

आमा तिमी गर्भ लिने मलाइ आमा तिमी जन्म दिने मलाइ। म जन्मिए गर्भ विशे रमाएँ सानो तिम्रो गर्भाकाशमा म तिल्मिलाएँ। तिम्रो वासनाकाे अदम्य खेलमा म पनि रमाएँ हजार सूर्यको जस्तो तेजमा म तिर्मिराएँ। तिम्रो आकास जस्तो धरतीमा म पनि निदाएँ तिम्रो बिशाल जिउमा म कताकता बिलाएँ। आखीर मेरो द्वार खुली गयो चेतनाको मुश्कान फुटी गयो […]
सामाग्री श्रोत :
परिचय : पिसिओएस प्रजनन् उमेरका महिलामा देखिने सबैभन्दा बढी पाइने हार्मोन सम्बन्धी रोग हो। विश्वमा करिब ६ देखि २० प्रतिशत महिलामा यो रोग देखिन्छ। नेपालमा शहरी क्षेत्रमा ९ देखि १८ प्रतिशतको दरले पिसिओएस देखिएको छ। यस रोगका मुख्य लक्षणहरूमा अनियमित महिनावारी, पुरुष हर्मोनको मात्रा बढी हुनु र डिम्बाशयमा थुप्रै साना सिस्टहरू देखिनु पर्दछन्। यसले बाँझोपन, मेटाबोलिक समस्याहरू जस्तै मोटोपन, मधुमेह, मुटुरोग आदि संगै मानसिक समस्याहरू पनि ल्याउन सक्छ।
यसको उपचारका लागि जीवनशैली परिवर्तन तथा औषधि सेवन हो। जीवनशैली परिवर्तन प्रभावकारी भए पनि दैनिक जीवनमा निक्कै कम प्रयोग भएको पाइन्छ। अधिकांश मानिसहरुले औषधिले मात्र पिसिओएसको व्यवस्थापन हुन्छ भन्ने ठान्दछन्। तर औषधिको मात्र प्रयोगले उल्लेख्य परिणाम आउन नसक्ने र दुष्परिणाम पनि धेरै हुने देखिन्छ। अतः आधुनिक युगमा जीवनशैली परिवर्तन नै प्रमुख उपचार हो ।
जीवनशैली परिवर्तनका साथसाथै आयुर्वेद तथा परम्परागत चिकित्सा पद्दति धेरै जस्तो पिसिओएसमा उपयोगी सावित भइसकेका छन्। यस लेखले आधुनिक र वैकल्पिक चिकित्सा मिलाएर पिसिओएसको एकीकृत उपचार विधिको बारेमा प्रकाश पार्नेछ।
रोगको कार्यविज्ञान र निदान
पिसिओएसमा मुख्य रूपमा इन्सुलिन प्रतिरोध हुने र पुरुष हर्मोनको मात्रा बढी हुने हुन्छ। यसले अण्डा उत्पादनमा असर पुर्याउँछ र छालामा डन्डीफोर, अनुहारमा रौँ आउनु, टाउकोको कपाल झर्नेजस्ता समस्या ल्याउँछ।
Rotterdam Criteria अनुसार पिसिओएसको निदान गर्न कम्तिमा ३ मध्ये २ लक्षण हुनुपर्छ:
1. महिनावारी नआउनु वा अनियमित हुनु
2. पुरुष हर्मोनको लक्षण वा परीक्षणमा उच्च हुनु
3. डिम्बाशयमा साना साना सिस्टहरू देखिनु
विश्वव्यापी प्रभाव
धेरै महिला भने निदान नपाएर उपचारबाट बन्चित नै हुन्छन्। यस रोगले मधुमेह, मुटु रोग, र पाठेघरको क्यान्सरको जोखिम बढाउँछ। साथै, करिब ७०–८० प्रतिशत महिलामा बाँझोपन देखिन्छ। मानसिक रूपमा पनि यो रोगले तनाव, डिप्रेशन, आत्मविश्वासमा कमी ल्याउँछ।
नेपालमा उपचारको पहुँच कम हुनु, लाजको भावना र परम्परागत उपचारप्रतिको अन्धबिस्वासले रोगको बोझ झनै बढाएको छ।
हालका उपचार विधिहरू
औषधि
• पिल: महिनावारी मिलाउन र पुरुष हर्मोन घटाउन
• मेटफोर्मिन: इन्सुलिनको प्रतिरोध घटाउन
• क्लोमिफेन, लेट्रोजोल: अन्डा उत्पादन बढाउन
• स्पाइरोनोलेक्टोन, फिनास्टेराइड: अनुहारको रौँ तथा चाउरीपन कम गर्न
जीवनशैली परिवर्तन
धेरै अध्ययनहरूले जीवनशैली परिमार्जन (आहार, व्यायाम, र तनाव व्यवस्थापन) पिसिओएस को व्यवस्थापनमा प्रभावकारी हुने देखाएका छन्। जीवनशैली सुधारले मात्र औषधिको तुलनामा दीर्घकालीन रूपमा राम्रो परिणाम दिन सक्छ।कम ग्लाइसेमिक फूड, व्यायाम, र मानसिक स्वास्थ्य सुधार गर्ने व्यवहारिक उपायहरू जीवनशैली परिवर्तन अन्तर्गत पर्दछन। केवल ५–१०% वजन घटाउँदा पनि धेरै लक्षणमा सुधार आउँछ।
वैकल्पिक र परम्परागत उपचार
आयुर्वेद
आयुर्वेदमा पिसिओएस लाई “आर्तव क्षय” वा “स्रोतोरोध” भनिन्छ, जसमा कफ र वात दोष बढी हुन्छ। उपचार बिधि २ प्रकारको हुन्छ। शमन र शोधन; शमन मा जडिबुटी औषधि को प्रयोग गरिन्छ भने शोधनमा पंचकर्म अपनाइन्छ। केहि अनुसन्धान भएका जडिबुटी हरु निम्न प्रकार छन्:
पंचकर्म
योग
योग अभ्यासले महिलाका प्रजनन हर्मोन सन्तुलन गर्न , इन्सुलिनको काममा सुधार गर्न तथा महिनावारी नियमित गर्न मद्दत गर्छ। जस्तै : सुप्त बद्ध कोणासन, भुजङ्गासन, प्राणायाम।
अकुपङ्क्चर
इलेक्ट्रो अकुपङ्क्चरले अण्डा उत्पादनमा सुधार गर्न, इन्सुलिनको काममा सुधार गर्न र तनाव घटाउन सहयोग गरेको पाइएको छ।
आहार र पोषण
• खानामा कम ग्लाइसेमिक इन्डेक्स भएका खाना
• इनोसिटोल, भिटामिन D, ओमेगा–३ जस्ता तत्वहरु
विश्वमा एकीकृत चिकित्सा प्रणालीको सफल प्रयोगका उदाहरण
संयुक्त राज्य अमेरिका र युरोप: धेरै एकीकृत स्वास्थ्य सेवा प्रदायकहरूले पीसीओएसको उपचारमा आधुनिक चिकित्सा संगै पोषण र जीवनशैली परामर्शलाई संयोजन गरेको पाइन्छ।
भारत: पीसीओएस व्यवस्थापन गर्नको लागि आयुर्वेद अनुसार आहार परिवर्तन, जडीबुटी र जीवनशैलीलाई आधुनिक चिकित्साका विधि संगै प्रयोग गरेको पाइन्छ।
अस्ट्रेलिया र न्युजिल्याण्ड: प्रमाणमा आधारित एकीकृत दृष्टिकोणमा ध्यान केन्द्रित गरी पीसीओएस व्यवस्थापनमा औषधिहरु , आहार परिवर्तनहरू, व्यायाम र मानसिक स्वास्थ्य प्रवर्धन प्रयोग हुन्छ
चीन: परम्परागत चीनी चिकित्सा (टीसीएम) ले लामो समयदेखि अक्यूपन्चर र जडीबुटी उपचारहरू प्रयोग गरेको छ, जुन अब आधुनिक पीसीओएस व्यवस्थापन रणनीतिहरूमा पश्चिमी चिकित्सा संग एकीकृत गरिएको छ।
नेपालमा एकीकृत उपचारको सम्भावना
नेपालमा आधुनिक र परम्परागत उपचार प्रणालीलाई मिलाएर एकीकृत उपचारको विकास गर्ने सम्भावना छ। नेपाली जनताले आयुर्वेद र अन्य वैकल्पिक चिकित्सा प्रणालीप्रति विश्वास राख्ने भएकाले यस्तो प्रणाली सफल हुने सम्भावना बलियो देखिन्छ। देशमा आधुनिक (जस्तै: एलोपेथिक) र परम्परागत (जस्तै: आयुर्वेदिक) दुवै स्वास्थ्य सेवाहरू उपलब्ध छन्, जुन एक अर्कालाई पूरक बन्न सक्छन्। तर, केही चुनौतीहरू पनि छन्। जस्तै, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सकहरूको तालिममा एकरूपता छैन, धेरै उपचारमा वैज्ञानिक प्रमाणको कमी छ, र