक अर्थात आवासीय चिकित्सकहरुको विभिन्न चरण पार गर्नुपर्ने स्थिती छ जसले गर्दा समग्र उपचार प्रक्रिया लामो र झन्झटिलो त हुने नै भयो यसको प्रत्यक्ष असर आकस्मिक सेवा लिनुपर्ने विरामीलाई पर्दछ। उपचारका सम्बन्धमा समयमा नै निर्णय गर्न नसक्दा वा निर्णय गर्ने अधिकार नहुँदा वा निर्णय ढिलो हुँदा त्यसको नतिजा के हुन सक्छ भन्ने कुरा सहजै आँकलन गर्न सकिन्छ। अर्कोतर्फ उपचार प्रक्रिया लामो बन्दा र अनावश्यक परीक्षण गर्नुपर्दा श्रोत साधनको पनि विवेक सम्मत प्रयोग नहुने नै भयो, विरामीको उपचार खर्च र सो को व्यवस्थापन खर्च पनि बढ्ने नै भयो जसले गर्दा सरकारले घटाउन चाहेको आउट अफ पकेट एक्सपेन्डीचर पनि नि:सङ्कोच बढ्ने नै भयो। एकातिर स्वायत्तताको नाममा स्वेच्छाचारिता बढ्दो छ आर्थिक अनुशासन कमजोर छ अर्कोतिर विरामीको उपचार खर्च बढ्ने र उपचारको गुणस्तर पनि कमजोर हुनसक्ने खतरा उत्तिकै छ।

अर्को कोणबाट हेर्दा प्रतिष्ठानका कानुनी संरचनाहरुमा आम कर्मचारीको नीतिगत एवं औपचारीक उपस्थिती वा भूमिका शुन्य प्रायः देखिन्छ। एउटै संस्था भित्रका कर्मचारीहरुले समान रुपमा संस्थाप्रति अपनत्व महसुस गर्न सक्ने स्थिती भएन भने प्रतिष्ठानको स्वामित्व कसरी ग्रहण गर्न सक्लान् अनि सधैं कसरी एउटै संस्थामा अट्न सक्लान् ? एउटै संस्थामा,समान योग्यता भएका शिक्षकहरु एउटै समय काम गर्दा उनीहरुले प्राप्त गर्ने सेवा सुविधा वीचको खाडल पनि टिठलाग्दो छ, यो विषय कसले हेर्ने हो ? प्रतिष्ठान बन्दै गर्दा शिक्षण कार्य हुँदै गर्दा त्यसको व्यवस्थापन कार्यमा सहयोगी कर्मचारी सहितका अन्य कर्मचारीहरु पनि व्यवहारतः महत्वपूर्ण भूमिकामा र जिम्मेवारीमा बाँधिएका हुन्छन् तर उनीहरुले प्राप्त गर्ने सेवा सुविधामा उनिहरुको कामको मूल्यांकन कहिँ कतै जोडिएको देखिँदैन। हामी मौलिक हक अन्तर्गत समानताको कुरा गर्छौँ, श्रम सम्बन्धी हकका कुरा गर्छौँ तर व्यवहारमा विरलै अनुभव गर्न पाईने यि र यस्ता अधिकार वा विषयले आम कर्मचारी वर्गमा पनि निराशा मौलाएको छ। निराशा बढ्दै जाँदा त्यसको असर प्रतिष्ठान वा अस्पतालबाट प्रवाह हुने सेवामा पनि पर्न जान्छ जसले गर्दा अन्तिममा विद्यार्थी र विरामी दुवै मारमा पर्न सक्छन् जुन अवस्था अत्यन्त दुर्भाग्यपूर्ण हुनसक्छ। 

एकातिर विद्यार्थी जतिसुकै होउन् अस्पतालमा कार्यरत चिकित्सकहरु सवै शिक्षक बन्न मिल्ने व्यवस्था पनि त्यती सान्दर्भिक होईन। अर्कोतिर उही विभागमा कार्यरत चिकित्सक उप/सह/प्राध्यापक हुने र सरुवा भई त्यही विभागमा विभागीय प्रमुख नयाँ आउनुभयो भने उहाँ शिक्षक नभई चिकित्सक मात्र भएर बस्नु पर्ने अवस्था पनि हुन सक्छ त्यो अवस्था पनि त्यती सहज छैन। अर्कोतर्फ राज्यले नसकि नसकि चिकित्सा शिक्षामा ७५ प्रतिशतसम्म छात्रवृति दिने भनेको छ तर सम्बन्धीत शिक्षण संस्थामा त्यही छात्रवृत्तिको बजेट रकम पनि पठाउन सकेको स्थिती छैन यसले गर्दा विरामीबाट टिकट तथा सेवा शुल्कको नाममा संकलन गरिएको सानो सानो रकम जम्मा गरेर शिक्षकको सेवा सुविधा तथा शिक्षण व्यवस्थापन खर्च गर्नुपरेको अवस्था आजको यथार्थता हो। विरामीबाट संकलन गरेको रकम विरामीको उपचार व्यवस्थापनको लागि प्रयोग नहुने हो भने सरकारी अस्पतालमा किन विरामीबाट उपचारको नाममा रकम उठाउने भन्ने विषय पनि आम नागरिकको तर्फबाट जोडतोडले उठ्ने गरेको छ। अर्को तर्फ अस्पतालमा आउने विरामीको उपचार गुणस्तर अभिवृद्धि गर्ने, विरामीलाई सहज, छिटो छरितो र सुलभ उपचार गराउने, सामान्य उपचारकै लागि अन्यत्र प्रेषण गर्नुपर्ने स्थिति हटाउनुपर्ने अस्पतालको समग्र गुणस्तर अभिवृद्धि  गर्नुपर्ने जस्ता विषयको उचित व्यवस्थापन गर्न खासै रुचि देखाउनु नपर्ने अनि त्यही अस्पतालबाट आर्जन भएको रकमबाट प्रतिष्ठानका पदाधिकारी देखी शिक्षकहरुलाई मनलाग्दी तलव भत्ता खुवाउनुपर्ने हो भने अव प्रतिष्ठान र अस्पतालको बाटो छुट्टै भन्नुपर्ने वेला कति टाढा होला र ? यो बहश त शुरु भई सकेको छ, त्यसको ज्वलन्त उदाहरणको रुपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पताल छुट्टिने विषय हेर्न सकिन्छ। भर्खरै जस्तो स्थापना भएको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालमा पनि यो विषयले सानो ठुलो प्रवेश पाएको छ भने अन्य प्रतिष्ठानमा पनि आन्तरीक रुपमा यो विषयको उठान भईसकेको छ। 

