

काठमाडौं । दक्षिणी इरानको बन्दर अब्बास शहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने ८०० जना घाइते भएका छन्। प्रशासनले यो जानकारी दिएको छ।
यो विस्फोट शनिबार बिहान भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू फुटेका थिए।
घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ। शाहिद राजाई इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह हो।
सामाग्री श्रोत :
इरानको बन्दरगाह विस्फोटमा हालसम्म १८ जनाको मृत्यु, ८०० जना घाइते
काठमाडौँ । विभिन्न विद्युतीय उपकरण तथा डिभाइसका ब्रान्डेड स्टोरहरू एकै स्थानमा रहेको काठमाडौँको कमलादी स्थित आईटी प्लाजामा ‘आईटी प्लाजा महोत्सव २०८२’ आयोजना हुँदैछ । १८ बैशाखदेखि सुरु हुन लागेको यस महोत्सव अन्तर्गत ग्राहकले विभिन्न ल्यापटप, मनिटर, प्रोजेक्टर लगायत अन्य विभिन्न विद्युतीय सामग्रीहरूमा ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले एसर, डेल, लेनोभो, असुस, एमएसआई लगायत लजिटेक, प्रोलिंक, थर्मल टेक जस्ता ब्रान्डका सामग्रीमा यस्तो छुट पाउन सक्ने बताइएको छ । यहाँ नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेसनल, अनलाइन आईटी, ईभो स्टोर, बोस होम अप्लायन्सेस, म्याक्स इन्टरनेसनल र इनफाइनाइट सोलुसन्स लगायतका स्टोरहरू छन् ।
महोत्सव अवधिभर यी स्टोरहरूमा विभिन्न सामग्री खरिद वा भिजिट गर्दा दैनिक गिभअवे मार्फत विभिन्न उपहार पनि प्राप्त गर्न सकिनेछ । १८ बैशाखदेखि सुरु हुने यो अफर २४ बैशाखसम्म उपलब्ध हुनेछ । उक्त अवधिभर आईटी प्लाजामा उल्लिखित ब्रान्डका विभिन्न सामग्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन समेत सकिनेछ ।
लक्की ड्र मार्फत् एक जना ग्राहकले एसर निट्रो भी १५ गेमिङ ल्यापटप जित्ने मौका पाउनेछन् । यस्तै फोटो कन्टेस्ट मार्फत हरेक भिजिटरले विभिन्न गिभअवे प्राप्त गर्न सक्नेछन् ।
विजेताको घोषणा भने २९ वैशाखमा आईटी प्लाजाको सामाजिक सञ्जाल तथा प्लाजाको इन-बिल्डिङ डिस्प्ले मार्फत गरिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १३:३४
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार घम्साघम्सी भएको छ।
यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग घम्साघम्सी भएको हो।

![]()
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ। शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। उक्त कारणले आन्दोलन अशान्त बनेको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघको भनाई छ।
महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गरेका छन्।
बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन्। उनले संसाद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष आग्रह गरे।
सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा केही दिनअघि भएको आतंककारी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरे।
सांसद फारुकीले देशभित्र सामााजिक सद्भावमा खलल पुर्याउने ध्येयले राप्रापाका सांसद ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिएर मुस्लिम समुदायको भावनमा ठेस पुर्याएको भन्दै आपत्ति जनाए।
सांसद शक्तिबहादुर बस्नेतले सरकारको ध्यान नियुक्तिमा मात्र केन्द्रित देखिएको आरोप लगाउँदै शिक्षकका जायज माग पूरा गर्नेतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराए।
सांसद रामहरि खतिवडाले इजरायलमा काम गर्न गएका नेपाली विपिन जोशीको अवस्था अझै अज्ञात रहकाले निजको खोजी र उद्धारको प्रयास हुनुपर्नेमा जोड दिए।
सांसद ठाकुरप्रसाद गैरेले पनि भारतको जम्मु कश्मिरमा आतङ्ककारीको हमलामा परी २६ जनाको निधन भएको घटनाको निन्दा गरे। सांसद रामकृष्ण यादवले वैशाख ११ गते धनुषाको सहिदनगर नगरपालिकामा आमा पवित्रा साह र तीन छोराछारीको निधन भएको घटनाप्रति दुःख व्यक्त गरे। उनले यो घटनाको छानबिन हुनुपर्छ भने।
सांसद शेरबहादुर कुँवरले अछामका विभिन्न स्थानमा आगलागीका घटना बढेकामा चिन्ता व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गरे।
सांसद तारा लामाले यही वैशाख ९ गते बेलडाँडी गाउँपालिकाका हरिकृष्ण रानाको वीभत्स हत्या भन्दै दोषीलाई कारबाहीको माग गरे। साथै उनले सरकारलाई शिक्षकका जायज माग सम्बोधन गर्न र शिक्षकहरूलाई व्यावहारिक हुन आग्रह गरे।
सामाग्री श्रोत :
काठमाडौं – अहिले देशभर मूख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ।
दिउसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै तथा बाँकी हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ।
कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू–भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । पछिल्लो समय विभिन्न ठूला प्रविधि कम्पनीहरू गुगलको वेब ब्राउजर क्रोम खरिद गर्ने होडबाजीमा छन् । याहु, ओपनएआई लगायतका कम्पनीहरूले क्रोम खरिद गर्न आफू तयार रहेको जनाउ दिइसकेका छन् । तर किन सबै कम्पनीहरू क्रोम खरिद गर्न खोज्दैछन् त ?
वास्तवमा सर्च इन्जिनमा गुगलको एकाधिकार तोड्नका लागि अमेरिकी सरकारले यो कदम चालेको हो । अमेरिकी न्याय विभाग (Department of Justice) ले गुगल विरुद्ध हालेको मुद्दाले गुगललाई जबरजस्ती क्रोम बिक्री गर्न बाध्य पार्दैछ ।
यदि उक्त निकायले मुद्दा जितेको खण्डमा गुगलले आफ्नो क्रोम बिक्री गर्नुपर्ने हुन्छ । यही कारण पनि क्रोम खरिद गर्ने कम्पनीहरूको लाइन लागेको हो । तर, कुनै पनि बिक्री तत्कालै हुने सम्भावना भने छैन । किनभने यो मुद्दा अझै चलिरहेको छ, फैसला आउन समय लाग्नेछ, र गुगलले फैसला आए पनि अपिल गर्ने घोषणा गरिसकेको छ ।
अपिल प्रक्रिया लामो चल्न सक्छ र सम्भवतः गुगलले क्रोम बेच्नुपर्ने फैसला उल्ट्याउन पनि सक्छ । तर गुगलले क्रोम बेच्नु नै पर्ने अवस्था आयो भने कसले किन्ला त ? अनि उनीहरू किन क्रोम किन्न चाहन्छन् ? यसबारे केही सङ्केत अहिले चलिरहेको मुद्दाको सुनुवाइहरूबाट आउन थालेका छन् ।
किन क्रोम किन्न चाहन्छन् कम्पनीहरू ?
एक ठुलो ब्राउजर हुनु भनेको आफ्नै सर्च इन्जिनलाई प्रवर्द्धन गर्ने उत्तम माध्यम हो । क्रोम जस्तो ठुलो ब्राउजरमा डिफल्ट सर्च इन्जिन सेट गर्दा, लाखौँ-करोडौं प्रयोगकर्ताहरूले यत्तिकै पनि उनीहरूको सेवा प्रयोग गर्नेछन् । क्रोम अहिले करिब दुई तिहाइ बजार हिस्साको साथ विश्वकै सबैभन्दा ठुलो ब्राउजर बनेको छ । जसले गर्दा गुगल सर्च प्रयोगकर्ताहरूको सङ्ख्या धेरै छ । यसको अर्थ कम्पनीहरूले आफ्ना उत्पादनहरू चार अर्बभन्दा बढी मानिसहरूसामु पुर्याउने मौका पाउँछन् । विशेष गरी नयाँ एआई कम्पनीहरूका लागि यस्तो मौका लाभदायक हुनसक्छ ।
क्रोम किन्न इच्छुक कम्पनीहरू को-को छन् ?
ओपन एआई: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले क्रोम किन्ने इच्छा व्यक्त गरेको छ । ओपनएआईले आफ्नै वेब सर्च सेवा पनि विकास गरिरहेको छ । यस्तोमा क्रोम जस्तो प्लेटफर्म खरिद गर्न सके कम्पनीको लागि धेरै प्रयोगकर्तासम्म पुग्ने अवसर हुन्छ । त्यसमाथि गुगलको प्रतिस्पर्धीको रूपमा उभिरहेको कम्पनीको रूपमा क्रोम आफ्नो हात पार्नसके कम्पनीको लागि यो महत्त्वपूर्ण सफलता हुनसक्छ ।
परप्लेक्सिटी: एआईमा आधारित सर्च सेवा उपलब्ध गराउने कम्पनी हो, परप्लेक्सिटी । कम्पनीका प्रमुख व्यवसाय अधिकृतले परप्लेक्सिटीले क्रोम खरिद गर्न चाहेको कुरा बताएका थिए । परप्लेक्सिटीले पनि हाल आफ्नो ब्राउजर तयार गरिरहेको छ । यस्तोमा उसलाई पनि क्रोम खरिद गर्दा धेरै प्रयोगकर्ता माझ पुग्न, आफ्नो सेवा बलियो बनाउन धेरै डेटाहरू सङ्कलन गर्न आदि कामहरूमा सहजता हुनेछ । क्रोम खरिद गर्न पाए कम्पनीले बजारमा ठुलो फड्को मार्न सक्ने सम्भावना देखेका छन् ।
याहु: याहुले पनि अदालतमा क्रोम किन्न चासो देखाएको छ । याहु हाल आफै वेब ब्राउजरको प्रोटोटाइप बनाइरहेको छ । यस्तोमा याहुले क्रोम खरिद गर्न सक्यो भने, चाँडै नै धेरै प्रयोगकर्ता प्राप्त गर्न सक्छ । याहु सर्चका महाप्रबन्धक ब्रायन प्रोभस्टका अनुसार, क्रोम किन्ने लागत अर्बौँ डलर पर्नेछ, तर याहुको मालिक कम्पनी अपोलो ग्लोबल म्यानेजमेन्टको सहयोगमा त्यो सम्भव हुन सक्छ ।
कति हुनसक्छ क्रोमको मूल्य ?
डकडकगोका सीईओ ग्याब्रियल वेनबर्गले क्रोमको मूल्य करिब ५० अर्ब डलरसम्म हुन सक्ने बताएका छन् । त्यसैले, क्रोम किन्नको लागि कम्पनीहरूले अत्यन्त ठुलो लगानी गर्नुपर्ने देखिन्छ ।
तर, यो लगानी लाभदायक छ । क्रोम किन्ने कम्पनीले तुरुन्तै अर्बौँ प्रयोगकर्तासहितको प्लेटफर्म हात पार्नेछ । अहिलेको अवस्थामा, जहाँ गुगल केही हदसम्म कमजोर देखिँदैछ, क्रोम जस्तो महँगो सम्पत्ति गुमाउनु गुगलका लागि ठुलो घाटा हुन सक्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १२:३५
सामाग्री श्रोत :
टेक पाना

गोरखा – धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिए । मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो ।
विसं २०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको भए पनि सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरणको काम झन्डै डेढ वर्षदेखि रोकिँदै आएको थियो ।
गाउँपालिकामा भूमिहीन सुकुम्बासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । धार्चेमा अव्यवस्थित बसोबासी भने दुई सय ५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।
गण्डकी प्रदेशसभाका सदस्य नन्दप्रसाद न्यौपानेले दलित पविारलाई पुर्जा हस्तान्तरण गरेका छन् । विसं २०७९ असारमा आयोगसँग गोरखाका ११ स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने सहमति गरेका थिए ।
वर्षौपछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी भएका छन् । “आफ्नो नाममा जग्गाको पुर्जा नपाई मरिन्छ कि भन्ने लागेको थियो, भूमिहीन दलितमध्येका एक आइतसिंहले भने, “गाउँपालिकाले पहल गरेर पुर्जा आफ्नै नाममा दिनुभयो, धेरै खुसी लागेको छ ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीले यो जानकारी दिएको छ। भ्यानकुभर प्रहरीले धेरै जना घाइते भएको बताएको छ र यो घटना शनिबार साँझ सडक महोत्सवको समयमा भएको हो। चालक पक्राउ परेका छन्। यद्यपि , भ्यानकुभर प्रहरीले अहिलेसम्म कति जना घाइते भएका छन् वा कति जनाको […]
सामाग्री श्रोत :
सामान्यतया पेट्रोल गाडीहरूको नयाँ मोडेल आउँदा हरेक पल्ट मूल्य एक दुई लाख रुपैयाँ भए पनि बढेर आइरहेको हुन्छ । जसले गर्दा तपाईँको गाडीको डिप्रिसिएसन (प्रयोग गर्दै जाँदा घट्ने मूल्य) त भइरहेको होला, तर नयाँ गाडी महँगो भइसकेको अवस्थामा त्यसले तपाईँको गाडीको रिसेल भ्यालुमा सहयोग पुर्याइरहेको हुन्छ ।
यसले गर्दा तपाईँको गाडीको मूल्य एकदमै छिटो छिटो घट्दैन अर्थात् आफ्नो गाडी बिक्री गर्नु पर्यो भने त्यति धेरै नोक्सान ब्यहोर्नु पर्दैन । तर ईभीको सन्दर्भ भने अलिक फरक छ । किन भने जब नेपालमा कुनै ईभी सार्वजनिक हुन्छ, भने त्यो एकदमै महँगो मूल्यमा बजारमा आइरहेको हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने ईभीको मूल्य घटेको घट्यै हुन्छ । जस्तै सार्वजनिक हुँदाको बखत कुनै ईभीको मूल्य ४० हजार डलर छ भने त्यस पछिको अवधिमा भाउ घट्दै ३८ हजार, ३६ हजार, ३५ हजार वा ३० हजार हुँदै घटिरहेको हुन्छ ।
जसले गर्दा एक त त्यो ईभीको बजार मूल्य नै घटिसक्यो भन्ने कुरा सबैलाई थाहा भइरहेकै हुन्छ । अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य हेर्दै नहेर्ने मान्छे आजकल हुँदै हुँदैनन् भन्दा फरक नपर्ला । अर्को कुरा कम्पनीले पनि अन्य स्वरूपमा अतिरिक्त लाभ तथा अफरहरू दिन थाल्छ । जस्तै गाडीको ब्याजदरमै कम्पनीले अलिकति व्यहोरी दिने भन्ने हुन सक्छ । यस बाहेक अन्य किसिमका अफर दिने, नगद छुट दिने लगायतका कुराहरू हुन्छन् ।
गाडी सार्वजनिक हुँदा नयाँ गाडीको बजारमा चर्चा र माग राम्रै भइरहेको हुन्छ । त्यसैले मूल्य निश्चित हुन्छ । ‘यो भन्दा हामी घट्दैनौँ’ भनिरहेका हुन्छन् । बिक्रेता वा डिलरको मार्जिन के कति हुन्छ, त्यो उनीहरूले नै जान्ने कुरा होला । तर सार्वजनिक गरिसके पछि भने सामान्यतया सबै जसो ईभीको मूल्य घटेकै छ । नघटेको भनेको एकदमै दुर्लभ छ ।
कि त गाडी बजारमा एकदमै चल्यो र घटाएर बेच्दै बेच्दिनँ भन्ने सोच राख्यो भने बेग्लै कुरा हो । तर बजारमा हेर्ने हो भने त्यस्तो प्रवृत्ति खासै देखिँदैन । एमजीले एमजी फोरको मूल्य घटाएको जस्तो लाग्छ । जीडब्लूएमले ओरा थ्री/ओरा क्याटको मूल्य घटाएकै छ । एमजीले भर्खरै एस ५ सार्वजनिक गर्यो, जुन जेड एस ईभी भन्दा सस्तो छ ।
यसरी नयाँ ईभीहरू सस्तो पर्नु भनेको पहिला ईभीमा प्रतिस्पर्धा थोरै थियो । गाडीहरूको मूल्य जति राखे पनि बिक्थे । अर्को भनेको पहिला ईभीहरू अलि महँगा हुन्थे । अब ईभीको मूल्य निरन्तर रूपमा घटिरहेको छ । त्यसलाई ब्यालेन्स गर्ने गरी नेपालमा कर खासै बढेको छैन । निर्माता कम्पनीको तहबाट मूल्य ५०% नै घट्यो होला, कर १०% बढ्यो होला अथवा कर २०% प्रतिशत नै भयो होला ।
यसरी हेर्दा निर्माण तथा उत्पादन लागत घटिरहेको छ । परिणाम स्वरूप नेपालमा आयात तथा बिक्री वितरण गर्ने बिक्रेतालाई पर्ने मूल्य पनि घटिरहेकै छ । अनि उनीहरूले विभिन्न स्वरूपमा लाभ तथा अफर दिइरहेका हुन्छन् । अथवा नयाँ भर्सन ल्याउँदा नाम अलिकति परिवर्तन गरेर केही सस्तोमा गाडी सार्वजनिक गर्छन् । त्यसो हुने बित्तिकै अगाडि किन्ने सुरुवाती ग्राहकहरूलाई भने आफ्नो गाडी एकदमै छिटो डिप्रिसिएट भएको महसुस हुन्छ ।
जस्तै मेरै गाडी (दिपल एस ०७) सार्वजनिक हुँदा यसको मूल्य ७२ लाख रुपैयाँ थियो । अहिले एमआरपी ७५ लाख भइसक्यो । तर सेकेन्ड ह्यान्ड मार्केटमा यो गाडीको मूल्य भनेको ५५/५६ देखि ५७/५८ लाख होला । अहिले सेकेन्ड ह्यान्डमा यो गाडी बेच्दा ६० लाखसम्म पनि आउँदैन ।
गाडीले अहिलेसम्म कहीँ छोएको पनि छैन, एउटा सानो स्क्र्याच पनि छैन । तल मुनिको भागमा कहीँ छोयो होला । तर बाहिर एक्सटेरियरमा कहीँ केही क्र्याच छैन । बरु कतिपय अतिरिक्त सामानहरू यसमा थपेको छु । जस्तै मैले बाहिरबाट कोटिङ गरेको छु । यहाँ भित्रका एक्सेसरिज थपेको छु । तर पनि एक वर्ष चलाएर यो गाडी बेच्नु पर्दा एमआरपी भन्दा १७/१८ लाख कम मूल्यमा दिनुपर्ने हुन्छ ।
ईभीमा हुने इन्धन बचत VS डिप्रिसियसन
जब कि हामीले पेट्रोलभन्दा ईभी खरिद हामीलाई हुने एउटा फाइदा भनेको चलाउँदा खपत हुने पेट्रोल/इन्धन बचत हो । यो ईभी लिएपछि त्यो पेट्रोल अथवा डिजेलको पैसा बचत हुन्छ । अनि अर्को सर्भिसिङको पैसा जोगिन्छ । फाइदा भनेको यत्ति हो । अब भोलिको दिनमा गाडी बेच्नु पर्यो भने यी फाइदाका कुरा सबै चिन्ताको विषय बन्ने रहेछन् ।
जस्तै मैले पहिला पेट्रोल गाडी चलाउँदा सरसामान फेर्दा, सर्भिसिङ गर्दा वर्षमा त्यसको मेन्टेनेन्समा लगभग लगभग ५० हजार चानचुनको खर्च आउँथ्यो । अर्कातर्फ मेरो पेट्रोलको खर्च भनेको वर्षको लगभग लगभग डेढ लाख हाराहारी हुन्थ्यो । यसरी त्यो गाडी चलाउँदा वर्षको दुई लाख जति मेरो खर्च थियो ।
अब त्यो गाडीसँग यो ईभीलाई तुलना गर्ने हो भने मेरो मेन्टेनेन्स खर्च लगभग शून्य छ । अहिलेसम्म मैले यसलाई एकचोटि सर्भिसिङमा लगेको छु । उहाँहरूले मोटर आयल फेर्ने भन्नुभयो, खासमा यो गाडीमा मोटर आयल पनि त्यति चाँडो फेर्नु पर्दैन थ्यो । तर ठिकै छ, नयाँ गाडी हो, फेरिदिउँ भनेँ । मोटर आयल फेर्दा ५ हजार रुपैयाँ जति लाग्यो होला ।
त्यस बाहेक अरू सर्भिसिङ भन्ने कुरा केही पनि हुँदैन । न त यसमा केही मुभेबल पार्ट्स नै हुन्छन् । अगाडि इलेक्ट्रोनिकल पार्ट्सहरू छन्, अनि पछाडि मोटर छ । केही एक्सलहरू होलान्, जुन मेन्टेन गर्नुपर्ने हुन सक्छ ।
ब्याट्री भनेको आफैँ ‘अटो मेन्टेन’ हुने भएकाले बिग्रियो भने मात्रै रिप्लेस गर्नुपर्छ, त्यो पनि इन्डिभिजुअल सेलहरू । अब गाडी चार्ज गर्न आवश्यक विद्युत्को खर्च खासै छैन । मेरो गाडीमा ६६ किलोवाट आवरको ब्याट्री छ । इफिसेन्सी शतप्रतिशत नभएर केही कम होला । यसरी हिसाब गर्ने हो भने ७० युनिट बिजुलीले यसलाई शून्यदेखि फुल चार्ज गर्न सकिन्छ । ७० युनिट बिजुलीको खर्च भनेको त्यही ७/८ सय रुपैयाँ होला । मैले फुल चार्जमा यो गाडी ३०० देखि ४०० किलोमिटर कुदाउँछु ।
त्यति नै कुदाउनु परेको भए मलाई पेट्रोल गाडीमा कतिको खर्च लाग्थ्यो होला ? मेरो विचारमा चानचुन ४० लिटर पेट्रोल लाग्थ्यो । त्यो पेट्रोलको मूल्य यो ईभीको बिजुली खर्च भन्दा त १० गुणा धेरै नै आउँछ होला । यस हिसाबले विद्युत्बाट जुन खर्च कम भएर हाम्रो बचत भइरहेको हुन्छ, पछि गएर घाटाको विषय बन्ने रहेछ ।
त्यो सबै कहाँ गएर घाटा हुने रहेछ भने पछि जब यो गाडीलाई हामीले बेच्नु पर्छ । किनभने आजकलका ईभी भनेको हामीले चलाउने मोबाइल ग्याजेट जस्तै हुन् । हामीलाई फेरिरहनु पर्छ, नयाँ नयाँ फिचरहरू आइरहेका हुन्छन् । जस्तै प्रोसेसरकै कुरा गर्ने हो भने यसमा स्नापड्रागनको ८१५ छ । त्यो २०२१ मा लन्च भएको मोडेल हो ।
त्यतिखेरका लागि उक्त चिप नयाँ थियो होला । तर सन् २०२३ मा स्नापड्रागनको २९५ आयो । २०२५ मा फेरि त्यसको अर्को मोडेल आउला । यसरी प्रोसेसर पनि समयसँगै आउटडेटेड हुँदै जान्छ । यसमा र्याम १२ जीबी छ, भोलिको दिनमा सायद १२ जीबीले नपुगेर ३२ जीबी चाहिएला । त्यो विषयमा पनि यो आउटडेटेड हुँदै जाने भयो । यसरी अन्ततः यसको इन्टरफेस पनि स्लो फिल हुन थाल्छ ।
अर्कोतर्फ उता बजारमा नयाँ गाडीहरू आइरहेका हुन्छन् । जुन अझै फास्ट हुन्छन् । नयाँ-नयाँ फिचरहरू आइरहेका हुन्छन् । कम मूल्यमा थप राम्रा गाडी पाइन थाल्छन् । अनि यो गाडी पुरानो लाग्दै जान्छ । अर्को गाडी किन्न मन लाग्छ, अनि हामीले यो पुरानो गाडी बेच्छौँ ।
एक वर्षमै यो गाडीमा मलाई १५-२० लाख रुपैयाँ डिप्रिसिएसन भएको महसुस भइरहेको छ । अब यो गाडी अझै एक वर्ष वा दुई वर्ष अरू कुदाएँ भने सायद अझ धेरै डिप्रिसिएट हुन्छ होला । त्यस्तोमा सेकेन्ड ह्यान्ड बजारमा बेच्दा यसको ५० लाख रुपैयाँ पनि नआउला । भोलिको दिनमा बजारमा ५० लाखमै यो भन्दा राम्रो गाडी पाइन सक्छ ।
यसरी गाडीको रिसेल भ्यालुमा जति नोक्सान हुँदै जान्छ, त्यसलाई वर्षको दुई लाखको इन्धन बचतले धान्न नसक्ने रहेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ ११:२५
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ –काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ । बिगत २६ दिन देखी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानिय तहले बिभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थाले पछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।
सरकारसँग वार्तामा समेत रहेको शिक्षक महासंघले शनिवार विज्ञप्ति जारी गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो ।
आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो । चैत २० गते देखि देशभरका शिक्षकहरु काठमाडौँका सडकमा प्रदर्शन गरीरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