चिकित्सकहरूबीच समन्वयको अभाव छ। यी चुनौतीहरू समाधान गर्न गाइनोकोलोजिस्ट, एन्डोक्रिनोलोजिस्ट, र आयुर्वेदिक चिकित्सकबीच सहकार्य आवश्यक छ। साथै, जडीबुटीहरूमा थप अनुसन्धान गर्नुपर्ने, र समुदायमा यस्ता उपचारका फाइदाहरू बारे चेतना फैलाउनुपर्ने आवश्यकता छ। भविष्यमा अस्पतालहरूमा एकीकृत पिसिओएस क्लिनिक स्थापना गर्न सकिन्छ, नेपालमै दीर्घकालीन अनुसन्धान गर्नुपर्छ, चिकित्सा शिक्षामा वैकल्पिक उपचारलाई समावेश गर्नुपर्छ, र बीमा प्रणालीमा पनि यस्ता उपचारहरूलाई समेट्न सकिन्छ। यसरी, नेपालमा एकीकृत उपचार प्रणालीले स्वास्थ्य सेवामा नयाँ आयाम ल्याउन सक्छ।
निष्कर्ष
पिसिओएस एक लामो समयसम्म रहने र जटिल समस्या हो, जसको उपचार विभिन्न तरिकाले गर्नुपर्छ। नेपालमा परम्परागत (जस्तै आयुर्वेद) र आधुनिक (जस्तै एलोपेथिक) दुवै प्रकारका उपचार उपलब्ध छन्। यी दुवैलाई मिलाएर उपचार गर्दा राम्रो नतिजा आउन सक्छ। यस्तो मिलेको उपचारले महिलाहरूको प्रजनन स्वास्थ्य सुधार्न, जीवनस्तर बढाउन, र आत्मविश्वास बढाउन मद्दत गर्छ।
-(डा बिहानी संज्याल स्त्री रोग विशेषज्ञ (आयुर्वेद) हुन्।)
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। हाल नेपालमा मूख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली […]
सामाग्री श्रोत :

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको आज बसेको बैठकले चारबुँदे निष्कर्ष निकालेको छ।
बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ।
मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्वका नीति, योजना र विषयलाई संसद्मार्फत सशक्त ढंगले उठान गर्ने बैठकले निष्कर्ष निकालेको पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनका अनुसार बैठकले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, संघीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकलाई गुणस्तरीय कानुन बनाउने गरी यथाशीघ्र निष्कर्षमा पुर्याउन एमाले संसदीय दल र सदस्यहरूले प्रभावकारी पहलकदमी लिने निष्कर्ष निकालेको हो।
मुख्य सचेतक बर्तौलाले भने, ‘संसद्मा हुन सक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावली विपरीत हुने क्रियाकलापको विपक्षमा सदैव उभिँदै संसद्लाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोका रूपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।’
सामाग्री श्रोत :
विद्यालय शिक्षा र संघीय निजामती विधेयक निष्कर्षमा पुर्याउन एमालेले पहल गर्ने

सिरहा। यहाँको नवराजपुर गाउँपालिका–२ मा रहेको विद्युतीय ट्रान्सफर्मर चोरी गरेका छन्।
स्थानीय रामपुजन मुखियाका अनुसार कमला सिँचाइ आयोजनाअन्तरगत करिब चार वर्षअघि राखिएको रु एक करोडभन्दा बढी लागतको ५० एम्पियरको ट्रान्सफर्मर चोरी भएको हो।
विगतमा घर, पसलमा चोरी हुने गरेकामा पछिल्लो समय सिरहामा विद्युत् ट्रान्सफर्मरसमेत चोरी भएको छ। बिहीबार राति अज्ञात समूहले उक्त ट्रान्सफर्मर चोरेको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी बाहिरी फलामे भाग फालेर ट्रान्सफर्मरभित्रको तामा र बिजुलीको तार चोरी गरेका हुन्। सूचना अधिकारी पासवानले घटनामा संलग्नहरूको खोजी भइरहेको बताए।
चोरीको प्रकृति हेर्दा विद्युत्सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुनसक्ने प्रहरीको अनुमान छ।
सामाग्री श्रोत :

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन्।
नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदिले बगाएको भन्ने प्रहरीलाई जानकारी गराएका थिए।
उक्त सूचना पाएपछि प्रहरी चौकी फुलबारी, हाङपाङ र निगुरादिनबाट खोजतलासका लागि टोली खटाइएको छ।
सामाग्री श्रोत :

कर्णाली। हिमाली जिल्लामा पनि औलो रोगको संक्रमण देखिन थालेको छ। हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको संक्रमण देखिएको हो।
कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार हुम्ला अदानचुलीको ताजाकोट गाउँपालिकामा दुईजनामा औलो संक्रमण देखिएको हो। विगतमा तराई तथा भित्री मधेसमा देखिने औलो रोग हिमालसम्म फैलिएपछि सरोकार भएकाहरू झस्किएका छन्। हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ।
निर्देशनालयका सम्पर्क व्यक्ति श्यामलाल आचार्यले यसले गर्दा औलो निवारण अभियानमा चुनौती कायमै रहेको र प्रदेशका केही क्षेत्र अझै उच्च जोखिममा रहेको देखिएको बताए। उनले भने, ‘निर्देशनालयको चालु आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार कर्णालीका विभिन्न जिल्लामा औलोका ३८ केस छन्। हुम्लामा संक्रमणको कुनै ट्राभल हिस्ट्री नभएका एक व्यक्तिमा पनि संक्रमण भेटिएको छ। यसले सबैलाई झस्काएको छ।’
आचार्यका अनुसार प्रदेशभरि सात वडा औलोको मध्यम जोखिममा छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका दुई, गुर्भाकोट नगरपालिका आठ, मुगुको खत्याड गाउँपालिका आठ, सोरु गाउँपालिका-४र ५ हुम्लाको अदानचुली गाउँपालिका तीन र ताजाकोट गाउँपालिकाको पाँच नं वडासहित सात वडा मध्यम जोखिममा छन्। यस्तै, प्रदेशमा दुई सय ९८ वडा औलोको जोखिममा छैनन् भने ४१० वडा न्यून जोखिमममा रहेका छन्। हुम्लाको ताजाकोट २, ३ र ४ नं वडा भने औलोको उच्च जोखिममा रहेको सम्पर्क व्यक्ति आचार्यले बताए।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी औलो संक्रमण सुर्खेतमा देखापरेको छ। सुर्खेतका छ पालिकामा २५ जना बाहिरबाट आउने व्यक्तिबाट संक्रमण देखापरेको छ। जसमा पञ्चपुरी नगरपालिकामा सात, वीरेन्द्रनगर नगरपालिकामा छ, चौकुने गाउँपालिकामा पाँच, गुर्भाकोट नगरपालिकामा दुई, बराहताल र सिम्ता गाउँपालिकामा दुई/दुई र लेकबेँसी नगरपालिकामा एकजनामा आयातित औलो रोग संक्रमण देखापरेको जनाइएको छ।
यस्तै, कालीकोटको खाँडाचक्रममा तीन, दैलेखमा आठबीस, चामुण्डाबिन्द्रासैनी, दुल्लु नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा एक/एक गरी चारजना औलो रोगका बिरामी फेला परेको सम्पर्क व्यक्ति आचार्यले बताए। उनका अनुसार सबै बाहिरबाट आएका बिरामीहरु हुन्। कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भए पनि खुला सीमाका कारण भारतबाट आयातित औलोको न्यूनीकरण गर्न निकै चुनौती रहेको उनले जनाए।
आचार्यले भने, ‘स्वास्थ्य सेवा निर्देशनालयले औलो निवारणमा विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ। प्रभावकारी निर्णय लिन औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम रहेको स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी सर्ने दरलाई घटाउने निर्देशनालयले रणनीति अपनाइरहेको छ।’
सामाग्री श्रोत :

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः ‘युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने’ बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रोममा सम्पन्न भेटपछी ‘ट्रुथ सोसल’ मार्फत व्यक्त विचारमा ट्रम्पले पुटिनसँग व्यवहार गर्ने तरिकामा फेरबदल हुन सक्ने संकेत पनि गरेका छन्।
‘नागरिक क्षेत्रमा, शहर र गाउँहरूमा क्षेप्यास्त्र आक्रमण गर्नुको कुनै जायज कारण देखिँदैन। यसले मलाई यस्तो अनुभूति दिएको छ कि पुटिन सम्भवतः युद्ध अन्त्य गर्न गम्भीर हुनुहुन्न,’ ट्रम्पले उल्लेख गरे, ‘उहाँले मलाई केवल समय कटाइरहनु भएको जस्तो लाग्छ र अब उहाँप्रति फरक रणनीति अपनाउनुपर्ने हुनसक्छ अहिले धेरै निर्दोष मानिसहरू मारिइरहेका छन्।’
यसैबीच, क्रेमलिनले जनाएको अनुसार, रूसी राष्ट्रपति पुटिनले शुक्रबार मस्कोमा अमेरिकी प्रतिनिधि स्टिभ विटकोफसँगको भेटमा युक्रेनसँग बिना पूर्वशर्त वार्ता गर्न तयार रहेको बताएका छन्।
सामाग्री श्रोत :

म्याग्दी (बेनी)। सवारी दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन बेनीमा आज ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता सम्पन्न भएको छ। म्याग्दी जेसिजको आयोजनामा भएको महिलाहरूबीचको उक्त प्रतियोगितामा सञ्जु जिसी प्रथम, सृजना थापा द्वितीय र कल्पना ढुङ्गाना तृतीय भएका छन्।
प्रतियोगितामा १२ जना महिलाले सहभागिता जनाएका थिए। तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने र बिस्तारै चलाउने बानीको विकास गराउन सवारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्तिक्षेत्रीले जानकारी दिए।
त्यसैगरी आजै आयोजित महिला सटफुट प्रतियोगितामा मुना गर्बुजा प्रथम, कल्पना ढुङ्गाना द्वितीय र भिमा खड्का तृतीय भएको छभने पुरुष सटफुटमा मोहन खड्का प्रथम, जनक सोनाम द्वितीय र बलबहादुर आले तृतीय भए। महिला सटफुटमा १५ र पुरुष सटफुटमा १७ जनाले सहभागिता जनाएका थिए।
तीनवटै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमशः नगद रु एक हजार ५००, एक हजार र ५०० नगदसहित ट्रफीद्वारा पुरस्कृत गरिएको छ। कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्री, शाखा अध्यक्ष घर्तिक्षेत्रीलगायत शाखाका पूर्वअध्यक्षहरुले पुरस्कार वितरण गरेका थिए।
नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष खत्रीले म्याग्दी जेसिजले युवालाई लक्षित गरी आयोजना गर्ने कार्यक्रमहरू अनुकरणीय रहेको बताउँदै समाजमा युवाको भूमिका बढाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले सवारी चालकलाई बिस्तारै सवारी चलाउनुपर्छ भन्ने सकारात्मक सन्देश फैलाउन प्रतियोगिताले सहयोग पुर्याएको बताए।
सामाग्री श्रोत :
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता
काठमाडौँ । स्वदेशी विद्युतीय सवारी निर्माता यात्री मोटरसाइकल्सले आफ्नो आगामी बाइक पी-टु (P2) को प्रोटोटाइपका लागि नेपालमै पहिलो पटक अस्थायी दर्ता नम्बर प्लेट प्राप्त गरेको छ ।
सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यात्रीले हालै यातायात व्यवस्था विभागबाट पी-टु प्रोटोटाइपका लागि अस्थायी नम्बर प्लेट पाएको जानकारी दिएको हो । फोटोमा देखिए अनुसार बाइकको प्रोटोटाइपलाई विभागले बागमती प्रदेश ०२००१अ ०००१ नामको नम्बर प्लेटमा दर्ता गरेको छ ।
कम्पनीले यो उपलब्धिलाई ऐतिहासिक भन्दै आफ्ना अनुसन्धान तथा विकास (आर एन्ड डी) प्रयासहरूका लागि महत्त्वपूर्ण प्रोत्साहन भएको जनाएको छ ।
“दर्ता प्रक्रिया नभएको अवस्थादेखि आजको यस उपलब्धिसम्म … हाम्रो टिमलाई बधाई तथा पी-२ प्रोटोटाइपका लागि देशकै पहिलो ‘अस्थायी दर्ता नम्बर प्लेट’ जारी गरिदिएकोमा यातायात व्यवस्था विभागलाई धेरै धन्यवाद । यो दूरदर्शी र प्रगतिशील सहयोगले हाम्रो अनुसन्धान तथा परीक्षण कार्यमा ठूलो ऊर्जा दिएको छ र स्वदेशी विद्युतीय सवारी नवप्रवर्तनतर्फ एक महत्त्वपूर्ण कदम अगाडि बढाएको छ,” कम्पनीले भनेको छ ।
यसअघि यात्रीले नेपालमै उत्पादित सवारीमध्ये दर्ता हुने पहिलो कम्पनीको रूपमा नाम राखिसकेको छ ।
नेपालमा उत्पादित सवारीसाधन दर्ता नहुने व्यवस्थाका रहँदा यात्रीले बजार विस्तार गर्न सकेको थिएन भने केही समयसम्म उत्पादन कार्यसमेत स्थगन गरेको थियो । यात्रीले बिक्री गरेका बाइक दर्ता नभई नम्बर प्लेट नपाउने समस्या आएपछि यो विषय नीति निर्माण तहमा पुग्यो । लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वर्ष विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलाएको थियो ।
अस्थायी दर्ता नम्बर प्लेट समेत दिने व्यवस्थाले बाइकको प्रोटोटाइपको परीक्षण र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ २३:२०
सामाग्री श्रोत :
टेक पाना