यि विषयमा पहिलो विकल्पको रुपमा कि त प्रतिष्ठान आफैले गलत ट्रयाकलाई सच्याउनुपर्नेछ, आम प्रवृति हेर्दा आजको दिनमा यो त्यति सहज देखिँदैन। दोश्रो विकल्पको रुपमा राज्यले छाता ऐन मार्फत एकरुपता कायम गर्दै वस्तुगत अनुगमन,नियन्त्रण गरि सच्याउनुपर्नेछ। राज्यसँग स्पष्ट दृष्टिकोण सहित प्रतिवद्ध भएमा यो विषय असहज त छैन तर यसमा पनि जरुर केही  समस्या छन् त्यसलाई चिर्न राज्यले कति सक्षमता प्रदर्शन गर्न सक्छ त्यसमा भर पर्छ। तेश्रो विकल्पको रुपमा उपचार गराउने संस्था र शिक्षण गर्ने संस्था छुट्याउनुपर्नेछ। यदि शिक्षण संस्था र अस्पताल फरक फरक संस्था हुने हो भने धेरै समस्याको हल हुने देखिन्छ। आजको दिनमा यि र यस्तै वस्तुगत धरातल हेर्दा बाध्य भएर तेश्रो विकल्प रोजेर कमसेकम सरकारी अस्पताललाई स्तरोन्नती गरेर बनेका प्रतिष्ठान र पूर्ववत अस्पतालहरु छुट्टिनुपर्नेछ र ति दुई संस्थाको सम्बन्ध द्विपक्षीय सम्झौताको आधारमा सञ्चालित हुनुपर्नेछ भन्ने बिषयमा व्यापक बहस भैरहेको छ। यदि यस्तो भयो भने अस्पतालले उपचार सम्बन्धि व्यवस्थापनलाई मात्र ध्यान दिने अवस्था सृजना हुन्छ त्यस्तै गरि शिक्षण संस्थाले अध्ययन अध्यापन कार्यलाई मात्र ध्यान दिने अवस्था बन्दा दुवैतिर गुणस्तर बढ्ने अनुमान गर्न सकिन्छ। आजको दिनमा कि त प्रतिष्ठान पूर्ण पारदर्शी भई सच्चिनु पर्नेछ कि त सरकारले पनि आवश्यक अनुगमन गर्दै अभिभावकीय भूमिका निभाउन सक्नुपर्छ होइन भने यो विषयको उठान आज केहि विवादास्पद देखिएला तर सत्य र अबको वाटो यहि हो, यसैमा सबैको भलो हुनेछ।

सामाग्री श्रोत :
swasthyakhabar


१. “श्रम मन्त्री ज्यू, नमस्कार म बद्रिप्रसाद तपाईंको गोठाले साथी मास्टर्स गरेर नाति बेरोजगार छ लौन एउटा रोजगार देउन यार” “नमस्कार बद्रिप्रसादजी धेरै पछि भेट भो खुशी लागेको छ नेपालमा के रोजगार खोज्नु हुन्छ ? बेरोजगार उत्पादन गर्ने देश नातिलाई विदेश नपठाएर गल्ति गर्नु भो यार।” २. “ हेल्लो राकेशजी युवा पलायन भै सके पार्टी […]
सामाग्री श्रोत :

संवाद कविता श्रृङ्खला-९

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०४ रुपैयाँ २६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा तोकेको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा रहेको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।


सामाग्री श्रोत :

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद महतले यस्तो बताएका हुन्।

उनले शिक्षकका जायज र राज्यले थेग्न सक्ने मागहरू सम्बोधन गरिनुपर्ने समेत बताए। उनले विद्यालय शिक्षा ऐन टुङ्ग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरूले सहजीकरण गरिदिनुपर्ने बताए।

उनले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने माग पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरूलाई सम्झाउन जरुरी रहेको बताएका छन्।


सामाग्री श्रोत :

शिक्षकहरूले आन्दोलन रोकेर विद्यार्थीको अधिकार प्राप्तिमा सघाउनुपर्छ : कांग्रेस

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट